वर्ष १०, अंक ३, २०६४ मंसीर १६ गते आइतबार (02 December 07)

HOME ABOUT US

naulojanaubhar@gmail.com

Special Link

राष्ट्रिय मुक्तियुद्धमा देशभक्तिको भावना जुन रूपमा हुन्छ, त्यो अन्तर्राष्ट्रियवादकै व्यावहारिक रूप हुनेछ  -क. माओ

Last updated : 02 Dec 2007

Revolutionary Music

Samana Pariwar

Pratirodh Pariwar

Senchyang Pariwar

Kshitij Pariwar

Jaljala Pariwar

Raktim Pariwar

Vivid Music

Other Language

Song Lyrics

Works

Com. Prachand

Com. Kiran

Com. Baburam

Articles

Com. Mahara

Lema Goyeska

Bashudev Misra

Prakash Sharma

D. Rawol

 

 

 

 

 

 

Documents

12 Point Agreement Decision betweeen SPA and CPNM

Peace Accord

Management of Arms and Armies

नेपालको अन्तरिम संविधान 2063

 

Ideology

Marxism

Leninism

Maoism

Prachandapath

Archive

Press Release

Publications

Martyrs

Photo Gallery

Literature

Documents

Survey

 

Special Archive

 Facilities

Currency Convertor

Date Convertor

Roman to Nepali

Metric Convertor

Nepali Calendar

Language Translation

Live Nepali Tvs

Search engines

Google.com

Yahoo.com

MSN.com

World News

BBC World Service

CNN

Hindustan Times

The Hindu

 

 

प्रमुख समाचार

समानुपातिकको फैसला गोलमेचले गर्ने- प्रचण्ड

काठमाण्डौं/सात दलीय सहमति जुटाउन बसेको हिँजोको बैठक पनि निष्कर्ष बिहिन भएर टुङ्गयो । त्यसको प्रभाव आज बस्ने संसदको बैठकमा पनि पर्ने भएको छ । जसका कारण संसदको बैठक पनि भूमिका छ । जसका कारण संसदको बैठक पनि भूमिका बिहिन हुने निश्चित भएको छ । संसदको विशेष अधिवेशनद्वारा पारित गणतन्त्र र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको प्रस्ताव कार्यान्वयनमा काँगेस सहमत नहुँदा राजनीतिक गतिरोध उत्पन्न भएको हो ।

पार्टीको महासमितिको बैठकले गणतन्त्रमा जाने प्रस्ताव पारित गरेता पनि नेपाली काँगे्रस भित्र दरवारियाहरुको पकड बलियो हुनाले काँगे्रस संसदको निर्णय मान्न तयार नभएको हो । अर्को तर्फ गिरिजा स्वयम पनि विदेशी शक्ति केन्द्रहरुको इशारा बेगर चल्न नसक्दा निकास तर्फ जान नसकेको हो ।

दुइसाता अघिदेखि चालु भएको संसदको बैठक सात दलको बैठक ठोस निष्कर्षमा जान नसक्दा अघि बढ्न सकिरहेको छैन । अहिले संसदको निर्णय कार्यान्वयन गराउन नचाहने तत्व नेपाली काँगे्रस र एमालेभित्रका पश्चगामी र दरवारिया शक्ति रहेको राजनैतिक विश्लेषकहरु बताउँछन् । यदी काँगे्रसले सकारात्मक रुपमा अघि बढ्न अस्विकार गरेर आलेटाले गरिरहने हो भने अब सरकारको नेतृत्व परिवर्तन गर्नुपर्ने बहस चलिरहेको छ । वास्तवमा ४ वर्ष अघि सकेका गिरिजाको नेतृत्व रहँदासम्म निकास अघि बढ्न नसक्ने चर्चा राजनैतिक वृत्तमा चलिरहेको छ ।

