वर्ष १०, अंक ८, २०६४ पुस २२ गते आइतबार  (06 January 08)

HOME ABOUT US

naulojanaubhar@gmail.com

Special Link

राष्ट्रिय मुक्तियुद्धमा देशभक्तिको भावना जुन रूपमा हुन्छ, त्यो अन्तर्राष्ट्रियवादकै व्यावहारिक रूप हुनेछ  -क. माओ

Last updated : 06 Jan 2008

Revolutionary Music

Samana Pariwar

Pratirodh Pariwar

Senchyang Pariwar

Kshitij Pariwar

Jaljala Pariwar

Raktim Pariwar

Vivid Music

Other Language

Song Lyrics

Works

Com. Prachand

Com. Kiran

Com. Baburam

Articles

Com. Mahara

Lema Goyeska

Bashudev Misra

Prakash Sharma

D. Rawol

 

 

 

 

 

 

Documents

12 Point Agreement Decision betweeen SPA and CPNM

Peace Accord

Management of Arms and Armies

नेपालको अन्तरिम संविधान 2063

 

Ideology

Marxism

Leninism

Maoism

Prachandapath

Archive

Press Release

Publications

Martyrs

Photo Gallery

Literature

Documents

Survey

 

Special Archive

 Facilities

Currency Convertor

Date Convertor

Roman to Nepali

Metric Convertor

Nepali Calendar

Language Translation

Live Nepali Tvs

Search engines

Google.com

Yahoo.com

MSN.com

World News

BBC World Service

CNN

Hindustan Times

The Hindu

 

 

मुख्य समाचार

माओवादी बैठक जारी

बैठकले चुनावी अभियान तय गर्ने

काठमाण्डौं/ वर्तमान राजनैतिक घटनाक्रममा महत्वपूर्ण र निर्णायक स्थान राख्ने नेकपा माओवादीको केन्द्रीय समितिको बैठक आज पनि जारी छ । हिजो शनिबार बिहान ९ः३० बजे शुरु भएको बैठकलाई गत साउनमा सम्पन्न पा“चौं विस्तारित बैठकपछिको महत्वपूर्ण बैठकका रुपमा लिइएको छ ।

काभे्रको नमोबुद्ध स्थित फूलबारी रिसोर्टमा चलिरहेको बैठकमा अध्यक्ष प्रचण्डले पार्टीले लिने वर्तमान रणनीति एवं कार्यनीति, आगामी संविधानसभाको चुनावी रणनीति जस्ता विषय समेटेको राजनैतिक प्रस्ताव प्रस्तुत गर्नुभएको छ । उक्त प्रस्तावमा चुनावी रणनीतिका साथै विस्तारित बैठक यता प्राप्त उपलब्धि एवं समस्याको समीक्षा, आगामी संगठनात्मक जिम्मेवारी, चुनावी अभियान, उमेद्वार छनोट प्रक्रिया जस्ता विषय समेटिएको बताइएको छ । बैठकमा सात दलबीच भएको २३ बु“दे सहमतिको समीक्षा गर्नुका साथै सेना समायोजनको प्रश्न, घाइते अपाङ्गहरुको व्यवस्थापन, शहीद परिवारलाई राहतको व्यवस्था चुनावी घोक्षणापत्रको तयारी चुनावी कार्य विभाजन तथा सात दलबीचको सरकार सञ्चालन सम्बन्धी उच्च स्तरीय संयन्त्रको मस्यौदा निर्माण सम्बन्धी बृहत योजना निर्माण गरिने कुरा अध्यक्ष प्रचण्डले शनिबार बिहान बैठक बस्नु अगाडि पत्रकारहरुसंगको संक्षिप्त कुराकानीका क्रममा बताउनु भयो ।

