|
|
|
अन्तरवार्ता
कसैले संविधान-सभाको चुनावलाई
भाँड्ने, सेवोटेज गर्ने कुरा गर्छ भने त्यसका विरुद्ध हामी
संघर्ष गछौं
- गणेशमान पुन अध्यक्ष योङ्ग कम्युनिष्ट लीग नेपाल
वाइसीएलप्रति अन्य राजनैतिक दलहरु विघ्न आतङ्कीत बनिरहेका
छन् यसको सार कारण के होला ? संक्षितमा भनिदिनुस् न ।
यसको सार कारण भनेको उनीहरुको एउटा सपना थियो कि जनसेनालाई
क्यान्टोनमेन्टमा राखिसकेपछि माओवादीलाई तह लगाउन सकिन्छ ।
तर त्यो कुरा सफल हुन सकेन । वाइसीएल त एउटा अभियानात्मक
हिसाबले छालझैं अगाडि बढ्यो र तिनीहरुको सपना चक्नाचुर भयो ।
दोस्रो कुरा कतिपय राष्ट्रवादी संगठनहरु छन्, पार्टीहरु छन्
हाम्रो सक्रियताको कारणले तिनीहरुको अस्तित्व संकटमा पर्ने
स्थिति भयो । हाम्रो विचार, संगठनात्मक शैली र जनतास“गको
सम्बन्धले हामी एकपछि अर्को गुणात्मक हिसाबले अगाडि बढ्यौं ।
त्यही कारणले गर्दा उनीहरुले हाम्रो विरुद्धमा ठूलो योजना
बनाएर वाइसीएललाई सिध्याएपछि मात्रै नेपालको क्रान्तिकारी,
गणतन्त्रवादी शक्तिलाई सिध्याउन सकिन्छ र आफ्नो दुस्वप्न पूरा
गर्न सकिन्छ भन्ने यिनीहरुले सोचेका कारणले नै यति धेरै
हाम्रो विरुद्धमा भ्रम सिर्जना गर्ने काम गरेका हुन् ।
वाइसीएल अलि फौजी किसिमले गयो भन्ने आरोप छ नि ?
हामीले यो फौजी संगठन बनाएको होइन । यो नेकपा माओवादीको
सहायक संगठन हो । यो राजनैतिक संगठन हो । युवाहरुलाई संगठित
गर्ने नागरिकहरुकै संगठन हो । दोस्रो कुरा मिल्ट्री संगठन
हैन तर मिलिटेन्ट छ । किनभने स्वभावैले युवाहरु आफैमा
ज्यूदाजाग्दा हुन्छन् । यो संगठन वर्गसंघर्षलाई आत्मसाथ गर्ने,
मान्ने साधन पनि हो । यसको संगठनात्मक शैली अभियानात्मक खालको,
अलि गतिशील खालको, अलि तीव्रतामा बढ्ने भएकाले त्यसो देखिएको
हो । तर उनीहरुले भनेजस्तो फौजी गतिविधि हामीले गरेको भन्ने
कुरै होइन ।
राज्यले कार्वाही गर्नुपर्ने भ्रष्टाचारी, तस्करहरुलाई
वाइसीएलले कार्वाही गर्यो । त्यस विषयमा वाइसीएलले कानुन
हातमा लियो भन्ने कु्राहरु पनि उठिरहेका छन् यसलाई कसरी फेस
गर्नुहुन्छ ?
