वर्ष १०, अंक ५, २०६४ पुस १ गते आइतबार  (09 December 07)

HOME ABOUT US

naulojanaubhar@gmail.com

Special Link

राष्ट्रिय मुक्तियुद्धमा देशभक्तिको भावना जुन रूपमा हुन्छ, त्यो अन्तर्राष्ट्रियवादकै व्यावहारिक रूप हुनेछ  -क. माओ

Last updated : 11 Dec 2007

Revolutionary Music

Samana Pariwar

Pratirodh Pariwar

Senchyang Pariwar

Kshitij Pariwar

Jaljala Pariwar

Raktim Pariwar

Vivid Music

Other Language

Song Lyrics

Works

Com. Prachand

Com. Kiran

Com. Baburam

Articles

Com. Mahara

Lema Goyeska

Bashudev Misra

Prakash Sharma

D. Rawol

 

 

 

 

 

 

Documents

12 Point Agreement Decision betweeen SPA and CPNM

Peace Accord

Management of Arms and Armies

नेपालको अन्तरिम संविधान 2063

 

Ideology

Marxism

Leninism

Maoism

Prachandapath

Archive

Press Release

Publications

Martyrs

Photo Gallery

Literature

Documents

Survey

 

Special Archive

 Facilities

Currency Convertor

Date Convertor

Roman to Nepali

Metric Convertor

Nepali Calendar

Language Translation

Live Nepali Tvs

Search engines

Google.com

Yahoo.com

MSN.com

World News

BBC World Service

CNN

Hindustan Times

The Hindu

 

 

विचार

'राष्ट्रवादीसँगको एकता' को अर्थ

- डा.बाबुराम भट्टर्राई

हाम्रो पार्टी अध्यक्ष क.प्रचण्डले हालै एउटा सार्वजनिक कार्यक्रममा देशभक्त, राष्ट्रवादी, प्रजातन्त्रवादी (लोकतन्त्रवादी) र वामपन्थीबीच नयाँ राष्ट्रिय एकता कायम हुनुपर्ने अवधारणा अघि सारेपछि राजनीतिक वृत्तमा ठूलै भूकम्प गएको अनुभुति भएको छ । एउटा जिम्मेवार पार्टीको शीर्षस्थ नेताले कुनै नयाँ अवधारणा सार्वजनिक गरेपछि त्यसबारे र्समर्थन र विरोधका स्वर प्रतिनिधित्व हुनु पटक्कै अन्यथा हुदैन । झन् माओवादी जस्तो पुरानो सामन्ती एकात्मक राज्यको अन्त्य गरेर नयाँ संघात्मक लोकतान्त्रिक, गणतन्त्रात्मक राज्यको स्थापना गर्ने युगिन अभियानमा अग्रणी भूमिका निर्वाह गरिरहेको पार्टी र नेताका अभिव्यक्तिले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा चर्चा पाउनु विल्कुल स्वाभाविक हो । तर कुनै पनि कुराको र्समर्थन र विरोध यथार्थमा आधारित नभई अनुमान र हल्लामा मात्र आधारित रह्यो भने त्यसबाट प्रकाश होइन ताप मात्र पैदा हुनेछ र त्यस्तो राजनीतिक विमर्शको रचनात्मक भन्दा ध्वंसात्मक प्रतिफल मात्र प्राप्त हुनेछ ।

अर्ढाई सय वर्षदेखिको सामन्ती राजतन्त्र र त्यसको नेतृत्वमा बनेको पहाडिया खस-आर्य उच्च जातीय अहंकारवादमा आधारित एकात्मक राज्यसत्ताको अब छिट्टै विधिवत् अन्त्य हुँदैछ । प्रक्रियागत कुरामा रहेका केही मत भिन्नताले यसमा केही ढिला भइरहेको जस्तो देखिएपनि त्यो खाली समयको मात्र कुरा हो । राजतन्त्र, सामन्तवाद र एकात्मक राज्यसत्ता अब कसैले जतिसुकै टाउको ठोके पनि नेपालमा बच्नेवाला छैनन् । यसलाई आम नेपाली जनता र अन्तर्राष्ट्रिय समुदायले अवश्यम्भावी सत्यको रुपमा स्वीकारिसकेका छन् । खाली सबैको अन्तरआत्मामा साझा चिन्ता भनेको राजतन्त्र र एकात्मक राज्यको अन्त्यपछिको संक्रमण सहज हुन्छ कि हुँदैन र त्यसपछि राष्ट्रिय स्वाधिनता, सार्वभौमसत्ता र भौगोलिक अखण्डता कायम र सुदृढ रहन्छ कि रहदैन भन्ने नै हो । खासगरी अन्तरिम व्यवस्थापिकाबाटै गणतन्त्र घोषणा गरेर जानेबारे साझा राजनीतिक सहमति खोज्ने प्रयास तीव्र भइरहेको बेला नयाँ राष्ट्रिय एकता कसरी कायम गर्ने भन्ने प्रश्न बढी गम्भीर र पेचिलो बनेको छ । त्यसैलाई दृष्टिगत गर्दै अध्यक्ष क.प्रचण्डबाट नयाँ राष्ट्रिय एकताका लागि देशमा वस्तुगत रुपमा विद्यमान तीन राजनीतिक शक्तिबीच नयाँ समझदारी बन्नुपर्ने धारणा अघि सारिएको हो ।

