|
लेख
जनताको शासन या जनतालाई शासन ?
- ओपेन्द्र विश्वकर्मा
प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र, जनतन्त्र आदि 'तन्त्र'को
बारेमा छलफल बहसहरु भइरह“दा हाम्रो अगाडि एउटा यक्ष प्रश्न
खडा भएको छ, त्यो हो जनताको शासन या जनतालाई शासन - मार्क्सको
परिभाषामा राज्यसत्ता भनेको एक वर्गले अर्को वर्गलाई दबाउने
साधन हो र त्यतिमात्र नभई समाज परिवर्तनको एउटा निश्चित चरण
सम्म पुर्याउने महत्वपूर्ण साधन पनि हो । समाज परिवर्तनको
दिशा अग्रगामी होस् या प्रतिगामी नै किन नहोस् यसले
महत्वपूर्ण भूमिका खेलेको हुन्छ । विश्व राजनैतिक इतिहासमा
यहि राज्यसत्ता प्राप्तिको निम्ति जीवनमरणको भीक्षण लर्डाई र
शासन प्रणालीको बारेमा महान् बहसहरु चल्दै आइरहेको पनि केही
सफल प्रयोगका बावजुद अझै तार्किक निष्कर्षमा पुग्न सकिरहेको
अवस्था छैन ।
'तन्त्र' भन्नाले शासन जनाउ “छ
। तन्त्रको अगाडि जे नामको शब्द राखे पनि त्यो शासन नै हो ।
यहा“ बहस गर्नैपर्ने विषय के हो भने मानव समाजको इतिहासमा
राज्यसत्ताको उत्पत्ति भएदेखि यता आजसम्म शासन जनताले चलाएको
छ या कुनै व्यक्ति वा दल विशेषको शासकले - के जनताले चुनेर
पठाएको प्रतिनिधिले शासन गर्दैमा त्यसलाई जनताको शासन भन्न
मिल्छ - के राजतन्त्र पनि एउटा अवस्थामा जनताले स्वीकार गरेको
शासन व्यवस्था होइन । राजकाज चलाउनको लागि जनताले नै राजाहरु
खोजेर ल्याइ राजगद्दीमा बसालेका इतिहासहरु पनि त छन् ।
निर्वाचन पद्दतिबाट शासकहरु फेरबदल गर्दैमा राजाको एकलौटी
शासन समाप्त भएर जनताको शासन चलेको भन्ने अर्थ लगाउन थालियो
भने त्यो "सपनामा अमृतको फल खाएर अजम्मरी बन्न खोजे सरह"
मूर्खतापूर्ण तर्क हुन्छ । त्यो आत्मरति लिनु सिवाय अरु केही
हु“दैन ।
आज प्रजातन्त्रलाई विश्वमै सर्वोत्कृट शासन व्यवस्था भनिएको
छ । तर जसको व्याख्या र प्रयोग हरेक देश, काल, परिस्थितिमा
शासकहरुको स्वार्थ अनुसार भइरहेको छ । यहि प्रजातन्त्रको
रक्षा र विकास गर्ने नाममा अमेरिकाले एकछत्र विश्व आतंक
मञ्चाइरहेको छ । प्रजातन्त्रकै आवरणमा अधिकांश शासकहरुले
आफ्नो देशका जनतामाथी मनपरी रजाइ गरिरहेका छन् । जनताको
अभिमत एकातिर, शासन प्रणाली अर्कोतिर भइरहेको छ । जनता नामको
पछाडि 'तन्त्र' जोडेर रुपमा जनताको शासन भने पनि सारमा त्यो
जनतामाथी नै शासन लाद्ने शासकहरुको नया “
तरिका अव पुरानो भएको छ ।र्
वर्ग विभाजित समाजका थुपै्र अन्तरविरोधहरुको सही पहिचान,
परिचालन र व्यवस्थापन गर्ने कुरामा उचित तौर तरिका मिलेन भने