यसबारेमा के छ भने, सुरक्षा सम्बन्धी यहा “
दुइतीन वटा धारणाहरु छन् । पहिलो प्रतिगामीहरु नागरिकहरुको
कुनै पनि संगठनले यो कुरा छुन पाउ“दैन र नेकपा माओवादी अथवा
यसको भातृ संगठनहरुले पनि केही गर्नु हु“दैन र यी सबै विघटन
गरिनुपर्छ भन्ने दृष्टिकोणबाट आइरहेका छन् । अर्को सोंच भनेको
सुरक्षा भनेको सहज रुपमै हिजो जे थियो त्यही हुनुपर्दछ भन्ने
आइरहेको छ । जहा“सम्म हाम्रो कुरा छ हामी के भन्छौं भने
अन्तरिम संविधानमा जुन कुरा उल्लेख भएको छ र त्यसको मूल मर्म
के छ भने कुनै पनि कानुन कार्यान्वयन गराउन होस् वा निर्णय
लागू गराउनलाई कुनै पनि समस्याको समाधान गर्नलाई सहमतिको
आधारमा सबै शक्तिहरु परिचालित गर्नुपर्छ । जनयुद्ध र
जनआन्दोलनबाट पैदा भएका कयौं अनुभवहरुलाई समेत समावेश गरेर
अगाडि बढ्नु पर्छ । त्यसकारणले हामीले चाहेको कुरा के हो भने
अन्तरिम संविधान, बृहत शान्ति सम्झौताको मर्म र भावअनुसार
पुलिस प्रशासन जाओस् भन्ने हो । यसका निम्ति वाइसिएल जस्तो
सचेत युवाहरुको संगठनको सहयोग त्यसले लिनु पर्छ र त्यसअनुसार
अगाडि जानु पर्छ । त्यसैले नै हामीले ल एण्ड अर्डरलाई
परम्परागत ढंगले बुभदैनौं, नया“ ढंगले सबै शक्तिहरु नागरिक,
मिडिया, अन्य संगठनहरु सबैको सहमतिबाट कानुनलाई कार्यान्वयन
गरिनुपर्छ भन्ने कुरा हामीले सोंच्छौं । तर पुरानो संयन्त्रले
घुस, भ्रष्टाचार गरी अपराधीहरु पनि छोड्ने, नपकड्ने कुरा
भइसकेपछि हामीले त्यसैलाई सहयोग गर्न र त्यसलाई अलि धक्का
दिएर अगाडि बढोस् भन्नका लागि कयौं भ्रष्टाचारी, तस्कर,
गुण्डाहरुलाई पकड्ने उनीहरुसंगसंगै लिएर सबैका सामू
सार्वजनिक गरिदिने गरेका हौं ।
तपाईहरु अहिले मेची-महाकाली गणतान्त्रिक युवा मार्च
चलाउ“दै हि“डिरहनुभएको छ, यसको लक्ष्य र उद्देश्य के हो ?
यसको लक्ष्य भनेको राष्ट्रियता हो । राजनैतिक, आर्थिक,
सांस्कृतिक सबै प्रकारको वैदेशिक हस्तक्षेप केन्द्रित भइरहेको
स्थितिमा अहिले राष्ट्रियता खतरामा छ भन्ने कुरा हो । अर्को
कुरा देशको राष्ट्रियता यो देशका विभिन्न वर्ग, जाति, लिंग,
क्षेत्र, समुदायका भावनामा खेल्दै, सही ढंगले अगाडि बढ्ने
भन्दा पनि देशलाई टुत्रयाउन खासगरी मधेशमा केन्द्रित भइरहेको
छ । अर्को कुरा सिमा अतिक्रमण भइरहेको छ, पछिल्लो चरणमा ६४
हजार हेक्टर जमिन मिचेर पनि भएन अहिले सुस्तामा अतिक्रमण
भइरहेको छ । पहिलो कुरा भनेको राष्ट्रियताको भावना जगाउ “दै
भारतीय विस्तारवादको नीतिको विरोध, अहिलेसम्मका नेपाली
शासकहरुको आत्मर्समर्पणवादी नीतिको भण्डाफोर र त्यसको
ध्यानाकर्षण गराउने, समस्या समाधान गर्नको निम्ति दवाव