सर्वप्रथम यहाँनेर प्रस्ट हुनुपर्ने सबैभन्दा महत्वपूर्ण कुरा के हो भने नयाँ राष्ट्रिय एकताको प्रसंग राजतन्त्र र एकात्मक राज्यसत्ता कायम राख्नको निम्ति नभएर त्यसको अन्त्यपछिको नयाँ संघात्मक लोकतान्त्रिक गणतन्त्रात्मक राज्यसत्ताका लागि नै उर्ठाईएको हो । यो कुरालाई ठिकसँग बुझिएन भने 'म गर्छर्ुुाग्राको कुरा, सम्धी गर्छन् गाग्राको कुरा' भनेजस्तो हुनसक्छ । दोस्रो कुरा नयाँ एकता राजतन्त्रसँग नभएर देशभक्त चरित्र भएका पहिलेका राजावादी तर अबका गणतन्त्रवादी शक्तिसँग भनिएको हो । किनकि इतिहासको कुनै कालखण्डमा राजावादी भएका व्यक्ति र शक्ति सधैं राजावादी रहिरहन्छन् भन्ने जरुरी हुदैन । खासगरी सेना र प्रहरीलगायतका सुरक्षा निकाय, व्यूरोक्र्यासी न्यायसेवा र राज्यका विभिन्न अंगमा रहेर कार्य गरेकाले ठूलो हिस्साले नयाँ परिवर्तित सन्दर्भमा लोकतान्त्रिक गणतन्त्रवादी शक्तिलाई साथ दिन सक्छन् । त्यसरी नै हाम्रो जस्तो अर्ध-सामन्ती तथा अर्ध-औपनिवेशिक देशमा सामन्ती राष्ट्रवादको भ्रममा परेर राजालाई साथ दिदै आएका कतिपय राजनीतिक व्यक्ति र शक्तिमा पनि देशभक्तिको अंश हुन्छ र उनीहरु बदलिएको सन्दर्भमा देशभक्त, गणतन्त्रवादी र वामपन्थी शक्तिसँग एकाकार हुन सक्छन् ।

त्यसैले हिजोका राजावादी मध्येका देशभक्त र गणतन्त्रवादी शक्तिलाई नयाँ आधारमा नयाँ राष्ट्रिय एकता कायम गरेर अघि बढ्न अपिल गर्नु विल्कुल जायज र आवश्यक कुरा हो । हिजो कोही राजावादी थियो भनेर सधैंका निम्ति छोइछिटो गर्नु कुनै वैज्ञानिक र राजनीतिक चिन्तन नभएर असाध्यै पिछडिएको कर्मकाण्डे रुढीवाद र सकीर्णतावाद हो । त्यसरी नै धेरै भन्दा धेरैसँग एकताबद्ध भएर मुख्य दुश्मनलाई एक्ल्याउनको सट्टा मिल्न सकिनेलाई पनि दुश्मनको कित्तामा धकेल्नु भनेको युद्धमोर्चामा आफै एक्लो परेर सिद्धिने मूर्खवुद्धि मात्र हो ।

