|
यसपटक
लेखक सम्मेलनको अनुभूति र उपलब्धि
- हिरामणि दुःखी
११५औं माओ दिवशको अवसरमा क्रान्तिकारी लेखकहरुको प्रथम
राष्ट्रिय सम्मेलन भयो । अखिल नेपाल लेखक सङ्घको नामले
संगठित यो लेखक सङ्घ मालेमावाद र प्रचण्डपथीय
सौर्न्दर्यबोधलाई आत्मसाथ गर्ने संगठन हो । गतवर्ष भएको
जनसा“स्कृतिक महासङ्घको सम्मेलनले सा“स्कृतिक क्षेत्रका
विभिन्न विद्याहरुको संरचना अलग्गै निर्माण गर्ने
आवश्यकताबोध गर्दै सङ्घलाई महासङ्घमा उठाएको थियो । यो
निर्णय स्वयम् यसै संगठनका ऋषिराज बराललाई मन परेको थिएन र
अहिले पनि महासङ्घको 'म' समेत उच्चारण गर्न उहा“लाई अभिशाप
बन्न पुगेको छ । उहा“लाई यो किन मन परेन त्यो छुट्टै बहसको
विषय हो तर उहा“को बहिष्कारले हामीलाई सा“च्चिकै एउटा दुःखका
साथ चुनौती थपेको थियो । त्यसपछि लेखक साहित्यकारहरुको अलग्गै
संगठन निर्माण गरेर यसलाई विधिवत र व्यवस्थित गर्न हामीले
सम्मेलन गर्ने निधो गर्यौं । यो संगठनले देशभरि संगठन
निर्माण गर्ने र जनयुद्ध सिर्जित नया“ पुस्ताका साहित्यकार,
लेखक, कवि एवं कुचीकारहरुलाई गोलबन्द गर्दै पुराना
अनुभविहरुस“गको सहकार्यमा जान थालेपछि यसको आवश्यकता र महत्व
झन् झन् बढेर गयो ।
विभिन्न राज्यसमितिहरुका सम्मेलन, भेला हुन थाले ।
जिल्लाहरुका भेला, सम्मेलन भए । यसरी देशका अधिकांश
क्षेत्रहरुमा यो संगठनको विस्तार भयो । गठनस “गै
यसले विभिन्न साहित्यिक, बौद्धिक एवं लेखकीय गतिविधिलाई
बढाउ“दै लग्यो । यसका कारण अन्य प्रगतिशील मानिने संस्थाहरुमा
भुकम्प पनि ल्याउन थाल्यो । अर्कातिर हाम्रै आन्दोलनभित्र पनि
गाउ“ र शहर, पुराना र नया“ पुस्ता, ड्रि्रीधारी र
साक्ष्ँरबीचका अन्तरविरोधलाई यो सम्मेलनले एक हदसम्म हल गरेको
मैले महसुस गरेको छु । स्रष्टा र सिर्जनाका क्षेत्रमा
अहिलेसम्मको एउटा मुख्य समस्या भनेको राजधानी केन्द्रित र
मोफसलबीचको अन्तरविरोध पनि हो । राजधानीमा नाम चलेकाहरु
बाहेक अरुलाई स्रष्टा र उनीहरुका सिर्जनालाई नपत्याउने रोग
वर्ुर्जुवा तथा प्रगतिशील वा क्रान्तिकारी धारभित्र पनि
जब्बर छ । यसलाई कसरी तोड्ने भन्ने पनि हाम्रा चुनौती थिए र
रहनेछ । प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न गर्ने मुख्य
जिम्मेवारी भएका कारणले पनि उपर्युक्त अन्तरविरोधहरु हल गर्ने
गरी हामीले हाम्रो संगठनलाई लैजानुपर्छ भन्ने कुरा मलाई
महसुस भइरहेको थियो । युद्धभूमिबाट आएका नवप्रतिभाहरुलाई
स्थापित गर्ने, उनीहरुको स्तर विकास गराउने कुरामा पुराना र
अनुभवी एवं विज्ञ स्रष्टाहरुलाई दायित्वबोध गराउनु पर्ने
