वर्ष १०, अंक ३, २०६४ मंसीर १६ गते आइतबार (02 December 07)

HOME ABOUT US

naulojanaubhar@gmail.com

Special Link

राष्ट्रिय मुक्तियुद्धमा देशभक्तिको भावना जुन रूपमा हुन्छ, त्यो अन्तर्राष्ट्रियवादकै व्यावहारिक रूप हुनेछ  -क. माओ

Last updated : 02 Dec 2007

Revolutionary Music

Samana Pariwar

Pratirodh Pariwar

Senchyang Pariwar

Kshitij Pariwar

Jaljala Pariwar

Raktim Pariwar

Vivid Music

Other Language

Song Lyrics

Works

Com. Prachand

Com. Kiran

Com. Baburam

Articles

Com. Mahara

Lema Goyeska

Bashudev Misra

Prakash Sharma

D. Rawol

 

 

 

 

 

 

Documents

12 Point Agreement Decision betweeen SPA and CPNM

Peace Accord

Management of Arms and Armies

नेपालको अन्तरिम संविधान 2063

 

Ideology

Marxism

Leninism

Maoism

Prachandapath

Archive

Press Release

Publications

Martyrs

Photo Gallery

Literature

Documents

Survey

 

Special Archive

 Facilities

Currency Convertor

Date Convertor

Roman to Nepali

Metric Convertor

Nepali Calendar

Language Translation

Live Nepali Tvs

Search engines

Google.com

Yahoo.com

MSN.com

World News

BBC World Service

CNN

Hindustan Times

The Hindu

 

 

संस्मरण

साँच्चै सतिसाल भए शहीद द्वय सुनिल र निर्मम

वास्तवमै भन्ने हो भने जन्मसंगै मृत्यु विज्ञानको अकाट्य नियम हुन्छ । जन्मपछि मृत्यु त हुन्छ, तर वास्तविक मर्राई कस्तो हुने - यो दुनियाँमा वास्तविक र पहाडजस्ता ओजस्वी मृत्युवरण गर्ने मान्छे एकदम न्यून छन् र कुकुरको जस्तो मर्राई मर्ने मान्छे धेरै छन् । जानमा वा अन्जानमा मान्छे, मान्छे भएर बाँच्न सकिरहेको छैन । मान्छेले मान्छे भएर बाँच्न जानेको छैन । यहाँका जान्ने र सुरो कहलाउने मानव नामका दानवहरु गरीब र दीनदुःखीहरुको प्रत्येक पाइलाहरुमा कठालो समात्दै कोर्रा लगाइरहेछन् । त्यसकारण मुखको भागमात्र हेर्ने पश्चगामी चेतना त्याग्नुपर्छ, पर्ुखाको इतिहासबाट पाठ सिक्दै र भविष्यप्रति ख्याल राख्दै मान्छेको खोल ओढी मान्छेकै खोइरो खन्नेहरुको विरुद्ध संघर्ष बाहेक अन्य उपाय छैन जसको लागि इतिहास साक्षी छ ।

जब हाम्रो जीवनको दोस्रो अध्याय शुरु भयो । अथवा, जब शोषक, सामन्तहरुको विरुद्ध विद्रोह गर्‍यौं त्यसबेला देखिको सचेतपूर्ण संघर्षमय जीवन ज्यादै दुःखका अथाह सागरमा पनि गुज्रियो । र निकै खुशीका दिनहरु पनि बिते । भनिन्छ, 'संघर्षबाट प्राप्त सुख नै सर्वश्रेष्ठ सुख हो ।' अझ क्रान्तिकारीहरुका लागि जीवन संघर्षशील हुन्छ । र संघर्षशील जीवन नै उत्तम जीवन हुन्छ । सचेतपूर्ण संघर्षको क्रममा रगतका नदीहरु पनि तर्नुपर्ने हुन्छ । विचारको कलात्मक अभिव्यक्तिभित्र पनि यदाकदा भावनाका छालहरुले चाप्न खोज्दो रहेछ । भावनाका भेलहरु बग्दा रहेछन् । साँच्चै, यस्तै भयो त्यो दिन, जुन दिन जलजला र सिस्नेहरु हिक्का छोडी-छोडी रोए । टिमिक्क मिलेका दाँतहरुको बीचबाट अगाडिको एउटा दाँत झरेर जाँदा कति नराम्रो हुन्छ - कल्पना गरौं त । जनमुक्ति सेना नेपाल, पाँचौं डिभिजनको सन्दर्भमा पनि यस्तै गहिरो चोट खेप्नुपर्‍यो । डिभिजन कमाण्डर तथा नेकपा -माओवादी) का लोकप्रिय नेता किमबहादुर थापा -क.सुनिल) र बटालियन सह-कमाण्डर तथा कथाकार झक्कुप्रसाद पुन -क.निर्मम) उहाँहरुको उच्च शहादत २०६२ मंसिर १४ गते रोल्पाको जिनावाङ 'मनिमारे' भन्ने ठाउँमा शाही सेनाको हवाई हमलाबाट भएको थियो ।