अर्को ध्यान दिनुपर्ने विषय भनेको त्यस्तो राष्ट्रिय एकता कसैको विरुद्धमा नभै नेपाली जनता र देशको निम्ति हो । हामीकहाँ राष्ट्रियता भन्ने बित्तिकै कुनै अमुक शक्ति र देशको विरुद्ध भन्ने जुन गलत विरासत र चिन्तन छ त्यसबाट हामी सबै सच्चा देशभक्त नेपाली मुक्त हुन जरुरी छ । खासगरी निरंकुश पञ्चायतीकालमा राष्ट्रियताको नारालाई जसरी लोकतन्त्रका विरुद्धमा र खास राजनीतिक शक्ति र देशलाई लक्षित गरेर प्रयोग गरियो । त्यसको भूतले अझै पनि हामीलाई सताइरहेको यथार्थलाई विर्सन मिल्दैन । राष्ट्रियता र लोकतन्त्र एक अर्कासँग अभिन्न रुपले गाँसिएको हुन्छ भन्ने वैज्ञानिक सत्यलाई आत्मसात गर्नेबित्तिकै 'राष्ट्रियता'को हतियार 'लोकतन्त्र'का विरुद्ध प्रयोग हुने हो कि भन्ने भयबाट स्वतः मुक्त हुने स्थिति बन्नेछ । त्यसैले अध्यक्ष प्रचण्डले सुविचारित ढंगले राष्ट्रवादी, लोकतन्त्रवादी र वामपन्थी तीनैथरी शक्तिको एकतामा जोड दिनुभएको हो, न कि राष्ट्रवादी र वामपन्थीको मात्र । खासगरी बाह्रबुुँदे समभदारीदेखि अहिलेसम्म मूलतः संसदवादी, लोकतन्त्रवादी र वामपन्थी क्रान्तिकारीबीचको एकता नै प्रधान रहँदै आएको स्थितिमा अब राजाबाहेकका भूपू राजावादी शक्ति पनि एकताबद्ध भएर नयाँ गणतान्त्रिक नेपालको निर्माण गर्नुपर्छ भन्नु असँध्यै दूरदर्शितापूर्ण र सही कुरा हो । यसबाट देशभित्र र बाहिरका कोही पनि आत्तिनु वा मात्तिनु पर्ने कुनै कारण छैन ।

केही समययता डरलाग्दो ढंगले राजनीतिक गतिरोध कायम रहेको र राष्ट्रघाती तथा लोकतन्त्र र अग्रगमन विरोधी तत्वको चलखेल बढिरहेको स्थितिमा संकीर्ण पार्टी स्वार्थभन्दा माथि उठेर सम्पूर्ण देश र समाजलाई नै नेतृत्व दिनसक्ने राजनेताको खाँचो देशमा खटि्करहेको छ । संसदवादी दलको नेतृत्व एकापट्ट िमरणासन्न राजतन्त्रको छिटोभन्दा छिटो दाहसंस्कार गरेर देशलाई गणतन्त्र घोषणा गर्न हिच्किचाइरहेको छ भने अर्कोतिर मधेसलगायत विभिन्न ठाउँमा विखण्डनकारी तत्वहरुको भयंकर राष्ट्रवादी हर्कतलाई नियन्त्रण गर्न अनिच्छुक र असफल देखिदै गएको छ । शान्तिप्रक्रिया र भौगोलिक अखण्डता नै धरापमा पर्दै गएको वस्तुगत यथार्थमाथि आँखा चिम्लदै खाली चुनावी नौटंकीको फलाको लगाएर जनतालाई छक्याउने फोहरी संसदीय खेल खेल्ने प्रयत्न भइरहेको छ । जब कि सामन्तवादबाट पूँजीवादमा संक्रमणको यो युगीन घडी र साम्राज्यवादको चौतर्फी बोलबाला रहेको वर्तमान परिस्थितिमा राष्ट्रियता, गणतन्त्र र अग्रगामी परिवर्तनको झण्डामुनि सम्पूर्ण जनता र देशलाई नै एकताबद्ध पारेर लैजानुपर्ने ऐतिहासिक आवश्यकता टड्कारो रहेको छ । यो स्थितिमा देशलाई फुच्चे राजनीतिज्ञभन्दा विशाल हृदयी र दूरद्रष्टा राजनेताको खाँचो सबै सच्चा देशभक्त, लोकतन्त्रवादी र क्रान्तिकारीलाई खटि्करहेको छ । यही ऐतिहासिक आवश्यकता र आकस्मिकताको परिणाम नै क.प्रचण्डको हालैको अभिव्यक्ति हो भनेर बुझ्दा अन्यथा नहोला । नेतृत्व भनेको कसैले चाहेर वा बनाएर बन्ने कुरा होइन । जसले ऐतिहासिक आवश्यकताको पर्ूर्ति गर्न सक्छ त्यसैलाई इतिहासले नेता मान्छ वा बनाउँछ । नेपालमा यतिबेला सबै वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायलाई एकताबद्ध गरेर राष्ट्रियता, गणतन्त्र र आर्थिक-सामाजिक रुपान्तरणको एजेन्डा लागू गर्न सक्ने नेतृत्व देश र जनताले खोजिरहेको छ । त्यस्तो नेतृत्व जति छिटो हामीले स्थापित गर्न सक्छौं त्यति छिटो देशले वर्तमान गतिरोधबाट निकास पाउनेछ । नयाँ राष्ट्रिय एकताको आवश्यकता पनि मर्ूत रुपमा त्यसैबाट पर्ूर्ति हुनेछ । राष्ट्रियताको अंश बोकेका हिजोका राजावादी शक्ति, संसदवादी लोकतन्त्रवादी शक्ति र वामपन्थी क्रान्तिकारी शक्तिबीचको नयाँ एकताले नै देशलाई नयाँ अग्रगामी निकास दिनसक्ने र राष्ट्रिय स्वाधिनता, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको रक्षा र सर्म्वर्द्धन गर्न सक्ने अहिलेको धरातलीय यथार्थ हो । एउटाले अर्कोलाई निषेध गर्न खोज्नु भनेको देशलाई अन्त्यहीन द्वन्द्वमा धकेल्नु र अन्ततः राष्ट्रिय स्वाधिनता नै धरापमा पार्नु हो ।

