विचार
'राष्ट्रवादीसँगको एकता' को अर्थ
- डा.बाबुराम भट्टर्राई
हाम्रो पार्टी अध्यक्ष क.प्रचण्डले हालै एउटा सार्वजनिक
कार्यक्रममा देशभक्त, राष्ट्रवादी, प्रजातन्त्रवादी (लोकतन्त्रवादी)
र वामपन्थीबीच नयाँ राष्ट्रिय एकता कायम हुनुपर्ने अवधारणा
अघि सारेपछि राजनीतिक वृत्तमा ठूलै भूकम्प गएको अनुभुति भएको
छ । एउटा जिम्मेवार पार्टीको शीर्षस्थ नेताले कुनै नयाँ
अवधारणा सार्वजनिक गरेपछि त्यसबारे र्समर्थन र विरोधका स्वर
प्रतिनिधित्व हुनु पटक्कै अन्यथा हुदैन । झन् माओवादी जस्तो
पुरानो सामन्ती एकात्मक राज्यको अन्त्य गरेर नयाँ संघात्मक
लोकतान्त्रिक, गणतन्त्रात्मक राज्यको स्थापना गर्ने युगिन
अभियानमा अग्रणी भूमिका निर्वाह गरिरहेको पार्टी र नेताका
अभिव्यक्तिले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा चर्चा पाउनु
विल्कुल स्वाभाविक हो । तर कुनै पनि कुराको र्समर्थन र विरोध
यथार्थमा आधारित नभई अनुमान र हल्लामा मात्र आधारित रह्यो भने
त्यसबाट प्रकाश होइन ताप मात्र पैदा हुनेछ र त्यस्तो
राजनीतिक विमर्शको रचनात्मक भन्दा ध्वंसात्मक प्रतिफल मात्र
प्राप्त हुनेछ ।
अर्ढाई सय वर्षदेखिको सामन्ती राजतन्त्र र त्यसको नेतृत्वमा
बनेको पहाडिया खस-आर्य उच्च जातीय अहंकारवादमा आधारित
एकात्मक राज्यसत्ताको अब छिट्टै विधिवत् अन्त्य हुँदैछ ।
प्रक्रियागत कुरामा रहेका केही मत भिन्नताले यसमा केही ढिला
भइरहेको जस्तो देखिएपनि त्यो खाली समयको मात्र कुरा हो ।
राजतन्त्र, सामन्तवाद र एकात्मक राज्यसत्ता अब कसैले जतिसुकै
टाउको ठोके पनि नेपालमा बच्नेवाला छैनन् । यसलाई आम नेपाली
जनता र अन्तर्राष्ट्रिय समुदायले अवश्यम्भावी सत्यको रुपमा
स्वीकारिसकेका छन् । खाली सबैको अन्तरआत्मामा साझा चिन्ता
भनेको राजतन्त्र र एकात्मक राज्यको अन्त्यपछिको संक्रमण सहज
हुन्छ कि हुँदैन र त्यसपछि राष्ट्रिय स्वाधिनता,
सार्वभौमसत्ता र भौगोलिक अखण्डता कायम र सुदृढ रहन्छ कि
रहदैन भन्ने नै हो । खासगरी अन्तरिम व्यवस्थापिकाबाटै
गणतन्त्र घोषणा गरेर जानेबारे साझा राजनीतिक सहमति खोज्ने
प्रयास तीव्र भइरहेको बेला नयाँ राष्ट्रिय एकता कसरी कायम
गर्ने भन्ने प्रश्न बढी गम्भीर र पेचिलो बनेको छ । त्यसैलाई
दृष्टिगत गर्दै अध्यक्ष क.प्रचण्डबाट नयाँ राष्ट्रिय एकताका
लागि देशमा वस्तुगत रुपमा विद्यमान तीन राजनीतिक शक्तिबीच नयाँ
समझदारी बन्नुपर्ने धारणा अघि सारिएको हो ।
सर्वप्रथम यहाँनेर प्रस्ट हुनुपर्ने सबैभन्दा महत्वपूर्ण कुरा
के हो भने नयाँ राष्ट्रिय एकताको प्रसंग राजतन्त्र र एकात्मक
राज्यसत्ता कायम राख्नको निम्ति नभएर त्यसको अन्त्यपछिको नयाँ
संघात्मक लोकतान्त्रिक गणतन्त्रात्मक राज्यसत्ताका लागि नै
उर्ठाईएको हो । यो कुरालाई ठिकसँग बुझिएन भने 'म
गर्छर्ुुाग्राको कुरा, सम्धी गर्छन् गाग्राको कुरा' भनेजस्तो
हुनसक्छ । दोस्रो कुरा नयाँ एकता राजतन्त्रसँग नभएर देशभक्त
