धेरै-धेरै शुभकामना
आदरणीय हिरामणी सर
तथा साथीहरु
प्रवासबाट रक्तिम
सलाम ।
अघिल्लो अंकमा तपाईहरु १०औ बर्षमा प्रवेश गर्नु भएको खवर
पाउँदा असाध्य खुसी लाग्यो । तपाईहरुलाई धेरै धेरै शुभकामना
छ । जनयुद्धका तुफानी दिनहरुमा जनउभारले सम्प्रेषण गरेका
समाचारले प्रतिक्रियावादीको र्स्वर्गमा जसरी ज्वालामुखी पैदा
गर्यो अबको फरक संघर्षका क्रममा समेत जनताका आवाज बुलन्द
गर्दै जनताका दुश्मनको निद हराम गर्न यो पत्रिका सफल हुनेछ
भन्ने विश्वास लिएको छु ।
अहिलेको सूचना साम्राज्यमा जसरी प्रतिक्रियावादीहरुले झुटको
खेति गरेर मिडिया हाउसहरुको माध्यमबाट जनतालाई गुम्राहमा
पार्न खोजेका छन् यतिबेला क्रान्तिकारी पत्रकारहरुले
वास्तविक र जनताका यथार्थ समाचारहरुबाट जनतालाई सुसूचित गर्न
अझै कम्मर कसेर लाग्नु परेको छ । नेपालको क्रान्तिलाई विश्व
कम्युनिष्ट आन्दोलनको मोडल बनाउन समेत सूचनालाई विश्वव्यापी
गराउनु आजको आवश्यकता देखिएको छ । विश्वका सर्वहारावर्गहरु
समेत सूचना साम्राज्यवादीहरुको भ्रममा परेर क्रान्तिभुमि र
क्रान्ति सञ्चालन गर्ने पार्टीप्रति भ्रम पैदा भएको सन्दर्भमा
यसमा क्रान्तिकारी पत्रकारहरुले सूचनालाई अझ ब्यापक बनाउनु
अति नै अपरिहार्य हुँदै गएको छ । यर्सथ अंग्रेजी भाषा वा
अन्य भाषामा समेत समाचार प्रकाशित गरेर क्रान्तिका
उपलव्धीलाई विश्वव्यापी गराउन क्रान्तिकारी पत्रकार संघ
नेपालले अझै पहल गरोस् भन्ने अन्तर्राष्ट्रिय सर्वहारा वर्गको
माग रहेकोले पनि यो जिम्मेवारीलाई अझै महशुस गर्न र अगाडि
बढ्न तपाईहरुको पत्रिकाको दशौं बर्षगाँठका अवसरमा हार्दिक
आग्रह गर्दछु । अन्तमा पुनः तपाईहरुको उत्तरोत्तर प्रगतिको
कामना सहित विदा ।
प्रकाश शर्मा, लण्डन
जनगुनासो
विद्युतलाई चन्दा कहिलेसम्म ?
पवन नगर गाविस देवीस्थान लाइनका वासिन्दाहरु विगत छ वर्षदेखि
विद्युत महसुलको अनावश्यक मारमा पर्दै आइरहेका छौं । खास गरी
हामीलाई विद्युतको आवश्यकता साँझमा करीब १० बजेसम्म र बिहानमा
चार बजेदेखि सूर्योदय अघिसम्म अत्यन्त आवश्यकता पर्छ ।
गाउँघरमा विद्युतको प्रयोजन उज्यालोको लागि विशेषतः गरिन्छ ।
तर दुःखको कुरा यो छ कि त्यही समयमा विद्युत अत्यन्त डिम
हुन्छ र विकल्पमा लालटिन, टुकी पानस, मैनवत्ती र टुकिमाराहरु
बाल्न बाध्य हुन्छौं । एकातिर मासिक विद्युत महसुल बुझाइरहनु
परेको छ भने अर्कोतिर उज्यालोको लागि मट्टीतेल, मैनवत्ती र
ब्याट्रीमा पनि पैसा खर्चिरहनु परेको छ । यसरी हामी दोहोरो
मारमा कहिलेसम्म पर्ने - पटकपटक विद्युत प्राधिकरणमा धाउँदा
र निवेदन दिंदा आउँदा जाँदाको पैसा खर्च छुट्टै भइरहेको छ ।
तर जति पटक अनुरोध गरे पनि 'हामी गर्दिहाल्छौं ।' को मिठो
आश्वासन मात्रै पाइन्छ । वास्तवमा नेपालमा शान्तिपूर्ण र
समझदारी पूर्ण माग र समस्या जाहेरीको सुनुवाई र कार्यान्वयन
नहुने संस्कारको विकास भएकै हो त - यदी यसै हो भने पवन
नगरवासी उपभोक्ताहरुको समझदारीपूर्ण धर्ैयताको बोध टुट्न बेर
लाग्ने छैन । सुस्त बोलेर नसुने जस्तो गर्ने र हातको इशारा
नबुझे जस्तो गर्नेका उपर ध्यानाकर्षणका लागि भालाले घोँच्ने
बाहेक अर्को विकल्पै के रहन्छ र - आवश्यक विद्युत नै उपलब्ध
नगर्राई महसुल उठाउने विद्युत प्राधिकरणले पैसा असुल्ने
कार्य विद्युत प्राधिकरणले नगरोस् । विद्युत पनि उपलब्ध
गराओस् । हाम्रो अनुरोध छ ।
खगेश्वर भण्डारी, पवननगर-३, देवीस्थान दाङ