|
|
|
संस्मरण
स्मृतिको पानामा ती दुइ तस्बीरहरु
- तिलक राना (सुधीर)
समय गतिशील छ, संसार परिवर्तनशील छ । मानवताको जीवन समयकै
तीव्र दौडानमा दौडिदै गुज्रिरहेको छ । क्रान्तिको हुरी
वेगवान गतिमा हुइकिरहेको छ । त्यही हुरीकै चापमा एक क्रान्ति
यात्री बनेर यात्रा गरिरहेको छु । गाडिकै यात्राबाट विभिन्न
कुराहरु छताछुल्ल बनेर दिमागमा ठोकिने गर्दछन् । कहिले
सर्वहारा वर्गको सुदिनको निम्ति त कहिले ती क्रान्तिका महान्
सपुतहरु यस्तै कुराहरुले सधै मेरो मानसिकतालाई सजग र
क्रियाशील बनाइराख्दछ । त्यही छताछुल्ल पीडाका भावनालाई
मेटाउन आज एउटा क्यासेटमा रेकर्ड गर्न खोजिरहेको छु ।
खै कुन शब्दबाट सम्बोधन गरु“ - हुन त एउटै आमाको कोखबाट
जन्मिएको दाजु अनि भाउजु हुनुहुन्छ । तर पनि त्यति भनेर
मात्र पुग्दैन भन्नै पर्दछ । आदरणीय महान् शहीद भनेर । हो आज
म उही अग्रजको विषयमा लेख्दैछु । उहा“हरुकै विषयमा बोलेर
आफ्नो पीडालाई पोख्दैछु । दाजुको शहादत २ वर्ष र भाउजुको साढे
३ वर्षपछिका यी धेरै दिनहरु बितिसकेछन् । दाजु सुरज र भाउजु
प्रतिमाले शहादत प्राप्त गरेको । ती दिनहरुलाई नियालेर हेर्दा
तपाईहरु वर्गीय मुक्ति र स्वतन्त्रताको निम्ति महान्
जनयुद्धको रणमैदानमा वर्गदुश्मनस“ग लड्दा लड्दै गौरवपूर्ण
मृत्युवरण गरिसक्नु भएको छ । सबैभन्दा क्रान्तिकारीहरुले पूरा
गर्नुपर्ने जिम्मेवारी भनेको मानव समाज विकासको निम्ति
बलिदानको नियमलाई स्वीकार्नु पर्दो रहेछ । त्यो भनेको
हिमालसरी अडिग गौरवपूर्ण मृत्युवरण गर्नु हो । आज ती
बितिसकेका दिनहरुलाई पनि नियालेर कल्पना गर्दा भर्खर जस्तो
लाग्ने गर्दछ । कतै जनमुक्ति सेनाको कुनै लम्बे फर्मेशनमा
हुनुहुन्छ कि या गरीबका झुपडीमा जनसमुदायलाई संगठित गर्दै
हुनुहुन्छ होला । या कुनै विशिष्ट भूगोलमा जनताको बीचमा
हुनुहुन्छ । या कुनै आकाश चुम्ने सपनामा महान् बहस गर्दै
हुनुहुन्छ होला भन्ने कल्पना गर्दछु । तर यो सबै वास्तविकता
होइन । वास्तवमा तपाईहरुले भौतिक जीवनको अन्त्य गरी
इतिहासलाई सा“छी राखी इतिहासको पानामा रंगीन अक्ष्ँरले शहीदको
नाम लेख्न सफल हुनु भएको छ । त्यो वीरता बलिदानले विजयको
निर्णायक लर्डाई हु“दैछ । बरु मैले मृत्युलाई जित्न सकिरहेको
छैन । भोलीका दिनहरुमा त्यो अवसर पाउने हो या होइन तर पनि
विश्वास र संकल्प छ, तपाईहरुको महान् विचारलाई पकडिरहनेछु ।
भावना र पीडालाई पोख्दा धेरै विगतका क्षणहरु स्मरण भइराख्ने
गर्दछन् ।
एउटै आमाको कोखबाट जन्मिएर हुर्केको, खेलेको, एउटै थालीमा
भात खाएको, स “गै
स्कुल गएको त्यो दाजु भाउजूको स्नेह, माया, ममता भावना
प्रेमले गर्दा क्रान्तियात्रामा लामबद्ध गरेको
प्रतिक्रियावादी राक्षससमक्ष दर्जनौं कार्वाहीमा स“गै लडेको
क्षणहरु र रणनैतिक प्रत्याक्रमणको पहिलो योजनाको केन्द्रिकृत
खारा कार्वाहीको मोर्चामा स“गै लड्दा लड्दै मृत्युवरण गरेको
स“गै मुक्ति र मृत्युको वाचा खाएको अनि सर्वहारा वर्गको
