|
|
|
लेख
सहमति कार्यान्वयन नै चुनाव हुने
आधार
- रामु विक
विशेषतः देशको राजनैतिक अन्यौलतालाई चिर्दै दलहरुले नया“
सहमति गरेका छन् । साततिर फर्किएका यी सात राजनैतिक दलहरुले
फेरि एकपटक देशको जल्दोबल्दो समस्यालाई सम्बोधन गर्न
चैत्रभित्र चुनाव गरी राज्यको पुनर्संरचना गर्नुपर्छ भन्ने
विन्दुमा एकता कायम गरेका छन् । चुनावको मिति विगतमा नतोकिएको
भने होइन । दुइदुइ पटक चुनावको मिति तोकिएर पनि वातावरण
बन्न नसक्दा चुनाव हुन नसकेको वास्तविकता छिपेको छैन । चुनाव
हुन नसक्नुमा दलहरुले एकअर्कालाई दोषारोपण गरेपनि नेपाली
जनताका सामू विशेषगरि नेपाली कांग्रेसमा रहेको यथास्थितिवादी
चिन्तन र एकाधिकारवादी प्रवृतिले गर्दा नै राजनैतिक निकासमा
गतिरोध आएको कुरा र्छलङ्ग छ । विगतमा चुनाव नहुनुको कारण
नेपाली कांग्रेसमा निहित कछुवाताल र इच्क्षाशक्तिको कमी हो
भन्दा अत्युक्ति नहोला ।
जेहोस् समय वितेरै भएपनि दलहरुले एकताको परिचय दिंदै २३ बु “दे
सहमति सहित चैत्र महिनाभित्र चुनाव सम्पन्न गर्ने प्रतिबद्धता
व्यक्त गरेका छन् । नेपाली भूमिबाट दुइसय चालीस वर्षीय
केन्द्रिकृत सामन्ती राजतन्त्रको अन्त्य गर्न अन्तरिम
संविधानमै संघीय लोकतान्त्रिक गणतन्त्र राख्ने ऐतिहासिक र
साहसिक निर्णय गरेका छन् । यो निर्णयले नेपाल र नेपालीको
भाग्य, भविष्य र मुक्तिको दिशामा मार्ग प्रशस्त गरेको छ भने
राजतन्त्र संविधानतः पाखा लागेको छ । निश्चय पनि यो
महत्वपूर्ण निर्णयलाई न्युनिकरण गर्नु न्यायप्रेमी जनतामाथि
अपमान हुनेछ । त्यसो त यो निर्णय दशवर्षो जनयुद्ध र १९ दिने
जनआन्दोलनको म्यान्डेट अनुरुप धेरैपछि भएको छ । नेपाली जनताले
०६२/६३ को जनआन्दोलनबाट नै गणतन्त्रको शंखघोष गरेका थिए ।
ढिलै भएपनि मुखरित आवाजले सम्मान पाउनु स्वागतयोग्य हो ।
यर्सथमा नेकपा माओवादी डेढ वर्षदेखि निरन्तर सहमतिको लागि
अधिकतम लचकताका साथ लागेको कुरा पनि प्रष्ट छ । पहिले जेष्ठमा
नै चुनाव हुन्छ भनेर सहमति हुन नसक्ने वु“दा छोडेको पनि थियो
। त्यो कदमले माओवादीलाई नै घाटा पुगेपनि जनताको शान्ति र
परिवर्तनको आकांक्षा पूरा गर्न सहमतिमा गएको यथार्थ आम जनताले
बुझेका छन् । अहिले सातदलले चुनावको लागि वातावरण तयार पार्ने
कुरामा पनि सहमति गरेका छन् । नया“ नेपाल निर्माण गर्ने सपना
बोकेर स्वाभिमान र स्वाधिनताको लागि जीवनमरणको लर्डाई लड्ने
जनमुक्तिसेनाको तलव भत्ता माघ महिनाभित्र दिने र तलवलाई
निरन्तरता दिइरहने, जनयुद्धका शहीदहरुलाई राहत स्वरुप १ लाख
रुपैया“ उपलब्ध गराउने, बेपत्ताहरुको खोजी र छानविन गरी राहत
प्रदान गर्ने, जनयुद्ध र जनआन्दोलनका घाइते अपाङ्गहरुको उचित
उपचार गर्ने जस्ता निर्णयहरुले चुनावी वातावरण अवश्य तयार
गर्नेछ ।
त्यस्तै संसदले पारित गरेको गणतन्त्रको घोक्षणा र पुर्ण
समानुपातिक निर्वाचनको पनि सम्बोधन गरेर २ सय ४० बहुमतीय
निर्वाचन, ३ सय ३५ समानुपातिक निर्वाचन र २६ जना मनोनित हुने
निर्णयले पनि सबै जाति, भाषा, क्षेत्र र लिङ्गलाई समेटेको छ
। मधेशको माग पनि सम्बोधन गरिएकाले अब सहमतिहरु कार्यान्वयन
भएमा चुनाव हुनेमा आम जनता विश्वस्त हुन सक्छन् । सहमति
कार्यान्वयनप्रति विगतमा जस्तै एक अर्कालाई दोषारोपण गर्ने
गरेमा चुनाव सुगारर्टाई मात्र बन्न सक्छ । तर्सथ नेपाली
का“ग्रेसजस्ता नेतृत्व तहमा रहेको पार्टीले अलि गम्भीर बनेर
सहमति कार्यान्वयन गर्न लागेमा र नेताहरुले विदेशीहरुको
इशारामा काम गर्ने प्रवृत्ती त्यागेमा चुनाव हुने कुरामा
दर्ुइ मत छैन । अन्ततः नेपाली का“ग्रेसमा रहेको पुरातन,
यथास्थितिवादी चिन्तन र सामन्ती सोंचमा अधिकतम परिवर्तन आउनु
पर्छ । यद्यपि नआएमा फेरि पनि जग्गा जमिनको सवालमा
किसानहरुस“ग हुनसक्ने झडपको अवस्थालाई पनि नजरअन्दाज गर्न
सकिन्न । यसले चुनावी वातावरणमा धुमिल बनाउन सक्ने भएकाले
नेपाली का“ग्रेसजस्ता छोटे सामन्तहरुको पार्टीले सोचमा
परिवर्तन ल्याउन जरुरी छ । अन्यथा क्रान्तिकारी भूमिसुधार
गर्ने र राज्यको पर्ुनर्संरचनाको विषय केवल नारामा सीमित
हुन्छ कि भन्ने शंका किसानहरुमा रहनु स्वाभाविक हुन्छ । |
|
|