यसैबीच सात दलको हरेक बैठकले सकारात्मक निकास दिने संकेत भनिरहे पनि वास्तवमा यस्ता कुरा जनताको आँखामा छारो हाल्ने नौंटङ्की भएको माओवादीका एक प्रभावशाली केन्द्रीय नेताले बताउनु भयो । उहाँको भनाई थियो अब जनतालाई झुक्काइरहनु जरुरी छैन । जनआन्दोलन बिना सकारात्मक परिवर्तन हुनै नसक्ने माओवादी नेताहरुको दावी छ ।

उता कोचिला राज्य समितिको पार्टी प्रशिक्षणमा विराटनगर पुग्नु भएका माओवादी अध्यक्ष प्रचण्डले गणतन्त्रको विषयमा दलहरुबीच सहमति जुट्न सक्ने र समानुपातिकका निम्ति गोलमेच सम्मेलन गरेर टुङ्ग्याईने बताउनु भएको छ । उहाँले गोलमेच सम्मेलन नै सबैभन्दा उत्तम विकल्प भएको बताउनु भयो । सञ्चारकर्मीहरुले राखेको जिज्ञासाको जवाफ दिंदै अध्यक्ष प्रचण्डले गोलमेच सम्मेलन मार्फत पूर्ण समानुपातिक प्रणाली लागू गर्ने विषयमा सहमति खोजिने बताउनु भयो । गोलमेच सम्मेलनमा सबै जातजाति, क्षेत्र, भाषा-संस्कृति, लिङ्ग, उत्पीडित वर्ग, विभिन्न बुद्धिजीवी, नागरिक समाज, लगायतको सहभागिता रहने जनाइएको छ । त्यसो गर्दा आन्दोलनकारी सबै शक्ति समेटिने र त्यसले लिने निर्णय प्रभावकारी रहने बताइएको छ ।

राजनैतिक विषय, शक्ति बाँडफाँड सहितको उच्च स्तरीय मन्त्रीमण्डल पर्ुनर्गठन र माओवादी जनसेना व्यवस्थापन अबको सहमतिमा प्रमुख विषय बन्ने प्रचण्डको भनाई थियो । जेहोस् सात दलको सहमतिको विकल्प नभएको जनाइएता पनि सहमति हुने विषयमा भने अझै आशंका व्यक्त गरिएको छ । यसका निम्ति नेका र एमालेभित्र रहेका दरवारिया शक्तिहरुलाई परास्त नगर्दासम्म निकाश ननिस्कने जानिफकारहरु बताउँछन् ।

अन्य समाचार

'बीचको बाटो खोजेरै भएपनि माओवादीले सहमति जुटाउँछ'

प्रभा बोगटी रोल्पा, दहवन/

जनमुtmिसेनाको पाचौं डिभीजन मुख्य शिविर दहवन स्थित खुल्ला मैदानमा शुक्रवार दोस्रो सुनिल स्मृति सभा सम्पन्न भएको छ । सभामा बोल्दै ने.क.पा.माओवादी रोल्पाका इन्चार्ज सिजलले अहिले आफ्नो पार्टी बीचको बाटो खोजेरै भए पनि नयाँ सहमति निकाल्ने उद्देश्यका साथ सात राजनैतिक दलसँग छलफलमा जुटिरहेकोले निष्कर्ष निस्कने बताउनु भएको छ । गणतन्त्रको शिशुलाई जन्म दिने र गर्भमै हत्या गर्नेहरुका विच अहिले संघर्ष भइरहेको भन्दै जिल्ला नेता सिजलले आफूहरु त्यसको हत्या गराउनेहरुका विरुद्ध लड्दै त्यो शिशुको जन्म गराएरै छाड्ने बताउनु भयो ।

