विचार
तीन किसिमको जाँच र सुधार
- क. जीतजंग
यो अन्तरपार्टी निर्देशन क. माओले चिनियाँ कम्युनिष्ट
पार्टीको केन्द्रीय समितिको क्रान्तिकारी फौजी आयोगका लागि
३० जनवरी १९४८ मा तयार गर्नु भएको महत्वपूर्ण शुद्धिकरण
अभियान थियो । पार्टी र सेनालाई सुदृढ बनाउने यसको प्रमुख
उदेश्य रहेको थियो । यो शुद्धिकरण आन्दोलन तीव्र वर्ग
संघर्षको बेलामा क्रान्तिकारी भूमिसुधारसंग जोडिएको थियो ।
नेपाली जनक्रान्तिको यो उचाईमा क. माओको तीन किसिमको जाँच र
तीन किसिमको सुधार आज क्रान्तिकारीहरुको लागि उत्तिकै
मार्मिक र सान्दरि्भक रहेको छ । यसको मर्म र स्प्रिडको बारेमा
छलफल चलाउनु र चल्नु आवश्यक छ । किनभने हामी नयाँ परिस्थितिमा
खडा भएका छौ र संभावना र चुनौती संगसंगै हिडिरहेका छन् ।
चुनौतीको दृढतापूर्वक सामना गरेर मात्र संम्भावनालाई
र्सार्थक परिणाममा बदल्न सकिन्छ । त्यसो गर्नको लागि वर्ग
धरातल र विचाधारात्मक पक्षलाई शर्षिविन्दुमा राख्नै पर्दछ ।
तीन किसिमको जाँच
१) वर्ग धरातलको जाँच :
सर्वप्रथम हामीले वर्ग सम्बन्धी वैज्ञानिक परिभाषा र त्यसलाई
जन्म दिने आधार बुझ्न आवश्यक छ । लेनिनको परिभाषा अनुसार "वर्गहरु
भनेका मानिसहरुका त्यस्ता ठूला समूहहरु हुन्, जो ऐतिहासिक
रुपले निर्धारित सामाजिक उत्पादनको व्यवस्थामा आफूले ओगटेको
ठाउँले गर्दा, उत्पादनका साधनहरु आफ्नो सम्वन्धले गर्दा -जुन
सम्बन्ध धेरै जसो मामिलामा कानूनमा निर्धारित प्रतिपादित भएको
हुन्छ) सामाजिक श्रम संगठनमा आफ्नो भूमिकाले गर्दा र
फलस्वरुप आफूले व्यवस्था गरेकोे सामाजिक धनको हिस्साको मात्रा
र त्यसलाई प्राप्त गर्ने तरिकाले गर्दा एक अर्कोबाट भिन्न
रहेका हुन्छन् । वर्गहरु मानिसहरुका त्यस्ता समूहहरु हुन्,
जसमा समाजिक अर्थतन्त्रको निश्चित व्यवस्थामा तिनले ओगटेको
भिन्नभिन्नै स्थानहरुल्ो गर्दा एउटाले अर्कोको श्रमको अपहरण
गर्न सक्छ ।" यस मान्यताबाट यो कुरा बुझ्न सकिन्छ कि
वर्गहरुको जन्म, विकास समाजको उत्पादन प्रणालीसंग अभिन्न
रुपले जोडिएको हुन्छ । समाजको उत्पादन प्रणाली र वितरणबाट नै
र्'वर्ग' पैदा हुन्छ । मालेमावादी सिद्धान्त यो स्वीकार गर्छ
कि समाजमा वर्गहरुको विश्लेषण उत्पादनबाट नै प्रस्थान
गर्नुपर्दछ । उत्पादनको आधारमा नै वर्गहरुको परिभाषा थाल्नु
पर्दछ । यसरी मात्र यो भन्न सकिन्छ कि समाजको जुन समूहसंग
उत्पादनका साधनहरुको नियन्त्रण र अधिकार हुन्छ ती समूहहरु
श्रम लुट्ने वर्ग र जुन समूहसंग उत्पादनका साधनमाथि
नियन्त्रण र अधिकार राख्न सक्दैन तिनीहरु श्रमजीवी वर्गभित्र
पर्दछन् ।
हाम्रो समाज अझै पनि अर्ध-सामन्ती र अर्ध-औपनिवेशिक अवस्थामा
बाँच्न विवश छ । जहाँ स्पष्ट वर्ग विश्लेषण गर्न गाह्रो छ ।
