संस्मरण
साँच्चै सतिसाल भए शहीद द्वय सुनिल
र निर्मम
वास्तवमै भन्ने हो भने जन्मसंगै मृत्यु विज्ञानको अकाट्य
नियम हुन्छ । जन्मपछि मृत्यु त हुन्छ, तर वास्तविक मर्राई
कस्तो हुने - यो दुनियाँमा वास्तविक र पहाडजस्ता ओजस्वी
मृत्युवरण गर्ने मान्छे एकदम न्यून छन् र कुकुरको जस्तो
मर्राई मर्ने मान्छे धेरै छन् । जानमा वा अन्जानमा मान्छे,
मान्छे भएर बाँच्न सकिरहेको छैन । मान्छेले मान्छे भएर
बाँच्न जानेको छैन । यहाँका जान्ने र सुरो कहलाउने मानव नामका
दानवहरु गरीब र दीनदुःखीहरुको प्रत्येक पाइलाहरुमा कठालो
समात्दै कोर्रा लगाइरहेछन् । त्यसकारण मुखको भागमात्र हेर्ने
पश्चगामी चेतना त्याग्नुपर्छ, पर्ुखाको इतिहासबाट पाठ सिक्दै
र भविष्यप्रति ख्याल राख्दै मान्छेको खोल ओढी मान्छेकै खोइरो
खन्नेहरुको विरुद्ध संघर्ष बाहेक अन्य उपाय छैन जसको लागि
इतिहास साक्षी छ ।
जब हाम्रो जीवनको दोस्रो अध्याय शुरु भयो । अथवा, जब शोषक,
सामन्तहरुको विरुद्ध विद्रोह गर्यौं त्यसबेला देखिको
सचेतपूर्ण संघर्षमय जीवन ज्यादै दुःखका अथाह सागरमा पनि
गुज्रियो । र निकै खुशीका दिनहरु पनि बिते । भनिन्छ, 'संघर्षबाट
प्राप्त सुख नै सर्वश्रेष्ठ सुख हो ।' अझ क्रान्तिकारीहरुका
लागि जीवन संघर्षशील हुन्छ । र संघर्षशील जीवन नै उत्तम जीवन
हुन्छ । सचेतपूर्ण संघर्षको क्रममा रगतका नदीहरु पनि
तर्नुपर्ने हुन्छ । विचारको कलात्मक अभिव्यक्तिभित्र पनि
यदाकदा भावनाका छालहरुले चाप्न खोज्दो रहेछ । भावनाका भेलहरु
बग्दा रहेछन् । साँच्चै, यस्तै भयो त्यो दिन, जुन दिन जलजला
र सिस्नेहरु हिक्का छोडी-छोडी रोए । टिमिक्क मिलेका दाँतहरुको
बीचबाट अगाडिको एउटा दाँत झरेर जाँदा कति नराम्रो हुन्छ -
कल्पना गरौं त । जनमुक्ति सेना नेपाल, पाँचौं डिभिजनको
सन्दर्भमा पनि यस्तै गहिरो चोट खेप्नुपर्यो । डिभिजन
कमाण्डर तथा नेकपा -माओवादी) का लोकप्रिय नेता किमबहादुर थापा
-क.सुनिल) र बटालियन सह-कमाण्डर तथा कथाकार झक्कुप्रसाद पुन
-क.निर्मम) उहाँहरुको उच्च शहादत २०६२ मंसिर १४ गते रोल्पाको
जिनावाङ 'मनिमारे' भन्ने ठाउँमा शाही सेनाको हवाई हमलाबाट
भएको थियो ।
चारैतिर हर्ष उल्लासमय वातावरण, अरु दिन भन्दा खुलेको आकाश ।
हो, आज त डिभिजन भेला हुने रे ! रणनैतिक प्रत्याक्रमणको
दोस्रो योजना कार्यान्व्यन गर्न पुरानो सोंचाई भत्काएर नयाँ
खुराकले दिमाग भरेर जाने रे ! हामी सबै आफ्नो तयारीलाई दु्रत
गतिमा अगाडि बढाउँदै थियौं । एकदमै नयाँ उमंग थियो साथीहरुमा
र मभित्र पनि । किनकि एकातिर रणनैतिक प्रत्याक्रमणको दोस्रो
