|
सामयिकी
छिटो कार्य थालनीले मात्रै चुनावको
आधार तयार हुन्छ
- अजयदीप शर्मा
राजनैतिक अन्योलतास“गै दलहरुबीचको लामो सङ्घर्षपछि अन्ततः
देश सङ्घीय गणतन्त्रात्मक युगमा प्रवेश गरेको छ । यसको
व्यवहारिक कार्यान्वयनको पाटोलाई पनि अब मुलुकले ३ महिना
भन्दा बढी कुर्नुपर्ने छैन । सातदलबीच भएको २३ बु“दे सहमतिपछि
संविधान-सभा चुनावको सुनिश्चितता बढेर गएको छ । यद्यपि यसको
लागि चुनौतीहरु कम सहज र सरल भने अवश्य छैनन् । तर दलहरुले
गरेको दृढ प्रतिबद्धताले चुनाव गर्ने आधार तयार पार्छ भन्ने
विश्वास जगाएको छ । लामो प्रक्रियापछिको सहमति र
प्रतिबद्धताले कार्यान्वयनको पाटोलाई पनि अनिवार्य बनाएको छ
। यो अनिवार्यता बिना संविधान-सभाको चुनाव के हुन्छ भन्ने
कुरा अहिले नै भन्न सकिन्न । तर संविधान-सभाका लागि २३ बु“दा
आधार पत्रका रुपमा रहेकाले यो कार्यान्वयन चुनौतीका साथ
अनिवार्य भने बनेको छ ।
लामो समयपछि भएको राजनैतिक नया “
निर्णयले जनतामा अझैं खुसी र उत्साह ल्याउन भने सकेको छैन ।
कारण जनआन्दोलनको स्पिडमा दलहरु अग्रगामी सोचले चल्न नचाह“दा
जनतामा बढेको अविश्वास र संविधान-सभाको सुनिश्चितता हुन
नसक्नु नै हो । यसलाई उठाउन अब दलहरु संयुक्त रुपले चुनावको
माहोल सृजना गर्नतिर लाग्नुपर्ने हुन्छ । अझै पनि जनतामा
संविधान-सभाका बारे अन्यौलता र भ्रमहरु छन् । युग बदल्ने यस
ऐतिहासिक प्रकृयाका बारेमा सबै जनता जानकार हुनर्ुपर्दछ ।
स्रि्र निर्णयका साथ सबै दलहरु जनतामा रहेको अविश्वास हटाउन
र चुनावी माहोल सिर्जना गर्न जनताका माझ पुग्न जरुरी छ ।
सातदलबीचको एकताबाट मात्रै आगामी चुनौतीहरुको सामना गरेर
चुनाव सम्पन्न गर्न सकिन्छ । दलहरुका बीचमा नै आशंका र
अविश्वासको वातावरण बन्यो भने चुनाव त के समस्याहरुले
उपलब्धिहरुलाई समेत खाइदिन सक्छन् । यसको लागि दलहरुबीचमा
भएको २३बु“दे सहमतिलाई सरकारले छिटो भन्दा छिटो कार्यान्वयन
गर्न तिर लाग्नु पर्दछ । यो कार्यान्यनको प्रकृयाबाट नै
चुनावको आधार तयार हुन्छ । दलहरुबीचको सामुहिक निर्णय र
सहमतिय सरकार एउटै भाव र स्पिडमा अगाडि बढ्न जरुरी छ । पहिले
जस्तो का“ग्रेसको एकलौटी अधिनायकवादी सोच र चिन्तनबाट निश्चय
पनि नया“ जिम्मेवारीलाई पूरा गर्न सकिदैन । उसले आफ्नो पुरानो
यथास्थितिवादी सोच र एकलौटी शासनको व्यवहारलाई बदल्न सकेन भने
समस्या फेरि पैदा हुन्छ । सरकारका सबै मन्त्रीहरुमा एउटै
स्पिड कायम गरी चुनौतीहरुलाई पनि स्रि्र समाधान गर्दै अर्को
चुनौतीको सामना गर्ने तत्पर हुदै चुनावको वातावरण बनाउनमा
लाग्नुपर्छ । अबको सरकार दिन गन्दै बस्ने नभै रातदिन लगाएर
कामलाई सम्पन्न गर्ने हुनुपर्छ । त्यसको लागि सरकारको
नेतृत्वमा नया“ जिम्मेवारीको बोध हुनु जरुरी छ ।
नया“ सहमतिपछि माओवादी सरकारमा सामेल भइसकेको छ ।
मन्त्रीहरुले सपथ खाएर आफ्नो कार्यभार सम्हालिसकेका छन् ।
सरकारले अझै चुनावको मिति तोक्न ढिलाई गरिरहेको छ । नत्र
सहमति कार्यान्वयनका पक्षको खोजीमा सरकार लागोको देखिन्छ ।
यस्तै कछुवाको तालमा जनता कसरी चुनावको लागि तयार रहन सक्छन
। चुनावको माहोल तयार पार्न सात दलहरुबीच संयुक्त सभाको