तर पनि क्रान्तिको निशाना र मित्रशक्तिको स्पष्ट खाका
खिच्नुपर्ने नै हुन्छ । हाम्रो पार्टीको १२ वर्ष अगाडि
ऐतिहासिक तेस्रो विस्तारित बैठकले सर्वहारा वर्ग, खेतमजदुर,
मध्यम किसान, धनी किसान निम्न पूंजीपती र राष्ट्रिय पूँजीपति
वर्ग क्रान्तिका भरपर्दो र सहयोगी भनेर विश्लेषण गरेको छ ।
प्रहारका निशाना सामन्तवाद, दलाल तथा नोकरशाही पूँजीवाद
किटान गरेको छ । यी विश्लेषण जीवन व्यवहारमा सत्य सावित भएका
छन् । महत्वपूर्ण पक्ष यो रहेको छ कि नेपालको उत्पादक शक्ति
र उत्पादन सम्वन्धको विकासको स्तर अत्यन्त कमजोर रहेको छ ।
निर्वाहमुखी टुक्रे कृषि उत्पादन, एउटा व्यक्ति धेरै काममा
लाग्ने ग्रामीण इलाकामा बसोबास गर्ने अधिंकास जनसमुदायको
आर्थिक आधार हो । देशका सक्षम जनशक्ति विदेशीनु पर्ने वाध्यता
वर्षोनी बृद्धि भएको छ । परिमाण समाजलाई आर्थिक परनिर्भरको
दिशामा लगिरहेको छ । कमाएर ल्याएको अर्थले वर्ग धरातल तलमाथि
बनाउदै आएको छ । चारवर्ष अगाडि एउटा वर्ग श्रेणीमा पर्ने
व्यक्ति चार वर्षपछि अर्को वर्ग श्रेणीमा जीवन स्तर उठ्दा
उसको सोचाई-वुझाई, धारणा पनि फरक हुदै आएको छ । वर्ग धरातल
तलमाथि हुने प्रक्रिया निरन्तर चलिरहँदा जनसमुदायको चेतनालाई
विस्तार विस्तारै निम्न पुँजीवादी आत्मकेन्द्रित र अहमता
बनाउदै लगिरहेको छ । शोषण, दमन र अत्याचारका विरुद्ध एक
हदसम्म लडन्, भिडन तयार हुने त्यसभन्दा अगाडि आवश्यक पर्ने
सामूहिकता, लगन, निष्ठा, धर्ैयता, त्याग, बलिदान, निरन्तर
गर्न हिच्किचाउने, ढूलमुलाउने, विचलित हुने, निम्न पूँजिवादी
आत्मकेन्द्रित व्यक्तिवादको चरित्रगत विशेषता हुने गर्दछ ।
हाम्रो समाजमा र विभिन्न पार्टी संगठनमा यो चरित्र बोकेको
वर्गको बाहुल्यता रहेको छ ।
जनयुद्धकालका आधिमय संघर्षका अवधिमा पार्टीले भोग्नुपरेको
भित्री र वाहिरी समस्या भोगेको विश्वासघात, पाएको धोका निकै
पेचिलो छ, तर हिजो भन्दा आज परिस्थिति बदलिएको छ । फौजी
संघर्षबाट यो परिवेशमा कसैले व्यक्त गर्नुपरेको छैन । हरक्षण
युद्धको स्थितिमा ज्यान राख्नुपर्ने परिस्थिति पनि छैन ।
भौतिक कठिनाई व्यहोर्नुपर्ने पनि छैन । तर्सथ हिजो दवाइएका,
मौका नपाएका र लुकाएका प्रवृत्ति खुल्ला मैदानमा निस्पिmक्रि
सयर गर्ने परिस्थिति आएको छ । पार्टी संगठन हिजोको तुलनामा
हजारौ लाखौको स्तरमा विकास भएको छ । यो सकारात्मक र सुखद
पक्ष नै हो । आउने सदस्यहरुको वर्ग धरातल, वर्ग पृष्ठभूमिको
अध्ययन र जाँच गर्ने र शिक्षित तुल्याउनेमा कमी आयो भने
संगठन भिडभाडमा बदलिने संभावना रहन्छ । पार्टीको सर्वहारा
स्फूर्ति र जुझारुपनको ह्रास हुन्छ । एक जना उपन्यासकारले
लेखेका रहेछन्- 'समाज कस्तो छ भनेर जान्न, बुझ्न, कम्यूनिष्ट