चरित्र भएका पहिलेका राजावादी तर अबका गणतन्त्रवादी शक्तिसँग
भनिएको हो । किनकि इतिहासको कुनै कालखण्डमा राजावादी भएका
व्यक्ति र शक्ति सधैं राजावादी रहिरहन्छन् भन्ने जरुरी हुदैन
। खासगरी सेना र प्रहरीलगायतका सुरक्षा निकाय, व्यूरोक्र्यासी
न्यायसेवा र राज्यका विभिन्न अंगमा रहेर कार्य गरेकाले ठूलो
हिस्साले नयाँ परिवर्तित सन्दर्भमा लोकतान्त्रिक गणतन्त्रवादी
शक्तिलाई साथ दिन सक्छन् । त्यसरी नै हाम्रो जस्तो
अर्ध-सामन्ती तथा अर्ध-औपनिवेशिक देशमा सामन्ती राष्ट्रवादको
भ्रममा परेर राजालाई साथ दिदै आएका कतिपय राजनीतिक व्यक्ति र
शक्तिमा पनि देशभक्तिको अंश हुन्छ र उनीहरु बदलिएको सन्दर्भमा
देशभक्त, गणतन्त्रवादी र वामपन्थी शक्तिसँग एकाकार हुन सक्छन्
।
त्यसैले हिजोका राजावादी मध्येका देशभक्त र गणतन्त्रवादी
शक्तिलाई नयाँ आधारमा नयाँ राष्ट्रिय एकता कायम गरेर अघि
बढ्न अपिल गर्नु विल्कुल जायज र आवश्यक कुरा हो । हिजो कोही
राजावादी थियो भनेर सधैंका निम्ति छोइछिटो गर्नु कुनै
वैज्ञानिक र राजनीतिक चिन्तन नभएर असाध्यै पिछडिएको
कर्मकाण्डे रुढीवाद र सकीर्णतावाद हो । त्यसरी नै धेरै भन्दा
धेरैसँग एकताबद्ध भएर मुख्य दुश्मनलाई एक्ल्याउनको सट्टा
मिल्न सकिनेलाई पनि दुश्मनको कित्तामा धकेल्नु भनेको
युद्धमोर्चामा आफै एक्लो परेर सिद्धिने मूर्खवुद्धि मात्र हो
।
अर्को ध्यान दिनुपर्ने विषय भनेको त्यस्तो राष्ट्रिय एकता
कसैको विरुद्धमा नभै नेपाली जनता र देशको निम्ति हो । हामीकहाँ
राष्ट्रियता भन्ने बित्तिकै कुनै अमुक शक्ति र देशको विरुद्ध
भन्ने जुन गलत विरासत र चिन्तन छ त्यसबाट हामी सबै सच्चा
देशभक्त नेपाली मुक्त हुन जरुरी छ । खासगरी निरंकुश
पञ्चायतीकालमा राष्ट्रियताको नारालाई जसरी लोकतन्त्रका
विरुद्धमा र खास राजनीतिक शक्ति र देशलाई लक्षित गरेर प्रयोग
गरियो । त्यसको भूतले अझै पनि हामीलाई सताइरहेको यथार्थलाई
विर्सन मिल्दैन । राष्ट्रियता र लोकतन्त्र एक अर्कासँग
अभिन्न रुपले गाँसिएको हुन्छ भन्ने वैज्ञानिक सत्यलाई
आत्मसात गर्नेबित्तिकै 'राष्ट्रियता'को हतियार 'लोकतन्त्र'का
विरुद्ध प्रयोग हुने हो कि भन्ने भयबाट स्वतः मुक्त हुने
स्थिति बन्नेछ । त्यसैले अध्यक्ष प्रचण्डले सुविचारित ढंगले
राष्ट्रवादी, लोकतन्त्रवादी र वामपन्थी तीनैथरी शक्तिको
एकतामा जोड दिनुभएको हो, न कि राष्ट्रवादी र वामपन्थीको
मात्र । खासगरी बाह्रबुुँदे समभदारीदेखि अहिलेसम्म मूलतः
संसदवादी, लोकतन्त्रवादी र वामपन्थी क्रान्तिकारीबीचको एकता
नै प्रधान रहँदै आएको स्थितिमा अब राजाबाहेकका भूपू राजावादी
शक्ति पनि एकताबद्ध भएर नयाँ गणतान्त्रिक नेपालको निर्माण
गर्नुपर्छ भन्नु असँध्यै दूरदर्शितापूर्ण र सही कुरा हो ।
यसबाट देशभित्र र बाहिरका कोही पनि आत्तिनु वा मात्तिनु पर्ने
कुनै कारण छैन ।
केही समययता डरलाग्दो ढंगले राजनीतिक गतिरोध कायम रहेको र
राष्ट्रघाती तथा लोकतन्त्र र अग्रगमन विरोधी तत्वको चलखेल
