|
जनसंचार
सञ्चारका प्रकार र प्रक्रिया
- नरेन्द्र केसी
हामीले माथि (अघिल्लो अंकमा) नै उल्लेख गर्यौं कि सूचना
जानकारी हो, त्यो जानकारी संप्रेक्षण गर्ने प्रक्रिया र
माध्यम सञ्चार हो । जानकारी संप्रेक्षण गर्ने माध्यम वा
सञ्चारलाई पछिल्लो समयमा आउ“दा पा“च प्रकारले विभाजन गर्ने
गरिएको छ । ति हुन्-
१. व्यक्तिगत
सञ्चार (Personal
Communication)
२. अन्तरवैयक्तिक
सञ्चार -Inter-Personal Communication)
३. समूह सञ्चार
-Group Communication)
४. संगठन सञ्चार
-Organization Communication)
५. आम सञ्चार -Mass
Communication)
केही सञ्चारविद्हरुले व्यक्तिगत, अन्तरवैयक्ति, समूह र आम गरी
चार प्रकारले मात्रै सञ्चालाई विभाजन गर्न राम्रो हुने
बताउ“छन् भने केही सञ्चारविद्हरु त झन् आपसी सञ्चार (Mutual
Communication) र आमसञ्चार (Mass Communication) मा वर्गीकरण
गर्नु राम्रो हुने धारणा राख्छन् । जेहोस् हामीले सञ्चारलाई
बुझ्ने कुरा हो । यसलाई जसरी र कत्रि्रकारले बुझ्दा पनि
हुन्छ ।
मूलतः व्यक्तिगत सञ्चार भन्नाले कुनै पनि व्यक्तिले आफैभित्र
गर्ने नितान्त व्यक्तिगत सञ्चार हो । हामीस“ग भएका
इन्द्रियहरुको सहायताले आफैले आफैस“ग गर्ने सञ्चार नै
व्यक्तिगत सञ्चार हो ।
त्यस्तै दुइ व्यक्तिबीच हुने सञ्चार अन्तरवैयक्ति सञ्चार हो
। सामुन्ने भेटेर, फोनमार्फत वा चिठ्ठीपत्रमार्फत यो सञ्चार
हुने गर्छ । त्यस्तै दुइभन्दा बढी व्यक्तिहरुको बीचमा हुने
सञ्चारलाई समूह सञ्चार भनिन्छ । जस्तो तालिम, सभा, गोष्ठी
आदिमा हुने सञ्चार प्रक्रिया हो ।
त्यस्तै कुनै एउटा निश्चित संगठनभित्र माथिको र्सकुलर वा
निर्देशन माताहतमा निकायमा पुग्नु र माताहतका नियायबाट
माथिल्लो तहमा रिपोर्टिङ हुने सञ्चारलाई संगठन सञ्चार भनिन्छ
। जो निश्चित संगठनभन्दा बाहिरका थाहा हु “दैन
।
व्यक्ति, दुइ व्यक्ति, निश्चित समूह वा निश्चित संगठनभन्दा
बाहिर आम जनसमुदायको बीचमा हुने सञ्चार आमसञ्चार हो । अझ भनौं
भने असिमित जनताबीच हुने सञ्चार आमसञ्चार हो । पत्रपत्रिका,
रेडियो, टेलिभिजन, अनलाईआदिको माध्यमबाट यो सञ्चार हुने गर्छ
। यसको दायरा यति फराकिलो हुन्छ कि यसमा कसैस “ग
सूचना आदानप्रदान गर्ने र कसैस“ग नगर्ने भन्ने नै हु“दैन ।
कुनै सन्देश एउटै माध्यमबाट आम जनतास“ग पुग्नु नै आमसञ्चारको
महत्वपूर्ण विशेषता हो । त्यसैले नै पत्रकारिताको मुख्य
सम्बन्ध यही आमसञ्चारस“ग जोडिएको हुन्छ ।
सञ्चारको प्रक्रिया
पा “चै
किसिमका सञ्चारहरुको पूरा हुने एउटै प्रक्रिया हुन्छ । यो
सञ्चार प्रक्रियालाई सञ्चार प्रक्रियाको चक्र (Cycles of
Communication Process) पनि भन्ने गरिन्छ, जो पूरा हुनलाई
केही आधारभूत पक्षको आवश्यकता पर्दछ । कुनै प्रेषकले पठाएको
सन्देश कुनै माध्यमहु“दै प्रापककहा“ पुग्यो र उसले पठाएको
प्रक्रियात्मक सन्देश पुनः माध्यमहु“दै प्रेषककहा“ पुग्यो भने
मात्रै सञ्चारको प्रक्रिया पूरा भएको मानिन्छ । यहा“ पठाउने
मान्छे प्रेषक वा स्रोत हो, पठाएको चीज सन्देश हो, लैजाने
माध्यम सञ्चारमाध्यम हो, पाउने व्यक्ति ग्रहणकर्ता वा प्रापक