समाजमा अस्थिरता,अराजकता एवं काटमारको स्थिति पैदा हुन्छ ।
मानव समाजमा रहेको विकेन्द्रित श्रमशक्ति, आर्थिक आधार कला/क्षमता,
संस्कृति आदिलाई केन्द्रित गरेर सदुपयोग गर्न र मानिसलाई
सामाजिक अनुशासनमा बा“धेर सर्वाङ्गनि विकासका लागि अगाडि
बढ्न एउटा उपयुक्त संयन्त्रको आवश्यकता पर्दछ । त्यो पूरा
गर्ने दायित्व राज्यको हुन्छ । एउटा निश्चित चरणसम्म समाज
परिवर्तनको कमाण्ड गरेर अगाडि बढ्न राज्यले नै महत्वपूर्ण
भूमिका खेल्नुपर्ने हुन्छ । सही विचारधारात्मक राजनैतिक
कार्यदिशा अवलम्वन गरेको क्रान्तिकारी कम्युनिष्ट पार्टीबाट
मात्रै यो अपेक्षा गर्न सकिन्छ । जसले राज्यलाई समाज
परिवर्तनको महत्वपूर्ण साधन बनाएर अन्ततः राज्य नै विलोपिकरण
गर्ने सिद्धान्त अ“गिकार गरेको हुन्छ । प्रतिगामी तथा
यथास्थितिवादी राजनैतिक विचारद्वारा सञ्चालित राज्यले कहिल्यै
पनि समाज परिवर्तनको नियमलाई आत्मसात गर्दैन । बरु समाज
परिवर्तनको बाधकनै बनेर खडा भएको हुन्छ । अग्रगामी परिवर्तनका
पक्षधर मुक्तिकामी जनसमुदायहरुले त्यही प्रतिगामी तथा
यथास्थितिवादी राज्यसत्तँका विरुद्ध निरन्तर संघर्ष गरिरहेका
हुन्छन् । त्यो संघर्ष वा सशक्त जनआन्दोलनबाट जनताहरु
सम्पुर्ण अधिकार सुनिश्चित गर्न चाहन्छन । यसको कदर गर्नु नै
राज्यको प्रमुख कार्यभार हो । वर्ग रहे सम्म राज्य र समाज एक
अर्काका अभिन्न अंग जस्तै बनेका हुन्छन् । विकासको एउटा
निश्चित चरणसम्म समाजलाई राज्यको आवश्यकता परेको हुन्छ भने
समाज बिना राज्य कब्जा समेत गर्न सकिंदैन ।
जनता नामको पछाडी 'तन्त्र' जोडेर जनतामाथि नै मनपरी शासन
गर्ने जुन परिपाटी छ, यसलाई सुल्ट्याइ वास्तममै जनताको शासन
बनाउन बृहत जनवादको आधारमा राज्य सञ्चालन गर्ने विधिको विकास
गर्न जरुरी छ । सामाजिक एवं वैयक्तिक प्रतिस्पर्धाद्वारा
विज्ञान र प्रविधिको उच्चतम विकास भइरहेको स्थितिमा अहिलेको
सुहाउ “दो
२१औं शताब्दीको जनवादनै प्रथम जनताको राज्यव्यवस्था हुन सक्छ
। वास्तवमै जनताको आस चाहनेले अब नेपालका राजनैतिक दलहरुले
जनता नामको पछाडि तन्त्र जोडेर दलित स्वार्थ लाद्न होइन कि
२१औं शताब्दीको जनवादको अभ्यास गर्न जरुरी छ । २१औं शताब्दीको
जनवादमा उत्पीडित वर्ग, लिङ्ग, जाति, क्षेत्र र समुदायको
राज्यसत्तामा समानुपातिक प्रतिनिधित्व भएको समावेशी खालको
जातीय, क्षेत्रीय स्वायत्तता सहित आत्मनिर्णयको अधिकार
सुनिश्चित भएको संघीय राज्यव्यवस्था निर्माण गरिनु पर्दछ ।
