अन्तरवार्ता
हामी चाहन्छौं वामपन्थीको एकता
आवश्यक र अनिवार्य छ
- भिमप्रकाश शर्मा, सह-इञ्चार्ज, नेकपा माओवादी सल्यान
अहिलेको पछिल्लो राजनीतिक घटनाक्रमको विकासलाई यहाँले कसरी
हेरिरहनु भएको छ ?
राजनैतिक घटनाक्रमको वर्तमान परिस्थिति हाल एकाएक भएको होइन
। यसको लामो ऐतिहासिक प्रक्रिया तीव्र संघर्षको बीचबाट अगाडि
बढिरहेको स्थिति हो । अग्रगामी, क्रान्तिकारी चेतना, विचार,
योजना र प्रतिगामी यथास्थितिवादी अभिष्ट बीचको टक्करमा देश
गुर्जिरहेको छ । त्यसैले वैचारिक र भावनात्मक दुवै रुपमा
देशको राजनीति क्रान्तिकारी रुपान्तरणको संघारमा उभिएर
धु्रविकरणको प्रक्रियामा अघि बढिरहेको छ । त्यसको नेतृत्व
क्रान्तिकारी शक्ति नेकपा माओवादीले गरिरहेको छ । अर्कोतिर
सामन्तवादको कुहिएको मुढोलाई यथास्थितिवादी छेपाराहरुले
अठ्याएर अस्तित्व धान्ने प्रयत्न पनि गरिरहेका छन् ।
संसदबाट पारित विषयमा काँगे्रस सहमत भएर कार्यान्वयन
प्रक्रियामा जान्छ भन्नेमा तपाई कत्तिको विश्वस्त हुनुहुन्छ
- यदि काँगे्रस सहमतिको बाटोमा नगए स्थिति कसरी अगाडि बढ्ने
देख्नुहुन्छ ?
संसदबाट पारित दुइ वटा राष्ट्रिय मूल मुद्दाहरु कार्यान्वयन
नगरी देश अगाडि बढ्दै बढ्दैन । यसमा यथास्थितिवादी सोंच भएका
काँगे्रसका केही नेतृत्वको आत्मर्समर्पणवादी सोंचले नै काम
गरेको छ । काँगे्रस भन्दा पनि हामीलाई के विश्वास छ भने
काँगे्रस भित्रका जो इमान्दार देशभक्त, अग्रगामी चिन्तन
बोकेका प्रजातन्त्रवादी शक्तिहरुको ठूलो जत्था छ त्यसले
गणतन्त्र घोषणा पूर्ण समानुपातिक निर्वाचन प्रणाली जस्तो
महत्वपूर्ण मुद्दालाई कार्यान्वयन गर्न असहमत होला भन्ने
लाग्दैन । अग्रगमनमा सहमत नहुनेहरु अहिले विशेष अधिवेशनमा
नाङ्िगसके र अझै तिनको प्रजातान्त्रिक जनपक्षीय भन्ने
मुुकुण्डो च्यातिएको सबैले देख्न पाए । सकभर नयाँ सहमति
गराएर देशको निकास निकाल्ने प्रयत्न हाम्रो पार्टीको
हेक्वार्टरले गरिरहेको छ । भएन भने सामन्तवादको विरालो
बाँधेर श्राद्ध गर्ने बाहुनहरुको अस्तित्व जनताबाट नामेट
हुन्छ ।
अहिले जिल्लातिरको वस्तुगत स्थिति कस्तो छ - संविधानसभा
नहुँदा जनता निराश भएका छन् भनिन्छ नी । के जनता निराशै
भइसकेका हुन् त ?