तीन दिनसम्म सञ्चालन गरिने बैठकको पहिलो दिन अध्यक्ष प्रचण्डले प्रस्ताव र बैठकका एजेण्डा प्रस्तुत र व्याख्या गर्नुभएपछि त्यस विषयमा केन्द्रीय सदस्यहरुबाट छलफल गर्ने तथा जिम्मेवारीका रिपोर्ट प्रस्तुत गर्ने कार्य भयो । हिजो १२/१३ जनाले प्रस्तावमाथि आ-आफ्ना धारणा राख्नुका साथै रिपोर्ट गर्ने काम सकिएको जनाइएको छ । केन्द्रीय समितिका सबै सदस्यले छलफलमा भाग लिने र आफ्ना विचार राख्ने जनाइएको छ । माओवादीको यो बैठकमा विशेषतः चुनावी रणनीति र कार्यनीतिमा केन्द्रित हुने जनाइए पनि नया“ नेपाल निर्माण गर्ने प्रमुख दायित्व बोकेको पार्टीले आगामी दिनमा अपनाउनु पर्ने रणनीति र कार्यनीतिका विषयमा सैद्धान्तिक छलफललाई घनिभूत बनाइने बताइन्छ ।

अन्तर्राष्ट्रिय क्षेत्रका प्रतिक्रियावादी कित्ताबाट अझै पनि उग्रवादीको आरोप र क्रान्तिकारी कित्ताबाट दक्षिणपन्थी विचलनतातर्फ जान थालेको भनी तीव्र आलोचना खेप्दै आएको माओवादीका निम्ति यो बैठक अत्यन्तै महत्वको रहने र यसले संघर्षको दिशा ठोस गरिने पनि बताइन्छ । बैठकमा विगतमा भएका सात दलबीचका सहमति सम्झौता एवं पछिल्लो २३ बु“दे सहमतिको विस्तृत समीक्षा गरिने छ । राजनीतिक विश्लेषकहरुका अनुसार यो बैठक माओवादीको भाग्य र भविश्य मात्र नभई समग्र उत्पीडित वर्ग, जाति, क्षेत्र र लिङ्गका आम जनताको भाग्य र भविश्य निर्धारण गर्ने बैठक हुने बताइन्छ ।

अध्यक्ष प्रचण्डको नेतृत्व स्थापना पछि अहिलेसम्म सदैव एकमतले प्रचण्डको राजनैतिक, संगठनात्मक प्रस्ताव पारित गर्दै आएको माओवादीको यस बैठकमा पनि फरक मत कसैको नभएको भएतापनि आगामी रणनीति र कार्यनीतिका बारेमा गम्भीर बहस र छलफल गरिने बताइन्छ । यद्यपि यो बैठकले पनि एकमतका साथ अध्यक्ष प्रचण्डको प्रस्तावलाई पारित गर्ने र चुनावका निम्ति अभियानात्मक रुपमा जान विस्तृत प्याकेजको कार्यक्रम निर्माण गरिने बताइएको छ । बैठक आज बिहान ७ बजेदेखि बस्ने गरी हिजो बेलुका ८ बजे स्थगित भएको थियो ।

अन्य समाचार

मधेश समस्या होइन समस्या बनाइएको हो- मातृका यादव

काठमाडौं/ वन तथा भू-संरक्षण मन्त्री मातृका यादवले चैत्र महिनाभित्रै संविधान-सभाको चुनाव जसरी पनि गर्नुपर्ने वताउनु भयो । मधेशलाई समस्या बनाएर चुनाव टार्ने बहाना गरिएमा गम्भीर परिणाम भोग्नुपर्ने उहा“को चेतावनी थियो ।

रिपोर्र्टर्स क्लबमा बोल्दै उहा“ले मधेश समस्या नै नभएको तर समस्या बनाइएको उल्लेख गर्नुभयो । मधेशलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आए समस्या समाधान हुने उहा“को भनाई थियो । मधेशीहरुको न्यायिक माग पूरा भए संविधान-सभा विरोधीहरु जनताबाटै खेदिने उहा“को भनाई थियो । मन्त्री यादवले राष्ट्रियताको खोक्रो नारा दिएर मधेशीलाई दोस्रो दर्जाको नागरिक ठान्दा मुलुकले गम्भीर परिणाम भोग्नुपरेको बताउनु भयो ।

