कविता
यसपालीको मेरो वसन्त
- असारी रोका मगर
हरियाली बहार लिएर वनमा
खुशियाली लिएर मनमा
राता गुराँस फूलाउँदै तनमा
यसपालीको मेरो वसन्त
उल्लास र उमंगको संसार
बोकेर आउँदैछ
शीतको थोपासंगै
बैशालु सपना बोकेर
यसपालीको मेरो वसन्त
पहाड भत्काउँदै आकाश थर्काउँदै
शान्तिको शितल छहारी बनेर आउँदैछ
वीरको इतिहास रगतले कोर्दै
निर्धाको गाथा संगीतमा उन्दै
उन्मुक्तिको नाच नाचिरहेछ
गरीब दुःखी सबैलाई नचाउँदै
यसपालीको मेरो वसन्त
स्वाभिमान र स्वाधिनताको लागि गणतन्त्र ओकलीरहेछ
निरंकुशताको कालो रातलाई चिर्न
वसन्त ऋतुको आगमनसंगै
बिहानीको झुल्के घाममा
गणतन्त्रको कलिलो मुना लिएर
यसपालीको मेरो वसन्त
आउँदैछ जनताको सुदिन बनेर ।
मुक्तिभुक्ति
- रत्नावली शर्मा
श्रमी छ रिक्त हात यो ठगी कुनै ठूलो भयो
श्रमी म भोकले मरें लुटेर टन्न त्यो भयो
सहन हुन्न यो कुरा छुरा चलाउँछौ कति
गणीय लोकतन्त्रमा समाप्त होस् विसंगति
कुचक्र जालझेलमा सधैं रमाउनेहरु
चुसेर देश यो तिमी सधैं अघाउनेहरु
नृशंस दुष्ट भाग जन्मसिद्ध भाग्य रित्तियो
म सावधान गर्छर्ुुे यो देश आज ब्यूतिँयो
सहन्न देशद्रोह त्यो म अग्नी भै जलाउँछु
कतै-कतै समुन्द्रको म छाल भै बगाउँछु
विभेद मेट्नलाई रे म क्रान्तिको हुँकार हुँ
म दीनहीनको सदा अदम्य त्यो पुकार हुँ
छरेर राप मुक्तिको प्रदिप्त हुन्छु चम्कदै
म पुग्छु खोंच कन्दरा प्रकाश र्छन लम्कदै
चिरेर अन्धकार त्यो म शान्तिदीप बाल्दछु
कुरीतिको विरुद्धमा म क्रान्ति यो अंगाल्दछु
छ बन्नु पौरखी यहाँ हिमाल यो हँसाउदै
लिएर आँट यी सशक्त पाखुरा चलाउँदै
नसक्छ लोभ मोह नै मलाई भ्रष्ट गर्न रे
म हिँड्छु मुक्ति खातिर खुँडा लिएर लड्न रे
समानता स्वतन्त्रता र मुक्ति भुक्तिका खातिर
चुँडाल दासता छिनाल जन्मसिद्ध जागिर
गणीय लोकतन्त्रको सशक्त भावभूमिमा
निबद्ध संघ संघमा बनाऊ राज्य स्वरि्णम
म खोस्न दिन्न, दिन्न है स्वतन्त्रता कसैगरी
म पर्न दिन्न बक्रदृष्टि देशमा कसैगरी
प्रबुद्ध राष्ट्रको अदम्य स्वाभिमान चाहियो
गणीय लोकतन्त्रमा मलाई देश चाहियो ।
गीत
मन एकै भावना एकै
- नेत्रविक्रम चन्द 'विप्लव'
माछी र पानी भने नि हुन्छ
नङ्ग र माशु माने नि हुन्छ
जनता र हाम्रो जीवनयात्रालाई
मन एकै भावना एकै
असजीला दिनहरु बितेका छन् संगसंगै
निस्पट्ट ती रातहरु काटेका छौं साथसाथै
उनको दुःख हाम्रो हुन्थ्यो
हाम्रो सुख उनको हुन्थ्यो
दुःखमा संगै सुखमा संगै (संगै दुःखी सुखी संगै)
लर्डाईमा हामी ढल्दा उनको आँखा रसाउँथ्यो
दुश्मनलाई खेदेको दिन हाम्रो मुहार मुस्काउँथ्यो
उनी रुँदा हामी रुन्थ्यौं
रुदा संगै हाँस्दा संगै (संगै रोयौ हासियो संगै)
दुश्मनले घेरा हाल्दा उनी आई बचाउँथे
गाउवस्ती जलाउँदा हामीलाई बचाउँथे
हामी लड्दा उनी लड्थे
उनी जित्दा हामी जित्थ्यौं
लड्दा संगै जित्दा संगै (संगै लड्यौं जित्यौं संगै)