वर्ष १०, अंक ८, २०६४ पुस २२ गते आइतबार  (06 January 08)

HOME ABOUT US

naulojanaubhar@gmail.com

Special Link

राष्ट्रिय मुक्तियुद्धमा देशभक्तिको भावना जुन रूपमा हुन्छ, त्यो अन्तर्राष्ट्रियवादकै व्यावहारिक रूप हुनेछ  -क. माओ

Last updated : 07 Jan 2008

Revolutionary Music

Samana Pariwar

Pratirodh Pariwar

Senchyang Pariwar

Kshitij Pariwar

Jaljala Pariwar

Raktim Pariwar

Vivid Music

Other Language

Song Lyrics

Works

Com. Prachand

Com. Kiran

Com. Baburam

Articles

Com. Mahara

Lema Goyeska

Bashudev Misra

Prakash Sharma

D. Rawol

 

 

 

 

 

 

Documents

12 Point Agreement Decision betweeen SPA and CPNM

Peace Accord

Management of Arms and Armies

नेपालको अन्तरिम संविधान 2063

 

Ideology

Marxism

Leninism

Maoism

Prachandapath

Archive

Press Release

Publications

Martyrs

Photo Gallery

Literature

Documents

Survey

 

Special Archive

 Facilities

Currency Convertor

Date Convertor

Roman to Nepali

Metric Convertor

Nepali Calendar

Language Translation

Live Nepali Tvs

Search engines

Google.com

Yahoo.com

MSN.com

World News

BBC World Service

CNN

Hindustan Times

The Hindu

 

 

यसपटक

लेखक सम्मेलनको अनुभूति र उपलब्धि

- हिरामणि दुःखी

११५औं माओ दिवशको अवसरमा क्रान्तिकारी लेखकहरुको प्रथम राष्ट्रिय सम्मेलन भयो । अखिल नेपाल लेखक सङ्घको नामले संगठित यो लेखक सङ्घ मालेमावाद र प्रचण्डपथीय सौर्न्दर्यबोधलाई आत्मसाथ गर्ने संगठन हो । गतवर्ष भएको जनसा“स्कृतिक महासङ्घको सम्मेलनले सा“स्कृतिक क्षेत्रका विभिन्न विद्याहरुको संरचना अलग्गै निर्माण गर्ने आवश्यकताबोध गर्दै सङ्घलाई महासङ्घमा उठाएको थियो । यो निर्णय स्वयम् यसै संगठनका ऋषिराज बराललाई मन परेको थिएन र अहिले पनि महासङ्घको 'म' समेत उच्चारण गर्न उहा“लाई अभिशाप बन्न पुगेको छ । उहा“लाई यो किन मन परेन त्यो छुट्टै बहसको विषय हो तर उहा“को बहिष्कारले हामीलाई सा“च्चिकै एउटा दुःखका साथ चुनौती थपेको थियो । त्यसपछि लेखक साहित्यकारहरुको अलग्गै संगठन निर्माण गरेर यसलाई विधिवत र व्यवस्थित गर्न हामीले सम्मेलन गर्ने निधो गर्‍यौं । यो संगठनले देशभरि संगठन निर्माण गर्ने र जनयुद्ध सिर्जित नया“ पुस्ताका साहित्यकार, लेखक, कवि एवं कुचीकारहरुलाई गोलबन्द गर्दै पुराना अनुभविहरुस“गको सहकार्यमा जान थालेपछि यसको आवश्यकता र महत्व झन् झन् बढेर गयो ।

विभिन्न राज्यसमितिहरुका सम्मेलन, भेला हुन थाले । जिल्लाहरुका भेला, सम्मेलन भए । यसरी देशका अधिकांश क्षेत्रहरुमा यो संगठनको विस्तार भयो । गठनस“गै यसले विभिन्न साहित्यिक, बौद्धिक एवं लेखकीय गतिविधिलाई बढाउ“दै लग्यो । यसका कारण अन्य प्रगतिशील मानिने संस्थाहरुमा भुकम्प पनि ल्याउन थाल्यो । अर्कातिर हाम्रै आन्दोलनभित्र पनि गाउ“ र शहर, पुराना र नया“ पुस्ता, ड्रि्रीधारी र साक्ष्ँरबीचका अन्तरविरोधलाई यो सम्मेलनले एक हदसम्म हल गरेको मैले महसुस गरेको छु । स्रष्टा र सिर्जनाका क्षेत्रमा अहिलेसम्मको एउटा मुख्य समस्या भनेको राजधानी केन्द्रित र मोफसलबीचको अन्तरविरोध पनि हो । राजधानीमा नाम चलेकाहरु बाहेक अरुलाई स्रष्टा र उनीहरुका सिर्जनालाई नपत्याउने रोग वर्ुर्जुवा तथा प्रगतिशील वा क्रान्तिकारी धारभित्र पनि जब्बर छ । यसलाई कसरी तोड्ने भन्ने पनि हाम्रा चुनौती थिए र रहनेछ । प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न गर्ने मुख्य जिम्मेवारी भएका कारणले पनि उपर्युक्त अन्तरविरोधहरु हल गर्ने गरी हामीले हाम्रो संगठनलाई लैजानुपर्छ भन्ने कुरा मलाई महसुस भइरहेको थियो । युद्धभूमिबाट आएका नवप्रतिभाहरुलाई स्थापित गर्ने, उनीहरुको स्तर विकास गराउने कुरामा पुराना र अनुभवी एवं विज्ञ स्रष्टाहरुलाई दायित्वबोध गराउनु पर्ने जिम्मेवारी पनि यो संगठनको रहेको थियो । सम्मेलनको समापनसम्म आउ“दा त्यसले पारित गरेको प्रतिवेदन, नीति कार्यक्रम र संगठनात्मक विधानले हाम्रो आन्दोलनका ती समस्याहरुलाई समाधान गर्ने विश्वास प्राप्त भएको छ ।

