यसपटक
आस्थाको धरोहर क.सुनिलको सम्झनामा
- हिरामणि दुःखी
सुनिल सर ! म यतिखेर मनिमारेलाई सम्भिmरहेछु । त्यो दिन, त्यो
रोलकाल र त्यस प्रकारको कहालिलाग्दो घटना मेरो मथिङगलमा
फिल्मको रिलझैं फनफनी घुमिरहेछ । एकैछिन अघिसम्म कार्यक्रम
सञ्चालनका क्रममा डिभिजनलाई पिटीपरेड गराउँदा डिभिजन भनेर
कासन गर्दा तपाईको ओठमा ब्रिगेड शब्द मात्र झुण्डिरहन्थ्यो ।
हामीले तपाई व्रिगेड कमिसार मात्र हुनुभयो डिभिजन कमाण्डर
बन्नुस् भन्दै एकछिन हाँसो गथ्र्यौं । अहिलै जस्तो लाग्छ ।
डिभिजनको रोलकाल र प्रशिक्षण कार्यक्रममा जसरी पनि आउनुपर्छ
भनेर तपाईले निमन्त्रणा गरेको गैरीगाउFm दुम्लाको परिवेश मेरो
वरिपरि नै भइरहे जस्तो लाग्छ । अहिले पनि म तपाईसंगै कही कतै
भलाकुसारी गरिरहेछु जस्तो अनुभूति हुन्छ । तर म अहिले उभिएको
परिवेश अहिलेको राजनैतिक घटनाक्रमले त्यतिबेलाको ती सबै
घटनाक्रम र दृश्यहरुलाई इतिहासको एउटा अध्यायमा हर्ेन र बुभन
मलाई निर्देशन गर्छ । तर मलाई इतिहास भन्न पटक्कै मन
नपरिरहेको जस्तो भइरहेछ । अहिले पनि मनिमारेमै तपाईले
डिभिजनलाई पिटि गराइरहेको, हामीलाई अतिथि आशन ग्रहण गराइरहेको
दृश्यमै छु जस्तो लाग्छ । हो अवश्य पनि यतिखेर भौतिक रुपमा
तपाईलाई मनिमारेको चौरको तलतिरको जंगलमा १४ मंसीरको रातमा
पौने आठ बजे अन्तिम पटक सलाम गरेर अलविदा गरेको ठ्याक्कै दुइ
वर्ष बितेछ । त्यसपछि सदाका निम्ति तपाईको त्यो हँसिलो
अनुहारलाई हामीले कहिलै पनि हर्ेन नपाउने गरी अञ्जुलीभरि माटो
उठाएर श्रद्धाञ्जली गर्दै तपाईको पार्थिव शरीरलाई छोपिदिएको
हातहरुले तपाईको सम्झनाका विम्व कोरिरहेछु ।
मलाई त्यो दृश्य र त्यो घटना सम्झँदा मुटु फुटे जस्तो हुन्छ
। फेरि एकपटक पेटभरि डाँको छोडेरै रुन मन लाग्छ । हो हामीले
तपार्इंलाई अन्तिम सलामी दिंदा निकै रोएथ्यौं । हामी मात्र
होइन पुरै डिभिजन रोएथ्यो । तपार्इंको शरीरलाई शिवले
सतिदेवीको लास बोकेर हिँडेझैं हिँडौं जस्तो हुन्थ्यो । तर
त्यसो गर्न सकिंदैनथ्यो । तपाईलाई भौतिक रुपमा छोड्न हामी
बाध्य थियौं । अहिले पनि तपार्इंलाई सम्झँदा सिंगो जनमुक्ति
सेना मात्र होइन तपार्इंलाई नजिकबाट देख्ने बुभने, वैचारिक
रुपले सहकार्य गर्ने जो कोही पनि भावनामा नछचल्किरहन सक्दैन
। हो सुनिल सर, कहिलेकाहीं त हामीलाई भावनामा छचल्किन
दिनुपर्छ तपाईले । हामीसंग पनि मन छ, भावना छ, मुटु छ र त्यो
पोखिन खोज्छ । त्यतिबेला तपाईले विचार मात्र भन्न पाउनु
हुन्न । अध्यक्ष प्रचण्डले भनेझैं हामी हाँस्दाहाँस्दै रुन र
रुँदारुँदै हाँस्न पाउनु पर्छ । त्यसरी नै जनयुद्धको
सौर्न्दर्यबोध हुन्छ ।
सुनील सर ! म यतिखेर मनिमारे मात्र होइन तपाईसंगको पहिलो
औपचारिक भेट भएको स्थान फगामको गाविस भवन सम्भिmरहेछु । २०५४
साल कार्तिक १० गतेको रातलाई म सम्भिmरहेछु । जुन दिन मेरो
अर्को आस्थाको धरोहर कृष्णसेन इच्छुक सहित, ऋषिराज बराल,
नारायण शर्मा, विष्णुप्रकार श्रेष्ठ सहितको हामी ५ जनाले
तपाईलाई फगामको गाविस भवनमा भेटेका थियौं । त्यस रात तपाईसंग
जनयुद्धको बारेमा, वर्गसंघर्षको बारेमा त्यतिबेला भएको
स्थानीय निर्वाचनको विषयमा धेरै कुरा गर्यौं । जनवादी शिक्षा,
मानवअधिकारका विषयमा र राजनैतिक विषयमा तपाईले व्यक्त
गर्नुभएका धाराप्रवाह विचारबाट म अत्यन्तै प्रभावित भएको थिएँ
।
दुब्लो, पातलो र अग्लो शरीर गहुँगोरो वर्ण र सधैं हँसिलो त्यो
तपाईको अनुहारसंग पहिलो भेटमा भएका कुराकानीले नै मलाई
रोल्पाप्रतिको झन् गाढा पे्रम जगाइदिएको थियो । त्यति मात्र