त्यसमा राजनितिक पार्टी, सरकार, सेना, पुलिस, प्रशासन, अदालत
आदि राज्यका हरेक अंगहरुलाई जनताको प्रत्यक्ष निगरानी र
नियन्त्रणमा राख्ने व्यवस्था गरिनु पर्दछ । तब मात्रै जनताको
वास्तविक शासन हुन सक्दछ । जुन कुरा नेकपा -माओवादी)ले
स्पष्ट दृष्टिकोण सहित यो अवधारणा अघि सारेको छ । अग्रगामी
वैज्ञानिक विचार अवलम्वन गरेको क्रान्तिकारी कम्युनिष्ट
पार्टीले मात्रै परिवर्तित युगको आवश्यकतालाई पूरा गर्न
सक्दछ भन्ने ज्वलन्त उदाहरण नेकपा -माओवादी)ले अघि सारेको
२१औं शताब्दीको जनवादको विकास सम्बन्धी अवधारणा पनि हो ।
यसलाई व्यवहारिक रुप दिन नेपालका लोकतान्त्रिक गणतन्त्रवादी
राजनैतिक दलहरु बिना हिच्किचाहट अगाडि बढ्ने हो भने जनताको
वास्तविक शासन चलाएर विश्वलाई नया“ सन्देश दिन सकिन्छ ।
आज अमेरिकी साम्राज्यवादले नया“ जनवादको सुन्दर पक्षलाई
कुरुप ढंगले दुस्प्रचार गरे आफ्नो फा“सिवादी अनुहार छोप्ने र
जनताको आ“शु, रगत, पसिनामा पौडी खेलेर पाप पखाल्ने अभियानमा
लागिरहेको छ । साम्राज्यवादको यो अभियानलाई प्रत्यक्ष वा
परोक्ष रुपमा कम्युनिष्ट नाम धारी दक्षिणपन्थी संशोधनवादले
साथ दिइरहेको छ । साम्राज्यवादको दुस्प्रचार र संशोधनवादको
भ्रमजालले विश्व जनसमुदायको एउटा ठूलै हिस्सालाई नराम्ररी
प्रभावित बनाएको छ । क्षणिक लाभ र हानीको नितान्तै प्राविधिक
कुरामा अल्झेर दुरदर्शी भएर सोंच्ने चेतनामा अवरोध खडा
गरिदिएको छ । त्यसमा पनि हाम्रो समाजको अर्ध सामन्ती आर्थिक
आधारबाट अभिव्यक्त हुने सङ्कीर्ण र जडचिन्तन पनि कम बाधक छैन
। आधुनिक र सहज पक्षबाट खडा हुने अवरोधहरुलाई पन्छाउन
अग्रगामी परिवर्तनका पक्षधरहरुको मित्रतापूर्ण र्सार्थक,
संघर्षशील सुदृढ एकता जरुरी छ । मजवुत एकताले मात्रै जनताको
शासन व्यवस्था टिकाउन सकिन्छ । प्रतिक्रियावादी शासकहरु जहिले
पनि जनतामा छलकपट, हत्या, दमन गरेर शासन चलाइरहेका हुन्छन् ।
जनविद्रोहको शक्तिले पराजित भएपनि भित्रभित्रै भयंकर
षड्यन्त्रका तानाबाना बुनिरहेका हुन्छन् । जनवादी अधिनायकत्व
भएन भने जनताको शासन व्यवस्थामाथि जतिखेर पनि धावा बोल्न
सक्ने खतरा भइरहेको हुन्छ । तर्सथ जनताका सच्चा
प्रतिनिधिहरुले वाह्य दुश्मनको आक्रमणप्रति र्सतर्क रह“दै
आफैभित्रको दुश्मन गैर क्रान्तिकारी चिन्तन, प्रवृत्तिको
विरुद्धमा पनि निर्मम बनेर आत्मसंघर्ष, अन्तरसंघर्ष र
वर्गसंघर्षलाई निरन्तर जारी राख्नु पर्ने हुन्छ । अनि मात्रै
जनाको शासन व्यवस्थालाई दीर्घजीवी बनाएर एउटा तार्किक
निष्कर्षमा पुर्याउन सकिन्छ । |