|
|
|
माओवादी बैठक जारी, बैठकले चुनावी
अभियान तय गर्ने
काठमाण्डौं/
वर्तमान राजनैतिक घटनाक्रममा महत्वपूर्ण र निर्णायक स्थान
राख्ने नेकपा माओवादीको केन्द्रीय समितिको बैठक आज पनि जारी
छ । हिजो शनिबार बिहान ९:३० बजे शुरु भएको बैठकलाई गत साउनमा
सम्पन्न पा“चौं विस्तारित बैठकपछिको महत्वपूर्ण बैठकका रुपमा
लिइएको छ ।
काभेको नमोबुद्ध स्थित फूलबारी रिसोर्टमा चलिरहेको बैठकमा
अध्यक्ष प्रचण्डले पार्टीले लिने वर्तमान रणनीति एवं
कार्यनीति, आगामी संविधानसभाको चुनावी रणनीति जस्ता विषय
समेटेको राजनैतिक प्रस्ताव प्रस्तुत गर्नुभएको छ । |
|
समाचार |
|
|
|
रिपोर्ट
/
समाचार विश्लेषण |
|
|
|
अन्तर्वार्ता |
|
|
|
विचार
/
दृष्टिकोण/
दर्शनशास्त्र |
|
|
|
यस पटक
/
सामयिकी |
|
|
|
टिप्पणी / जस्ताको तस्तै |
|
|
|
कला/संस्कृति/साहित्य |
|
|
|
संस्मरण/अनुभुति |
|
|
|
सञ्चार/जनजाति/ मोर्चा/संगठन |
|
|
|
शहिद गाथा/संघर्षमय
जीवन/सहिद परिवारको आवाज |
|
|
|
आधा आकास |
|
|
|
|
|
शुभकामना/जनगुनासो |
|
|
|
सम्पादकीय |
|
तेइसबुंदे सम्झौता अक्षरसः पालना गर
कुनै कामको सुरुआतको क्रममा शुभ र अशुभको कुरा गरिन्छ । यो
शुभ र अशुभ भन्ने कुरा आध्यात्मिक आदर्शवादको कुरा हो । तर
राजनीतिको क्षेत्रमा पनि शुभ र अशुभको कुरालाई एउटा संकेतको
रुपमा लिन सकिन्छ । ०६२/६३को जनआन्दोलन पश्चात् गठन भएको
पुनस्थार्पित सरकार होस् वा माओवादी सम्मिलित अन्तरिम सरकारले
पनि जुन म्याण्डेट बोकेर गठन भएको हो त्यो पूरा गर्न नसेकेपछि
राजनैतिक क्षेत्रमा तीव्र द्वन्द्व चर्कियो । युद्धले
सशस्त्र रुप छोडेको भएता पनि शान्तिपूर्ण प्रकारको टेबुल
संघर्ष झन् बढी तीव्र र पेचिलो भएको छ ।
जनयुद्धको पेचिलो अवधी जो सैन्य हिसाबले प्रत्याक्रमणको चरणमा
थियो । त्यस अवस्थामा पनि अग्रगामी नेपाल निर्माणका निम्ति
प्रमुख बाधक बनेको सामन्तवाद र त्यसको संरक्षक राजतन्त्रको
अन्त्य गर्न सबै संसदवादी दलहरुसंगको सहकार्य गर्न नेकपा
माओवादीले खुला हृदयका साथ हात फैलायो । जो कुरा उसले चर्चित
चुनवाङ बैठकद्वारा साझा आन्दोलन गर्न हदैसम्मको लचकतामा जाने
निर्णय गरेको थियो । त्यसको प्रतिफल थियो १२ बु“दे सम्झौता ।
त्यसको जगमा टेकेर देशमा धेरै प्रक्रियाहरु अघि बढे ।
शान्तिपूर्ण प्रक्रियापछि पनि गत वर्षको असार २ गते
बालुवाटारमा भएको कार्यक्रमदेखि अहिलेसम्म आउ“दा धेरै सहमति
र सम्झौताहरु भए । तर ती सहमति र सम्झौताहरुलाई सरकारको
नेतृत्व गर्दै आएको पार्टी नेपाली का“गे्रसले माओवादीलाई
झुकाउने र घु“डा टेकार्य यथास्थितिवादी कथित मूल धारमा
ल्याउने अवसरको रुपमा लिन थाल्यो । यही थियो सहमतिको बाधक
सोंच र विचार । यो अग्रगामी निकासको बाधक सोंचका कारण देश
अकर्मण्य र नेतृत्व बिहिन अवस्थामा रहेको छ ।
वास्तवमा राजतन्त्र मात्र अग्रगामी निकासको बाधक तत्व होइन
भन्ने कुरा अहिलेका घटनाक्रमहरुले पुष्टि गरेका छन् । किनकि
१२ बु “दे
सम्झौताको मर्म र भावना भनेको राजतन्त्रसंगै सामन्तवादको
समेत अन्त्य गर्नु थियो । अहिले तेस्रो पटक संशोधित अन्तरिम
संविधान जारी हु“दासम्म राजतन्त्रलाई वैधानिक रुपले अन्त्य
गरी गणतन्त्र घोक्षणा त गरियो तर सामन्तवाद अन्त्य गर्ने
दिशातर्फ कुनै पनि सहमति र सम्झौता कार्यान्वयन हुन सकेनन् ।
त्यसैले आज सात दलबीच जे जस्ता सहमति र सम्झौताहरु भएता पनि