नेपाली कांग्रेसका महामन्त्री डा.रामवरण यादवले चैत्रमा संविधान-सभा निर्वाचन हुने दाबी गर्नुभयो । मधेशका न्यायिक माग सम्बोधन गर्दै सशस्त्र समूहलाई वार्तामा ल्याउनुपर्नेमा उहा“को जोड थियो । तर्राई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले यथास्थितिमा मधेशमा चुनाव हुन नसक्ने दावी गर्नुभयो । मधेशका न्यायिक माग पूरा नभएसम्म चुनाव हुन नसक्ने उहा“को भनाइ थियो ।

मधेशलाई आत्मनिर्णयको अधिकारसहित स्वायत्त बन्ने ढोका खोलिदिए समस्याको निकास निस्कने ठाकुरको भनाई थियो । तर सैनिक दमन गरिएमा परिणम गम्भीर हुने चेतावनी पनि ठाकुरले दिनुभयो ।

राप्ती साहित्य परिषद्को दशौं अधिवेशन

साहित्य समाज परिवर्तनको आधार बन्नुपर्नेमा जोड

दाङ/राप्ती साहित्य परिषद् दाङको दशौं अधिवेशन घोराहीमा सम्पन्न भयो । शुक्रबार अधिवेशनको उद्घाटन परिषद्का संस्थापक अध्यक्ष एवं विधायक नारायणप्रसाद शर्माले मैनवत्ती बालेर गर्नुभयो । उद्घाटनका अवसरमा बोल्नु हु“दै साहित्यकार शर्माले निरंकुश राणा कालदेखि नै साहित्यकारहरुले समाज परिवर्तनका निम्ति आन्दोलन गरेको चर्चा गर्नु हु“दै नेपालीहरुले आफ्नो कानुन आफै निर्माण गर्ने संविधान-सभाको चुनावमा लाग्नुपर्ने बताउनु भयो ।

कार्यक्रमका अर्का वक्ता अखिल नेपाल लेखक संघका महासचिव हिरामणि दुःखीले 'साहित्य समाजको दर्पण हो' भन्ने परिभाषा पुरानो भएको बताउनुहु“दै साहित्यकारहरुले समाज परिवर्तनका निम्ति जनतालाई उत्पे्ररित गर्ने रचना सिर्जना गर्नर्ुपर्दछ भन्नुभयो । साथै दुःखीले साहित्यमा वर्गीय पक्षधरताको चर्चा गर्दै केवल मनोरञ्जनका लागि लेखिने साहित्य मूल्यहिन हुने बताउनु भयो ।

अधिवेशनलाई सफलताको शुभकामना दिनेहरुमा साहित्यकार प्रा.डा.भागवत शर्मा, लेखक संघका उत्तम कृष्ण मजगैया“, प्रलेसका पद्यप्रसाद शर्मा, नवराज रजौरे, नदीराम केसी, डिवी टुहुरो, इन्जिनियर मुकुन्द ढकाल, सुशील पोखे्रल, केशवराज देवकोटा, डा.कृष्णराज डि.सी., चन्द्रराज पन्त, केवी मसाल, नेकपा माओवादीका शितल, राजमोका ओमबहादुर केसी लगायतले राप्ती साहित्य परिषद्को चर्चा गर्दै समाजलाई अग्रगति दिन साहित्यकारले महत्वपूर्ण भूमिका खेल्नुपर्ने धारणा राख्नुभयो ।

