|
|
|
रिपोर्ट
घोराही अब नमुना बन्दैछ
- एच.पी. शर्मा/ दाङ
विकास निर्माणको लागि जनता आफै कस्सिए भने जतिसुकै ठूलो काम
पनि पूरा गर्न सक्छन् भन्ने कुरा घोराही नया“ रोडका
बासिन्दाले देखाइदिएका छन् । गणेशहल रोड भनी चिनिने घोराही
बजारको मुटुमा रहेको रोड एक वर्ष अगाडि हेर्न लायक थिएन ।
टोल निवासी जनताले सडक निर्माणका लागि २०६२ सालदेखि निर्माणको
पहल गरेता पनि कुनै प्रभावकारी बन्न सकेको थिएन । सडकमा
बनाइएका घरहरु खासगरी सामाजिक वातावरणीय फाइदा भन्दा पनि
व्यक्तिगत फाइदालाई मात्र हेरेर बनाइएका थिए । व्यवस्थित
बनाउन ती अव्यवस्थितलाई भत्काउने कसरी - पुरानो सेट
नभत्काउ“दासम्म नया“ सेट बन्न सक्दैनथ्यो । त्यसैले पनि जनता
अत्यन्त अन्यौलमा थिए ।
जनताको एक मात्र सपोर्ट बन्यो नेकपा माओवादीको सहायक संगठन
वाइसीएल । वाइसीएलले आफ्नो कार्यलाई चुस्त गर्न, शहरी
क्षेत्रका लागि विकृति विसंगतिलाई अन्त्य गर्दै सुन्दर
स्वस्थ शहर निर्माण गर्न जनसेवा समितिको गठन गर्यो र त्यसका
प्रारम्भिक सामाजिक काम घोराहीको व्यस्त तर अति अव्यवस्थित
बजारलाई व्यवस्थित गर्न २०६३ मंसीर २० गतेदेखि आफ्नो कार्य
थालनी गर्यो । कतिपयका घर नै भत्किए भने, कतिका पाली गए,
कतिका पर्खालहरु गए त कतिका सिलिङ पेटीहरु । केही समयलाई
तिनीहरुको चित्त दुखे पनि अहिलेको सडक हेर्दा र व्यवस्थित
देख्दा तिनै दुःखीत व्यक्तिको नै हृदय हा“सेको छ ।
तात्कालिक जनसेवा समितिले डिकम विएमको नेतृत्वमा घोराहीको
तुलसीपुर चोक -भानु चोक) देखि दामोदर चोकसम्म शडक निर्माणका
लागि सबै ठाउ “मा
खन्न थाले । कतिपय ठाउ“मा डोजर नै लगाएर माटो फाल्न थालेपछि
टोलवासीले २०६३ पौस १२ गते भूपाल गिरीको संयोजकत्वमा नया“
सडक निर्माण उपभोक्ता समिति गठन गरेर सडक निर्माणका लागि खास
गरी सरकारी निकाय र स्थानीय जनतासंग सर्म्पर्क सम्बन्ध बढाए
। त्यस समितिले स्थानीयवासीहरुलाई आफ्नो घर अगाडिको नाला आफै
निर्माण गर्ने जिम्मा दियो भने सरकारी निकायसंग पनि सडक पिचको
लागि पहलकदमी अगाडि बढायो र हाल नया“ सडक भन्न लायक देखिएको
छ । ४९९ मिटर लम्बाई र १५ मिटर चौर्डाई रहेको उक्त सडकको कुल
स्टमेट ८२ लाख ४५ हजार, ९४८ गरियो । जसअनुसार स्थानीय विकास
मन्त्रालयको लागत सहभागितामा आधारित विकास कार्यक्रम अन्तरगत
३५ लाख, घोराही नगरपालिकाको आन्तरिक श्रोतबाट १० लाख ३६ हजार
६३४, जिल्ला विकास कार्यालयबाट १ लाख ८८ हजार १००,
उपभोक्ताहरुबाट आ-आफ्नो ढल निर्माणमा लगानी ३५ लाख ६० हजार
२९४ अनुदान संकलन गरेको थियो । यसमा माटो कटिङ र डब्लु विएममा,
सडक पिच, क्यारि निर्माण र उपभोक्ताहरुले ढल निर्माण गर्दा
जम्मा ८२ लाख ८५ हजार ०४१ खर्च भएको देखाइएको छ ।
सडकको आयव्यय सार्वजनिक कार्यक्रका प्रमुख अतिथि विधायक
नारायनप्रसाद शर्माले जनश्रमसंग जोडिएको काम सबै सफल हुने
बताउ“दै यस्ता रचनात्मक काममा जनता लाग्नुपर्ने बताउनु भयो ।
घोराही नगरपालिकाका कार्यकारी प्रमुख कृष्णप्रसाद गौतमले यस
आर्थिक वर्षभित्र घोराही बजारका ८ वटा सडकहरु पिच गर्न सकिने
भन्दै त्यसका लागि श्रोत समेत जुटाइसकेको बताउनु भयो । यसरी
जनश्रमद्वारा निर्मित सडकको अब भने संरक्षणको चिन्ता भएको
सडक निर्माणमा खर्च रकम सार्वजनिक कार्यक्रमका वक्ताहरुको
भनाइ थियो । सडकमा जम्मा हुने पानीको निकासका लागि मेनरोडको
उत्तर साइडबाट कटुवा खोलासम्म पुर्याउने तयारी भइरहेको र
त्यसका लागि सबै तयार भइसकेको कार्यकारी अधिकृतले जानकारी
गराउनु भयो । अधिकृत गौतमले स्वस्थ र सुन्दर अनि पर्यटकीय
शहर ५ वर्ष भित्रमा निर्माण हुन्छ भन्दै त्यसका लागि केही
धारणाहरु बनाएको र त्यसमा सबै पक्षबाट सहयोगको अपेक्षा
गर्नुभयो । उहा“ले घोराहीलाई स्वच्छ बनाउन नगरपालिकाले मात्रै
सफा गरेर कहिले नसकिने भन्दै नगरपालिकाले मेकानिज्म तयार
गर्ने तर यसको लागि उपभोक्ता नै कृयाशील हुनुपर्ने धारणा
राख्नु भयो । उहा“ले मेनरोडबाट भरतपुर जाने उकालोबाट
गैरगाउ“सम्मको लागि केन्द्रबाट बजेट पार्न पहल गरिएको भन्दै
चाउटोल -सगरमाथा टोल), शिक्षा साखा रोड, थारुगाउ“ रोड -भगवती
टोल), र्स्वर्गद्वारी एफएम रोड, निमाहल रोड, काठेकोल रोड
लगायत ८ वटा रोडलाई यसै वर्षभित्रमा पिच गर्ने योजना रहेको
भन्दै त्यसका लागि सबैसंग सहयोगको अपेक्षा गर्नुभयो । शिक्षा
रोडमा भत्काउने कार्य छिटो पूरा भए ५ दिनभित्रमा काम योजना
पारी सडकको काम थालिने कुराको पनि जानकारी गराइयो । जेहोस्
नया“ सडकले घोराहीको विकासलाई आ“ट गरे सबै पुग्छ भन्ने कुरामा
मनोबल दिएको छ । यसले दिएको मनोवलले घोराही र दाङवासीका लागि
मात्र होइन सबैका लागि उदाहरण र नमुना योग्य बन्थ्यो कि ? |
|
|