बढिरहेको स्थितिमा संकीर्ण पार्टी स्वार्थभन्दा माथि उठेर
सम्पूर्ण देश र समाजलाई नै नेतृत्व दिनसक्ने राजनेताको खाँचो
देशमा खटि्करहेको छ । संसदवादी दलको नेतृत्व एकापट्ट िमरणासन्न
राजतन्त्रको छिटोभन्दा छिटो दाहसंस्कार गरेर देशलाई गणतन्त्र
घोषणा गर्न हिच्किचाइरहेको छ भने अर्कोतिर मधेसलगायत विभिन्न
ठाउँमा विखण्डनकारी तत्वहरुको भयंकर राष्ट्रवादी हर्कतलाई
नियन्त्रण गर्न अनिच्छुक र असफल देखिदै गएको छ ।
शान्तिप्रक्रिया र भौगोलिक अखण्डता नै धरापमा पर्दै गएको
वस्तुगत यथार्थमाथि आँखा चिम्लदै खाली चुनावी नौटंकीको फलाको
लगाएर जनतालाई छक्याउने फोहरी संसदीय खेल खेल्ने प्रयत्न
भइरहेको छ । जब कि सामन्तवादबाट पूँजीवादमा संक्रमणको यो
युगीन घडी र साम्राज्यवादको चौतर्फी बोलबाला रहेको वर्तमान
परिस्थितिमा राष्ट्रियता, गणतन्त्र र अग्रगामी परिवर्तनको
झण्डामुनि सम्पूर्ण जनता र देशलाई नै एकताबद्ध पारेर
लैजानुपर्ने ऐतिहासिक आवश्यकता टड्कारो रहेको छ । यो स्थितिमा
देशलाई फुच्चे राजनीतिज्ञभन्दा विशाल हृदयी र दूरद्रष्टा
राजनेताको खाँचो सबै सच्चा देशभक्त, लोकतन्त्रवादी र
क्रान्तिकारीलाई खटि्करहेको छ । यही ऐतिहासिक आवश्यकता र
आकस्मिकताको परिणाम नै क.प्रचण्डको हालैको अभिव्यक्ति हो
भनेर बुझ्दा अन्यथा नहोला । नेतृत्व भनेको कसैले चाहेर वा
बनाएर बन्ने कुरा होइन । जसले ऐतिहासिक आवश्यकताको पर्ूर्ति
गर्न सक्छ त्यसैलाई इतिहासले नेता मान्छ वा बनाउँछ । नेपालमा
यतिबेला सबै वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायलाई
एकताबद्ध गरेर राष्ट्रियता, गणतन्त्र र आर्थिक-सामाजिक
रुपान्तरणको एजेन्डा लागू गर्न सक्ने नेतृत्व देश र जनताले
खोजिरहेको छ । त्यस्तो नेतृत्व जति छिटो हामीले स्थापित गर्न
सक्छौं त्यति छिटो देशले वर्तमान गतिरोधबाट निकास पाउनेछ ।
नयाँ राष्ट्रिय एकताको आवश्यकता पनि मर्ूत रुपमा त्यसैबाट
पर्ूर्ति हुनेछ । राष्ट्रियताको अंश बोकेका हिजोका राजावादी
शक्ति, संसदवादी लोकतन्त्रवादी शक्ति र वामपन्थी क्रान्तिकारी
शक्तिबीचको नयाँ एकताले नै देशलाई नयाँ अग्रगामी निकास
दिनसक्ने र राष्ट्रिय स्वाधिनता, सार्वभौमसत्ता र भौगोलिक
अखण्डताको रक्षा र सर्म्वर्द्धन गर्न सक्ने अहिलेको धरातलीय
यथार्थ हो । एउटाले अर्कोलाई निषेध गर्न खोज्नु भनेको देशलाई
अन्त्यहीन द्वन्द्वमा धकेल्नु र अन्ततः राष्ट्रिय स्वाधिनता
नै धरापमा पार्नु हो ।
त्यसैले यी प्रमुख राजनीतिक शक्तिबीच न्यूनतम सहमति कायम
गरेर अघि बढ्नुको विकल्प छँदैछैन । राष्ट्रियता, गणतन्त्र र
आर्थिक-सामाजिक अग्रगमन त्यस्तो नयाँ एकताको न्यूनतम आधारशीला
हो । हाम्रा मुख्य छिमेकी र अन्तर्राष्ट्रिय शक्तिकेन्द्रको
सद्भाव र सहयोग यो न्यूनतम एजेण्डामा प्राप्त हुन नसक्ने कुनै
कारण छैन । हाम्रो नयाँ राष्ट्रिय एकता कसैको विरुद्धमा हुनै
सक्तैन । यसबारे कसैलाई कुनै भ्रम नरहे हुन्छ । -नयाँ पत्रिका
दैनिकबाट साभार)