जिल्लाको राजनैतिक स्थिति राष्ट्रिय राजनीतिबाट अलग रहन
सक्दैन । वस्तुगत रुपमा संविधान-सभाको निर्वाचनको बाधक हाम्रो
पार्टी हो भन्ने भ्रम र्छर्ने प्रयास त संसदीय पार्टीहरुबाट
भएता पनि विशेष अधिवेशनको निर्णयले त्यो भ्रम साफ गर्यो ।
वास्तवमा प्रजातन्त्रवादी र आफूलाई संसदवादी भन्न
रुचाउनेहरुले विशेष अधिवेशनबाट पारित निर्णयलाई कार्यान्वयन
गर्छन् या गर्दैनन् जनता पर्खेर हेरेका छन् । जहाँसम्म
संविधान-सभाको निर्वाचन दर्ुइ पटक स्थगित भैसकेपछि जनता
निरास छन् भन्ने कतिपयको भनाई छ यो गलत र त्यही निहुँमा
अस्तित्व धान्ने खेल मात्रै हो । बरु देश नक्कली चुनाव
हुनबाट जोगियो । राजतन्त्रको अन्त्य नगरेर संविधान-सभाको
चुनाव वास्तविक हुँदैन र समानुपातिक निर्वाचन प्रणाली बिनाको
चुनाव हात्तीको देखाउने दाँत हुन्छ भन्ने कुरामा जनता स्पष्टै
छन् । किनकि इतिहासको कालखण्डमा जनताले धेरै पटक धोका खाएको
बिर्सर्ेे छैनन् । जुन पार्टी र पार्टी कार्यकर्ताले
वास्तविक संविधान-सभाको चुनावको लागि यत्रो ठूलो रगतको मूल्य
चुकायो त्यो नै संविधान-सभा विरोधी बनाउने प्रयास त
हाँस्यास्पद हो भन्ने जनताले बुझेका छन् । जनताले केही
नबुझेको आफूले खुब बुझेको जस्तो देखिइने चरित्र उदांगो भएको
छ ।
तपाईंहरुले जिल्लामा केही समयदेखि चलाइरहेको सुदृढ
जनसम्बन्ध अभियान कस्तो खालको अभियान हो - यस्तो अभियान
संचालन गर्न आवश्यक भयो ?
हाम्रो जिल्ला पार्टीले चलाएको अभियान सुदृढ जनसम्बन्ध तथा
संगठन विस्तार अभियान हो । यसमा मूलतः संविधान-सभाका लागि
आवश्यक पर्ने पार्टी केन्द्रले तय गरेका २२ बुँदे आधारपत्रका
बारेमा जनतालाई प्रशिक्षित गर्न र विचार अनुसारको संगठन
सुदृढ गर्ने अभियान हो । यो जिल्लाका सबै जनवर्गीय तथा मोर्चा
संगठनहरुको एकीकृत परिचालनमा अगाडि बढिरहेको छ । यसले
राजनैतिक आर्थिक, सांगठनिक र संघर्षका कार्यक्रमहरुलाई एकसाथ
अगाडि बढाइरहेको छ । जहाँसम्म अभियान संचालन गर्नुपर्ने
कारणको बारेमा प्रश्न गर्नु भएको छ, जनसम्बन्ध बिग्रिएर
संचालन गरिएको होइन कि क्रान्तिको विकास संगसंगै नयाँ स्तरमा
संगठनलाई चुस्त बनाउनु पर्ने, थपघट गर्नुपर्ने, भेला
सम्मेलनद्वारा नेतृत्व निर्माण गर्नुपर्ने साथै नयाँ नयाँ
मान्छेहरुलाई संगठित गर्न जरुरी भएकाले गरिएको हो । त्यो पनि
नयाँ विचार दिएर मात्रै संगठित गर्न सकिन्छ । जनता र हाम्रो
पार्टीबीचको सम्बन्धलाई मालेमावाद र प्रचण्डपथीय आधारमा
प्रगाढ बनाएर नयाँ नेपाल बनाउनेसंग यसको सम्बन्ध रहेको छ ।
केही समय अघि जनपरिषद्को बैठकले जिल्लामा विकास निर्माणका
साथ विभिन्न विकास कार्यका विभागहरु गठन गरेर कामको थालनी
गरेको बताएको थियो, अहिले परिषद्ले के कस्ता कामहरुलाई अगाडि
बढाइराखेको छ ?