होइन तपार्इंसंगका लखनऊका डेराहरुमा बिताएका दिनहरु होस् या
रोल्पाका लामिडाँडा वा अर्घाखाँचीका सिद्धेधाराका यात्रा ती
सबै घटनाहरु मलाई ताजा नै भइरहेका छन् । तपाई पत्रकारहरुको
मर्मलाई कति गहिरोसंग बुभनुहुन्थ्यो । त्यसले त पत्रकारिताको
महत्वलाई तपाईले राम्रोसंग आत्मसात गरेको प्रष्ट हुन्थ्यो ।
मेरो आसय अरुले त्यस क्षेत्रमा महत्वबोध गर्नुभएको छैन भन्ने
होइन । तर तपार्इंको गहिरो अभिरुचीको तारिफ मात्र गरेको हुँ
। क्रान्तिप्रतिको दृढ विश्वास, कर्तव्यप्रति इमान्दार, एक
कुशल राजनेता, फौजी योजनाकार, मिलनशार जीवनशैली,
वर्गदुश्मनप्रतिको तीव्र घृणा र वर्गमित्रप्रतिको शालिन र
शितल व्यवहार वास्तवमा तपाईको अधुरो सपना पूरा गर्न
संकल्पवद्ध सबैले सिक्नुपर्ने गुणहरु हुन् ।
सुनील सर ! हामी हाम्रो यात्राको अर्को मोडमा आइपुगेका छौं ।
जतिबेला आकाशमा वर्गवैरीका बमवर्षक विमानहरु उडिरहन्थे र
मेहनतकस जनताका वस्तीहरुमा वमवार्ड गर्दथे, त्यो दृश्य छैन
यतिबेला । जासुस विमानहरु पनि आकासमा उडेका छैनन् । अनि
यतिखेर हामीले घोडा र खच्चरहरुमा कागज र मसी बोकाएर रोल्पाका
ओडारहरुमा जनादेश छाप्नु परेको पनि छैन । र यतिखेर पाथिभरा,
रोमियो, किलोशेरा जस्ता ठूल्ठूला अपे्रशनका घेरा तोड्दै शाही
सत्ताका सेना पुलिसबाट छलिंदै रिपोर्टिङ गर्नुपरेको पनि छैन
। तर अहिले शहरमा बसेर तिनै पुलिस र सेनाका अफिसरहरुसंग एउटै
मञ्चमा बसेर समाचार लेख्नु परेपनि कम कठिनाई भएको छैन ।
यतिखेर दुश्मनका जासुस आकाशबाट होइन हामीसंगै बसेर जासुसी
गरिरहेछन् । उनीहरु हामीलाई गोलीले होइन बोलीले सिध्याउन
खोजिरहेछन् । २१औं शताब्दीका राता मान्छेहरुलाई बन्दुकले
होइन संसदीय मोहमा फसाएर विचारलाई भुत्ते बनाएर सिध्याउने
ठुलो कसरतमा साम्राज्यवाद लागिरहेको छ । लर्डाई झन् पेचिलो
बनेर अघि बढिरहेको छ । साम्राज्यवादले भियतनामको हारबाट
शिक्षा लिएर नेपालमा नयाँ तरिकाले आउन खोजेको छ । पछिल्लो
क्रममा पेरु, निकारागुवा, इण्डोनेशिया वा फिलिपिन्सका सबै
घटनाबाट पाठ सिकेर नेपालमा नयाँ रणनीति अपनाउन खोज्दैछ ।
कम्युनिष्टहरु भनेका फलामका मान्छे हुन भन्ने राम्रोसंग
बुझेको साम्राज्यवाद र विस्तारवादले फलामलाई आगोमा हाल्दा
स्पात पो बन्दछ भन्ने राम्रोसंग बुझेको छ । त्यसैले उसले
फलामलाई आगोमा होइन पानीमा डुबाएर क्रमशः खिया लगाएर
सिध्याउने रणनीति अपनाएको छ । त्यसैले सुनीलसर, यतिबेलाको
लर्डाई मनिमारेको बमवषर्ा भन्दा भयानक भएर आएको छ ।
सुनील सर ! म अहिले पनि कलमकै मोर्चामा छु । अहिले तपाईको
डिभिजन क्यान्टोनमेन्टमा बसेर पार्टीको आदेश पालना गरिरहेको
छ । तपाईले उठाएका बन्दुकहरुलाई साम्राज्यवादले युएनमार्फत्
घुमाउरो पाराले डिडिआर लागू गरी ध्वस्त पार्ने र नेपाली
मेहनतकस जनतालाई युगयुगसम्म विदेशी दासत्वको जाँतोमा पिस्न
खोजिरहेको छ । त्यसैले अहिले तपाईको मोर्चा होइन हाम्रो
मोर्चा एसाल्टमा जानुपर्ने अवस्था छ । तर तपाईले विश्वास
गर्नुहोला सर म आपनो मोर्चालाई सुदृढ र दह्रोसंग राखेर
निरन्तर लडिरहने छु । म तपाईलाई अन्तिम पटक मनिमारेको जंगलमा
बिदाई गर्दाको फोटो खिच्दाको दृश्य सम्भिmरहेछु । र, त्यो
तपाईको अन्तिम काशनको समाचार विश्वका मेहनतकस श्रमजीवी वर्गको
दिलदिमागमा पुर्याउन प्रतिवद्ध भएर आपनो मोर्चामा खटिरहेको
छु । भौतिक रुपले विदा लिए पनि विचारले कहिल्यै नमर्ने अमर
बन्नुभएका कमरेड सुनिललाई न्यानो अभिवादन । २०६४/८/१४