कुनै निकास हुन नसके वैदेशिक चलखेल बढ्दै जाने भएकोले आफ्नो पार्टी गंभिरताका साथ छलफलमा जुटेको भन्दै क.सिजलले भन्नु भयो- टसकोमस नहुने पक्षमा हामी छैनौं तर संघीय लोकतान्त्रिक गणतन्त्र हामीले कदापी छाड्दैनौं । सहमति निस्कने प्रयास सफल हुँदै गएको भन्दै सिजलले अहिले माथि दर्ुइ सेनाको एकिकरण, शहीद परिवारलाई राहत र वेपत्ताको खोजी कार्यको बारेमा छलफल भइरहेको बताउनु भयो । सभामा शहिद हुनु भएका डिभिजन कमाण्डर क.सुनिलको सम्झना गदै चुनवाङ बैठकले पास गरेको लोकतान्त्रिक गणतन्त्रको कार्ययोजनालाई जनतासम्म संप्रेषण गर्न नदिनकै लागि प्रतिक्रियावादीहरुले उहाँको हत्या गरेको सिजलले बताउनु भयो । माओवादीद्वारा मारिएकालाई राहत र राज्यद्धारा मारिएकाहरुलाई आहत भरहेको भन्दै सिजलले तेह्रहजार शहीदका परिवारहरुलाई सड्कमा ओरालिदिए त्यो आक्रोसको भार राज्यले थेक्न नसक्ने बताउनु भएको थियो ।

उक्त सभामा बोल्दै अर्का वक्ता अखिल नेपाल जनसाँस्कृतिक महासंघका केन्द्रीय उपाध्यक्ष माइला लामाले आफुहरु नयाँ प्रकारको विद्रोहको तयारीमा रहेको भन्दै शहीदहरुको सपनासम्म पुग्नलाई विद्रोहको बाटो अंगाल्नु पर्ने स्थिति आएको बताउनु भयो । वितेकेा ढेड वर्षमा गधालाई गाई बनाउन आफुहरु लागेको भए पनि त्यो बन्न नसके पछि आफुहरुले विद्रोहको तयारी गर्नु परेको भन्द्रै माइला लामाले जनताहरुले आफुहरुलाई विग्रियो भनी शंका नगर्न आग्रह गर्नु भयो । सभामा ब्रिगेड कमाण्डर महान, जनसाँस्कृतिक महासंघका केन्द्रीय सचिवालय सदस्य मोहनलाल चन्द र शहीद सुनिलका छोरा पृथ्वी थापा लगायतले शहिद सुनिलको योगदानका बारेमा बोल्नु भएको थियो ।

जनमुक्तिसेना र सयौं जनताहरुको उपस्थिति रहेको उक्त सभामा करिव ६ दर्जन बढी शहीद परिवार र जनसेनाहरुले सुनिल लगाएतका शहिदहरुको फोटोमा अवीर र माला पहिर्‍याई श्रद्धाञ्जली अर्पण गरेका थिए । सो अवसरमा जनमुक्तिसेनाको एक टुकुडीले शहिदहरुलाई सलामी दिएको थियो । २०६२ को मंसिर १४ गते रोल्पा जिनावाङ गा.वि.सको मनीमारेमा जनसेनाको प्रशिक्षण चलिरहेको बेला शाही सेनाले हेलिकप्टरबाटै आक्रमण गरि तत्कालिन पाँचौ डिभिजन कमाण्डर क. सुनिलको हत्या गरेको थियो । सभामा उहाँको जन्मकाल देखि शहादत हुदा वेला सम्मको यात्रा जीवनीको बारे पढेर सुनाइएको थियो । सभाको सभापतित्व व्रि्रेड कमाण्डर अविनाशले गर्नु भएको थियो भने संचालन सुवासको रहेको थियो ।

सोहि दिन साझँ सामना परिवारको केन्द्रीय साँस्कृतिक टोलीले बूहत साँस्कृतिक कार्यक्रम देखाएको थियो । संघीय गणतन्त्र नेपालका लागि जनसंगीत अभियान लिएर पूर्वमेची देखि पश्चिम महाकाली सम्म हिड्ेको सामना टोलीलेे रोल्पाका विभिन्न ठाँउहरुमा कार्यक्रम देखाइसकेर आजै दाङ फर्किने कार्यक्रम रहेको छ ।

लेखकले समाज र राजनीतिलाई दिशा निर्देश गर्नुपर्ने

दाङ/समाजलाई अग्रगति दिन र राजनीतिलाई दिशा निर्देश गर्न लेखक साहित्यकारहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने एक कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन् । अखिल नेपाल लेखक संघ दाङले शनिबार घोराहीमा आयोजना गरेको र्'वर्तमान परिस्थितिमा लेखकहरुको भूमिका' विषयक अन्तक्रिर्या कार्यक्रममा बोल्ने वक्ताहरुले सो कुरा बताएका हुन् ।

