समानता र स्वतन्त्रताबारे एक
टिप्पणी
- श्यामकुमार वुढामगर
आजसम्मको समाज विकासक्रमले स्वतन्त्रता र समानताको कुरा
एकापसमा अन्तरि्वरोधी विषय बनाइदिएको छ । समानताको लागि एक
तप्काको स्वतन्त्रता हनन गर्नैपर्छ भने स्वतन्त्रताको लागि
प्रतिस्पर्धा दिनै पर्दछ । जब स्वतन्त्रताको कुरा हुन्छ तब
समानता त्यसको बाधक बन्दछ । मुÝभिर उच्च वर्गको स्वतन्त्रता
हनन नगरी यो संभव हुँदैन । यर्सथ पँुजीवादी संसारको
स्वतन्त्रता र समानताको कुरा जनतालाई मुर्ख बनाउने रटानहरु
म्ाात्रै हो ।
स्वतन्त्रता भनेको मानिसको चाहना र इच्छाहरुको उन्मुक्ति हो
। जो कुरा आजको संसारमा कुलिन र उच्च वर्गको लागि मात्र संभव
छ । श्रमजीवी वर्गको लागि स्वतन्त्रता असंभव र उच्चवर्गको
चाहनामा कुण्ठित छ । यसवेला स्वतन्त्रता र समानता प्राप्ति
गर्ने कुरा सारै राम्रो लागे पनि तत्कालको यो पुँजीवादी
संसारमा संभव छैन । समाज विकासको यो उल्टो प्रकृयालाई
सुल्ट्याएर एउटा क्रम पार नगरेसम्म त्यो सहजै प्राप्त हुन
संभव छैन । त्यसको लागि समाजको वर्तमान पुरातन संतुलन
भत्काउनै पर्दछ र भीषण वर्ग संघर्षको प्रक्रियाबाट उच्चवर्गको
कथित स्वतन्त्रता भत्काउनै पर्दछ । यदि यसो नगरी कसैैले
स्वतन्त्रता र समानताको कुरा गर्दछ भने त्यो भन्दा पाखण्डी
ढोङ्ग अरु कुनै हुन सक्दैन ।
स्वतन्त्रता अधिक हुंदा अराजकता बढ्दछ । यर्सथ स्वतन्त्रता
आवस्यकताको मातहतमा हुन्छ र हुनु पर्दछ । पुँजीवादी संसारमा
स्वतन्त्रता छाडा स्तरको अथवा पुँजीपतिहरुको अराजकतामा हुन्छ
। पुजीवालवर्गको मनपरी र श्रमजीवी एवं पुँजीहीनहरुको दर्ुगती
यस्को नियती हो । समानता सबै प्रकारका भेदभावहरुको अन्त्य र
बराबरी स्थापनाको कुरा हो । तर, त्यो गीत गाएर प्राप्त हुने
विषय होइन । पुँजीवादी संसारमा यसलाई गीत बनाइन्छ र असमानताको
असमाधेय पर्खाल खडा गरिन्छ । यर्सथ समानता चाहने जो कोहि पनि
यो असमानताको पर्खाल भत्काउन लाग्नै पर्दछ । जब समानताको लागि
आवाज उठदछ तब पुँजीपति वर्ग र सामन्ती वर्गले त्यो आवाजलाई
दमन गर्दछन् । त्यसैले समानताको सच्चा हिमायतिहरुले
बलिदानपूर्ण संघर्षको बाटो रोज्नुको कुनै विकल्प छैन । यो कटु
यथार्थलाई जति निर्मम भए पनि हामीले आत्मसात गर्नै पर्दछ ।
क्रान्तिकारी कम्युनिष्टहरुले एकदिन समानताको दुनियाँमा
पुग्न सकिने कुरामा विस्वास गर्दछन् । तर, त्यसको लागि
तत्काल यो असमानताको दुनियाँ भत्काउन वर्ग संघर्षमा जोड
गर्दछन् । किनकि समानताको संसार यो असमानताको पर्खाल नभत्काइ
कहिल्यै प्राप्त हुन सक्दैन । समानता र स्वतन्त्रतायुक्त
संसारमा प्रवेश गर्न धेरै कठिन मोडहरु पार गर्नु पर्दछ ।
वास्तविक समानता र स्वतन्त्रतायुक्त समाज वैज्ञानिक समाजवाद
र साम्यवाद मात्र हो र हुनेछ । त्यसैले वर्तमानको कथित
प्रजातन्त्रवादीहरुको स्वतन्त्रता पुँजीवादीहरुको स्वतन्त्रता
हो भने समानताको कुरा पनि पुँजीपतिवर्गको लुटखसोटकै कुरा हो
। यर्सथ वास्तविक अर्थमा क्रान्तिकारी कम्युनिष्टहरु मात्र
स्वतन्त्रता र समानताका पक्षपाती हुन । स्वतन्त्रता र समानता
बीचको पुँजीवादी संसारमा विद्ममान अन्तरविरोध वैज्ञानिक
समाजवाद र साम्यवादले मात्र हल गर्न सक्दछ ।