श्रृष्टि गर्ने, आन्दोलन श्रृष्टि गर्ने कुरा हो ।
दोस्रो कुरा, सदनबाट पारित भएको निर्णयलाई सरकारले तुरुन्त
लागू गरोस् भन्ने हाम्रो माग थियो त्यो माग उठाएर अभियान
चालेको मध्यानमा आउ “दाखेरि
२३ बु“दे सहमतिमार्फत् यो कुरा सम्बोधन भएको छ र २४० वर्षको
इतिहास बे्रक भएको छ । त्यसकारण अब संविधान-सभाको चुनाव
हुनुपर्छ र त्यसबाट गणतन्त्रको कार्यान्वयन हुनुपर्छ भन्ने
हाम्रो माग र उद्देश्य हो । जनसेवाको माध्यमबाट हाम्रो
जनसम्बन्ध सुदृढ गर्न जनतासंग अन्तरक्रिया गर्ने, वाइसिएलका
नीति कार्यक्रमलाई जनसमक्ष पुर्याउने र विभिन्न प्रतिगामी
यथास्थिति शक्तिद्वारा हामीमाथि लगाएका भ्रम, लान्छनाहरुलाई
भण्डाफोर गर्ने, चिरफार गर्ने र जनतासंग एकतावद्ध हुने हाम्रो
अर्को लक्ष्य हो । युवाहरुका थुप्रै समस्याहरु छन्
बेरोजगारीको समस्या छ, विभिन्न दर्ुर्व्यसनमा लागिरहेका छन्
त्यसबाट मुक्तिको निम्ति एउटा सुधार अभियान संचालन गर्ने भनौं
या वैदेशिक रोजगारमा युवाहरु ठगिएका छन् त्यसबाट न्याय पाउन
संघर्षको थालनी गर्ने कुरा भनौं आदि कुराहरु हामीले उठाइरहेका
छौं ।
अभियान संचालन गरेदेखि अहिलेसम्म आउ “दाखेरि
तपाईहरुले प्राप्त गरेका उपलब्धिहरु के के छन् ?
उपलब्धिहरुका कुरा गर्दा, राष्ट्रियताको सवालमा हामीले जब यो
अभियानको शुरुवात गर्यौं नेपालको राष्ट्रियताको आन्दोलनमा
अथवा नेपालको बौद्धिक जगतमा विभिन्न विशेषज्ञहरुमा विभिन्न
राजनीतिक पार्टीहरु हु “दै
संसदीय टोलीमा, मानवअधिकारवादीहरु सबैमा एउटा सुस्ताको बारेमा
एउटा जागरण आएको छ र सुस्तातिर सबैको ध्यान केन्द्रित भएको छ
। हाम्रो यो अभियान एउटा पे्ररणा जस्तो बन्यो । भारतमा पनि
यसको प्रभाव परेर यसबाट अलिकति त्रसित भइरहेको छ । हामीले
सिमाना अतिक्रमण भएको ठाउ“मा मार्च गरिसकेपछि हामीले मिडियामा
हेर्न सुन्न पायौं भारतको संगठनको हवाला दिएर उसले बर्मदेव
क्षेत्रमा आतंक मच्चाइरहेको छ । नेपाली जनताको राष्ट्रियताको
भावना अझ निख्खर भएर अगाडि आएको छ । बर्मदेवका जनताले आज
भारतीय विस्तारवादी संगठनहरुको विरुद्धमा नाराजुलुस गरेका छन्
। सिमाक्षेत्रमा नेपालीहरुको घाउ त दुखिरहेको छ तर
सिमाक्षेत्रको जनताको सबभन्दा गहिरो घाउ छ भन्ने कुरा पनि
हामीले त्यहा“ पायौं । सिमाक्षेत्रका सबै जाति, क्षेत्र,
लिंगका मान्छेहरु, मधेशी पहाडी, हिन्दु, मुस्लिम सब एक भएर
विस्तारवादी नीतिका विरुद्धमा लागिरहेको र हामीप्रति ठूलो
विश्वासका साथ 'तपाईहरुले केही गर्नुस्' भनिरहेको पनि पाइयो
। अहिले जनसम्बन्ध सुदृढ भइरहेको छ । हिजो कयौं मान्छेहरु