चारैतिर हर्ष उल्लासमय वातावरण, अरु दिन भन्दा खुलेको आकाश । हो, आज त डिभिजन भेला हुने रे ! रणनैतिक प्रत्याक्रमणको दोस्रो योजना कार्यान्व्यन गर्न पुरानो सोंचाई भत्काएर नयाँ खुराकले दिमाग भरेर जाने रे ! हामी सबै आफ्नो तयारीलाई दु्रत गतिमा अगाडि बढाउँदै थियौं । एकदमै नयाँ उमंग थियो साथीहरुमा र मभित्र पनि । किनकि एकातिर रणनैतिक प्रत्याक्रमणको दोस्रो योजना सम्पे्रषणको भावोत्तेजक कुराहरु थिए । र अर्कोतिर सामान्य रुपमा हर्ेदा पनि थुपै्र साथीभाईहरुसंगको मिलन विन्दु थियो । फिल्डमा आउने क्रम निरन्तर चलिरहेको थियो । हेलिकप्टर आकाशमा घुम्न थाल्यो । सामान्य फायरिङसंगै आफ्नो बाटो लाग्यो । कतै...मनमा चस्को पस्न थाल्यो । हवाई हमला हुने त हैन - सबै आ-आफ्नो निर्धारित आर्कतिर कभरमा गयौं आवश्यक परेमा लड्नको लागि । झण्डै चार-पाँच घण्टा भइसक्यो तर आकाशमा सैतानीहरुको कालो वस्तु देखिएन । जसरी पनि कार्यक्रम हुने कुरामा करिब-करिब ढुक्क भयौं । कमाण्डरको आदेश अनुरुप सबै डिभिजन नै फिल्डमा आयो र डे्रसबद्ध लाइनमा उभियो । वा ! वाह ! कति रमाइलो थियो त्यो क्ष्ँण म आँकलन गर्न सक्दिन । जलजला, सिस्ने र कुमाखहरु कालो बादलको घुम्टोलाई बढार्दै कति मुस्कुराए । डिभिजन सहायक कमाण्डर विवेकबाट चोटिलो- 'गोडाफाट, सत्रक, रेड स्यालुट,...' संगै डिभिजन कमाण्डर सुनिलबाट कार्यक्रम उद्घोषण भयो । कार्यक्रम जनमुक्ति सेनाको थियो । तातो जोश भएका नव आँकुराहरुको थियो । मौनधारण, अन्तर्राष्ट्रिय गीत र प्रतिरोध सांस्कृतिक परिवारको गीतिमय भावसहित कार्यक्रम आफ्नै रफ्तारमा अघि बढिरहेको थियो । इन्चार्ज तथा नेकपा -माओवादी) का केन्द्रीय सदस्य विप्लवको मन्तव्य सकियो र डेपुटी कमाण्डर पासाङको मन्तव्य आरम्भ भयो । तर आकाशभरि एकछत्र रुपमा सैतानहरुका घृणित थोत्राहरु घुम्न थाले । डिभिजन भने चील बनेर कावा टिप्ने कुरा सुनिरहेको थियो । 'नआत्तिनुस् कमरेडहरु..।' क.पासाङ यस्तै भनिरहनु हुन्थ्यो । हुन पनि हो यस्ता हवाई हमलाहरु विगतमा धेरै भए र स्वभाविक पनि हुँदै गए । आत्तिने भन्ने कुरा त हुँदै हुँदैन् बरु हात खुट्टा टुक्रा-टुक्रा किन नहोस् । तर बिडम्वना ! लगत्तै हवाई हमला शुरु भयो । फोर्स ठूलो भएर पनि होला कतिपयले फिल्डमै कभर लिनुपर्ने भयो । आकाशबाट भएभरको गोली बारुद वषर्ाइरहेको थियो । हुन त त्यसबेला हाम्रो पार्टीको तर्फबाट एकतर्फी ३ महिने युद्धविराम भएको थियो । तर पनि शाही सत्ताले त्यो स्वीकारेन । निरन्तर हमला, गिरफ्तार र बेपत्ताका श्रृंखलाबद्ध घटनाहरु दोहोर्‍याई रह्यो । मनभरी लड्ने चाहना हुँदाहुँदै पनि राजनैतिक परिवेशले त्यो मानेन । केवल कभरमा आँखै नझिम्क्याई मात्र तल्लिन रहे । हर्ेदाहर्ेर्दै केही पर क.निर्मम ढल्नु भयो । रक्ताम्य भयो वस्ती । कति आक्रोशित थिए लडाकु मनहरु त्यतिबेला । क.निर्ममको शहादत भयो । डिभिजनलाई दिशा निर्देश गर्दा गर्दै क.सुनिललाई पनि टाउकोमा गोली लाग्यो र शहादत भयो । केवल, सपना जस्तै लाग्छ त्यो दिन, त्यो समय, मात्र सपना... । कम्बलमा रक्ताम्य शरीर लपेटिएको थियो । सबैका आँखा रसाइरहेका देखिन्थे । कमरेडहरुको हिक्का छुटिरहेको थियो । अघि-अघि क.सुनिलको पार्थिव शरीर पछि-पछि आक्रोशको रन्को, विक्ष्ँिप्त मन र आँशुले भिजेका नयनहरु । भर्खरै कार्यक्रम सञ्चालन गर्ने कमरेडको शहादत आँखै अगाडि भएको थियो तर मनले मानिरहेको थिएन । श्रद्धाले शिर झुकिरहेको थियो । मञ्चमा उद्घोष गरेको र मुस्कुराउँदै बोलेको मेरो मानसपटलमा सिनेमाको रिल झैं घुमिरहन्छ फनफनी । यसरी सम्भिmँदा छातीमा गाँठो परेर आउँछ । यति चाँडै तितो सत्य भोग्नु पर्‍यो र देख्नु पर्‍यो । आक्रोशको ज्वालाले आफू रापिएझैं लाग्थ्यो । 'खबरदार !..' डाँको छोडेर कराउन मन लाग्थ्यो । रिसले म काँपिरहेको छु । धर्ती काँपिरहेको छ, सारा ब्रह्माण्ड चुर भए झैं लाग्थ्यो । छिःछिः र दुर-दुर गर्दै अहिले नै लात मारौंझै लाग्थ्यो । बस् त्यो दिन, आफूलाई सम्हाल्नु बाहेक विकल्प के नै हुन सक्थ्यो र !