संघका जिल्ला अध्यक्ष सुशिल क्षेत्रीको अध्यक्षता र संघका केन्द्रीय संयोजक हिरामणी दुःखीको प्रमुख आतिथ्यमा सम्पन्न अन्तक्रिर्या कार्यक्रममा सहभागीहरुले दश बुँदे निष्कर्ष निकालेका छन् । निष्कर्ष निकालिएका बुँदाहरु यहाँ जस्ताको तस्तै प्रस्तुत गरिएको छ ।

- लेख रचनाका आधारमा समाजमा नयाँ धारणा निर्माण हुने भएकोले समाजलाई अग्रगति दिन र राजनीतिलाई दिशा निर्देश गर्न लेखक साहित्यकारहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ ।

- समस्यालाई उजागर गर्ने मात्र होइन समस्या समाधानका लागि पनि लेखकहरुले बाटो देखाउनुपर्छ ।

- १० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेजस्तै अब राष्ट्रियता, लोकतान्त्रिक गणतन्त्र र संविधान सभाका लागि लेखकहरुले महत्वपूर्ण भुमिका निर्वाह गर्नुपर्छ ।

- लेखकहरु अरुलाई पढाउने उपदेशक मात्रै होइनन्, उनीहरुको पनि कर्तव्य र दायित्व हुन्छ तर्सथ लेखकहरुले लेख्ने मात्रै होइन । लेखेको कुरालाई व्यवहारमा लागु गर्नुपर्छ र उनीहरुले धरातलीय यथार्थलाई पकडेर कलम चलाउनुपर्छ ।

- गाली गलौज, आक्षेप र ध्वंसात्मकभन्दा पनि सकारात्मक सोचसहितका रचनात्मक र निर्माणात्मक शैली र शब्द प्रयोग गर्दा नयाँ नेपाल निर्माणमा सहयोग पुग्नेछ, त्यसैले लेखकहरुले यो विषयमा पनि ध्यान दिन जरुरी छ ।

- कुनै घटनाले पैदा गरेको तरंगको आधारमा तर्क बनाउनुभन्दा वस्तुगत यथार्थताको आधारमा तर्क बनाएर लेख लेखिनुपर्छ, जसले समाजमा निराशाभन्दा पनि उत्साह पैदा गरोस् ।

- लेखक साहित्यकार चेनका हिसाबले समाजभन्दा एक कदम अगाडि हुनर्ुपर्दछ, तर्सथ विचार र चेतनाका हिसाबले सबभन्दा पहिले लेखकहरु नै स्पष्ट हुनर्ुपर्दछ, त्यसपछि मात्र उसको लेखनी स्पष्ट हुन्छ ।

- लेखकमा जसरी विचारको निखारता चाहिन्छ, त्यसरी नै भाषामा सरलता हुनर्ुपर्दछ ।

- लेखकले जे लेख्न खोजेको हो त्यो नडराएर सबैले बुझ्ने गरी लेख्न सक्नुपर्छ ।

कार्यक्रममा प्रमुख अतिथि हिरामणी दुःखीले अहिले साम्राज्यवादीहरुले उत्तरआधुनिकताको नामबाट समाजमा विखण्डनवादी विचार पस्किरहेको छ भन्नुहुदै बहुलवादी ट्रेनद्वारा समाजमा अराजकता फैलाएर अस्थिरता पैदा गरेको बताउनुुभएको थियो । सो अवसरमा लेखक तथा साहित्यकारहरु टीकाराम रेग्मी, गिरिराज शर्मा, सुशिल गौतम, डा.लोकराज पराजुली, उत्तमकृष्ण मजगैंया, डिल्लीबहादुर रावत, मुलधन रोका, गणेश शाह, खुबीराम आचार्य, लेखराज खनाल, धर्मराज ब्रि्रोही, मौसम रोकाले आ-आफ्ना धारणा राख्नुभएको थियो । त्यसैगरी पुरन शर्मा, जीवन हमाल, प्रकाश चौधरी, कुन्ता भण्डारी, मानबहादुर मल्ल, रमेश सुवेदी, मीना खड्का, रमेश लम्साल, गीता शर्मा, मोतिबाबु रेग्मी, उदय विसी, नविन पारखी, गजेन्द्र बोहरा, मानबहादुर केसी, खगेश्वर भण्डारी र देविका जीएमले पनि बोल्नुभएको थियो ।

