रिपोर्ट/फिचर
एक आपसमा खुशी साट्दै मंसीर
भित्र्याउँदै छन् किसानहरु
- अजयदीप शर्मा/दाङ
मानो खाई मुरी उब्जाउन भनेर साउन भरी हिलोमा हात दुबाएका
किसानहरु यतिबेला बाली घरभित्र स्यार्ने चटारोमा छन् । नयाँ
दुलही भित्र्याउदा जतिकै खुसियाली आजभोली किसानहरुको घर र
आँगनमा देखिन्छ । पाँच महिना अघि लगाएको श्रमको बालीले
वर्षभरी खाने अन्नको भण्डार गर्न व्यस्त रहेका छन् दाङका
किसानहरु ।
तर्राईको उर्भर भूमिमा रहेको दाङ परापूर्व कालदेखि नै थारु
जातीले बाली उत्पादनमा कृषि कार्यलाई पेशाको रुपमा अंगाल्दै
आएको छ । आफ्नो स्वामित्वमा रहेको जग्गा पहाडियाहरु बाट
खोसिएपछि रैतीको रुपमा मालिकको जग्गा अघिया लगाउदै आएका
जारुजातिहरु धानबाली भित्र्याउने मंसीर महिनालाई विशेष
खुसीयालीको रुपमा मनाउने गर्छन् । सामुहिक उत्तरदायित्व बोकी
प्रत्येक घरका एकएक व्यक्ति गाउँमा सबैको घरको बाली
नभित्र्याउँदा सम्म श्रममा लाग्ने गर्छन् । आफ्नो जातीमा
यस्तो सहकारिताको प्रचलन आदिकाल देखिनै चल्दै आएको बताउनु
हुन्छ भैसाइका किसान सुरिलाल चौधरी । जसको घरमा धान काट्न गयो
त्यो घरमा सुँगुर काटेर रमाइलो गर्दै घरको आँगनसम्म बाली पुर्याइन्छ
र धान घरभित्र हाली सकेपछि गाउँका किसानहरु भोज भतेर खाने
चलन हुन्छ त्यसलाई हामी पेन्ड्या खाने भन्छौं सुरीलाल
भन्नुहुन्छ । बर्गदीका अर्को किसान सिताराम चौधरी मंसीर महिना
बाली भित्र्याएर भकारी बाँध्ने महिना भएकाले आफूहरुका लागि
यो महिना सबैभन्दा खुसियालीले काम गर्ने महिना हो ।
बीस वर्षसम्म जमिन्दारको घरमा कमैया बसेका सुरिलाल,
जम्ािन्दारको घरमा अपमान सहेर दासी जीवन ज्युनु भन्दा पुरा
श्रम गरेर आधाबाली मात्रै भित्र्याएर भए पनि स्वतन्त्र जीवन
बाँच्नुमा नै आफ्नो श्रमको मूल्य उठेको ठान्छन् । बर्कदीकै
अर्को किसान विष्णु आचार्यले भने बाली लगाउँदा एकमुट्टो बीउ
उठाउन नआउने जमिन्दार बाली स्यार्दा भने दर्जनौं पटक खरियानमा
पुगी यसो भएन, उसो भएन भन्दा साहै्र दिक्दारी लाग्ने गरेको
अनुभूति सुनाउँछन् । किसानहरुले बाली भित्र्याउँदाको खुसियाली
मनाउँदैको बेला नै २०६० मा बेलुवाका ९ जना किसानहरुलाई
जमिन्दारको सुराकीमा शाहीसेनाले सामूहिकहत्या गरेको थियो ।
त्यस्तै खलियानमा धान दाही गरिरहेको बेला २०५८को मंसीरमा
हत्या गर्दाको तीतो क्षणलाई सम्झँदा आफ्नो खुसियालीनै यो
राज्यले लुटेर लगिदिए जस्तो लाग्ने गरेको बर्गदीका किसानहरुले
बताउने गर्छन् । दाङका अधिकाश थारुजातीका किसानहरुले
जमिन्दारको जग्गा अधिया लगाएर नै आफनो जीवन निर्वाह गदै
आइरहेका छन् ।
'पानी घट्टमा
पिठो नबढारी सन्तोष नै लाग्दैन'
- प्रतीकइच्छुक शर्मा/सल्यान
सल्यान खंलगा गाविस जोगीदेउका गणेशबहादुर हमालले दैनिकी पानी
घट्ट चलाउनु परेको छ । ५० वर्षीय हमाल विगत १० वर्षदेखि
पानीघट्ट चलाएरै जीवन धानेको बताउनु हुन्छ । 'आजभोलि त पीठो