पार्टीमा लाग्नुपर्छ र थाहा हुन्छ ।' उपन्यासकारको यो भनाईले
पार्टी संगठनमा हरेक मान्छेले आफ्नो वर्ग विशेषता,
सांस्कृतिक पृष्ठभूमी अनिवार्य व्यक्त गर्दछ । त्यसकारण
निरन्तर व्यक्तिहरुको वर्ग अध्ययन र जाँच गरिराख्ने विषय
कम्यूनिष्ट आन्दोलनमा महत्वपूर्ण पक्ष हो ।
२) विचारधाराको जाँच :
हालसम्म मानव इतिहासको विचारधारको क्षेत्रमा अतिभुतवाद,
आर्दशवाद र द्धन्दात्मक भौतिवाद वीचको संघर्ष रहदै आएको छ ।
अधिभूतवाद, आर्दशवाद र यान्त्रिक भौतिकवादले बस्तुलाई
बनिवनाउ अर्थमा बुझ्ने, जसका गुण र क्षमताहरु सधैका लागि
प्रयोग गर्न सकिने, प्रत्येक बस्तु एक अर्कोबाट अलग हुने,
संघर्ष सापेक्ष, एकता निरपेक्ष भएको दावी प्रस्तुत गर्ने
बस्तु रुपान्तरित र संश्लेषित हुदै जाने बैज्ञानिकता इन्कार
गर्ने प्रवृत्तिका विरुद्ध द्वन्द्वान्तमक भौतिकवादी
सिद्धान्तले हरेक बस्तु गति र परिवर्तनको प्रवाहमा बुभछ ।
अन्तरनिहित कारण बस्तुको विकास र विनास ठान्दछ । विकास वा
विनास जे भएपनि हरेक प्रक्रियामा बृद्धिको सहज प्रक्रिया
नभएर गुणात्मक विकास हुदै अगाडि बढ्छ । एकता सापेक्ष र
संघर्ष निरपेक्षको नियमबाट विकास प्रक्रिया हुने मान्दछ ।
विगत र वर्तमानसंग घटना प्रक्रियाका अन्तरसम्वन्ध रहेको
ठान्दछ ।
ध्यान दिनुपर्ने यो छ कि जस्तो समाज, त्यस्तो विचारधारा,
जस्तो ठाँउ त्यस्तो सोच चिन्तन रहेको हुन्छ । व्यक्तिहरुका
सोच्ने तरिका, चिन्तन र काम गर्ने तरीका आकाश र जमीनबाट आउने
होइन । यही समाजको उत्पादन प्रणालीले निर्धारण गर्ने हो ।
हाम्रो समाजमा वर्गहरुको विविधता रहेको छ । आ-आफ्ना आर्थिक,
सामाजिक पृष्ठभूमी र धरातल छन् । विविध सोच, चिन्तन,
प्रवृत्ति र धारा बोकेर नै मान्छे पार्टी संगठनमा आउछ र
पार्टी संगठन बन्दछ । पार्टी भनेको वर्गीय पक्षधरतामा
निर्माण भएको साधन हो । कम्युनिष्टहरुको स्वार्थ भनेको
सर्वहारा श्रमजीवी जनताको मुक्ति र स्वतन्त्रताको प्रश्न हो
। यसलाई मार्गनिर्देशन गर्ने सिद्धान्त मालेमावाद र
प्रचण्डपथ हो । यसको आलोकमा मात्र मुक्ति र स्वतन्त्रता
सम्भव छ । कम्यूनिष्ट क्रान्तिकारीहरुरुले मार्क्सवादी
सिद्धान्तलाई दह्रोसंग समात्नु आवश्यक हुन्छ । यसमा
प्रशिक्षित, दीक्षित र व्यवहार कुशल हुन आवश्यक हुँदो रहेछ ।
मार्क्स एंगेल्सले सिद्धान्तको विषयमा विशेष जोड दिंदै "कम्यूनिष्ट
क्रान्तिकारीहरुलाई सर्वहारा विश्व दृष्टिकोणले समृद्ध
बन्नुपर्ने" भनेर जोड गर्नुभएको थियो । क्रान्तिकारी
सिद्धान्तले मात्र क्रान्तिकारी आन्दोलन हुने" लेनिनले बताउनु
भयो । क.माओले "विचारधारात्मक राजनैतिक कार्यदिशाले सबै थोकको
निर्धारण हुने" बताउनु भयो । हाम्रो पार्टीले भित्र र बाहिर,
