|
यो देश घाती समान्ती मासौं !
गणतन्त्र नेपाल हाम्रै हो !
- प्रतीक इच्छुक शर्मा/शिवरथ सल्यान
चलेथ्यो वन्दुक
न्यायको निम्ति
जनताको सत्ता चलाउन
उर्लियो आज यो
जनसागर
सामन्ती सत्ता
ढलाउन
आधुनिक लयमा सल्यानकी नवप्रतिभावान कलाकार समिक्षाले यी
हरफहरु गाइरह“दा दर्शकहरु च्यापाच्याप गर्दै मञ्च नै भासिने
गरी उप|mी उप|mी नाच्न सुरु गरे । समयले सा“झको ६ बजेको थियो
। हि“उदको चिसोको प्रवाह नै थिएन त्यो दिन । मुटु नै फुटला
जस्तो सिरेटोको । जिल्ल्ााका ४७ वटै गाविसमा देशको वर्तमान
परिस्थिति र राजनैतिक वैचारिक सन्देशहरु गीत संगीत र
प्रस्तुतीमार्फत् जनतासंग भेटघाट गर्ने लक्ष्य सहितको
जनभेटघाट सांस्कृतिक अभियानको क्रममा शहीद भरत स्मृती नमुना
आवाशीय विद्यालय सिर्पा शिवरथमा आयोजित कार्यक्रममा
कलाकारहरुले नेपाल देशबारे यसरी अभिब्यक्त गरे-
सार्वभौम अधिकार
हाम्रै हो साथी
पर्ुखाको इतिहास
हाम्रै हो
यो देशघाती सामन्ती
मासौ
गणतन्त्र नेपाल
हाम्रै हो ।
पश्चिमतर्फ फर्काएको मञ्चमा ६ जना कलाकारहरु दौरा सुरुवाल र
गुन्यु चोलोको पहिरहनका साथ नाच्दै कलाकारहरुले लोक टप्पाको
भाकामा शान्ति र लोकतन्त्रका नाममा यथास्थिति र प्रतिगामी
तत्वहरुले देशमा फेरि पनि पुरानै सामन्ती सत्ता बचाउने खेल
गर्न सक्ने बताउ “दै
जनतालाई सचेत रहन यसरी आग्रह गरे-
सचेत है श्रमिक हो
मकै खाने भालु आउला
सबैले जोड गरौ हे
गणतन्त्रमै रमाउला
पितृसत्तात्मक सामन्ती राज्यब्वस्थाले नारीलाई अन्याय
अत्याचार गरेको उल्लेख गर्दै नारी पनि समान्तवादका विरुद्ध
निरन्तर आन्दोलनरत रहनुपर्छ त्यही वीरता र वलिदानको जगमा
महिलाहरु संघर्षरत रहदै फेरि पनि एक दिन वर्वरताको शोक्षण
ब्यवस्था ध्वंस गरी समनाताको राष्ट्र निर्माणका लागि
नारीहरुले पनि विद्रोह गर्न आग्रह गर्दै गीत र नृत्यमार्फत्
भने-
पुरातनको हिलोमाथि
सुन्दर फुल रोप्छौ
दासताका जन्जालहरु
एक एक गरी तोड्छौ
सदियौको वर्वरता यो
शोक्षण र दमन
अन्त्य गछौ पक्कै
एक दिन अत्याचारी कानुन
राप्तीका ५ जिल्लामा लोकप्रीय नृत्य बनगारी नाच्दै गर्दा
दर्शकहरु नै सहभाग्ाी बनेर नाच्दा जनताको मन जुरुक्क उठेको
जस्तो लाग्थ्यो । स्वतन्त्रताको निम्ति का “धमा
का“ध मिलाई रण संग्राममा सहभागी बनेको जस्तो भान हुन्थ्यो ।
सामन्ती राजतन्त्रका विरुद्ध विद्रोह बोल्न आग्रह गरका बेला
जनताले मुठ्ठी उठाएको दृश्य पनि कार्यक्रम स्थलमा देख्न्ा
सकिन्थ्यो । १० वर्षको महान् जनयुद्ध र २०६२/६३ को
जनआन्दोलनको स्मरण गराउन यी हरफहरु-
गाउ “
वस्ति चारैतिर हे हाई विद्रोह बल्या छ
नया“ नेपाल बनाउने
अभियान चल्या छ ।
राजनैतिक वैचारिक चेतना निर्माण गर्दै पुरानो रुढीग्रस्त
चेतनाको ध्वंस गरी जनवादी संस्कृति निर्माण गर्न सल्यानमा
क्रियाशील वलिदान सांस्कृतिक परिवारमा विगत २ वर्षदेखि काम
गर्दै आएका नृत्यका पारखी बाझका“डा सल्यानमा घर भएका वर्ष १४
का दिपेश क्षेत्रीले क्रान्तिको पक्षमा नृत्य प्रस्तुत गर्दा
खुसिको सिमा नरेहेको बताए । आ“ट र हिम्मत भए जुनसुकै
ब्यक्तिले संसार बदल्न सक्छ यो पंक्तिकारसंग उनले भने । गीती
नाटक सहित हास्यब्यङ्ग प्रहशन पनि कार्यक्रममा प्रस्तुुत
गरिएको थियो । अखिल नेपाल जन सा“स्कृतिक महासङ्घ सल्यानका
संयोजक भीम भारतीको कलात्मक उद्घोष पनि कम आकर्षक थिएन ।
कार्यक्रमको बीचबीचमा कलाकारहरुको परिचय पनि गराइएको थियो ।
दर्शक शहीद सन्तानहरु र स्थानीय जनसमुदायको आर्थिक, नैतिक
सहयोगले कलाकारहरुलाई उर्जा थपेको थियो । यो अभियान माघ
मसान्तसम्म संचालन गर्ने पनि परिवारका संयोजक रवीले बताए ।
इतिहासको यो संगीन घडिमा थालिएको यो जनभेटघाट सांस्कृतिक
अभियान प्रतिगामी, याथास्थितिवादी, प्रतिक्रियावादी र
साम्राज्यवादीको मुटुमा धमका बनेर पसेको छ । |