भ्रममा पर्न खोजेका थिए । वाइसिएल भनेको त धेरै जिम्मेवार
संगठन रहेछ भन्ने अहिले परिरहेको छ । हामीले गणतन्त्र र
राष्ट्रियताको अभियान संचालन गरेर अगाडि बढिराख्दाखेरि अहिले
जुन २३ बु“दे मार्फत् सम्बोधन भयो हाम्रै कारणले निर्णायक
रुपमा भयो त भन्दैनौं तर हाम्रो पनि हिस्सा छ त्यसमा । त्यो
एउटा उपलब्धि हो । र त्यो सम्बोधन भइसकेपछि त्यसलाई हुबहु
लागू गरिनु पर्छ भन्न पाउने स्थितिसम्म हामी आयौं ।
त्यसपछि हामी गौरमा पुग्न सकेका थिएनौं तर स्पोर्टमै हामीले
श्रद्धाञ्जली सभा गर्यौं । यसप्रकारले खर्ुदलौटन बा “ध,
मर्चवारको गुनाह गाविसको शिवपुरमा हाम्रो केन्द्रीय सदस्य
विनोद पन्त, दिपेन्द्र, मणि लगायतले शहादत प्राप्त गरेको
ठाउ“मा गयौं । सुनसरीमा पनि प्रकाशले शहादत प्राप्त गरेकै
ठाउ“मा गयौं । यसरी त्यहा“ गएर श्रद्धाञ्जली सभा गर्दा र
शहीद परिवारको ठूलो उपस्थितिबीच उहा“हरुले हामीलाई दिएको
सन्देशले हामीलाई निकै ठूलो उर्जा प्राप्त भएको महसुस गरेका
छौं । यतिमात्र होइन, भुटानी शरणार्थी, आपनै देशमा शरणार्थी
बन्न बाध्य जस्ता सुकुम्वासीहरु, मुक्त कमैया, बिभिन्न
अल्पसंख्यक जाति, यस्तै प्रकारले कपिलवस्तु चन्द्रौटाको
पत्थरदैया भन्ने ठाउ“मा विस्थापितहरुको वस्ती यी सबै ठाउ“मा
गएर त्यहा“का कथाव्यथाहरु सुन्दाखेरी वास्तवमा हामीलाई
नेपालको वास्तविक समस्या, वास्तविक चित्र आइरहेको छ र त्यो
चित्र लिएर हामी सरकारसंग लड्न सक्ने र आपनै संगठनलाई पनि
आधारभूत जनताको उर्जाले गर्दा अझ बलवान बनाएको छ ।
संविधानको तेस्रो संशोधनपछि अब चैत्रमा चुनाव हुने
निश्चित जस्तो भएको छ, यसमा वाइसिएल र संविधान-सभा चुनावलाई
कसरी बुभने ?
वाइसिएल र संविधान-सभाको चुनाव एकदम पुरक हुन्छ
अन्यौन्याश्रति हुन्छ । संविधान-सभाको चुनावलाई ठिक ढंगले
सम्पन्न गर्नको निम्ति, सम्पूर्ण जनताले आफ्नो मताधिकार
प्रयोग गर्न सक्ने वातावरण बनाउनको निम्ति नै हामी सक्रिय
रहन्छौं । अध्यक्ष कमरेड प्रचण्डले जसरी निर्देशन गर्नुभएको
छ सम्पूर्ण पार्टी अब त्यतातिर होमिन्छ भन्ने कुराहरुलाई
आत्मसाथ गर्दै वाइसीएल अब पूर्णतः संविधान-सभाको चुनावको
निम्ति होम्छौं । देशमा संघीय लोकतान्त्रिक गणतन्त्र
संस्थागत गर्न र व्यवहारिक हिसाबले कार्यान्वयन गर्न र त्यो
पक्षधर शक्तिहरुलाई शत प्रतिशत जिताउनको निम्ति हामी लाग्छौं
। यदि कसैले संविधान-सभाको चुनावलाई भा “ड््ने,
सेवोटेज गर्ने कुरा गर्छ भने त्यसको विरुद्धमा आन्दोलनको
निम्ति समेत हामी तयार रहन्छौं ।
विद्यार्थीस “गै
प्रायः वाइसीएल पनि मुछिएर आउने गरेको छ किन ?
