लेख
पत्रकारको अपहरण र हत्या प्रसंग
- कृष्ण चन्द 'रुमाले'
पत्रकारहरु राज्यको महत्वपूर्ण अंग हुन्, जसले राज्य र
जनतालाई सही सन्देश दिएर देशको आमूल परिवर्तनका लागि काम
गरिरहेका हुन्छन् । सबैको आँखाका रुपमा रहेका पत्रकारहरुको
मार्ग दर्शनलाई सबैले सम्मान गर्नैपर्छ र उनीहरुको इज्जत र
जीवन रक्षाको लागि सबैले पहल गर्नैपर्छ । त्यस्तै बारा
जिल्लाका पत्रकार वीरेन्द्र साहको माओवादी कार्यकर्ताको
संलग्नतामा अपहरण गरी हत्या गरिएको कुरा सञ्चार माध्यमहरुमा
आइरहेको छ । नेकपा माओवादीले पनि पत्रकारको अपहरण र हत्याको
सत्य तथ्य पत्ता लगाई सार्वजनिक पनि गरिसकेको छ र गहिरो दुःख
पनि प्रकट गरिसकेको छ । एउटा राज्य संचालन गर्ने सत्तादेखि
बाहिर रहेको पार्टीले त्यो भन्दा बढी गर्ने हैसियत पनि रहन्न,
त्यो कुरा सम्पूर्ण पत्रकारहरुले बुभनुपर्ने कुरा हो ।
माओवादी पार्टीले पत्रकार शाहको अपहरणपछि हत्या गर्ने
कार्यकर्ताहरुलाई कानुनी कार्वाही गर्ने भरमग्दुर प्रयास
गरिरहेको छ । विडम्बना यो छ कि हाम्रँे देश भारतसंग सीमाना
जोडिएका जिल्लाहरुमा आपराधिक गतिविधि गर्ने मानिसहरु विभिन्न
पार्टीहरुलाई ढाल बनाएर अपराध कार्य गर्नासाथ भारतमा संरक्षण
पाइहाल्छन् । त्यसकारणले पनि हुनसक्छ माओवादी पार्टीले र
राज्यले पत्रकार शाहको हत्याराहरुलाई कानुनको कठघरामा ल्याउन
नसकेको मधेशी जनअधिकार फोरमले दर्जनौं माओवादी कार्यकर्ता र
शुभचिन्तक जनता रौतहटमा मारिँदा राजनैतिक दलहरु, सरकार र
पत्रकारहरुले मौनता साँधेर रमिता हेरे । दलहरुले पनि फोरममा
लागि हत्यामा संलग्न हुने कार्यकर्तालाई कुनै पनि कानुनी
कार्वाही गर्ने प्रयास गरेनन् । तर नेकपा माओवादी त पत्रकार
शाहको हत्यामा मौन बसेको त छैन । नेपाली काँगे्रस लगायतका
दलहरु र तिनीहरुकै आसेपासे पत्रकारहरुले पत्रकार साहको अपहरण
र हत्या गर्ने अपराधीहरुलाई पत्तँ लगाउने कार्यमै संगठित भएर
त्यो घटना स्थलमा लाग्नुपर्नेमा अपराधीलाई कानुनी कार्वाही
गराउने कार्यमा लागिपरेको माओवादीको बिनासित्तै बदनाम गराउन
खोज्नु पत्रकार महासंघ जस्तो संस्था लाग्न नहुने हो । उहाँहरु
पत्रकार साहप्रति सहानुभूति देखाई वास्तविक अपराधी खोज्न
लाग्नु भन्दा काँगे्रस र एमालेको भातृ संगठन बनेर माओवादीलाई
पीडामाथि पीडा थोपर्नतिर नलाग्नु पर्ने हो । पार्टीका
कार्यकर्ताले व्यक्तिगत रुपबाट अपराध गर्दा त्यो अपराधको