जिम्मेवारी पनि यो संगठनको रहेको थियो । सम्मेलनको समापनसम्म
आउ“दा त्यसले पारित गरेको प्रतिवेदन, नीति कार्यक्रम र
संगठनात्मक विधानले हाम्रो आन्दोलनका ती समस्याहरुलाई समाधान
गर्ने विश्वास प्राप्त भएको छ ।
अहिले पनि आफ्ना समकालीन स्रष्टाहरुलाई बाहेक नया “
प्रतिभालाई गणना नै नगर्ने सामन्तवादी अहंकार, ड्रि्रीवाद,
आत्मकेन्द्रीत व्यक्तिवाद र बौद्धिक दम्भ देखा परिरहेको छ ।
यसका विरुद्ध नया“ पुस्ताका नवीन यथार्थवादी धारालाई पकडेर
अघि बढेका स्रष्टाहरुलाई स्थापित गर्नु पनि यो सम्मेलनको
लक्ष्य र उद्देश्य थियो । त्यस दिशातर्फ अघि बढ्न सम्मेलनले
महत्वपूर्ण भूमिका खेल्ने कुरामा विश्वास बढाएको छ । जनमुक्ति
सेनाभित्र रहेका नव प्रतिभाहरु, युवा विद्यार्थी क्षेत्रका
प्रतिभाहरु तथा साहित्यिक आन्दोलनमा निरन्तर साधनारत नव
प्रतिभाहरुमा एउटा उत्साह पैदा गराएको छ । जसले गर्दा
साहित्यिक आन्दोलनलाई अझ बढी गतिशील, जुझारु एवं संगठित गर्न
महत्वपूर्ण भूमिका खेलेको छ ।
सम्मेलनको अर्को पक्ष भनेको उत्तर-आधुनिकतावादले थोपरेको
व्रि्रम, विखण्डन र उपभोक्तावादी संस्कृतिका विरुद्ध संगठित
हुनु र साहित्यिक आन्दोलनको उठान गर्नु हो । प्रगतिवादका
नाममा देखा परेको यथास्थितिवादी सोच र चिन्तनका कारण
उत्तर-आधुनिकतावादीहरुले टाउको उठाउने अवसर पाएका हुन् ।
त्यसैले यथास्थितिवादी र उत्तर-आधुनिकतावादका विरुद्ध नया“
सौर्न्दर्यबोध गराउनु एवं श्रमचेत जगाउनु, राष्ट्रियताका
पक्षमा साहित्यिक आन्दोलन जगाउनु जरुरी भएको छ । त्यसैगरी
छाडा, नग्न र अश्लील साहित्यले युवा जगतमा पारेको प्रभाव,
पलायन र आत्मर्समर्पणवादी संस्कृतिका विरुद्ध सचेत रहनु र
सचेत बनाउनु अहिलेको आवश्यकता हो । यतातर्फ पनि सम्मेलन
केन्द्रित रह्यो । दश वर्षको जनयुद्धद्वारा प्राप्त नया“
सौर्न्दर्यबोधलाई त्यसैमा टेकेर त्यसकै बरि्खलापमा उत्रने
प्रवृत्ति पनि हाम्रो आन्दोलनमा यदाकदा देखिने गर्दछ । यो अझ
बढी घातक छ । त्यसैले यसका विरुद्ध वैचारिक आन्दोलन उठाउनु
जरुरी छ । किनकि यो विचारको समस्याको कुरा हो । आज
क्रान्तिद्वारा संश्लेषित विचार संस्कृति प्रचण्डपथलाई
व्यक्तिवाद, व्यक्तिपूजा देख्ने एउटा जमात छ । त्यसले
क्रान्तिको उपलब्धिलाई संरक्षण गर्न, विकास र विस्तार गर्न
साहित्यकार लेखकहरुले आफ्नो कर्म बनाउनु पर्छ । यसरी मात्र
हामीले क्रान्तिको उपलब्धिलाई बचाउन सक्छौं । यो सम्मेलनले
यिनै विषयहरुलाई निरुपण गर्ने एउटा कोशेढुङ्गाको रुपमा
आफूलाई उभ्याएको छ । २०६४ पुस १९ |