क्रान्तिका ३ हतियार मध्यको एक क्रान्तिकारी संयुक्त मोर्चाले
मूलतः संघर्षको साधनको कार्य गरिरहेको छ । सत्तँको औपचारिक
रुपमा विघटनको घोषणा भैसकेपछि सत्ताको काम त हुने भएन तर पनि
हाम्रो पार्टी सेना र सत्ताको काम जनताको सेवा गर्नु नै
भएकोले संयुक्त क्रान्तिकारी जनपरिषद्ले ती कामहरुलाई
व्यवस्थित र काममा छिटो छरितोका लागि विभिन्न विभागहरु गठन
गरेको छ । तत्काल कामको सन्दर्भमा विकास निर्माण, जनसेवा
लगायत स्थानीय स्तरमा सानातीना झैझगडा मिलाउने कामहरु भैरहेका
छन् । सत्तँ विघटन भएर पनि जनता पुरानो कानुन अन्तरगत
बाध्यात्मक अवस्थामा बाहेक सदरमुकाम जान चाहिरहेका छनन् ।
कानुनै कानुनले जेलिएर, कानुनै खाएर, कानुनै ओढेर वाक्क भएका
जनता नुन मात्रै खाएर भएपनि आफ्नो समस्या छिटो, सस्तो र
न्यायोचित तरिकाले हल भएको हर्ेन चाहिरहेका छन् । जिल्लामा र
गाउँस्तरमा जनसेवा समितिका कार्यालयहरु खोलिएका छन् जनताका
दैनिक समस्याहरुको समाधान भैरहेको छ । यी लगायत सबै जनताका
सरोकारका विषयलाई संयुक्त क्रान्तिकारी जिल्ला जनपरिषद्ले
व्यवस्थित रुपमा अगाडि बढाइरहेको छ ।
जिल्लामा वामपन्थीहरुका बीचको सहकार्यलाई माओवादीले कसरी
अगाडि बढाइरहेको छ ? एमालेसंग केही समय अघि सहमति भएको छ
भन्ने बुझियो के विषयमा भएको थियो ?
जिल्लामा वामपन्थीहरु बीचको सहकार्यलाई निकै गम्भीर छलफल बहस
गरेर अपसी मनमुटाव र सीमा समस्याहरुलाई हटाउँदै एकतावद्ध भएर
जाने प्रयास भैरहेको छ र कतिपय स्थितिमा बाहेक सहकार्य राम्रो
छ तर कतिपय वाम विचारधारा बोकेका साथीहरुसंग छलफल गरेर केही
कुरा स्पष्ट गर्नुपर्ने र हुनुपर्ने छ । एमाले र हाम्रो
पार्टीबीचमा ३ वटा बुँदामा सहमति भएको छ । जिल्लामा रहेका
वाम पार्टीबीचमा लछफल चलाउने, जिल्लामा दरबारिया चलखेलको
संकेत देखिएकाले त्यस्ता तत्वलाई निरुत्साहित पार्ने र रोक्ने
बारेमा आवश्यक कदम चाल्ने, र स्थानीय स्तरमा हाम्रो पार्टी र
एमाले पार्टीबीच कतिपय जनता र कार्यकर्ताबीचको असमभदारीबाट
उत्पन्न समस्याहरु सहमति र समभदारी तथा संवादको माध्यमबाटै
हल गर्ने सहमति भएको छ । गत कार्तिकमा हाम्रो पार्टी र नेकपा
एमालेकाबीचमा जिल्ला स्तरमा गम्भीर छलफल भएर उक्त सहमति
भएदेखि सम्बन्ध सुदृढ हुँदै गएको छ । कतिपय घटनाक्रमहरुले
प्रभावित पार्न खोजेता पनि हामी विचलित छैनौं र सम्बन्धलाई
अझै छलफल गर्दै भैपरि आउने समस्यालाई आपसी समभदारीबाटै हल
गरेर अगाडि बढ्ने प्रयास जारी छ । यो सम्बन्ध नजिक भएको
देख्न नचाहने प्रवृत्तिले भाँड्न खोज्नु स्वाभाविकै हो तर पनि
असफल नै हुनेछ । हामी चाहन्छौं वामपन्थीको एकता आवश्यक र
अनिवार्य छ ।
तपाईको पार्टी र वाइसिएलले चन्दा नदिएको आधारमा गाउँ
निकाला गरेको आरोप छ नि ?