मुक्तिको निम्ति वर्गसङ्घर्षमा स“गस“गै अगाडि बढिराख्ने
संकल्प लिएको मेरो दिमागमा अझसम्म पनि ताजै छन् । तर आज कुन
मरुभुमीमा एक्लै उभिएको जस्तो लाग्छ । वास्तवमा सहारा बिनाको
जीवन जिउन कति भौतिक र मानसिक कठिनाई हु“दोरहेछ । सायद
बन्चरोको चोट कति हुन्छ त्यो अचानोलाई मात्र थाहा हुन्छ ।
आगोको ताप कति हुन्छ भन्ने कुरा आगोमा डढेको मान्छेलाई मात्र
थाहा हुन्छ । नुन बिनाको तरकारी कति नमिठो हुन्छ, त्यस्तै
आखिर मानिस पनि चेतनशील प्राणी हो । भावना, सम्वेदना माया
ममता हु“दोरहेछ । सबै कुरालाई नियालेर हेर्दा त कतै छा“गाबाट
खसेझैं मुटु टुक्रा-टुक्रा भएझैं, जुनबिनाको रातझैं, प्रकाश
बिनाको दिनझैं घडिको र्सुइ पनि कतै अडिगझैं भावनाहरु
छताछुल्ल भएझैं महसुस हुन्छ । त्यतिबेला पानामा भएका दर्ुइ
तस्बीर सम्झन्छु । अलि भावना साटिएझैं जस्तो हुन्छ । फेरि पनि
क्रान्तिकारी जीवनलाई सङ्घर्षमा होमिने क्रममा केही कठिनाई
अप्ठेराहरु आउ“दा सजिलैस“ग क्रस गर्ने गरेको छु । ती तपाईले
छोडेका महान् गाथाहरु तपाईले नै बढाएका सैन्य गाथाहरुलाई
आत्मसात गर्दै महान् जनयुद्धको एक अग्रदस्ता जनमुक्ति सेनाको
लम्बे फर्मेशनमा ता“तीबद्ध भएर आफ्नो जिम्मेवारी पूरा
गरिरहेको छु । तपाईहरुको पाइला पाइलालाई पछ्याइरहेको छु ।
रगतको थोपा थोपाबाट पटि्करहेको छु । बरु तपाईंहरुको
गौरवपूर्ण बलिदान विजयको काव्य बनेको छ । विश्वलाई थर्काउने
योजना र विचार बन्न पुगेको छ । सामन्तवाद र साम्राज्यवादका
योजनाहरु पत्तासाफ भएका छन् । आज नेकपा माओवादी पार्टी
जनमुक्ति सेनाको तीव्र विकास भएको छ । अधिकार र मुक्तिको
निम्ति आफै जनताले विद्रोह गरेका छन् । विश्व संसारभरिका
जनसमुदायले त्यही लक्ष्यलाई आत्मसात गरी जनवाद, समाजवाद र
साम्यवादको बाटो निर्माण गरेका छन् । परिवर्तन र प्रगतिको
निम्ति दिन प्रतिदिन प्रतिगामीको विरुद्ध खबरदारी गर्दै
निरंकुश शासन व्यवस्थाको समुल नष्ट गरी सार्वभौम सत्ता जनताले
आफ्नै हातमा ल्याउन खोज्दैछन् । झुल्किनै लागेको प्रभाती
किरणमा विजयको रक्तिम झण्डा फहराउ“दैछ । जसरी नै अध्यक्ष
क.प्रचण्डले भनेझैं- 'हामी हा“स्दा हा“स्दै रोएका छौं, रु“दा
रु“दै हा“सेका छौं ।' भन्ने मान्यतालाई अगाडि सारेर जा“दा
मलाई पनि हिंसाभन्दा त मृत्यु नै कयौं गुणा प्रिय लागेको छ ।
अभाव र गरिबीका महारोगहरुमा कुहिएर सडिनुभन्दा जनयुद्धका
मोर्चाहरुमा लड्नु धेरै खुसी लागेको छ ।
आदरणीय वीर शहीद दाजु भाउजु तपाईंहरुको महान् बलिदानीले
प्रतिक्रान्तिलाई रोक्न र क्रान्तिकारी कसीलाई कस्न आज
कोशेढुङ्गा साबित भएको छ । म पनि दुःख र पीडाबाट भएपनि
हजुरहरुका रक्तिम पाइलाहरु पछ्याउ “दै
विजयको शिखर चुम्न अग्रसर छु । रगत पसिनाको मुल्य चुक्ता
गर्न तत्पर छु । अन्तमा महान् शहीद सुरज, प्रतिमालगायत
देशैभरिका सम्पूर्ण आदरणीय शहीदप्रति श्रद्धाञ्जली !
श्रद्धाञ्जली !! |
|
|