योजना सम्पे्रषणको भावोत्तेजक कुराहरु थिए । र अर्कोतिर
सामान्य रुपमा हर्ेदा पनि थुपै्र साथीभाईहरुसंगको मिलन विन्दु
थियो । फिल्डमा आउने क्रम निरन्तर चलिरहेको थियो । हेलिकप्टर
आकाशमा घुम्न थाल्यो । सामान्य फायरिङसंगै आफ्नो बाटो लाग्यो
। कतै...मनमा चस्को पस्न थाल्यो । हवाई हमला हुने त हैन - सबै
आ-आफ्नो निर्धारित आर्कतिर कभरमा गयौं आवश्यक परेमा लड्नको
लागि । झण्डै चार-पाँच घण्टा भइसक्यो तर आकाशमा सैतानीहरुको
कालो वस्तु देखिएन । जसरी पनि कार्यक्रम हुने कुरामा
करिब-करिब ढुक्क भयौं । कमाण्डरको आदेश अनुरुप सबै डिभिजन नै
फिल्डमा आयो र डे्रसबद्ध लाइनमा उभियो । वा ! वाह ! कति
रमाइलो थियो त्यो क्ष्ँण म आँकलन गर्न सक्दिन । जलजला, सिस्ने
र कुमाखहरु कालो बादलको घुम्टोलाई बढार्दै कति मुस्कुराए ।
डिभिजन सहायक कमाण्डर विवेकबाट चोटिलो- 'गोडाफाट, सत्रक, रेड
स्यालुट,...' संगै डिभिजन कमाण्डर सुनिलबाट कार्यक्रम
उद्घोषण भयो । कार्यक्रम जनमुक्ति सेनाको थियो । तातो जोश
भएका नव आँकुराहरुको थियो । मौनधारण, अन्तर्राष्ट्रिय गीत र
प्रतिरोध सांस्कृतिक परिवारको गीतिमय भावसहित कार्यक्रम आफ्नै
रफ्तारमा अघि बढिरहेको थियो । इन्चार्ज तथा नेकपा -माओवादी)
का केन्द्रीय सदस्य विप्लवको मन्तव्य सकियो र डेपुटी कमाण्डर
पासाङको मन्तव्य आरम्भ भयो । तर आकाशभरि एकछत्र रुपमा
सैतानहरुका घृणित थोत्राहरु घुम्न थाले । डिभिजन भने चील
बनेर कावा टिप्ने कुरा सुनिरहेको थियो । 'नआत्तिनुस् कमरेडहरु..।'
क.पासाङ यस्तै भनिरहनु हुन्थ्यो । हुन पनि हो यस्ता हवाई
हमलाहरु विगतमा धेरै भए र स्वभाविक पनि हुँदै गए । आत्तिने
भन्ने कुरा त हुँदै हुँदैन् बरु हात खुट्टा टुक्रा-टुक्रा
किन नहोस् । तर बिडम्वना ! लगत्तै हवाई हमला शुरु भयो ।
फोर्स ठूलो भएर पनि होला कतिपयले फिल्डमै कभर लिनुपर्ने भयो
। आकाशबाट भएभरको गोली बारुद वषर्ाइरहेको थियो । हुन त
त्यसबेला हाम्रो पार्टीको तर्फबाट एकतर्फी ३ महिने
युद्धविराम भएको थियो । तर पनि शाही सत्ताले त्यो स्वीकारेन
। निरन्तर हमला, गिरफ्तार र बेपत्ताका श्रृंखलाबद्ध घटनाहरु
दोहोर्याई रह्यो । मनभरी लड्ने चाहना हुँदाहुँदै पनि
राजनैतिक परिवेशले त्यो मानेन । केवल कभरमा आँखै नझिम्क्याई
मात्र तल्लिन रहे । हर्ेदाहर्ेर्दै केही पर क.निर्मम ढल्नु
भयो । रक्ताम्य भयो वस्ती । कति आक्रोशित थिए लडाकु मनहरु
त्यतिबेला । क.निर्ममको शहादत भयो । डिभिजनलाई दिशा निर्देश
गर्दा गर्दै क.सुनिललाई पनि टाउकोमा गोली लाग्यो र शहादत भयो
। केवल, सपना जस्तै लाग्छ त्यो दिन, त्यो समय, मात्र सपना...
