|
शहीदगाथा
शहीद तिलक कुमाई (क.दर्शन)
सल्यानी आन्दोलनमा मात्र नभएर सिङ्गो आन्दोलनको इतिहासमा एक
रातो र चर्चित नाम हो तिलक कुमाई (क.दर्शन) । विद्यार्थी
जीवनबाट क्रान्तिकारी आन्दोलनमा सहभागी वनी विद्यार्थी
आन्दोलन र सिङ्गो क्रान्तिकारी आन्दोलनमा आपनो त्याग तपस्या
र वलिदानीलाई उल्लेख्ा गरिछाड्ने महान् शहीद कर्.दर्शनको
जन्म सल्यान जिल्लाको एक शहीदहरुको वस्तीको रुपमा ऐतिहासिकता
कायम गर्न सक्ने महान् गाजस कालागाउ“- ८ झारका“डामा वुवा
भिमबहादुर कुमाई र आमा धनी कुमाईको कोखबाट चार भाइ, तीन बहिनी
मध्यको माइलो छोराको रुपमा कर्.दर्शन २०३५ सालमा एक मध्यम
किसान परिवारमा जन्मिनु भएको थियो ।
आपनै गाउ “मा
रहेको श्री सरस्वति प्रा.वी.बाट अध्ययन सुरु गर्नुभएका
कर्.दर्शन सानै उमेरमा तिक्ष्ण वुद्धि, अध्यनशील र जुझारु
हुनुहुन्थ्यो । अन्याय अत्याचारको विरुद्ध आफूलाई उभ्याउन
चाहने कर्.दर्शनले माध्यमिकसम्मको पर्ढाई श्री जनता मावि
रागेचौरबाट पूरा गर्नु भयो । निकै तिक्ष्ण र तीव्रतामा कुनै
कुरा सिक्ने क्षमताका कारण कर्.दर्शन विद्यालयमा पहिलो,
दोश्रो स्थान हासिल गर्न सक्नुभएको थियो । मावि स्तरको
अध्यनको सिलसिलामा नेपालमा सञ्चालित वर्गसंघर्ष र सिङ्गो
जनयुद्ध र क्रान्तिकारी विचारबाट प्रभावित भएर २०५२ देखि नै
अनेरास्ववियु -क्रान्तिकारी) मावि एकार्यमा आवद्ध हु“दै
विद्यार्थी आन्दोलना क्रियाशील रहनु भयो । आन्दोलनको
विकासक्रममा उच्चता वढ्दै गर्दा उहा“को जिम्मेवारी पनि बढ्यो
। २०५३ मा अनेरास्ववियु -क्रान्तिकारी) एरिया सदस्य, २०५४ मा
अध्यक्ष, २०५५ मा जिल्ला सदस्यको जिम्मेवारी पूरा गर्नु भयो
। आन्दोलनको विकास र आवश्यकता अनुरुप नै आपनो राजनैतिक तथा
संगठन संञ्चालन, परिचालनमा कुशल क्षमताको विकास गर्नुभएको
थियो । सल्यानी विद्यार्थी आन्दोलनकै क्रममा सल्यानको
ग्रामिण इलाकामा होस् या सदरमुकाम नजिकैका विद्यालयमा
विद्यार्थी र शैक्षिक संस्थामा स्थापित बनिसक्नु भएको थियो ।
उहा“को आन्तरिक र वाहृय दुबै क्षेत्रमा राम्रो प्रभाव भएकाले
महत्वपूर्ण भुमिका रहेको थियो । २०६५ मा जिल्ला समितिको
कोषाध्यक्ष र नेकपा माओवादीको एरिया सदस्यको जिम्मेवारीमा
काम गर्नुभयो । जिल्लामा संचालित जनप्रतिरोध अभियानको क्रममा
२०५६ चैत्र २१ गते सुर्खेत मैनतडा झ्याक्रेघारीमा बसिरहेको
वेला सेल्टर घेराहाली प्रहरीद्वारा गिरपतारपश्चात गोली हानि
हत्या गरिएको थियो ।
तिलक कुमाई (क.दर्शन) लगायत ५जना क.पवित्रा, क.चिरपरिचित,
क.मानव र क.रोक्षणको हत्या गरिएको थियो । यसरी क्रान्तिकारी
आन्दोलनमा विद्यार्थी नेताले निभाउनु पर्ने जिम्मेवारी
सक्रियता साथ निभाउ “दै
आउनुभएका क.दर्शनको शहादतले सल्यानी विद्यार्थी आन्दोलनमा
प्रेरणाको भुमिका खेलिरहेको छ । हाम्रो प्रेरणाको श्रोत क.
दर्शनको वुवा भन्नुहुन्छ- 'छोराको सपना पूरा नहुनजेल तपाईहरु
लडिरहनुहोस्, वलिदान मुक्तिका लागि गरिएको छ, मुक्ति सर्वहारा
वर्गको एकमात्र चाहना हो । त्यसैले मेरो छोराको वलिदानबाट
साम्यवादी समाजको जन्म एकदिन न एकदिन जरुर हुने छ ।' उहा“को
वलिदानले क्रान्तिको गौरवशाली गाथालाई गरिमामय तुल्याएको छ ।
शहीदहरु आस्थाका धरोहर हुन, जसको महान् कार्यले हामी सबैलाई
जनताकोहितमा र्समपित हुन आदेश गरिरहन्छ । शहीदहरु विचारको
वलीया खम्वा हुन् । शहीदको वलिदानको उच्च्ा सम्मान गर्दै
क्रान्तिपथमा लम्कौ त्यही नै सामन्तवाद, साम्राज्यवादबाट
मुक्त समाज निर्माण गर्न सक्ने छौं । |