सामयिकी
सात दलीय एकता संसदबाट पारित
निर्णय कार्यन्वयनमा निर्भर
- समरसिंह
गत कार्तिक १८ गते वेलुका ब्यवस्थापिका संसदको विशेष
अधिवेशनबाट गणतन्त्र घोषणा र पूर्णसमानुपातिक निर्वाचन
प्रणाली संविधान-सभा निर्वाचनमा लागु गर्ने दर्ुइ महत्वपूर्ण
राजनैतिक प्रस्ताव वहुमतले पारित भए । पारित दुइ प्रस्तावमा
गणतन्त्रको घोषणा गर्ने प्रस्ताव नेकपा एमालेबाट र पूर्ण
समानुपातिक निर्वाचन प्रणाली नेकपा माओवादीबाट पेश गरिएको
थियो । नेकपा माओवादीबाट तत्काल संसदबाट गणतन्त्रको घोषणा र
पूर्ण समानुपातिक निर्वाचन प्रणाली अवलम्वन गर्नुपर्ने
प्रस्ताव पेश गरिएको थियो भने एमालेबाट ती दुइ प्रस्तावमाथि
संशोधन प्रस्ताव पेश गरिएको थियो ।
झण्डै एक महिनाको संवाद सहमति कायम गराउने छलफलको ध्यय सहितको
कठोर मेहनतपछि नेपाली काँग्रेस उक्त दुवै प्रस्तावमाथि असहमत
पछि मिहेनतको केही मिठो परिणाम माओवादी, एमाले, जनमोर्चा र
एकीकृतबीचको वामपंथी एकतामा ब्यक्त हुन गयो र प्रस्तावको
पक्षमा मतदान गर्ने वलियो सहमति कायम भयो । सहमति अनुरुप
माओवादी संसदीय दलका नेता क.कृष्णबहादुर महराले सच्चा
गणतन्त्रवादी शक्तिहरुबीचको न्यूनतम सहमतिका लागि तत्काल
गणतन्त्रको घोषणा गर्ने मूल प्रस्ताव फिर्ता लिनुभयो र नेपाल
कम्युनिष्ट पार्टी एमालेबाट संशोधित समानुपातिक निर्वाचन
प्रणालीको फिर्ता लिने काम भयो । दुवै पार्टीबाट एक/एक वटा
प्रस्ताव फिर्ता लिएपछि नेकपा माओवादीको तर्फबाट समानुपातिक
निर्वाचन प्रणाली र एमालेको तर्फबाट गणतन्त्रको घोषणाको
प्रस्ताव सभामूखबाट निर्णयार्थ सदनमा पेश गरिएपछि विधायकहरुको
ध्वनीमतका आधारमा भएको मतदानमा नेकपा माओवादी, एमाले,
जनमोर्चा र एकिकृतका विधायकहरु प्रस्तावको पक्षमा र नेपाली
काँग्रेस र राप्रपा र अन्य साना दलले विपक्षमा मतदान गरेका
थिए । पूर्ण समानुपातिक निर्वाचन प्रणाली प्रस्तावमा
राप्रपाका विधायकहरुले पनि मतदान गरेका थिए । यसरी विशेष
अधिवेशनमा प्रस्तुत राजनीति प्रस्तावमाथि सामान्य वहुमत
हासिल गरी नयाँ राजनीतिक ध्रुवीकरणको प्रक्रिया अघि बढेको छ
। नयाँ राजनीतिक निकास लिन क्यवस्थापिका संसदबाट नयाँ नेपाल
निर्माणार्थ नेपाली जनताले हासिल गरेको यो हिम्मतदार विजय हो
। यो नेपाली राजनीतिक इतिहासमा प्रकट हुँदै आएको संझौतापरस्त
राजनीतिका विरुद्ध पहलपूर्ण आन्दोलनकारी शक्तिको विजय हो ।
यसमा यथास्थितिवादी, प्रतिगामी, संझौतापरस्त शक्तिको पराजीत
भएको छ भने अग्रगामी क्रान्तिकारी र स्वाभीमानी देशभक्त
सम्पूर्ण नेपाली जनताको विजय भएको छ । स्मरण रहोस् गत
कार्तिक १८ गतेकै दिन अन्तरिम सरकारका प्रधानमन्त्री
गिरिजाप्रसाद कोइराला सात दलको एकता नटुट्ने र सातदलको
प्रधानमन्त्री आफूलाई घोषणा गर्दै र आफूले कतै मतदान नगर्ने
र आफनो पार्टीमाथि जारी गरेको हृवीपका विरुद्ध जाने छुट लिएर
उनको वौद्धिक चेतना र चलाखीमा विशेष अधिवेशनको निर्णयबाट आफू