त्यसैले यी प्रमुख राजनीतिक शक्तिबीच न्यूनतम सहमति कायम गरेर अघि बढ्नुको विकल्प छँदैछैन । राष्ट्रियता, गणतन्त्र र आर्थिक-सामाजिक अग्रगमन त्यस्तो नयाँ एकताको न्यूनतम आधारशीला हो । हाम्रा मुख्य छिमेकी र अन्तर्राष्ट्रिय शक्तिकेन्द्रको सद्भाव र सहयोग यो न्यूनतम एजेण्डामा प्राप्त हुन नसक्ने कुनै कारण छैन । हाम्रो नयाँ राष्ट्रिय एकता कसैको विरुद्धमा हुनै सक्तैन । यसबारे कसैलाई कुनै भ्रम नरहे हुन्छ । -नयाँ पत्रिका दैनिकबाट साभार)

Revolutionary Links

A World To Win

Revolutionary Worker

Maoist Revolution

Li Onesto.net
Krishnasen Online

Janadesh Weekly

Janasandesh National Daily

Jana Ubhar Weekly

Jana Awhan Weekly

INSOF

NPPF Belgium

Online Links

Krishnasen Online

Nepalisandesh

INSN

Samudaya

Samudrapari.com

Kantipur Online

Nepalipost

Khojtalas Online

Nepalnews

Enepalnews

Dcnepal.com

NepalJapan

News of Nepal

Hknepal.com

Himal Khabar

Gorkhapatra

Janaandolan.com

Blog Sites

Focus Blog

Krantikari

Mero Sansar

Blogger's Nepal

Ratnapark

Daily Newspapers

Yougbodh National Daily

Kantipur daily

Kathmandu Post

Nepal Samacharpatra

Annapurna Post

Rajdhani

Mahanagar

Sandhya Times

The Himalayan Times

Gorkhapatra

The Rising Nepal

Khojtalash

Weekly Newspapers

Janadesh Weekly

Dristi Weekly

Jana Aastha

Janadharana

Budhbar

Nepal National Weekly

Deshantar

Gorkha Express

Disha Nirdesh

Nispaksha

Yug Sambad

Telegraph

Samaya

Kantipur Weekly

Spotlight

Tashapawa

Gatibidhi

Kathmandu Today

Half Monthly/Monthly

Himal Khabarpatrika

Himal Magazine

Madhuparka

Yuba Mancha

Nari

Wave

Kamana

Muna

New Business Age

Nepal Traveller

Sadhana

Online Radio/Television

BBC Nepali

BFBS Gurkha Radio

Radio Dovan

Radio Sagarmatha

Sagarmatha Television

Nepal Television

Kantipur Television

Nepal One Television

Live Nepalese Televisions

Entertainment/Vivid

Cyber Sansar

Nepalisongs.com

Nepali ecards.com

Khattam.com