नबढारेर सन्तोष लाग्दैन' उहाँको भनाई थियो । शारदा खोलाको
किनार ठूलीज्यूलामा एउटा परम्परागत पानीघट्ट संचालित छ ।
दर्ुइ वर्ष अधिया घट्ट संचालन गरेको र यो काम आफुलाई मन
परेकोले ७० हज्ज्ाारमा किनेर एकलौटी बनाएको उहाँले बताउनु भयो
।
एक दशकदेखि पिठोले सेतै फुलेर पनि पिठो बढारी रहने हमाल घट्ट
बिनाको जीवनको कल्पनै गर्न सक्दैनन् । 'अव त घट्ट बिना
बाँचिन्छ जस्तो लाग्दैन" उहाँले भन्नुभयो । गणेशबहादुरको ५
जनाको परिवार छ । छोरा एक छोरी र श्रीमती उहाँले पानीघट्टसंगै
चलाइरहनु भएको छ । खोलामा घट्टसंगै जीन्दगी घुमाइरहेका
हमाललाई गाउँलेहरुले पनि असाध्यै श्रद्धा गरेको महशुस भैरहेको
छ । 'पानीघट्टले परिवार पालेकै छु गाउँलेहरुको स्ाम्मान
पाउँदा झन् खुशी र आनन्द आउँछ उहाँको कथन थियो । सल्यान
श्रीनगर, खंलगा लगायतका ठाउँहरुका आसपासमा आधुनिक मील चलाएपनि
घट्टमा पिस्न आउने अन्नको कमी भएको छैन त्यसले हमाललाई कुनै
प्रभावित पारेको छैन । एक वर्षमा एउटा घट्ट संचालन गर्न एक
जोडि पथ्थर -ढुङ्गा), कार्ययो र डुरलाई जम्माजम्मी १२
हज्ज्ाार मूल्य पर्दछ । त्यो भन्दा एक सुको खर्च नलाग्ने
घट्ट संचालकहरु बताउँछन् ।
पथ्थर भनेकोबेला पाउन गाह्रो पर्दछ । सल्यानको शिद्धेश्वरी
वडा नं ७ फलाटेमा मात्र त्यो पाईने र जिल्ला भरी निकै खपत
हुने भएकोले भनेकोबेला पाउन भने सकिदैन ।
त्यस्तै अर्का घट्ट संचालक कालागाउँ ७ का विरबहादुर बुढाथोकी
भने ३ महिने घट्ट चलाउनु हुन्छ । वषर्ामा पानी प्रस्ास्त हुने
भएकोले कौक्षे खोलामा घट्ट चलाउने गरेको उहाँले बताउनु भयो ।
हरेक वषर्ामा कुलो भत्कने हुनाले निकै दुःख भने ब्यर्होनु
पर्दछ । घट्ट ३, ६, ९ र १२ महिने गरी ४ किसिम्ाका हुन्छन् ।
यो संचालन गर्ने समयावधीको आधारमा भन्ने गरिन्छ । आज भोलि
गाउँमा पाईप घट्ट संचालन गर्नेको संख्या बढेर गएको छ थोरै
पानीले पनि चलाउन सकिएकोले त्यसो हुना गएको बुढाथोकी भनाई छ
।
सल्यान ज्ािल्लामा ४ हज्ज्ाारदेखि ४५ सय जतिको संख्यामा घट्ट
भएको अनुमान घट्ट संचालकहरुको छ । तर जिल्लामा कति पानीघट्ट
रहेका छन् यकीन तथ्याङ्क कुनै निकायसंग छैन । हरेक गाउँमा
उपयुक्त पानी र घट्ट थाप्ने भौगौलिक अवस्था हुनासाथ घट्ट
राखिएका हुन्छन् ।
गाउँलेहरु आधुनिक मिलबाट पिसेको अन्न भन्दा पानीघट्टमा पिसेको
स्वादिष्ट लाग्ने बताउँछन् । माल्नेटा ५ स्यालपानीका
खड्कबहादुरले आफुलाई पानीघट्टबाटै पिसेको अन्न्ा मिठो लाग्ने
बताउनु हुन्छ । उहाँ जति टाढा पुग्न परेपनि पानीघट्टमा अन्न
पिसेर ल्याउने गरेको बताउनु भयो । राम्रो घट्टले एक दिनमा १
मुरी मकै र गहँु २ मुरीस्ाम्म पिस्ने लामो समयदेखि दार्मकोट
६ मा घट्ट संचालन गर्दै आएका रत्न सुनारले बताए । व्यवस्थित
र आधुनिक घट्ट संचालनका लागि राज्य र स्थानीय निकायले कुनै
चासो नदेखाएको गुनासो घट्ट धन्ाीहरु गर्दछन् ।