आरोप त जे लगाए पनि भयो तर वास्तविकता के हो - त्यहाँ पुग्नु
पर्छ । साढे एक वर्षको शान्तिकाल विशेषतः संविधान-सभाको
चुनाव जेठमा स्थगित भएपछि दरबारियाहरुको चलखेल क्रमशः गाउँमा
बढ्दै गयो । बाँफूखोलाको भ्रष्टाचारी दरबारिया नोखीराम वलीले
भ्रष्टाचार गरेको रकम जनताले मागेपछि उल्टै जनतामाथि
जाइलागेकाले जनताले गाउँ निकाला गरेका हुन् । अर्को कुरा
खारामा फोरम गठन गरी स्थानीय महिलालाई बलात्कार गर्ने,
लुटपाट मच्चाउने र कुटपिट गर्ने दरबारिया तत्वहरुलाई पनि
जनताको ठूलो शक्तिले लखेटेको छ । यसलाई के भन्ने - सत्य के
हो भने दश वर्षको जनयुद्धले जनता सचेत भएकाले अन्याय
पर्नासाथ विद्रोह गरिहाल्छन्, त्यो त उनको अधिकारको कुरा हो
। कतिपय गैरसरकारी संस्था मार्फत् पनि दरबारियाहरु घुस्ने
प्रयास भैरहँदा जनताले प्रतिकार गरेको सत्य हो । त्यस्ता
प्रतिगामी दरबारिया तत्वहरुलाई गाउँगाउँबाट लखेट्ने कुराको
विरोध गर्नु भनेको सामन्तवादकै पाऊ मल्नु बाहेक अर्को हुँदैन
।
तपाईले पत्रकारिता क्षेत्रदेखि सैन्य मोर्चा हुँदै संगठनको
काम पनि गरिराख्नु भएको छ तपाईलाई कुन क्षेत्र बढि सहज लाग्यो
?
अजय जी ! हामी क्रान्तिकारी हौं र हामी स्वेच्छाले क्रान्तिमा
समावेश भएका छौं । क्रान्ति सम्पन्न गर्नको लागि धेरै
मोर्चाहरु खोल्नुपर्ने हुन्छ र ती मोर्चा संगठन अथवा विभाग
जिम्मेवारी सबै क्रान्तिका साधन त हुन् । ती क्रान्तिमा
प्रयोग दिन्छन् र मात्रै क्रान्ति सम्पन्न हुन्छ । त्यसकारण
कुन सहज र कुन क्षेत्र असहज भन्ने हुन्न । सबै मोर्चाहरु
त्यत्तिकै महत्वपूर्ण, जटिल, चुनौतीपूर्ण र सम्भावनायुक्त
रहन्छ हरेक क्रान्तिकारीहरुका लागि । त्यसैले पत्रकारिताको
मोर्चा सम्हाल्दा पनि प्रतिक्रियावादीहरुको गोलीको शिकार
पत्रकारहरु पनि हुनुभयो, हामीले पनि जेल जीवन र यातना झेल्यौं
। यता सैन्य मोर्चामा होस् या संगठनमा होस् हजारौं हाम्रा
अग्रज नेता, कार्यकर्ता, सहयोद्धा कमरेडहरुको हाम्रो सामू
भौतिक शरीर छैन । हामीले रगतको केही हिस्सा मात्रै बगायौं
कार्यभार शहीदहरुले पूरा गर्नु भयो हाम्रो अपुरै छ । त्यसैले
पत्रकारिता क्षेत्र होस् सैन्य मोर्चा होस् तर जोखिम र
चुनौतीको सवालमा र दायित्वबोध र जिम्मेवारीको हिसाबले समान छ
।
अहिलेको मिडियाले खेल्नुपर्ने भूमिका कस्तो हुनुपर्छ भन्ने
लाग्दछ ?
अहिलेको मिडियाको भूमिका भनेको साम्राज्यवादी संचार संजालका
विरुद्ध उच्च प्रविधि र न्यून प्रविधिको समायोजन र तालमेल गरी
सामन्तवाद र उसको गोठालो साम्राज्यवादका विरुद्ध जेहाद छेड्नु
नै हुन्छ । त्यो मालेमावाद र प्रचण्डपथीय संचार कार्यदिशाको
प्रयोगबाट मात्रै सम्भव छ । यसको अर्थ हो गाउँ र शहरलाई
जोड्नु, उत्पीडित, उपेक्षित वर्ग, जातिलाई आफ्नो अधिकार लिनको
लागि चेतना जगाउनु र वैचारिक र राजनैतिक वर्ग पक्षधरतामा
संगठित र कटिवद्ध हुनु, प्रोत्साहित गर्नु, जनताको आवाजलाई
बुलन्द पारेर विद्रोही चेतना अभिवृद्धि गर्नु नै अहिलेको
संचार जगतको मुख्य भूमिका हो जस्तो लाग्दछ । किनकि मिडिया
क्षेत्र पनि वर्गीय समाज भन्दा अलग छैन ।