|
जस्ताको तस्तै
महन्तको मधेश मुक्ति ?
- गाउले यात्री
जनतान्त्रिक लुटपाट मुक्तिमोर्चा गोइत समुहको जन्मदेखि
थालिएको 'मधेश मुक्ति अभियान'को यात्रामा ज्वालासिंह,
भालासिंह, विष्फोटसिंह, उपेन्द्र, लुकेन्द्र, ढुकेन्द्र,
टार्इगर्स, वियर्स हुदै अहिलेसम्म आउ “दा
नेपालको दक्षिणी क्षेत्रमा थुप्रै 'मधेश मुक्तिदाता'हरु
जन्मिसकेका छन् । जसले पछिल्लो चरणसम्म आउ“दा झण्डै डेढसय
पचास जति नेपाली नागरिकहरुलाई बोझिलो सांसारिक जीवनबाट पूर्ण
मुक्ति मात्र हैन कयौंलाई अर्धमुक्त अवस्थामा समेत पुर्याइसकेका
छन् । उता तर्राईमा बसेका 'पहाडियाहरु' मुक्तिको लामो सास
फर्ेदै पहाडतिरै उकालो लागिरहेका छन् । यही सिलसिलामा मधेश
मुक्तिको लागि भनेर भर्खरै अर्को मोर्चा जन्मिएको छ- 'महन्तको
नया“ पार्टी' अर्थात् स्पष्ट र सरल भाषामा यसो भनौं -'अ'तान्त्रिक
महन्त मुर्कुट्टा मधेश मुक्ति दल ।'
जेहोस् अरुले जे गरे पनि भर्खरै निर्मित यस पार्टीले भने
तर्राईको सबै भूगोललाई भारततिरै मिलाएर सिक्किमेहरुलाईझैं
मधेशीहरुको मुक्ति गर्छ कि भन्ने आशाचाहि“ र्छलङ्गै देखाएको
छ । किनकि नारायणहिटी सरकारदेखि वालुवाटार दरबारसम्म,
कोइरालानिवासदेखि कटुवाल अड्डासम्म, अंग्रेजीमा अनमिनदेखि
अपराधी अखडासम्म, क देखि ज्ञ सम्म, ए देखि जेडसम्म कहा“ छैन
र यसको सम्बन्ध - त्यतिमात्रै हो र - 'र' देखि 'सिए'सम्म यसको
बलियो नाता छ । त्यसैले यस्तो 'महान्' र 'भरिलो, दरिलो'
पार्टीले देशको समस्या समाधान नगरेर जाबो ती सातपट्टकिा
सातदलले के लछारपाटो लगाउलान् र - सा“च्चै सातदलको मुटुमा
देशप्रेम छ भने यस्ता देश विदेशदेखि महादेशसम्म, क्षेत्रदेखि
जिल्ला, गाउ“, टोल र छरछिमेकीका अ“गेनासम्म गोप्य सम्बन्ध
भएका खिचडी पार्टीलाई नै संविधान-सभाको जिम्मा लगाईदेऊ ।
नत्र अहिलेकै जस्तो तालमा हो भने चैता“पनि संविधान-सभाको
चुनाउ हैन मधेश र विदेशको मागलाई ध्यानमा राख्दै अन्तरिम
संविधानलाई चौथो पटक संशोधन गर्नु परोइन भन्न सकिन्न ।
सुजाताको सुस्त जात्रा
पर धान मन्त्री कोइरालापुत्री सुजाता उर्फ कुजाता जोष्टले गत
साता दङ्गालीहरुको माझ आफ्नो मनभित्र गुम्सिएको मायाप्रेमको
गा “ठो
छताछुल्ल बनाएकी छिन् । नया“ प्रेमी लोकतान्त्रिक गिरे
मन्त्री किष्णप्रसाद सिलौटाले धोका दिएको भन्दै कुजाताले फेरि
पुरानै प्रेमी निरंकुश नारायणहिटीप्रसाद माइलादाइ नै अंगालेको
स्पष्ट पारेकी छिन् । नवप्रेमी लोकतन्त्रले गणतान्त्रिक
नानुस“ग सम्बन्ध बढाएको भन्दै उनले स्वच्छ छवि, निष्कलंक र
आफ्नो मुटुको टुक्रा उनै देश खाइ शेष भएर भेष बदलेका प्यारा
राजतन्त्र अर्थात् माइलादाइस“गै जीवन बिताउने बताइन् ।
उसो त उनको पूर्व प्रेमी माइलादाइप्रतिको आशक्ति न त हिजो नै
कम भएको थियो न आज । तर बाउआमाको करले केही दिनलाई उता माया
मारेजस्तो गरे पनि भुसको आगोझैं माइलादाइस “ग
सल्किएको मायाको आगो फेरि दन्किएको छ । बाआमा र गाउ“लेहरुले
बसालिदिएको लोकतन्त्रस“गको माया पिरती परालको आगोझैं एकैछिनमा
सामसुम भएर निभेको छ ।
खैर, जसले जे गरेपनि, कुजाता म्याडम माइली भाउजु भएपनि
माइलादाइस “गै
सति गएको यो गाउ“लेको कानले भने सुन्नु नपरोस् । अहिलेलाई
यत्ति कामना गरौं, आवश्यक परेछ भने अरु कामना पनि गर्दै
गरौंला । हैन र ? |