खहरेका लालीबेली, मुस्कुर्राईरहेका जिलाधुरी, छड्केधुरी अनि इरिवाङ, पाछावाङहरु अन्तै सरेजस्तो लाग्थ्यो । यद्यपी कार्यक्रम त शुरु भयो त्यसको अलावा केही प्रशिक्षण पनि भयो तर समापन हुन पाएन । हामी सबै फेरि रणमैदानमा भेट्ने वाचा गर्दै बाटो लाग्यौं । पछि आ-आफ्नो टु्रप्समा रोलकल भयो । विश्व सर्वहारावर्गको मुक्तिको खातिर हाँसी-हाँसी जनक्रान्तिको बलिबेदीमा हाम फाल्दै महान् र अमुल्य जीवन अर्पण गर्नुहुने ज्ञात अज्ञात शहीदहरु प्रति एक मिनेट श्रद्धाञ्जली टत्रयायौं । शहीदको रगत चुक्ता गर्न आत्मबल र दुश्मनप्रतिको वितृष्णा झन् बेजोडले बढेको महसुस भयो । यसरी वर्गसंघर्षको भट्टबिाट खारिएको योद्धाले सतिसाल बनी अमरत्व कायम गर्दा पार्टी पंक्ति र सारा जनमुक्ति सेनालाई एकातिर अपाङ्गको महसुस भएको छ । अर्कोतिर साँच्चिकै मान्छे बनेर ओजस्वी मृत्युवरण गरेकोमा क्रान्ति वीरको मर्राईले हामी सबैलाई मर्माहत बनाएको छ र मर्न सिकाएको छ ।

Revolutionary Links

A World To Win

Revolutionary Worker

Maoist Revolution

Li Onesto.net
Krishnasen Online

Janadesh Weekly

Janasandesh National Daily

Jana Ubhar Weekly

Jana Awhan Weekly

INSOF

NPPF Belgium

Online Links

Krishnasen Online

Nepalisandesh

INSN

Samudaya

Samudrapari.com

Kantipur Online

Nepalipost

Khojtalas Online

Nepalnews

Enepalnews

Dcnepal.com

NepalJapan

News of Nepal

Hknepal.com

Himal Khabar

Gorkhapatra

Janaandolan.com

Blog Sites

Focus Blog

Krantikari

Mero Sansar

Blogger's Nepal

Ratnapark

Daily Newspapers

Yougbodh National Daily

Kantipur daily

Kathmandu Post

Nepal Samacharpatra

Annapurna Post

Rajdhani

Mahanagar

Sandhya Times

The Himalayan Times

Gorkhapatra

The Rising Nepal

Khojtalash

Weekly Newspapers

Janadesh Weekly

Dristi Weekly

Jana Aastha

Janadharana

Budhbar

Nepal National Weekly

Deshantar

Gorkha Express

Disha Nirdesh

Nispaksha

Yug Sambad

Telegraph

Samaya

Kantipur Weekly

Spotlight

Tashapawa

Gatibidhi

Kathmandu Today

Half Monthly/Monthly

Himal Khabarpatrika

Himal Magazine

Madhuparka

Yuba Mancha

Nari

Wave

Kamana

Muna

New Business Age

Nepal Traveller

Sadhana

Online Radio/Television

BBC Nepali

BFBS Gurkha Radio

Radio Dovan

Radio Sagarmatha

Sagarmatha Television

Nepal Television

Kantipur Television

Nepal One Television

Live Nepalese Televisions

Entertainment/Vivid

Cyber Sansar

Nepalisongs.com

Nepali ecards.com

Khattam.com