बेलाबखतमा जुन मुछिएर आउने गरेको सवाल यहा “ले
राख्नुभयो त्यो एउटा कुप्रचार हो । यतिबेला जहा“ झडप हुन्छ
त्यो ठाउ“हरुमा वाइसीएल भन्ने गरिन्छ, छिमेकीहरुका बीचमा झगडा
हुने गर्छ त्यहा“ पनि वाइसीएल भन्ने गरिन्छ । हार्ने पक्षले
वाइसीएलले पिट्यो भन्दा मजा आउने जित्ने पक्षले वा अरु कोही
मान्छेले वाइसीएल लगाउ“ला भन्यो भने मजा आउने खालको स्थिति
पनि अहिले सिर्जना भैरहेको छ । अझ यसमा ठूलो षड्यन्त्र के छ
भने यथास्थितिवादी संसदीय शक्तिहरु जो छन् यिनीहरुले
वाइसीएललाई जति धेरै बदनाम गर्यो अथवा जति धेरै कुट्यो,
पिट्यो, भन्यो त्यति धेरै बदनाम गर्न सकिन्छ र उनीहरुको
नम्बर बढ्छ भन्ने लागिराख्या छ । वास्तवमा त्यसो होइन ।
अर्को कुरा वाइसीएल र विद्यार्थी संगठन कहिले पनि पर्यायवाची
हुन सक्दैनन् । यिनीहरु बराबर र वैकल्पिक पनि हुन सक्दैनन् ।
पुरक हुन सक्छन् । त्यसले गर्दा विद्यार्थी संगठनभित्र
वाइसीएल भन्ने होइन, सवाल के हो भने विद्यार्थीहरुबाट
वाइसीएलको सदस्यता पाउने हैसियत भएको मान्छे हुन सक्छ ।
मजदुरहरुबाट हुन सक्छ, किसानहरुबाट हुन सक्छ, किनकि युवा
भनेको कुनै पेशा होइन । विद्यार्थी भनेको एउटा पेशा हो ।
मजदुर भनेको एउटा पेशा हो । तर, युवा भनेको कुनै पेशा नहुनुको
नाताले त्यो हरेक पेशा, जाति, लिङ्ग, क्षेत्र, वर्ग जहा “
कही पनि हुन सक्छ । विद्यार्थी संगठनमा भएको वा नभएको कुनै
पनि मान्छे वाइसीएलको विधि विधान र नीति मान्ने सेलेक्टेड
मान्छेहरु वाइसीएलमा रहन सक्छन्, सवाल त्यत्ति हो । मुछ्ने
कुरा त अहिले पनि मुछिराखेका छन् । काठमाण्डौं, काभ्रे
कहा“-कहा“ मुछिराखेका छन् । यो मुछ्ने कुरा त उनीहरुले
हारेपछि विद्यार्थीले पिट्यो भन्नु भन्दा पनि वाइसीएलले
पिट्यो भनेपछि सजिलो हुने भयो ।
यतिखेर देशका युवाहरुको ठूलो हिस्सा विदेश पलायन भैरहेको
छ । सरकारले पनि त्यही नीति ल्याइरहेको छ, यो अवस्थामा
युवाहरुलाई विदेश जानबाट कसरी रोक्न सकिन्छ ?