संघका सचिव गणेश शाहीको सञ्चालनमा र यज्ञबहादुर डाँगीको स्वागत तथा विषय प्रवेशबाट शुरु गरिएको कार्यक्रमको सहजीकरण केएल पीडित र नरेन्द्र केसीले गर्नुभएको थियो ।

एड्स दिवस सम्पन्न

दाङ/हामी सबैको चाहना एड्स मुक्त समाजको परिकल्पना भन्ने मूल नाराका साथ जिल्ला एड्स संगठन समिति दाङको आयोजनामा शनिबार एड्स दिवस मनाइएको छ ।

विभिन्न स्वास्थ्यसंग सम्बन्धित संघसंस्थाहरुको सहभागितामा घोराहीको ट्राफिक चोकबाट निस्किएको स्यालीले बजार परिक्रमा गरी कर्मचारी मिलन केन्द्रमा गई जम्मा भएको थियो । र्‍यालीपछि आयोजित 'कण्डम फोड' कार्यक्रममा प्रथम, द्वितीय तृतीय प्रतियोगीलाई जिल्ला स्वास्थ्य कार्यालय पमु केशवराज पण्डित लगायतका अतिथिहरुले पुरस्कार वितरण गर्नुभएको थियो । कार्यक्रममा सहभागीहरुलाई धन्यावाद दिंदै जिल्ला स्वास्थ्य कार्यालय प्रमुख केशवराज पण्डीतले बिसौं एड्स दिवस मनाउनुको उद्देश्य भनेको एचआईभि संक्रमित व्यक्तिलाई पनि समाजमा सम्मान जनक तरिकाले राख्न सकिन्छ भन्ने सन्देश दिन सकिन्छ । त्यसैगरी इलाका स्वास्थ्य केन्द्र स्यूजाको आयोजनामा एड्स दिवश मनाइएको इलाका स्वास्थ्य केन्द्र स्यूजाका निमित्त प्रमुख नारायणप्रसाद र्घर्तीले बताउनुभयो । कार्यक्रमको 'कण्डम फोड' प्रतियोगितामा प्रथम हुनेलाई पुरस्कार समेत दिइएको थियो ।

एड्स संक्रमितहरुको संस्थाका अनुसार जिल्लाभरिमा ४० जना संक्रमित रहेको र जसमा महिलापुरुष बराबरी रहेका छन् भने १/२ जना बच्चा समेत रहेका छन् । एड्स संक्रमित भएका एक जनाको भनाई छ- हामी पनि समाजमा बस्न सक्छौं काम गर्न सक्छौं तर पनि जनचेतनाको कमीले गर्दा गाउँ समाजबाटै निस्कनु परेको छ । हाल केही संघसंस्था र जिविसले सहयोग गरेता पनि आफूहरु पालिनलाई प्रयाप्त भएको छैन । संक्रमित महिलाले भनिन् समाजमा हामीलाई छड्के आँखाले हेरिन्छ धारामा पनि दिंइदैन यस्तो समस्या छ । उनीसंग प्रतिक्रिया माग्दा हाम्रा समस्या जतिलाई भने पनि हर्ेर्ने कसैले होइन त्यसैले भन्नु पनि बेकार छ भनिन् ।

