साहित्य-कला
लेखक कलाकारहरुको सम्मेलन र आजको
दायित्व
- लेकाली खड्का
प्रतिक्रियावादी र यथास्थितिवादीहरु कहिल्यै पनि समाज
अग्रगमनको दिशातिर अगाडि बढेको देख्न चाहँदैनन् । मियोको
वरीपरी दार्ँइमा गोरु घुमाएझैँ एउटै घेरामा कैद गर्दै आफ्नो
लुटको र्स्वर्ग बचाईराख्ने सपना देख्नुमा नै उनीहरु आफूलाई
महान् ठान्दछन् । सत्य र यथार्थतालाई ढाकछोप गरेर असत्य र
भ्रमजालको खेती गर्नु उनीहरुको कर्म नै हो । यसरी हेर्दै
जाँदा साहित्य-कला र राजनीतिलाई फरक-फरक ढंगले विश्लेषण गर्दै
यसको आत्मालाई तुहाउने काम भैरहेको छ । साहित्य-कला र राजनीति
यी तीनै कुरा समाजको जीवन हो । यही जीवनमा टेक्दै उनीहरुले
विखण्डनको नीति लिएर अंश-अंशमा सिध्याउँदै जाने खेल खेल्दैछन्
।
विद्यमान यही परिदृश्यभित्र प्रगतिवादी साँस्कृतिककर्मीहरुको
गौरवशाली संगठन अखिल नेपाल जनसाँस्कृतिक महाँसंघले थुप्रै
जटिलतम् मोडहरुमा यथास्थितिवादी प्रतिक्रियावाद र
प्रतिगमनकारी शक्तिहरुसित निरन्तर संघर्ष गर्दै आइरहेको छ ।
धरातलीय यथार्थताबाट नै असली जनवादी साहित्य-कलाको उद्घाटन
हुने मान्यताका साथ प्रगतिवादी लेखक, साहित्यकार र
जनकलाकारहरु जनविरोधी साहित्यिक धारासँग टक्राउँदै आफ्ना कलम
र मादलहरु सशक्त बनाउदै आइरहेका छन् । कृष्ण सेन, च्याङ्वा,
मस्त, डिबी, चुनुलगायतका सयौं महान् श्रष्टाहरुलाई
युद्धभूमिमा गुमाउँदा असह्य पीडाबोध पनि भयो । उहाँहरुको
रगतसँगै आँशुको प्रवाह छचल्कियो । तर आँशु र रगत केवल जमिनमा
भिजेर खेर गएन, यो त शक्तिशाली बारुद बनेर सल्कियो । मेचीदेखि
कालीसम्म वर्गवैरीहरु खतम गर्दै एउटा नयाँ शक्तिशाली दस्ता
तयार भयो । एउटा ऐतिहासिक र भव्य सौर्न्दर्यविम्ब देखा पर्यो
।
बदलिएको नयाँ भौगोलिक संरचनाका साथ थुप्रै क्षति र उपलब्धीको
बीचबाट मगराँत राज्यसमिति सतिसालझै किल्ला बनी उभिरहेको छ ।
आधारइलाका, विशेष क्षेत्र, मगराँत स्वायत्त प्रदेश, राप्ती
क्षेत्र र मगराँत राज्यसमिति यसरी नयाँ संरचना बन्दै जाने
क्रममा जहिले पनि चाहे त्यो भीषण वर्गसंघर्षको बेला होस् या
संकटकालीन युद्ध परिवेशमा, या त शान्तिकालीन अवस्थामा,
जुनकुुनै बेला यसले साहस र धर्ैयताको पर््रदर्शन गरेको छ ।
असत्य र भ्रमको चिरफार गरेको छ । राष्ट्र, राष्ट्रियता र
जनताको मुक्तिको निम्ति नयाँ-नयाँ सन्देशहरु दिदै आएको छ र
दिइरहनेछ । यही क्रममा भर्खर मात्रै अखिल नेपाल जनसाँस्कृतिक
महाँसघ अर्न्तर्गत अखिल नेपाल लेखक संघ र अखिल नेपाल
जनकलाकार संघको संयुक्त रुपमा मगराँत राज्य समितिको ऐतिहासिक