पुरानो सत्ता र पूरानो शासन व्यवस्थाले उर्जाले भरिपूर्ण
युवाहरुलाई विदेश पलायन बनाउन चाहन्छ । देशमा निर्धक्कसंग
शोक्षणको राज गर्न पाइयोस् भन्नका लागि विभिन्न प्रकारका
षड्यन्त्र गरेर चाहे त्यो गोर्खा भर्तिकेन्द्रमा होस् चाहे
अहिले अरब र कोरियामा पठाउने रणनीति रह“दै आएको छ । देशलाई
परनिर्भर बनाउनेतिर उनीहरु लागिरहेका छन् । यसलाई रोक्ने
मुख्य कुरा भनेको एउटा त राजनीतिक रुपले सबै युवाहरुलाई सचेत
बनाउने कुरा र देशभित्रै स्वाभिमान भएर यही देशको साधन
स्रोतको उपयोग गर्न सकिने रोजगारको श्रृष्टि गर्न सक्छौं ।
दोस्रो युवाहरुले आफ्नो अधिकार आफै लिनको निम्ति लाग्नुपर्छ
। यही“ बसेर केही न केही रचनात्मक हिसाबले काम गर्नुपर्छ ।
तेस्रो आर्थिक हिसाबले युवा आफैले पनि आत्मनिर्भर
अर्थतन्त्रको विकास गर्ने र जनसहभागिताको माध्यमबाट जनताकै
बलमा केही गर्नुपर्छ । नया“ उत्पादन अभियानहरु सञ्चालन गर्ने,
सहकारी अभियानहरु सञ्चालन गर्ने, विकास निर्माण, जनसेवाका
कुराहरु एकातिर भए । अर्कोतिर देशलाई औद्योगीकरण गर्नको
निम्ति आन्दोलन गर्दै यो सरकारस“ग दबाब सिर्जना गर्ने र
अधिकार प्राप्त गरी रोजगारको सृष्टि गरेर युवाहरुलाई देशमै
राख्ने कुरा हुन्छ । कयौ मान्छेहरु सा“स्कृतिक रुपमा विकृत
भएर पनि विदेश पलायन भैरँखेका छन्, तिनीहरुलाई स्पष्ट पार्नु
पर्दछ । त्यसो गर्दाखेरि त्यस्ता मान्छेहरुलाई पनि आफ्नै
देशको आफ्नो संस्कृतिको बारेमा सचेत बनाएर अगाडि जान सक्छौं
। त्यसका निम्ति सांस्कृतिक अभियान पनि एउटा उपाय हुनसक्छ,
रचनात्मक, बौद्धिक, साहित्यिक यस्ता खालका अभियानहरु पनि हुन
सक्छन् । यसबाट पनि मान्छेहरुलाई सांस्कृतिक र भावनात्मक
रुपान्तरण गर्दै राष्ट्रियताको चेतना र अग्रगामी चेतनाले लैस
गर्दै लिन सक्छौं । त्यस प्रकारले पनि हामी सोच्दैछौं ।
अहिले आधार क्षेत्रलाई सुदृढ गर्नको लागि युवाहरुले
खेल्नुपर्ने भूमिका तपाई के देख्नुहुन्छ र तपाईंको भूमिका के
हुन्छ ?