२०३४ सालमा तात्कालिन पञ्चायती क्रुर दमनका विरुद्ध साहित्यका माध्यमबाट अग्रगामी विचार व्यक्त गर्न नारायणप्रसाद शर्माको नेतृत्वमा गठन भएको राप्ती साहित्य परिषद् यस वर्षदेखि आञ्चलिक रुप धारण गरेको छ । शनिबार सम्पन्न बन्दसत्रले पुरुषोत्तम खनालको अध्यक्षतामा २५ सदस्यीय नया“ कार्यसमिति सर्वसम्मतले चयन गरेको छ । पा“च जिल्लाका ५ जना उपाध्यक्ष रहने व्यवस्था बमोजिम डा.लोकराज पराजुली -दाङ), सुशील पोखेे्रल (प्यूठान), केशवराज देवकोटा -सल्यान), डि.वि.टुहुरो -रोल्पा) र नदीराम केसी -रुकुम) लाई उपाध्यक्ष चयन गरिएको छ । त्यसैगरी सचिवमा कमलमणि देवकोटा, सह-सचिवमा वीरेन्द्र शाही र कोषाध्यक्षमा रमेश सुवेदी रहनुभएको छ भने सदस्यहरुमा नारायणी गौतम, खेमराज मल्ल, टोपाराम आचार्य, प्रभात शाह, दामु मर्सर्ीीुल, गोमा पोखे्रल, कविता उपाध्याय, सुष्मा देवकोटा, नगेन्द्र गुरु र श्याम चिस रहनुभएको छ । ६ जना पछि थपिने गरी खाली राखिएको छ ।

सात दलले संयुक्त सभा गर्ने

काठमाडौ/ शुक्रबार बसेको सात दलीय समन्वय समितिको बैठकले यही पुस ३० गतेदेखि माघ १६ गतेसम्म देशका प्रमुख सात शहरमा संयुक्त चुनावी सभा गर्ने निर्णय गरेको छ । उक्त निर्णयले अहिलेसम्म दलहरुबीच भएको एकआपसको आशंकाहरु मटाइने बताइएको छ । यसअघि संविधानसभा चुनाव सम्पन्न नहुनुमा तथ्यलाई अस्वीकार गर्दै केवल माओवादीलाई मात्र दोषारोपण गरिएको थियो, अब यो संयुक्त सभाले जनतामा चुनावप्रतिको विश्वास दिलाउने संकेतको रुपमा लिन सकिन्छ ।

यस प्रकारको सभा गर्नुपर्ने प्रस्ताव नेकपा (माओवादी)ले पहिले देखि नै राख्दै आएको थियो । सो बैठकमा सात दलीय समन्वय समितिको कार्यविधि र क्षेत्राधिकारको बारेमा मस्यौदा तयार पार्ने जिम्मा नेकपा माओवादीले लिएको छ । मस्यौदामाथि आगामी बैठकमा छलफल हुने बताइएको छ । संयन्त्रको अध्यक्षता पालैपालो गर्ने २३ वु“दे सहमतिअनुसार शुक्रबारको बैठकको अध्यक्षता एमाले माहासचिव माधव नेपालले गर्नुभएको थियो भने अबको अध्यक्षता नेकपा माओवादीका अध्यक्ष प्रचण्डले गर्नुहुने छ । बैठकमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला बाहेक सातै दलका शिर्ष नेताहरुको सहभागिता रहेको थियो ।

बैठकले संविधान-सभाको चुनाव सम्पन्न गर्न सात दलीय एकता कायम राख्दै आन्दोलनरत सबै पक्षसंग अविलम्व वार्ता गर्ने निर्णय गरेको छ । बैठकमा नेकपा माओवादीका अध्यक्ष प्रचण्ड, वरिष्ठ केन्द्रीय सदस्य वावुराम भट्टर्राई, नेपाली कांग्रेसका कार्यवाहक अध्यक्ष सुशील कोइराला, नेकपा एमालेका भरतमोहन अधिकारी, जनमोर्चाका अमिक शेरचन, नेमकिपाका नारायणमान विजुक्क्षे र सुनिल प्रजापति, वाममोर्चाका सिपी मैनाली, सद्भावनाका सरिता गिरी, आपुर्ति मन्त्री श्यामसुन्दर गुप्तालगायतको उपस्थिति थियो ।