ती कार्यान्वयनको क्रममा जा“दा आफै अवरोधको शिकार बन्ने गरेका
छन् । अहिले फेरि त्यही कुराको पुनरावृत्ति शुरु भएको छ ।
तर्सथ निकासको वाधक तत्व राजतन्त्रस“गै सामन्तवाद पनि हो ।
यसको अन्त्य अनिवार्य छ ।
विशेषतः मंसीरमा गर्ने भनिएको संविधान-सभाको चुनावलाई अवरोध
खडा गरी त्यसलाई कुनै पनि हालतमा हुन नदिने संकेत देखा परेपछि
नेकपा माओवादीले त्यसलाई सुनिश्चित गराउन अपनाउनु पर्ने र
लागू गर्नुपर्ने केही प्रस्ताव अगाडि सार्यो । त्यो भनेको
गणतन्त्रको घोक्षणा र पूर्ण समानुपातिक निर्वाचन प्रणाली थियो
। चुनाव बिथोल्न राजतन्त्रले देशीविदेशी प्रतिगामी शक्तिहरुको
सहारा लिएर विभिन्न हिंसात्मक हरकतहरु सडकमा बढायो भने
संसदवादी दलहरुभित्र दरवारिया शक्तिको पकड बलियो बनाएर
सहमतिहरुलाई तोड्ने, लागू नगर्ने र देशको अग्रगामी निकासका
लागि दश वर्षसम्म दशौं हजार जनताको त्याग र बलिदानी गरेको
पार्टीलाई उल्टै आरोप लगाउने कार्य भए ।
यतिबेला देश वैधानिक रुपले संघीय गणतन्त्रात्मक मुलुक घोषित
भएको छ । यद्यपि यो संविधान-सभाको चुनावपछि लागू गरिने सहमति
भएको छ । तथापी त्यसलाई अवरोध खडा गर्ने प्रक्रिया शुरु हुन
थालेका छन् । संविधान-सभाको चुनावलाई सुनिश्चित गराउने केही
शर्त पूरा गरेर नेकपा माओवादी फेरि सरकारमा फर्किएको छ ।
अन्तरिम अवस्थामा सहमतीय प्रणालीबाट सरकार बनेता पनि नेपाली
का “गे्रसको
सामन्तवादी हैकमका कारण एक दलीय सरकारको रुपमा कर्य सञ्चालन
गर्न थालेपछि सहमति र सहकार्यको भावना र मर्म तोड्ने काम भयो
। त्यही प्रक्रिया नदोहोरियोस भनेर यतिबेला सरकार सञ्चालन
गर्ने स्टेरिङ कमिटी गठन गर्ने सहमति २३ बु“दे सम्झौतामा
गरियो । तर त्यो स्टेरिङ कमिटीमा नेपाली का“गे्रसबाट गिरिजा
कोइराला नबस्ने जनाएपछि सहमति तोड्ने कार्य त्यहीबाट शुरु भयो
। यो आगामी चैत्रसम्म चुनाव गर्ने सहमतिका विरुद्धको अशुभ
संकेत हो । यदि गिरिजाप्रसाद त्यो स्टेरिङ कमिटीमा नबस्ने हो
भने फेरि पनि सरकार सञ्चालनको प्रक्रिया नेपाली का“गे्रसको
हैकमवादी प्रवृत्तिबाटै हुन्छ । त्यसले संविधान-सभाको
चुनावलाई समेत प्रभावित पार्दछ । त्यसैले यो अशुभ संकेतको
अन्त्य गर्न २३ बु“दे सहमतिलाई अक्षरसः पालना गर्नु पर्दछ ।
तब मात्र संविधान-सभाको चुनावलाई र्सार्थक र सुनिश्चित गर्न
सकिन्छ । |
|
पुराना अंकहरु |
|
वर्ष १०, अंक ७, २०६४ पुस १५ गते आइतबार
(30 December 07)
वर्ष १०, अंक ६, २०६४ पुस ८ गते आइतबार
(23 December 07)
वर्ष १०, अंक ५, २०६४ पुस १ गते आइतबार
(16 December 07)
वर्ष १०, अंक ५, २०६४ पुस १ गते आइतबार
(09 December 07)
वर्ष १०, अंक ३, २०६४ मंसीर १६ गते आइतबार
(02 December 07)
वर्ष १०, अंक २, २०६४ मंसीर ९ गते आइतबार
(25 November 07)
वर्ष १०, अंक १, २०६४ मंसीर २ गते आइतबार
(18 November 07)
बर्ष ९ का अंकहरु |
|
नौलो जनउभार साप्ताहिकका लागि
प्रकाशक : यादव गौतम
सम्पादक : हिरामणि दुःखी
कार्यकारी सम्पादक : अजयदीप शर्मा
प्रवन्ध सम्पादक
:
हुमप्रसाद बस्याल
उपसम्पादक : रामु वि.क. ,
डिल्ली मल्ल
कम्प्यूटर टाइप सेटिङ : ज्योति शर्मा
कार्यालय : मिडिया चोक, घोराही, दाङ
मो नं. ९८५७८२०५२७, पयाक्स :
०८२-५६२१६९
E-mail : naulojanaubhar@gmail.com
website :
www.ourpath.net/janaubhar
|
|
|
|
|
|
|