सबैतिर विचारधारात्मक पक्षलाई शर्षि स्थानमा राखेर नै आएको छ
। विचारधाराको क्षेत्रमा हुने संघर्ष सबैभन्दा पेचीलो, जटिल
हुने गरेको छ । दक्षिणपन्थी विर्सजनवादी विरुद्धको बाहिरी
सघंर्ष संकीर्ण जडसुत्रीय प्रवृत्तिका विरुद्ध भित्री
वैचारिक संघर्ष मात्र यो उचाईमा हाम्रो पार्टी र आन्दोलन
आइपुगेको छ ।
३) कार्यशैलीको जाँच :
विज्ञानलाई जनताको जीवन पद्धतिसंग जोड्न, राजनैतिक कार्य
दिशालाई सत्य सावित गर्न कलाको आवश्यकता पर्दछ । जसलाई
कार्यशैली भनिन्छ । कला पनि आफ से आफ पैदा हुने होइन । कुनै
संगठन गर्न सक्षम हुन्छन्, कुनै असक्षम, कसैले भाषण गर्न
सक्दछन्, कसैले सक्दैनन्, कसैले जनतालाई हार्दिकता र
प्रभावकारी ढंगले परिचालन गर्न सक्दछन्, कसैले सक्दैनन्,
कतिपयले नीति, निर्णयलाई लागु गर्न सक्दछन्, कतिले सक्दैनन्,
कसैले कार्यकर्तालाई निरन्तर उत्साहित गरेर परिचालन गर्दछन्,
कसैले क्षणभरमा भाँडभैलो मच्चाउँछन्, केहिलाई जनता र
कार्यकर्ताले मन पराउछन्, केहिलाई पराउँदैनन् । यी सबै हुनुमा
कार्यशैली सहि वा गतल अनुशरण गर्नाले हुन्छन् । एउटै लक्ष्य,
एउटै विचार बोकेका पार्टी कार्यकर्तालाई किन विविधता र
अनेकतामा बुझ्छन् - कसैले गर्ने कसैले नगर्ने किन हुँदै
गइरहेको छ - कार्यकर्ता र जनताले केहिलाई चाहने, केहिलाई
दुत्कार्ने किन हुन्छ - जनता र कार्यकर्ता बीचमा अविश्वास,
आशंका किन बढिरहन्छ - क्रान्तिमा उर्त्र्सग गर्ने जनतामा किन
निराशा बढ्छ - कठिन घडीमा दुःख कष्ट उठाउन सक्ने कार्यकर्ता
र जनता आजको सहज परिस्थितिमा किन खल्लो महशुस गदैछन् - यी
पार्टी र क्रान्तिको अगाडि उभिएका यक्ष प्रश्नहरु हुन् ।
क्रान्ति भित्र क्रान्ति गरेर मात्र यी यक्ष प्रश्नको जवाफ
दिन सकिन्छ । समस्याको समाधान पुरानो तरिकाले अब सम्भव छैन ।
कार्यशैली भनेको काम सम्पादन गर्ने तरीका हो । विशुद्ध
कार्यशैली मात्र हुँदैन । कार्यशैलीको सम्वन्ध चिन्तनसंग
अभिन्न रुपले जोडिन्छ, जोड्नुपर्ने हुन्छ । व्यक्तिको दिमागले
कामकार्वाहीलाई निर्देशीत गर्दछ ।
मार्क्सवाद-लेनिनवाद-माओवाद र प्रचण्डपथको आलोकमा निर्धारित
कार्यशैली, जनवादी केन्द्रियताको सिद्धान्तद्वारा निर्देशीत
कार्यशैली, जनतालाई इतिहासको निर्माताको अर्थमा ग्रहण र लागु
गर्ने कार्यशैली, ठोस परिस्थितिनुसार ठोस विश्लेषण अनुरुपको
शैली बनाउन सक्ने पार्टी नेतृत्व, कार्यकर्ताले मात्रै सफल
जनक्रान्तिको नेतृत्व गर्दछ । जनताको भावना र आवश्यकतालाई
केन्द्रमा राखेर नीति, निर्णय र कार्यक्रम बनाउन सक्ने पार्टी
कार्यकर्ताले सही अर्थमा दर्शनलाई जनताको जीवन पद्धतिसंग
जोड्दछ । जनताको मनोविज्ञान बुझ्नु नै सही अर्थमा जनदिशाको
अवलम्वन हो । यस पक्षबाट पनि कार्यशैलीको जाँच गर्न आवश्यक छ
।