प्रथम सम्मेलन भव्यताका साथ सफल गरी रेसुङ्गाको फेदीबाट
जीवित आत्मासहितको जनसंस्कारको उद्घाटन गरेको नयाँ सन्देश
दिने जमर्को गरिएको छ ।
साहित्य केवल शब्द भण्डारको संयोजन होइन भने कला केवल
तालबाजाहरुको केन्द्रीकरण मात्र होइन । पुस्तक लेखेर दराज
भर्ने र म्यूजिकशालाहरु खोलेर रमाइलो गर्ने परम्परावादी
रुपवादलाई हामी निस्तेज पार्न खोज्दैछौं । यसले नै साहित्य र
कलालाई राजनीति, वर्ग र यथार्थबाट कटाएर व्यापारीकरण गरिरहेको
छ । राष्ट्र, राष्ट्रियताको संरक्षण र सर्म्वर्द्धन गर्न
एकताभाव पैदा गरी संघर्ष गर्ने होइन, विखण्डन, व्रि्रह, कलह
सिर्जना गर्ने र साम्राज्य र विस्तारवादका अगाडि झुक्ने
सम्झौतावादी चरित्र हुन्छ यसको । अस्वस्थ प्रतिस्पर्धा, अन्ध
नक्कल, अश्लिलता हुँदै निराशावादमा पतन गराउनु नै यसको
उद्देश्य हो । निराशावादले कहिल्यै पनि कुनै विषयमा जीवन
देख्दैन, गणितीय भाषामा भन्नुपर्दा यसको कोण माइनसतिर नै
हुन्छ । माइनसले अन्ततः शून्यमा पुर्याउँछ र चारैतिर
अँध्यारो मात्र बाँकी रहन्छ । अनि अँध्यारोमा के गर्न सकिन्छ
र - एउटा खाडलमा गएर जाक्किने सिवाय अरु केही हुन सक्दैन ।
साहित्य-कलामा अहिलेको मुख्य समस्या भनेको यही अँध्यारो धारा
नै हो । हाम्रो महाँसंघको केन्द्र र सबै राज्यसमितिहरुले यसकै
विरुद्ध ठुलो संघर्ष गर्ने तयारी गरिरहेका छन् । हाम्रो
प्रथम राज्य सम्मेलनको मूल नारा नै यसरी राखिएको छ -'सामन्तवाद
र राष्ट्रिय आत्मर्समर्पणवादका विरुद्ध हाम्रो आन्दोलन,
साँस्कृतिक रुपान्तरणको आन्दोलनका लागि प्रथम राज्य सम्मेलन
।' राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिक रुपमा नै देश
यतिबेला ठुलो खतरामा उभिएको छ । जतिबेला पनि विदेशी चलखेल
बढ्न सक्छ, सुन्दर नेपालका मनोरम छटाहरु कुल्चने
साम्राज्यवादी दाउपेचहरु कहि कतै पनि छिपेको छैन । लहराइरहेका
वेलीकुञ्जहरुमा फक्रिरहेका फुलहरु निमोठ्न सलहको बाढी आयो भने
कुनै पनि देशभक्त, प्रगतिवादी, वामपन्थी, न्यायप्रेमी,
मुक्तिकामी साहित्यकार र जनकलाकारहरु आँखामा पट्ट िबाँधेर
बस्ने छैनन् र बस्नु पनि हुँदैन । समय सापेक्ष्ँ भईपरी आउने
चुनौती र अस्तित्व रक्ष्ँा विरोधीहरुसँग जुधेर नै गर्ने कुरा
हो । यहीबाट मात्रै नयाँको विजय र पुरानोको ध्वंस हुन्छ ।
जुध्न नसक्नेहरुले एकपटक डाइनोसरको इतिहास पढ्न जरुरी छ ।
कसरी लोप भएको थियो त्यो भिमकाय प्राणी - यसरी नै नेपाललाई
नयाँ र सुन्दर बनाउन सबैले एकपटक ठुलो मूल्य चुकाउनु पर्नेछ
। यो महान् अभिभारा सीमित मान्छेले मात्रै गरेर हुनेछैन ।