सहकारी संस्था गरिखाने वर्गको पक्षमा हुनुपर्ने

दाङ/कृषकहरुको आर्थिक र सामाजिक जीवनस्तर उठाउने, कृषि क्षेत्रको विकासमा टेवा पुर्‍याउने उद्देश्यका साथ दाङमा उद्यमशील बहुउद्देश्यीय कृषि सहकारी संस्था स्थापना गरिएको छ । शुक्रबार घोराहीमा एक समारोहकाबीच प्रमुख जिल्ला अधिकारी मोहनकृष्ण सापकोटाले औपचारिक उद्घाटन गर्नुभएको थियो ।

सो अवसरमा बोल्ने वक्ताहरुले उद्योग, सहकारी संस्थाहरु गरी खाने वर्गको पक्षमा हुनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा प्रमुख अतिथि मोहनकृष्ण सापकोटाले दाङको विकासको लागि कृषिमा आधारित उद्योगहरुको विकासको आवश्यकता तर्फ चर्चा गर्दै सहकारी संस्थाले ग्रामीण क्षेत्रमा शोषणमा परेका किसानहरुलाई टेवा पुर्‍याउनु पर्ने बताउनु भयो ।

क्रान्तिकारी पत्रकार संघका केन्द्रीय सचिवालय सदस्य हिरामणि दुःखीले सहकारी गठन गर्नुमात्र ठूलो कुरा नभएको उल्लेख गर्दै त्यसलाई व्यवस्थित परिचालन गर्न लक्षित समूहलाई व्यापक सहभागी बनाउनुपर्ने बताउनुभयो । कार्यक्रममा नेकपा -माओवादी) दाङका सेक्रेटरी सागर, एमाले दाङका सेक्रेटरी शोभाराम बस्नेत, संयुक्त वाममोर्चाका गणेश केके, राजमोका केस भरत भण्डारी वरिष्ठ कृषि अधिकृत कमलकान्त झाँ, स्थानीय अधिकारी मधुसुदन पौडेल, कृषि सहकारी उत्पादक संघका अध्यक्ष गोविन्दप्रसाद शर्मा, जिल्ला वन अधिकृत बलराम अधिकारी, लगायतले बोल्नुभएको थियो ।

संस्थाले कृषि तथा पशुपंक्षीका उन्नत एवं गुणस्तरीय बिऊ उत्पादन गर्ने, वैज्ञानिक खेतीतर्फ कृषकहरुलाई उन्मुख गराउने, वर्तमान निर्वाहमूखी कृषि प्रणालीलाई व्यवसायिक तथा प्रतिस्पर्धात्मक कृषि प्रणालीमा विकास गर्ने, रोजगारी तथा स्वरोजगारीमा वृद्धि गरी गरिबी न्यूनिकरण गर्ने र कृषि उत्पादन एवं उत्पादकत्व बढाउन सरकारी तथा गैरसरकारी संघ संस्था तथा निजी क्षेत्रको समन्वय एवं सहभागितामा कृषिजन्य वस्तुहरुमा आधारित उद्योग व्यवसाय संचालन गर्ने, गराउने लगायतका उद्देश्यहरु राखेको छ । माधवप्रसाद शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सानु नारायण चौधरीले गर्नुभएको थियो ।

रोल्पाका विस्थापितहरु गाउँ फर्किए

मानसिंह वि.क./रोल्पा

युद्धकालको समयमा माओवादीको नाममा गाउँबाट विस्थापित भएर सदरमुकाम लिवाङमा आई बसेका १०५घरका ६१७जना सदस्यहरु हालै गाउँमा फकिएर सौहार्दपूर्ण वातावरणमा जीवन विताइरहेका छन् । गाउँमा युद्धको चाप सहन नसकी लिवाङमा बस्दै आएका विस्तापितहरु देखि प्रशासनको आड्मा जनयुद्ध दबाउन सुराकी गरेका बदमास र ज्यु पाल्न गाह्रो मानी शरणाथर्ाी बनेर खादै आएका नक्कली विस्थापितहरु लाई समेत गाउँमै फर्काइएको छ ति विस्तापितहरुले २०६४सालको तिहार पनि आफ्नै घरैमा मनाएका छन् ।

