शहीदगाथा
कमरेड निर्मम (झक्कुप्रसाद पुन)
वास्तविक नाम झक्कुप्रसाद पुन पार्टीको नाम क.निर्मम ।
उहाँँको जन्म २०२७ सालमा सल्यान जिल्लाको कालागाउँ-६
तिमलकाँडामा भएको हो । बुवा भोटे पुन र आमा डम्वरी पुनका ६
सन्तान मध्यका माहिला हुनुहुन्थ्यो उहाँँ । कमरेड निर्ममका
जम्मा ४ दिदी बहिनी, २ दाजुभाइ, उहाँँकी श्रीमति र २ छोरी
हुनुहुन्छ ।
मध्यम किसान परिवारमा जन्मनुभएका झक्कुप्रसाद पुन प्रावि
कालिकामा प्राथमिक तह, मावि फारुलामा हाइस्कूल र शितल उच्च
माध्यमिक विद्यालय चौरजहारीबाट आइए पास गर्नुभएको थियो ।
०५४मा स्क्वायडमा सहभागी हुनुभएका क.निर्मम ०५६ असोजमा
जनमुक्ति सेनाको ९ नं प्लाटुन सेक्सन कमाण्डर, ०५८ भाद्रमा
४३ नं प्लाटुन कमाण्डर, कम्पनी भि.सी हुदै पाँचौ डिभिजन
अन्तरगत बटालियन भि.सी रहनु भएको थियो । उहाँको फौजी जीवनको
रेडहरुमा अवलचिङ प्रहरी चौकी, रामपुर इ.प्र.का., पाँचकटिया
इ.प्र.का., दुनै सदरमुकाम, रुकुमकोट इ.प्र.का., पँचकुले
इ.प्र.का., होलेरी इ.प्र.का., घेराही कारवाहीमा सपोर्टको लागि
तुल्सीपुर घेराउ, कपुरकोट, जहाँ दायाँ हातमा गोली लागि घाइते
हुनुभयो । त्यसपछि केही समय संगठनमा रहनुभयो तर ०६० को
एकिकृत जनसैन्य अभियानपछि उहाँँ पुनः सैन्य फर्मेशनमा सहभागी
हुनुभयो । गैरा एम्बुस, वाफूखोला, चिल्ढाले, चाख्लीघाट,
जोगिनेटा, थारमारेको स्यालाखोला, तकमारा, लुहाम, पानीखोला,
शंखमुल मावि परीक्षाकेन्द्रमा सुरक्षार्थ खटिएका प्रहरीमाथिका
र्सपर्राईज एम्बुसहरु चर्चित छन् । त्यसपछिका म्याग्दीको बेनी,
मथुराडाँडा आक्रमण, पाल्पाको बतासेडाँडा, दोश्रो खारामोर्चा
लगायतका ऐतिहासिक कारवाहीहरुमा उहाँँको कमाण्डरशीप जारी रहृयो
।
कुशल संगठक, अरुलाई छिट्टै प्रभाव पार्नसक्ने क्षमता,
अन्तरविरोधको सही पहिचान, अन्यायको विरोधी र विरोधीहरुसंग
आक्रमक उहाँँको जीवनका चारित्रिक विशेषता हुन् । साहित्य,
सृजनाप्रति विशेष अभिरुची राख्ने हरेक कलामा अभ्यस्त कमरेड
निर्ममको साहित्यिक कृति "अभ्यस्त सिपाही" कथा संग्रह
प्रकाशित भैसकेको छ । यस वाहेक उहाँँका थुप्रै कथा, कविता,
संस्मरणहरु विभिन्न पत्र-पत्रिकाहरुमा प्रकाशित भईसकेका छन्
। उहाँँले २ वटा विवाह गर्नु भएको थियो । पहिलो श्रीमतिको
मृत्यु भएपछि दोश्रो विवाह बसन्ती बुढाथोकीसंग गर्नु भएको
थियो । हाल उहाँँकी २ छोरी -पहिलाकोबाट १ र दोश्रो वाट १) र
श्रीमति हुनुहुन्छ । उहाँँ आमाको सबभन्दा प्यारो छोरा
हुनुहुन्थ्यो । जनयुद्धकै दौरान ०६२ पौष १४ गते सल्यान र
रोल्पाको सिमाना मनिमारेमा प्रत्याक्रमणको दोश्रो फौजी योजना
संप्रेशन र डिभिजनको घोषणा-सभामा दुश्मनको हवाई फायरबाट
डिभिजन कमाण्डर क.सुनील सहित उहाँको उच्च शहादत हुन गयो ।