जस्ताको तस्तै
सहमति सबै हटाउने मति
- गाउँले यात्री
'सहमति' व्यञ्जन वर्णका चार अक्ष्ँरको एक शब्द ! शान्तिभाव
प्रकट गर्ने शब्द भएकोले यसलाई सकारात्मक शब्द भन्दा पनि फरक
नपर्ला । सहमतिको शाब्दिक अर्थ के हो, त्यतापट्ट िनजाऔं, बरु
यसको राजनीतिकरण, राष्ट्रियकरण, भ्रष्टीकरण, भजनीकरण आदि
इत्यादि कसरी भैरहेको छ त्यतापट्ट िथोरै हेरौं कि ?
सहमति अर्थात् अंरेजीमा ...! फेरि गाउँले मान्छेले पनि किन
अंरेजी लेख्या होला भन्नुहोला । के गर्ने हाम्रो देशाँ तिनै
अँरेजी, विदेशी, हिन्दीवाले खैरेमैरे र धोतिवालको हालीमुहाली
छ, तिनकै बोलवाला छ, तिनकै शक्ति, भक्ति र जुक्तिको हाई-हाई
छ, खाई नखाई, टोपी नलाई उनकै जयजयकार छ । त्यसैले मौका चानसमा
यसो अंरेजी हिन्दी घुर्साई हालौं कि भनेर ।
संसारै सहमतिमय छ, मर्दा पर्दा, बिहेबारी गर्दा, विकास गर्दा,
निकास खोज्दा, राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, भौतिक
हरेक क्षेत्रमा सहमतिको लागू अनिवार्य छ । सिंहदरबारदेखि
कमालकोटी दरबारसम्म, वासिङ्गटन दरबारदेखि दिल्ली हुँदै
नारायणहिटी, बालुवाटार दरबारसम्म सहमतिकै सहयोग लिइन्छ ।
च्याम्से, चुस्के, स्रि्रे, लुतुरे, फुतुरे, र्सर्ुइखुट्टे,
भर्ुइखुट्टेदेखि भुँडीवाल, दाह्रीवाल, ग्वामे, खाप्चे, फ्याते,
नाकचुच्चे, भुसतिघे्र, हात्तीपाइलेहरु समस्या पर्यो कि
सहमतिकै सहारा लिन्छन् । विडम्बना ! अन्तर एउटै छ, सहमतिकै
दुनियाँमा कोही दिनदिनै स्रि्राझैं सुक्दैछन् कोही दिनदिनै
बङ्गुरझैं फुक्दैछन्, फुल्दैछन् ।
अँ, सहमतिको कुरा गर्दा शुरुमै नेपाल-भारत सुगौली
सन्धीसम्झौताको याद आउँछ । सुगौलीको सहमतिले नेपालको आधी भू-भाग
भारतलाई उपहार भयो । त्यहीदेखि शुरु भएको सहमतिको क्रम अझैं
जारी छ । मातृकाको कोशी सहमति, विपीको गण्डकी सहमति, वर्तमान
सेरेमोनियलप्रसादको महाकाली हुँदै पश्चिम सेती सहमति... हजुर
यसै भन्न सकिंदैन । निरन्तरताको यो लामबन्दीमा अझै कति हो कति
- यो भयो तल्ला घरे धोतीवालसंगको सहमतिको कुरा । घरभित्रका
कुरा त बाँकी नै छन् ।
नेपाल एकीकरणदेखिकै सन्धी सम्झौता र सहमतिका कुरा गर्ने हो
भने इतिहास नै बन्ला । अहिले इतिहासको उत्खनन तर्फ नलागौं,
वर्तमानकै कुरा गरौं, शान्तिसम्झौतादेखि पछिल्लो चरणको 'सहमति
खोज्ने सहमति'सम्म गरी दर्जनौं सहमति भैसकेका छन् । साम्यवादी
अभिष्टताका साथ निरन्तर क्रान्तिको बाटो रोजेको माओवादी १२
बुँदेदेखि अहिलेसम्मका सहमतिमा हस्ताक्षर गर्दै आउँदा सबै
चीजलाई छोड्दै, गुमाउँदै बलिदान गर्दै अर्को शब्दमा भन्ने हो
भने लचकता पर््रदर्शन गर्दै अहिलेसम्म गणतन्त्र र समानुपातिक
चुनाव प्रणालीसम्म आइपुगेको छ । यसैमा पनि सहमति खोज्न कहिले
बालुवाटार, कहिले सिंहदरवार, कहिले विदेशी राजदुतावास, कहिले
अधिवेशन स्थगित, कहिले ७ मिनेट अधिवेशनजस्ता चमत्कारपूर्ण
गतिविधी भैरहेका छन् । यस्तै हो भने नेपाली राजनीतिभित्रको
सहमतिय प्रणालीको नाम गिनिज बुकमा लेखिन पनि के बेर - साँच्ची
सहमति भनेकै सक्नेले 'सबै हुसर्ेर्ने मति' र नसक्नेले 'सबै
हराउने मति' हो कि क्या हो ?