गाउँमा उनीहरुलाई माओवादीले स्वागत सहित खान र बस्नको लागि सरसामान जुर्टाईदिने कार्यमा सहयोग गदै आइरहेको गाउँमा फर्किएका विस्तापितहरु नै बताउँछन । अब पुरानो जीवन बोकेर होईन नयाँ जीवन बोकेर हामी गाउँमा फर्किएका छौ विस्तापित मध्येका एकले आपनो घर पुग्दै भने । अहिले रोल्पामा न विस्तापितहरुले माओवादी लाई नकारात्मक दृष्टीले हेने गर्छन न माओवादीले विस्थापितलाई हिजोको तरिकाले बुझ्छन । समयले दुबैथरी लाई बदलेको छ । सहजता वातावरणमा रोल्पामा अहिले सामाजिक कामहरु अगाडी बढिरहेका छन । तर सरकारले भने पुरानै सामन्ती रवैया अपनाई रहेको छ । उसले न राज्य द्धारा विस्थापितहरु लाई राहत दिन सकेको छ न वेपताहरुको स्थिती सार्वजनिक गर्न नै सकेको छ ।

परिषद् साउदी अरेवियाले काम थाल्यो

सागर श्रेष्ठ, साउदी अरेविया

नोभेम्बर, २४/ साउदी अरेविया, गैर आवसीय नेपाली संघ, राष्ट्रिय समन्य परिषद् साउदी अरेवियाले आपना २ जना प्रतिनिधी पठाउन सफल भएको छ । भर्खरै राजधानी काठमाण्डौमा भएको अन्तर्राष्ट्रिय तेस्रो सम्मेलन स्थापना कालको छोटो अवधीमै यसले आफनो कामको थालनी गरेको छ ।

यसै अवसरमा यहि मंसिर ७ गते राष्ट्रिय सामान्य परिषद साउदी अरेवियाले संस्थाका सल्लाहकार श्री राजु सैयद र वहाँको परिवारको विशेष सहयोगमा वहाँकै निवासमा संस्थाका सभापति श्री गोपाल घिमिरे ज्यूको सभापतित्वमा सम्मान तथा शुभ-कामना कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा बोर्डका सदस्यहरु, पत्रकार, बुद्विजीवीको उपस्थिति रहेको थियो । सम्पुर्ण उपस्थिति रहेको थियो । महानुभाबहरुले निर्वाचित द्वयलाई पुष्पा गुच्छाहरु दिएर स्वागतका साथै सफलताको शुभ-कामना प्रदान गर्दै ३ लाख ५० हजार भन्दा बढी साउदीका एन.आर.एन.हरुको हक हित र अधिकारको लागी सम्बन्धित निकाय सम्म पहल गर्न अनुरोध गरेका थिए । कार्यक्रम संस्थाका महासचिव श्री विमल गौतम ज्यूले सञ्चालन गर्नु भएको थियो ।

मेलामा खेलकुद प्रतियोगिता

ओमप्रसाद बुढा/रोल्पा

गत वर्षहरु जस्तै यस वर्षपनि मंसिर ८देखि १० गतेसम्म पाछावाङ गाविसको राक्सेवाङमा मेला सम्पन्न भएको छ । उक्त मेला २०५८ सालभन्दा पहिले तिथिअनुसार लाग्ने गर्दथ्यो । २०५८ साल मंसिर ८ गते जनमुक्ति सेनाले घोराही व्यारेक कब्जा गरेको थियो । यो सामन्ती राजतन्त्रको रक्षक तत्कालिन शाही सेना माथिको पहिलो प्रत्यक्ष आक्रमण थियो । विजयको अवसरमा २०५९ सालदेखि पाछावाङ गाउँ जनसरकारले मंसिर ८गतेको मितिमा रुपान्तरणगरेर विजय उत्सावको रुपमा मेला लगाउँदै आएको छ । मेलाको अवसरमा भलिवल प्रतियोगिता राखिएको थियो । रुकुम जिल्लाबाट ४ र रोल्पाबाट ४ समूह गरी ८ समूहले प्रतियोगितामा भाग लिएका थिए । ८ समूह बीचको प