अहिले पनि आफ्ना समकालीन स्रष्टाहरुलाई बाहेक नया“ प्रतिभालाई गणना नै नगर्ने सामन्तवादी अहंकार, ड्रि्रीवाद, आत्मकेन्द्रीत व्यक्तिवाद र बौद्धिक दम्भ देखा परिरहेको छ । यसका विरुद्ध नया“ पुस्ताका नवीन यथार्थवादी धारालाई पकडेर अघि बढेका स्रष्टाहरुलाई स्थापित गर्नु पनि यो सम्मेलनको लक्ष्य र उद्देश्य थियो । त्यस दिशातर्फ अघि बढ्न सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने कुरामा विश्वास बढाएको छ । जनमुक्ति सेनाभित्र रहेका नव प्रतिभाहरु, युवा विद्यार्थी क्षेत्रका प्रतिभाहरु तथा साहित्यिक आन्दोलनमा निरन्तर साधनारत नव प्रतिभाहरुमा एउटा उत्साह पैदा गराएको छ । जसले गर्दा साहित्यिक आन्दोलनलाई अझ बढी गतिशील, जुझारु एवं संगठित गर्न महत्वपूर्ण भूमिका खेलेको छ ।

सम्मेलनको अर्को पक्ष भनेको उत्तर-आधुनिकतावादले थोपरेको व्रि्रम, विखण्डन र उपभोक्तावादी संस्कृतिका विरुद्ध संगठित हुनु र साहित्यिक आन्दोलनको उठान गर्नु हो । प्रगतिवादका नाममा देखा परेको यथास्थितिवादी सोच र चिन्तनका कारण उत्तर-आधुनिकतावादीहरुले टाउको उठाउने अवसर पाएका हुन् । त्यसैले यथास्थितिवादी र उत्तर-आधुनिकतावादका विरुद्ध नया“ सौर्न्दर्यबोध गराउनु एवं श्रमचेत जगाउनु, राष्ट्रियताका पक्षमा साहित्यिक आन्दोलन जगाउनु जरुरी भएको छ । त्यसैगरी छाडा, नग्न र अश्लील साहित्यले युवा जगतमा पारेको प्रभाव, पलायन र आत्मर्समर्पणवादी संस्कृतिका विरुद्ध सचेत रहनु र सचेत बनाउनु अहिलेको आवश्यकता हो । यतातर्फ पनि सम्मेलन केन्द्रित रह्यो । दश वर्षको जनयुद्धद्वारा प्राप्त नया“ सौर्न्दर्यबोधलाई त्यसैमा टेकेर त्यसकै बरि्खलापमा उत्रने प्रवृत्ति पनि हाम्रो आन्दोलनमा यदाकदा देखिने गर्दछ । यो अझ बढी घातक छ । त्यसैले यसका विरुद्ध वैचारिक आन्दोलन उठाउनु जरुरी छ । किनकि यो विचारको समस्याको कुरा हो । आज क्रान्तिद्वारा संश्लेषित विचार संस्कृति प्रचण्डपथलाई व्यक्तिवाद, व्यक्तिपूजा देख्ने एउटा जमात छ । त्यसले क्रान्तिको उपलब्धिलाई संरक्षण गर्न, विकास र विस्तार गर्न साहित्यकार लेखकहरुले आफ्नो कर्म बनाउनु पर्छ । यसरी मात्र हामीले क्रान्तिको उपलब्धिलाई बचाउन सक्छौं । यो सम्मेलनले यिनै विषयहरुलाई निरुपण गर्ने एउटा कोशेढुङ्गाको रुपमा आफूलाई उभ्याएको छ । २०६४ पुस १९

Revolutionary Links

A World To Win

Revolutionary Worker

Maoist Revolution

Li Onesto.net
Krishnasen Online

Janadesh Weekly

Janasandesh National Daily

Jana Ubhar Weekly

Jana Awhan Weekly

INSOF

NPPF Belgium

Online Links

Krishnasen Online

Nepalisandesh

INSN

Samudaya

Samudrapari.com

Kantipur Online

Nepalipost

Khojtalas Online

Nepalnews

Enepalnews

Dcnepal.com

NepalJapan

News of Nepal

Hknepal.com

Himal Khabar

Gorkhapatra

Janaandolan.com

Blog Sites

Focus Blog

Krantikari

Mero Sansar

Blogger's Nepal

Ratnapark

Daily Newspapers

Yougbodh National Daily

Kantipur daily

Kathmandu Post

Nepal Samacharpatra

Annapurna Post

Rajdhani

Mahanagar

Sandhya Times

The Himalayan Times

Gorkhapatra

The Rising Nepal

Khojtalash

Weekly Newspapers

Janadesh Weekly

Dristi Weekly

Jana Aastha

Janadharana

Budhbar

Nepal National Weekly

Deshantar

Gorkha Express

Disha Nirdesh

Nispaksha

Yug Sambad

Telegraph

Samaya

Kantipur Weekly

Spotlight

Tashapawa

Gatibidhi

Kathmandu Today

Half Monthly/Monthly

Himal Khabarpatrika

Himal Magazine

Madhuparka

Yuba Mancha

Nari

Wave

Kamana

Muna

New Business Age

Nepal Traveller

Sadhana

Online Radio/Television

BBC Nepali

BFBS Gurkha Radio

Radio Dovan

Radio Sagarmatha

Sagarmatha Television

Nepal Television

Kantipur Television

Nepal One Television

Live Nepalese Televisions

Entertainment/Vivid

Cyber Sansar

Nepalisongs.com

Nepali ecards.com

Khattam.com