मजदुरहरुको अभियान टोली दाङ आउने

कञ्चनपुर/अखिल नेपाल टे्रड यूनियन महासंघ अन्तरगत अखिल नेपाल यातायात मजदुर संघले मजदुर हक अधिकारका विरोधीहरुका विरुद्ध जुझारु क्रान्तिकारी एकता, संगठन सुद्धिकरण सुदृढिकरण र विस्तार आजको आवश्यकता भन्ने मूल नाराका साथ बुधबारदेखि केन्द्रीय अभियानको उद्घाटन कञ्चनपुरको बसपार्कबाट गरेको छ ।

विभिन्न खाले मजदुरका मागका सम्बन्धमा अन्तरक्रिया, जनसभा गर्दै पूर्व लागेको टोली २६ गते दाङको तुलसीपुर, २७ गते घोराही, २८ गते लमही, २९ गते भालुवाङ पुगी थारुवान राज्यसमितिबाट पूर्व लाग्ने बताएको छ । दाङमा हुने कार्यक्रममा उपस्थित हुनका लागि सम्पूर्ण बुद्धिजीवी, व्यापारी, उद्योगपति, पत्रकारहरुलाई संगठनले अनुरोध गरेको छ । अभियान वर्तमान अवस्थामा राष्ट्रियता, गणतन्त्र र संविधानसभाको सुनिश्चितताको बारेमा जनचेतना जगाउने उद्देश्यले शुरु गरिएको बताइएको छ । सबैभन्दा न्यून वर्ग मानिने मजदुरलाई संविधानसभामा आफ्नो भूमिका रहने भन्नेबारे छलफल गरिने संगठनले बताएको छ ।

संगठनको अध्यक्षमा अधिकारी

तुफान अधिकारी/प्यूठान

अखिल नेपाल शिक्षक संगठन प्यूठानको दोस्रो जिल्ला सम्मेलन शनिबार र्स्वर्गद्वारी क्याम्पस विजुवारमा सम्पन्न भएको छ ।

सम्मेलनले देवीप्रसाद अधिकारीको अध्यक्षतामा २९ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ । समितिका पदाधिकारीहरुमा उपाध्यक्ष प्रकाश सुवेदी र मोतीराज पौडेल, सचिव दामोदर आचार्य, सह-सचिव प्रकाश सुवेदी र कोषाध्यक्ष लुमेश्वर अधिकारी रहनुभएको छ । सम्मेलनले ११ सदस्यीय सल्लाहकार समिति पनि चयन गरेको छ । नवनिर्वाचित पदाधिकारीहरुलाई नेकपा माओवादी मगरा“त राज्यसमिति सदस्य धनेश्वर पोखे्रल र प्रमुख अतिथि रत्नबहादुर वलीले बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

सम्मेलनको उद्घाटन गर्दै प्रमुख अतिथि संगठनका केन्द्रीय उपाध्यक्ष रत्नबहादुर वलीले सरकारले शिक्षालाई ठेकेदारीकरण गरेको आरोप लगाउ“दै शिक्षा क्षेत्रभित्रका अराजकता, विकृति, विसंगतीहरु रोक्न अन्तरिम शिक्षा ऐनको खा“चो भएको बताउनु भयो ।

सो अवसरमा माओवादी निकट बुद्धिजीवी संगठनका जिल्ला अध्यक्ष कृष्ण घिमिरे, अखिल -क्रान्तिकारी) का जिल्ला अध्यक्ष विश्ववन्धु थापा, कर्मचारी संगठनका अर्जुन कक्षपति, मानवअधिकारवादी झपेन्द्रराज वैद्य, निमित्त जिशिअ हंसराज रोका, शिक्षक संगठनका केन्द्रीय सल्लाहकार कृष्णप्रसाद भट्टर्राईले सम्मेलन सफलताको शुभकामना दिनुभएको थियो ।