सिंगो देश उठ्नुपर्नेछ । देश उठाउन नयाँ विचार र नयाँ चेतना
चाहिएको छ । त्यो चेतना भर्न आधा जिम्मेवारी लेखक र
कलाकारहरुको काँधमा सुम्पिएको छ । जिम्मेवारी पूरा गर्ने
उर्जा हामीलाई यो ऐतिहासिक प्रथम सम्मेलनबाट पैदा भएको छ ।
सम्मेलनमा लेखक कलाकारहरुको उपस्थिति र ती सबैमा देखापरेको
क्रान्तिकारी जोश, उत्साह र प्रतिबद्धताले यसको पुष्टि गर्दछ
।
जसरी हामीले साँस्कृतिककर्मीहरुको प्रथम सम्मेलन सफल गर्यौं,
यसले साँस्कृतिक आन्दोलनको दिशा निदृष्ट गर्ने ढंगबाट नीति
निर्माण र नेतृत्व चयन गरेको छ । थुप्रै साँस्कृतिक दस्ताहरु
तयार पारेको छ । अनेकौं अस्पष्टता र भ्रमहरु चिर्दै ऐतिहासिक
ढोका खोलेर साँस्कृतिक साम्राज्यवादमाथि महान् विजय प्राप्त
गरेको छ । आधारइलाकाको सँधै अग्रणी भूमिका खेल्ने यो
क्षेत्रबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा एउटा नयाँ
बहसको शुरुवात भएको छ । क्रान्ति सफल गर्ने र प्रतिक्रान्ति
रोक्ने २१औं शताब्दीका गोर्की र लुसुनहरुको भूमिका के हुने -
यो महान् कार्य कसरी सम्पन्न गर्न सकिन्छ गहिरो चिन्ता र
चासोका साथ सम्मेलनबाट यी विषयहरु प्रारम्भिक चरणमा बहसमा
आएका छन् । सम्भवत यही क्षेत्रबाट नै यसको फैसला दिन साहस
गर्नुपर्छ भन्ने अपेक्षा राख्नु अन्यथा हो जस्तो लाग्दैन ।
प्रगतिशील र गणतन्त्रवादी साँस्कृतिककर्मीहरुको अबको दायित्व
भनेको गाउँमा व्याप्त संकीर्णताले बाँधिएको सामन्ती
रुढीवादबाट मुक्त गर्ने र शहरबजारमा फैलिएको अराजकतावादी छाडा
साँस्कृतिक प्रकोपलाई नियन्त्रण गर्नु नै मुख्य हुनेछ ।
विकृतिकरणको प्रक्रिया निकै तीव्रतामा छ । गीतसंगीतकै कुरा
गर्दा पप, र्यापले मौलिकता निल्न खोज्दैछ । विचारविहीन,
उद्देश्यविहीन केवल यौन बासनायुक्त प्रेम लिप्ततामा पोखिने
साहित्यकलाले राष्ट्र, राष्ट्रियता र जनताको अस्तित्व रक्ष्ँा
गर्न सक्छ कि सक्दैन - यहीनेर निकै ख्याल पुर्याउनुपर्ने
भएको छ । अहिले लोक र आधुनिकको फ्यूजन नै व्यावहारिक र
वैज्ञानिक हुन्छ । लोकलाई आधार बनाएर आधुनिकले लिड गर्ने कुरा
हो भने वर्गीय पक्ष्ँधरता र लेखकीय प्रतिबद्धतालाई मुख्य
मापदण्ड बनाइनुपर्छ । अन्यथा यी सबै रुपमा जे देखिएतापनि
सारमा भ्रम मात्र हो । यही मान्यताका साथ सामन्ती निरंकुशताको
अन्त्य र लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ मोडेल खडा गर्न
कुनै पनि प्रगतिशील, देशभक्त लेखक कलाकारहरुको एउटा नयाँ
मोर्चा गठन गर्न महाँसंघले कदम उठाइरहेको छ । यसैमा समाहित
होऔं र सुन्दर भविष्य निर्माणको दिशातिर अगाडि बढौं ।