। कम्बलमा रक्ताम्य शरीर लपेटिएको थियो । सबैका आँखा
रसाइरहेका देखिन्थे । कमरेडहरुको हिक्का छुटिरहेको थियो ।
अघि-अघि क.सुनिलको पार्थिव शरीर पछि-पछि आक्रोशको रन्को,
विक्ष्ँिप्त मन र आँशुले भिजेका नयनहरु । भर्खरै कार्यक्रम
सञ्चालन गर्ने कमरेडको शहादत आँखै अगाडि भएको थियो तर मनले
मानिरहेको थिएन । श्रद्धाले शिर झुकिरहेको थियो । मञ्चमा
उद्घोष गरेको र मुस्कुराउँदै बोलेको मेरो मानसपटलमा सिनेमाको
रिल झैं घुमिरहन्छ फनफनी । यसरी सम्भिmँदा छातीमा गाँठो परेर
आउँछ । यति चाँडै तितो सत्य भोग्नु पर्यो र देख्नु पर्यो ।
आक्रोशको ज्वालाले आफू रापिएझैं लाग्थ्यो । 'खबरदार !..'
डाँको छोडेर कराउन मन लाग्थ्यो । रिसले म काँपिरहेको छु ।
धर्ती काँपिरहेको छ, सारा ब्रह्माण्ड चुर भए झैं लाग्थ्यो ।
छिःछिः र दुर-दुर गर्दै अहिले नै लात मारौंझै लाग्थ्यो । बस्
त्यो दिन, आफूलाई सम्हाल्नु बाहेक विकल्प के नै हुन सक्थ्यो
र !
खहरेका लालीबेली, मुस्कुर्राईरहेका जिलाधुरी, छड्केधुरी अनि
इरिवाङ, पाछावाङहरु अन्तै सरेजस्तो लाग्थ्यो । यद्यपी
कार्यक्रम त शुरु भयो त्यसको अलावा केही प्रशिक्षण पनि भयो
तर समापन हुन पाएन । हामी सबै फेरि रणमैदानमा भेट्ने वाचा
गर्दै बाटो लाग्यौं । पछि आ-आफ्नो टु्रप्समा रोलकल भयो ।
विश्व सर्वहारावर्गको मुक्तिको खातिर हाँसी-हाँसी
जनक्रान्तिको बलिबेदीमा हाम फाल्दै महान् र अमुल्य जीवन
अर्पण गर्नुहुने ज्ञात अज्ञात शहीदहरु प्रति एक मिनेट
श्रद्धाञ्जली टत्रयायौं । शहीदको रगत चुक्ता गर्न आत्मबल र
दुश्मनप्रतिको वितृष्णा झन् बेजोडले बढेको महसुस भयो । यसरी
वर्गसंघर्षको भट्टबिाट खारिएको योद्धाले सतिसाल बनी अमरत्व
कायम गर्दा पार्टी पंक्ति र सारा जनमुक्ति सेनालाई एकातिर
अपाङ्गको महसुस भएको छ । अर्कोतिर साँच्चिकै मान्छे बनेर
ओजस्वी मृत्युवरण गरेकोमा क्रान्ति वीरको मर्राईले हामी
सबैलाई मर्माहत बनाएको छ र मर्न सिकाएको छ ।