प्रहरीले बाटो खुलायो

दाङ/शुक्रबार मोटरसाइकलले ठक्कर दिएर घोराही-१ सर्रा निवासी ४० वर्षीय दलबहादुर खत्रीको मृत्यु भएपछि बन्द भएको घोराही तुलसीपुर सडक खण्डको यातायात शनिबार दिउ“सो २ बजेदेखि सूचारु भएको छ ।

पीडित पक्ष तथा स्थानीयवासीले क्षतिपर्ूर्तिको माग राखी सडक अवरुद्ध गरेपछि शनिबार बिहानैदेखि यातायात अवरुद्ध भएको थियो । शनिबार प्रहरीले आफै अवरोध हटाएर सडक खुलाउन लाग्दा स्थानीय केही युवाहरुले ढुङ्गा हानेपछि प्रहरीले लाठीचार्ज समेत गर्नुपरेको थियो । शनिबार नै प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएर सा“झ छोडिदिएको थियो ।

शुक्रबार सा“झ कपासीवगीयानेर अल्फावेट नखुलेको ६८८६ नं. को मोटरसाइकलले ठक्कर दिएर पल्टिएका खत्रीलाई रा १प ३४३५ नं.को मोटरसाइकलले पुनः ठक्कर दिएपछि उनको मृत्यु भएको थियो । मोटरसाइकल र चालक अहिलेसम्म फरार रहेको र खोजी कार्य भैरहेको प्रहरीले बताएको छ ।

शिक्षामा आमुल परिवर्तनको आवश्यकता

प्रशान्त लामिछाने/पर्वत

अनेरास्ववियु क्रान्तिकारीका महासचिव हिमाल शर्माले शिक्षामा आमुल परिर्वतन गर्नुपर्ने रोजगारमुलक शिक्षा आजको आवश्यकता भएको बताएका छन् । शर्माले शुक्रबार सदरमुकाम कुश्मा बजारमा आयोजित अखिल क्रान्तिकारी पर्वतको सोह्रौ जिल्ला सम्मेलन उद्घाटनको क्रममा सो कुरा बताएका हुन् ।

पुरानो शिक्षा नीतिले शैक्षिक बेरोजगारी बढाएको छ भन्दै रोजगारमुलक वैज्ञानिक शिक्षा लागु गर्नपर्ने जोड दिए । राज्यले रोजगारमुलक शिक्षा, निशुल्क माध्यमिक शिक्षा, बोर्डिहरुको खारेजी जस्ता मागहरु अखिल क्रान्तिकारीले राख्दै आएको शर्माले बताए । उनलेे चैत्रभित्र पनि चुनाव भएन भने सरकारको औचित्य समाप्त हुने बताउ“दै त्यसले नयाँ आन्दोलनको सुरुवात हुने र सडकबाटै गणतन्त्र स्थापना गरिने चेतावनी दिए ।

त्यसैगरी निवर्तमान केन्द्रीय सदस्य कुमारले सर्वहारा वर्गको राज्यसत्ता बिना वैज्ञानिक शिक्षा नीति लागु हुन नसक्ने बताएका थिए । अखिल क्रान्तिकारी पर्वतका अध्यक्ष दिपक आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा अनेरास्ववियु क्रान्तिकारीका केन्द्रिय सचिवालय सदस्य सुदिप कु“वर पर्वतजिल्ला सेक्रेटरी सरोज, कास्की जिल्ला इन्चार्ज करण, संयुक्त क्रान्तिकारी जनपरिषद्की संयोजक जगमाया सुनार, राष्ट्रिय मगर मुक्तिमोर्चाका पर्वत अध्यक्ष यामबहादुर चोचाङ्गी मगरले अनेरास्वयियु पर्वतका अध्यक्ष सुवासचन्द्र पौडेल र संजय तिवारीले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन अखिल क्रान्तिकारीका जिल्ला सचिव बैकुण्ठ गिरीले गरेका थिए । शनिबार सम्पन्न बन्दसत्रले कुश्माखर भूसालको अध्यक्षमा २७ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको छ । जसको उपाध्यक्षमा बैकुण्ठ गिरी, सचिव निर्मला न्यौपाने, सहसचिव पिताम्बर नेपाली र कोषाध्यक्षमा लक्ष्मण परियार रहेका छन् ।

