|
कविता
अव गणतन्त्र नेपाल बन्दैछ
- भीम भारती
ढुङ्गाको पहरा फोरेर
पिपल जागेझै गरी
युगौदेखिको दासताबाट उम्किदै
खाना नपाएका भोका पेटहरु उठ
लाउन नपाएका नाङ्गा छातीहरु उठ
तिम्रोलागि अब खाद्यान्नको गोदाम बन्दैछ
तिम्रोलागि अब आङ्ग ढाक्ने वस्त्र बन्दैछ
अब गणतन्त्र नेपाल बन्दैछ ।
आफूलाई जिस्काएको मानिसमा
वरुला खनिएझै
कालरात्रीको निष्पट अ“ध्यारोबाट मुक्ति पाउन
ज्ञानको ज्योतिमा हाम फाल्दै
पढ्न नपाएका विद्यार्थीहरु उठ
पढाउन नपाएका शिक्षकहरु उठ
तिम्रोलागि नया “ पुस्तक
बन्दैछ
तिम्रोलागि नाया“ पाठ्यक्रम बन्दैछ
अब गणतन्त्र नेपाल बन्दैछ
धरतीलाई कम्पाएमान बनाउ“दै
ज्वालामुखि विस्फोट भएर
रोजगार नपाएका वेरोजगार पाखुराहरु उठ
विदेशिएका कर्मशील हातहरु उठ
तिम्रोलागि रोजगारीको बाटो बन्दैछ
तिम्रोलागि कर्मभुमि नेपाल बन्दैछ
यहा “ अब गणतन्त्र नेपाल
बन्दैछ
वैशाखमा सुकेेका खहरे खोलाहरु
साउनमा उर्लेझैं
नया“ परिवेशको राजनैतिसंगै
इन्कलाव लिएर पार्टी र पार्टी नेताहरु उठ
जिन्दावाद लिएर पार्टी र पार्टीका कार्यकताहरु उठ
तिम्रोलागि नया“ सिद्धान्त बन्दैछ
तिम्रोलागि नया“ माइक बन्दैछ
यहा“ गणतन्त्र नेपाल बन्दैछ
ब्याधाले लखेटिएको मृगझै चलाख भई
औषधी नपाएका डाक्टहरु उठ
नया“ प्रयोगशालामा गएझै गम्भीर बनी
विज्ञान नपाएका वैज्ञानिकहरु उठ
तिम्रोलागि औषधी बन्दैछ
तिम्रालागि नया“ विज्ञान बन्दैछ
यहा“ संविधान-सभाको चुनाव हु“दैछ
सदावहार शितल दिने
सतिशालझै भएर
लेख्न नपाएका लेखक, कलाकार र पत्रकारहरु उठ
छलफल वहश गर्न नपाएका वुद्धिजीवी, प्राज्ञ र वकिलहरु उठ
तिम्रोलागि नया“ कलम बन्दैछ
तिम्रालागि नया“ कानुन बन्दैछ
अब गणतन्त्र नेपाल बन्दैछ
रेप्रिmले सिटी बजाएको वेलाझै गरी
फुर्तिलो शरीर लिदै
खेलमैदान नपाएका खेलाडीहरु उठ
कमाण्डरले काशन गरेझै गरी
सुकिला र हल्का बन्दै
परेड मैदान नपाएका सेनाहरु उठ
तिम्रोलागि खेलमैदान बन्दैछ
तिम्रा लागि परेड मैदान बन्दैछ
अब गणतन्त्र नेपाल बन्दैछ ।
एउटा प्रशव वेदना खेपेर
एउटा महान् अग्निपरीक्षा गरेर
एउटा युगको अन्त्य भएर
अर्को युग सुरु हु “दैछ
त्यसैले झन् बढी जर्ुमराएर
युद्धमा पिल्सिएका नेपाली मनहरु उठ
युगौदेखि दविएका जनजाति आदिवासी जनहरु उठ
तिम्रोलागि सुन्दर शान्त नेपाल बन्दैछ
तिम्रालागि अब आपनै संसार बन्दैछ
अब गणतन्त्र नेपाल बन्दैछ । |