हो र ग्रहणकर्ताले सन्देश ग्रहण गरेर त्यसको प्रतिक्रिया पुनः
माध्यमार्फत स्रोतसम्म पुर्यायो भने त्यहा“ सञ्चार प्रक्रिया
पूरा हुन्छ । त्यसैले सञ्चार प्रक्रिया पूरा हुन स्रोत,
सन्देश, माध्यम, प्रापक र प्रतिक्रियाको आवश्यकता पर्दछ । यी
पा“च कुरा नै सञ्चार प्रक्रियाका आधारभूत कुरा हुन् ।
व्यक्तिगत, अन्तरवैयक्तिक, समूह, संगठन र आम गरी पा “चै
प्रकारका सञ्चारमा यही प्रकार लागु हुन्छ । वा भनौं माथि
पा“च आधारभूत पक्ष पूरा भएपछि मात्रै सबै किसिमको सञ्चार
प्रक्रिया पूरा हुन्छ । व्यक्तिगत सञ्चारमा कुनै व्यक्ति ले
हिडिरहेको बाटोमा र्सप देख्यो भने उसको आ“खा (स्रोत) ले त्यो
खबर (सन्देश) सम्बन्धित इन्द्रिय (माध्यम) मार्फत दिमाग (प्रापक)
मा पठाउ“छ तर तत्कालै दिमागले र्सपलाई मार्न वा त्यसबाट
जोगिएर हिड्ने निर्णय (प्रतिक्रिया) गर्छ । यसरी व्यक्तिगत
सञ्चार प्रक्रिया पूरा हुन्छ ।
त्यस्तै कुनै दाङमा बसेको व्यक्ति
(स्रोत) ले हुलाक (माध्यम) बाट
रुकुमका बसेको आफन्त (प्रापक) लाई कुनै खबर (सन्देश) पठाउ“छ
र रुकुमको व्यक्तिले त्यो खबर पाएपछि त्यसको प्रतिउत्तर (प्रतिक्रिया)
कुनै माध्यममार्फत पठाउ“छ भने अन्तरवैयक्ति सञ्चार प्रक्रिया
पूरा हुन्छ । त्यस्तै कुनै कुनै नेता -स्रोत) ले आमसभा वा
भेला गोष्ठी -माध्यम) मा भाक्षण (सन्देश) गर्यो भने तल बसेका
जनता (प्रापक) ले भाक्षण राम्रो लागेमा ताली वा नराम्रो
लागेमा हुटिङ (प्रतिक्रिया) गरे भने त्यहा“ समूह सञ्चार
प्रक्रिया पूरा हुन्छ । त्यसैगरी कुनै पार्टी वा संगठनको
माथिल्लो निकाय (स्रोत) ले गरेको निर्णयको र्सर्कुलर (सन्देश)
कुनै माध्यममा (माध्यम) मार्फत तल्ला निकाय (प्रापक) लाई
पठाउ“छ र तल्ला निकायले पनि त्यो पाइसकेपछि तलको रिपोर्टिङ
वा पाएको जानकारी -प्रतिक्रिया) माथिल्लो निकायलाई पठाउ“छ भने
त्यहा“ संगठन सञ्चारको प्रक्रिया पूरा हुन्छ ।
ठीक यसैगरी कुनै पत्रकार (स्रोत) ले लेखेको समाचार (सन्देश)
रेडियो, टेलिभिजन, अनलाइन र पत्रिकाहरु (माध्यम) बाट आम जनता
(प्रापक) माझ गयो र त्यो जनताले हेरिसकेपछि त्यसमाथि लागेको
कुरा (प्रतिक्रिया) रेडियोहरुमा फोनबाट वा लेखेर तथा
पत्रिकाहरुलाई सम्पादकलाई पत्र वा पाठक प्रतिक्रिया पुनः
सञ्चारमँध्यसम्म पुर्याए भने त्यहा“ आम सञ्चारको प्रक्रिया
पूरा हुन्छ ।
सञ्चार प्रक्रियालाई हामी यसरी पनि हेर्न सक्छौं ।
| |
व्यक्तिगत |
अन्तरवैयक्तिक |
समूह |
संगठन |
आम |
|
स्रोत |
आफै |
दुइ जना |
दुइ भन्दा बढी व्यक्ति |
पार्टी वा संगठनको माथिल्लो निकाय |
व्यक्ति, संस्था, कार्यक्रम आदि |
|
सन्देश |
विचार क्रियाकलाप |
कुराकानी वा पत्राचार |
भाक्षण, शिक्षण |
र्सर्कुलर, निर्देशन |
समाचार, विचार आदि |
|
माध्यम |
इन्द्रिय |
फोन, इमेल, हुलाक |
सभा, गोष्ठी, कक्षा |
हुलाक, फ्याक्स, इमेल, सर्म्पर्कव्यक्ति |
प्रकाशन, प्रसारण आदि
|
|
प्रापक |
आफै |
अर्को व्यक्ति |
समूह, परिवार, लक्षित समुदाय |
तल्लो निकाय |
पाठक, स्रोता, दर्शक |
|
प्रतिक्रिया |
आत्ममूल्यांकन |
उत्तर, प्रतिक्रिया |
ताली, हुटिङ, चिट |
रिपोर्टिङ,जानकारी |
खण्डन, पाठकप्रतिक्रिया |
|