वाइसीएल जनभेटघाटमा व्यस्त

दीपक जीएम, दाङ/संगठन सुदृढीकरण र विस्तारको लागि एकिकृत युवा परिचालन, राष्ट्रियता र गणतन्त्रको लागि मेची-महाकाली गणतान्त्रिक युवा अभियानको पुरक अभियानको रुपमा सञ्चालित वाइसीएल २ नं. कमाण्डको टोली जिल्लाका सबैभन्दा विकट पहाडी गाविसहरुमा पुगेको छ ।

सो अभियानमा टिमले लोहारपानी, काभ्रे, सैघा र स्युजामा गाविसस्तरीय जनसभा तथा हा“सीपुरको दुइ ठाउ“मा वडा स्तरीय जनभेला कार्यक्रम सम्पन्न गरेको छ । टोलीले अभियानकै क्रममा शहीद परिवार, कार्यकर्ता, जनमुक्तिसेना परिवारसंग भेटघाट तथा अन्तरक्रिर्या, गाविसस्तरका वाइसिएलको रोलकाल एवं प्रशिक्षण, सदस्यता नविकरण, जनसुरक्षा दल गठन लगायतका कार्यक्रम सञ्चालन गरिरहेको छ । वाइसिएल दाङका सह-सचिव तथा २ नं. क्षेत्रका अध्यक्ष अमृत र्साईंलाको नेतृत्वमा रहेको सो अभियान टीममा २ नं.कमाण्डका जनकलाकार लगायत थुप्रै स्थानीय युवायुवती समेतको सहभागिता रहेको छ ।

त्यसैगरी केन्द्रीय अभियानको पुरक अभियानको रुपमा सञ्चालित मगरा“त गणतान्त्रिक युवा मार्च १ र २ नं. कमाण्डको टोलीले प्यूठानका विभिन्न ठाउ“मा जनभेटघाट, छलफल, अन्तरक्रियाहरु गर्दै अभियान सञ्चालन गरिरहेको अभियान टोलीका सदस्य सङ्घर्षले बताउनुभएको छ । उहा“का अनुसार उक्त टोलीले रोल्पाको लिवाङमा गत साता सरसफाई अभियान पनि सञ्चालन गरेको थियो । रोल्पाबाट प्यूठान पुगेको उक्त टोली अर्घाखा“चीसम्म पुग्ने पनि उहा“ले बताउनुभयो ।

रुकुमको विकासमा राजनैतिक पूर्वाग्रह राख्न नहुने

काठमाडौं/ जनताका समस्याहरुलाई केन्द्रविन्दुमा राखेर राजनैतिक पूर्वाग्रहविना विकास निर्माणका काममा सबै सहभागी बन्नुपर्ने राजनैतिक र गैरराजनैतिक सरोकारवालाहरुको धारणा छ ।

रुकुमेली चियापान तथा परिचयात्मक भेलामा बोल्दै नेकपा माओवादीका केन्द्रीय सदस्य तथा संसदीय दलका सचेतक जनार्दन शर्मा -प्रभाकर)ले विकास केवल राजनीतिक चुनाव जित्नको लागि हैन जनताको आवश्यकता पूरा गर्न र जनताको जीवनस्तर उकास्नका लागि गर्नुपर्ने विचार राख्नुभयो । उहा“ले भोटको राजनीति गर्ने परम्पराको अन्त्य हुनुपर्नेमा जोड दिंदै सबै सचेत नागरिकहरुमा जनताको चाहना पूरा गर्नुपर्ने दायित्व थपिएको धारणा राख्नुभयो । सचेतक शर्माले रुकुम जिल