आयोजना पनि छिटै हुन जरुरी छ । यो ढिलाइका प्रक्रियाहरुले
अन्ततः फेरि चुनावलाई प्रभावित पार्न सक्छन् । जति सरकार
आफैबाट चुनाव सम्पन्न गर्ने कुरामा चुनौतीहरु अगाडि छन्
त्यतिनै चुनौतीहरु बाहिरी रुपमा मधेश र सिमापारीबाट थपिएका
छन् । दलहरुको एकताबीच फाटो ल्याउन वैदेशिक शक्तिहरुले
मधेशलाई प्रयोग गरि चुनावै हुन नदिने स्थितिको सिर्जना गर्न
खोज्दैछन् । उनीहरु अन्ततः आफ्नो असली दलाल शक्तिकेन्द्रलाई
नै सत्तामा पुर्याउन चाहन्छन् । मधेशमा अहिले पनि आगो बाल्ने
तयारी भैरहेको छ । महन्त ठाकुरहरुले नया“ दल खोलिसकेका छन् ।
समानुपातिककै निहु“मा तर्राईमा मधेशीहरुलाई प्रयोग गरी भारतले
नेपालमा आपनो हैकम चलाइराख्न खोज्दै छ । मधेशको समस्याको
बारेमा पनि दलहरुबीच एउटै धारणा बन्न जरुरी छ । मधेशलाई नया“
ढंगले संगठित गरेर मात्रै चुवाव सम्पन्न हुन सक्छ । नत्र फेरि
मधेशकै निहुमा प्रतिकृयावादीहरुले खेल्ने मौका पाउने छन् ।
संक्रमणकालिन राजनितिक स्थितिको फाइदा उठाएर भारतले सिमा
अतिक्रमण गरिरहेको छ । राष्टियताको सवालमा पनि सबै दलहरु एक
भएर गए मात्र सिमापारीको हस्तक्षेपलाई रोक्न सकिन्छ, यहा“नेर
पनि दलहरु गम्भीर बन्न जरुरी छ । वैदेशिक चलखेल र हस्तक्षेपको
मुकाबिला एक भएर गरे मात्र गणतन्त्रको सुनिश्चितता बढ्दै
जान्छ । चुनावका लागि आफूलाई इमान्दार बताउने दलहरु अबको
चुनावका लागि कत्तिको इमान्दारिता देखाउ“छन् त्यो हेर्ने समय
र परीक्ष्ँाको घडि पनि आएको छ । गएको मंसिरमा चुनाव हुन नदिने
आरोप माओवादीमाथि लगाएर आफू चोखो बनेका दलहरु अब हुने
संविधान-सभाको चुनावमा वैदेशिक निर्देशनलाई कतिको लत्याएर
निस्पक्ष चुनाव गराउन तत्पर रहन्छन् त्यसैको आधारमा
संविधान-सभाको सच्चा पक्षपाती को रहेछ त्यो छुट्टनिेबेला पनि
आएको छ । माओवादीले अब सम्पूर्ण कार्यक्रमहरु चुनावमा
केन्द्रित गर्ने योजना बनाउ“दै छ । जब ऊ चुनावका लागि
क्रियाशील भएर लाग्छ तब विदेशीहरु त्यसो हुन नदिन सम्पूर्ण
शक्ति लगाएर विथोल्न खोज्छन् । त्यसको प्रयोगको पात्र विशेष
गरी का“ग्रेस नै बन्न पुग्छ । अहिले पनि विदेशीको इशारामा
का“ग्रेस त्यसैगरी चल्यो भने उसको संविधान-सभाको ढ्वाङ
धरासायी मात्र हुने छैन ऊ परास्त भएर सिद्दिने छ ।
अन्त्यमा मुलुकलाई अब संविधान-सभा गराउनको लागि जनतालाई
उठाउन जरुरी छ र, जागरुक गराउन जरुरी छ । त्यतिमात्रै होइन
चुनौतीहरुलाई पार गराउन पनि जनतालाई आन्दोलित गराइराख्न जरुरी
छ । अझैं पनि सरकार सुतिराख्यो भने चुनावको आधार बन्नैमा चैत
बित्न सक्छ । सरकार खाली सरकार मात्र नभएर सम्पूर्ण देशको
भाग्य बदल्ने कार्यमा क्रियाशील हुने जिम्मेवारीपूर्ण
अभिभावकको रुपमा प्रस्तुत हुन जरुरी छ । २३ बु “दाका
कुराहरुलाई कार्यान्वयनमा अगाडि बढाउन सकेमात्रै भावी नया“
नेपालको प्रक्रिया आरम्भ हुन सक्छ । नत्र फेरि उही सहमति, उही
गत्यावरोधभित्र संविधान-सभा आकाशको फल आ“खा तरी मर भन्ने
मात्र हुन्छ । त्यतिबेला सा“च्चिकै जनताका अगाडि निर्णायक
सङ्घर्ष बाहेक अर्को कुनै विकल्प रहने छैन । त्यसो भयो भने
कति दलहरु इतिहासबाटै किनारा लाग्ने हुन्छन् त्यो अहिले
निश्चित गरेर भन्न सकिन्न । |