निश्चय पनि आधारइलाका कम दुःखले बनेको छैन । आधारइलाकाको
भूमिका कम छैन । आधारइलाका जनयुद्धको तुफानी केन्द्र बन्यो,
जनयुद्धको किल्ला बन्यो । अब देशको नया “
राजनैतिक अवस्थामा आधारइलाकाले खेल्ने भूमिका भनेको पहिलो
कुरा वैचारिक राजनैतिक भूमिका भनेको २१औं शताब्दीको
क्रान्तिको विचार र विधिलाई ठिक ढंगले बुझ्ने हो । किनकि
अहिले त्यो आधारइलाका र काठमाण्डौंको विद्रोहको इलाकालाई
समायोजन गरेर मात्र ठिक ढंगले पछिल्लो क्रान्ति सम्पन्न गर्न
सकिन्छ । २०औं शताब्दीका अनुभवहरु र २१औं शताब्दीका नया“ खोज
अनुसन्धानहरु, सम्भावनाहरुलाई ठिक ढंगले समायोजन गरेर मात्र
अहिले आधारइलाकाको रक्षा गर्न सकिन्छ भन्ने विचारलाई
आधारइलाकाका युवाहरुले बुझ्नुपर्छ र विकास गर्नुपर्छ ।
त्यसप्रकारले राजनैतिक वैचारिक कमाण्ड गर्न सक्नुपर्छ ।
आधारइलाकाका युवाहरुले जनताको बीचमा जनताको सेवा गर्न र
जनताको आफ्नै किसिमको आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने
कुरा, जनताको आफ्नै सत्ता त्यो जुनसुकै रुपमा होस् अहिलेको
संयुक्त सरकारको रुपमा होस्, अन्तरिम सरकारका स्थानीय इकाइका
रुपमा होस् कुनैपनि रुपमा त्यसलाई संघीय लोकतान्त्रिक
गणतन्त्रको इकाइको रुपमा विकास गर्ने गरी युवाहरुले भूमिका
खेल्नु पर्छ ।
अर्को कुरा युवाहरुले आधारइलाका, स्वायत्त क्षेत्र छ त्यहा“
स्थानीय वर्ग, जाति, लिङ्ग, क्षेत्रलाई सत्तामा समान सहभागी
बनाउनको निम्ति र स्वायत्तता प्राप्त गर्ने र स्वायत्त सरकार
सञ्चालन गर्न सक्ने क्षमता र तागत युवाहरुले हासिल गर्नु
पर्छ । आधारइलाकामा उपरिसंरचनामा सामन्तवादको अन्त्य भयो,
उपरीसंरचनामा दलाल, नोकरशाहहरुको पनि अन्त्य भयो तर त्यसलाई
आधारमा सांस्कृतिक, आर्थिक आधारमा परिवर्तन गर्नको लागि
यहा“का युवकहरुले विशेष खालको अभियानहरु सञ्चालन गर्नुपर्छ ।
जनताले आफ्नो सुरक्षा आफै गर्ने, आफ्नो निर्णय आफैं गर्न
सक्ने गरी सशक्त बनाउनु पर्छ र जनतालाई त्यस प्रकारले तयार
गर्नुपर्छ । आधारइलाकालाई केन्द्रीय सत्ता हेण्डिल गर्ने
चेतनामा उठाएर र त्यहा“का आर्थिक आधारहरु बदलेर अझ अगाडि जाने
दिशामा आधारइलाकाका युवाहरु लाग्नुपर्छ ।
मलाइ लाग्छ मेरो भूमिका भावनात्मक हिसाबले मुख्य आधारइलाका
जन्मथलो र प्रारम्भिक कर्मथलोका हिसाबले पनि एउटा जिम्मेवार
संगठनको दायित्वको नाताले मैले गर्ने भनेको यही कुरालाई
व्यवस्थित ढंगले पुर्याउने, लिने, यहा “को
गरिमालाई काठमाण्डौंमा स्थापना गर्ने, काठमाण्डौंको उचाईलाई
आधारइलाकामा शेयर गर्ने कुरा हुन्छ र अहिले यो आधारइलाका
चुपचाप रहेको मात्र हो । आधारइलाकाभित्रका जनसत्ता त अहिले
वैधानिक र अहिलेको सहमतिका कारणले विघटन गरेर अर्कोमा
रुपान्तरण गर्यौं तर आधारइलाकामा जो आधार बन्यो त्यो त कायमै
छ अहिले पनि । किनकि हाम्रो कार्यदिशाबाट जनयुद्धलाई अझ माथि
उठाइएको छ । जनयुद्धलाई माइनस गरेको हैन कि जनयुद्धमा
जनआन्दोलन, संवाद, कुटनैतिक पहललाई समायोजन गरेर उचाईमा
उठाएको कारणले गर्दा आधारइलाकालाई उचाईमा उठाउने र सुदृढ
गर्ने कुरा वास्तवमा राजनैतिक, आर्थिक, वैचारिक, सांस्कृतिक
हिसाबले कायम राख्ने र त्यसलाई अझ माथि उठाउने कुरामै मेरो
भूमिका रहन्छ । |
|
|