भागीदार संस्था नभई व्यक्ति नै हुने गर्छ । त्यसको लागि
बारबार माओवादी पार्टीलाई दुत्कारिरहनु कति उचित होला - त्यो
त पत्रकारहरु जस्तालाई हामीले सम्झाइरहनु पर्दैन ।
अहिले बाराको घटनाको विषयमा चर्का चर्का स्वरले माओवादीलाई
दुत्कार्ने त्यस्ता मान्छेहरु छन् जसले माओवादीले जनआन्दोलनका
दोषीहरुलाई कार्वाही गर्न भनी २२बुँदे माग ल्याई जनतामा आउँदा
सेता महलबाट रमिता हेरिरहेका थिए । त्यो कुरा पनि आम
पत्रकारहरुले बुभनै पर्दछ । यहाँ र्सार्थक संविधान-सभाको
चुनाव हुन नदिन दरबारिया, साम्राज्यवाद र विस्तारवाद सबै
शक्तिहरु लागिरहेको छन्, त्यसको लागि यहाँ माओवादीहरुलाई
भएभरको बल लगाएर सखाप पार्ने सपना देखिरहेका छन् र षड्यन्त्र
गरिरहेका छन् । माओवादीका कार्यकर्ताहरुलाई किन्ने, खराब
काममा लगाउन यदि त्यसो गरेर पनि नभएमा इमानदार
कार्यकर्ताहरुलाई दुःख दिने, हत्या गर्ने जस्ता षड्यन्त्र
गरिरहेका छन् । ती षड्यन्त्रकारीहरुले काँगे्रस, एमालेजस्ता
दलहरुलाई त आफ्नो काबुमा लिए लिए पत्रकारहरुलाई पनि हरेक
षड्यन्त्र गरेर काबुमा ल्याउन खोजिरहेका छन् र कतिपय
पत्रकारहरुलाई आफू अनुकूल चलाइरहेका छन् । मेरो भनाई
पत्रकारहरुले माओवादीको स्तुती गान गाउनुपर्छ भन्ने होइन,
गल्ती गर्छन् भने देश र जनताको आघात हुने काम गर्छन् भने
भण्डाफोर गर्नै पर्छ । गल्ती गर्नेलाई सही मार्गमा ल्याउनै
पर्छ तर आफ्नो कार्यकर्ताको गल्ती स्वीकार गरी अपराधीलाई
कानुनी कार्वाही गर्नुपर्छ भन्दाभन्दै शोषक साहुले आसामीलाई
सोझो ठानी घाँटी अँचेटेझैं माओवादीलाई कमजोर ठानी घाँटी
अँचेट्ने काम भइरहेको छ । पत्रकारहरु जस्ता सज्जनले
देशी-विदेशी षड्यन्त्र बुभनै पर्ने अवस्था छ । नेपालमा
र्सार्थक संविधान-सभाको चुनाव नभए हामी हिजोझैं भोली पनि
विदेशीको भाडाको सिपाही, कुल्ली, दरबान, २१औं शताब्दीको दास
बन्नेछौं, त्यो कुरा पीडित नेपाली जनताले बुझेझैं
पत्रकारहरुले पनि बुभनु पर्नेछ ।
पत्रकार वीरेन्द्र साहको हत्याको कुराले सबैलाई दुःखी बनाएको
छ । बरु नेकपा माओवादीको कुनै जिम्मेवार पक्ष्ँबाट
अपराधीहरुलाई कार्वाही नगर्ने कुनै त्यस्तो मनसाय
पत्रकारहरुले भेटाउनु भएको छ भने प्रमाणसहित त्यो जिम्मेवार
मानिसलाई जनता सामू ल्याउनुहोस् र कार्वाही गर्नुहोस् तर
संस्थालाई बेतुकको गाली दिएर प्रतिक्रियावादीहरुलाई फाइदा
हुने खुराक दिने काम नगर्नुहोस् भन्ने आग्रह हो ।