वाहिरिए । यही सातदलको एकता प्रधानमन्त्री प्रतिवद्धतालाई
सदर गर्न पनि सकिन्छ र वदर पनि भो । यो गिरिजाप्रसाद कोइराला
र उनको पार्टी नेपाली काँग्रेसको सदनबाट पारित निर्णयलाई
ग्रहण गर्ने घोषणा र इमान्दारी पूर्ण कार्यान्वयन गर्ने या
नगर्नेमा निर्भर गर्दछ । सदनबाट पारित गणतन्त्रको घोषणा र
पूर्ण समानुमातिक निर्णय र प्रणालीका दूइ प्रस्ताव
कार्यान्वयन गर्ने दृढता ब्यक्त गरिएको र कार्यान्वयन गरियो
भने विशेष अधिवेशनको विशेष अवसरमा प्रधानमन्त्रीले गरेको
सातदलको एकता र सातदलको प्रधानमन्त्रीको घोषणा र्सार्थक
मात्र होइन इतिहासमा नेपाली काँग्रेसको राजनीतिक जीवन पनि नयाँ
उचाईमा उठ्ने छ । सो घोषणालाई राजनीति जीवनको रुपमा दिने वा
एक प्रहशनको - प्रश्न सामुन्ने खडा छ । जवाफ चाहिएको छ ।
तत्कालीन १२ बुँदे समभदारी र १९ दिने जनआन्दोलनको जनादेशबाट
प्राप्त व्यवस्थापिका संसदको उचाई र गरिमाको मूल्यलाई गिराउने
र त्यसका निर्णयहरुको कार्यान्वयनमा गरिने सबैथरिको उलंघनले
नेका र प्रमकै नूर गिराउने मात्र छैन इतिहासमा यो खण्डको ठूलो
राजनीतिक भूल हुनेछ र प्रत्युपादक समेत । आपनो राजनैतिक छवि
र वर्गको साँचिकै धार्मिक बिंडो थाम्ने वेला नेका सामू
आइपुगेको छ । वर्गको प्रतिनिधित्व वर्गीय राजनीतिक
प्रतिनिधित्व नभई निश्चित रुपमा कुनै पनि राजनीतिक नेतृत्वले
वर्ग राजनीतिक र ब्यक्तिगत जीवनकै रक्षा गर्न असंभव छ ।
आज सबैतिर व्यवस्थापिका संसदको विशेष अधिवेशनमा पारित यिनै
प्रस्तावहरुमा चर्चा वहस र क्रिया प्रतिक्रियाहरुले स्थान
पाएका छन् । यी प्रस्तावहरु उपर सदनमा गणितीय हिसाव किताव,
पक्ष विपक्ष र अल्पमत र वहुमत भइसके पनि यसको राजनीतिक हिसाव
किताव, पक्ष विपक्ष र अल्पमत वहुमतको दोहोरीले निश्चित रुपमा
अझ केही समय लिनेछ । अझ यसमाथि पनि राजनीतिक, कानुनी वहस धेरै
चर्को छ । कसैले चाहे पनि नचाहे पनि बोल्नै पर्ने राजनीतिक
वािन्दुमा सबै नेपालीहरु उभिन पाउनु गर्व र खुसिकै विषय भएर
पनि कतिपयलाई यो अशान्ति र अनेकताको संकेत पनि बनेको छ ।
अनेकता धर्मभिरुहरुका लागि त आत्मसन्तुष्टिको पनि बन्ला तर
शान्ति र युद्धलाई हाम्रो चाहनाको बन्दी बनाउनु किमार्थ
सक्दैनौ । एउटै रथका दुइ पाङ्ग्र रुपी शान्ति र युद्ध वर्गीय
समाजमा आपनो स्वतन्त्रतामा कुद्न चहान्छन् । जेहोस अहिलेको
नेपाली राजनीतिक आकाशमा राजनीतिक पक्ष र कानुनी ऐनको पक्ष,
अग्रगमनको पक्ष र प्रतिगमनको पक्ष अनि सही राजनीतिक पक्षमा
उभिएर एकतावद्ध जाहेर गर्दै होस्टेमा हैसे गर्नु नेपाली
राजनीति शक्तिको आपनो पहिचान हो । नयँ नेपाल निर्माणको
वास्तविक पहिचान हो र १२ बुँदे समभदारीको उचाईमा कार्यान्वयन
विकासको पहिचान हो । तथर्स सदनबाट पारित निर्णयको दोहोरो
कार्यान्वयन अहिलेको जल्दोवल्दो राजनीतिक निकास हो । सात दलको
एकता हो । सम्पूर्ण उत्पीडित जातीय, क्षेत्रीय शक्तिको आदेश
र संवोधन हो ।
लेखक नेकपा माओवादी सल्यानका जिल्ला इञ्चार्ज हुनुहुन्छ ।