सामयिकी
अल्पमतीय र बहुमतीय शासनको विवाद
हो निर्वाचन पद्दति
- दामोदर सुवेदी
आजभोली निर्वाचन पद्धतिको कुरा उठिरहेको छ । नेपाली काँग्रेस
मिश्रति निर्वाचन पद्धति हुनुपर्छ भन्ने अडानमा छ । नेकपा
माओवादी पूर्ण समानुपातिक निर्वाचन पद्धति हुनुपर्छ भनिरहेको
छ । आ-आफ्नो अडानमा रहनुको पछाडि कारण के हो ? निर्वाचन
पद्धतिले कहाँनेर फरक पार्दछ । यस विषयमा गहन अध्ययन हुनु
आवश्यक छ ।
मिश्रति निर्वाचन पद्धतिमा प्रत्येक निर्वाचन क्षेत्रको लागि
एक-एक जना व्यक्तिलाई पार्टीहरुले टिकट दिएर उमेदवार बनाउँछन्
र सम्बन्धित निर्वाचन क्षेत्रका मतदाताहरुबाट प्राप्त गरेको
मतको आधारमा सबभन्दा बढी मत प्राप्त गर्ने व्यक्ति विजयी
बन्न पुग्छन् । यसरी निर्वाचित हुने संख्या २४० हुन्छ । अर्को
सिंगो देशलाई नै एउटा निर्वाचन क्षेत्र मानी देशभरिका सबै
मतदाताहरुले आफूलाई मनपर्ने पार्टीलाई मत दिन्छन् ।
पार्टीहरुले विभिन्न जातजाति, लिङ्ग, क्षेत्र आदिको
प्रतिनिधित्व हुने हिसाबले नामावली सूची तयार गरी निर्वाचन
आयोगमा बुझाउँछन, यसलाई बन्द सूची भन्दछन् । एक दर्ुइ तीन आदि
नम्बर दिई प्राथमिकताको क्रम निर्धारण गरिएको हुन्छ सूचीमा ।
सिङ्गो देशभरिबाट पार्टीले प्राप्त गरेको मतको आधारमा कुन
पार्टीले कति सीट या प्रतिनिधि जित्यो भन्ने निर्णय हुन्छ ।
यही मतकै आधारमा पार्टीहरुले पेश गरेका बन्द सूचीमा उल्लेख
भएका नाम मध्येबाट जुन पार्टीले जतिवटा सीट जितेको छ त्यो
पार्टीको त्यति नम्बरसम्मका नामहरुलाई निर्वाचन आयोगले
निर्वाचित भएको घोषणा गर्दछ । यसबाट २४० जना निर्वाचित
हुन्छन् । १६ जना मन्त्री परिषद्बाट मनोनित हुन्छन् । यी
पद्धति अनुसार निर्वाचन हुनेलाई मिश्रति निर्वाचन पद्धति
भनेको हो ।
निर्वाचन पद्धतिले कति फरक पर्दोरहेछ निम्न तालिकालाई अध्ययन
गर्दा स्पष्ट हुन्छ । तालिका क्षेत्रगत रुपमा सम्बन्धित
क्षेत्रका मतदाताहरुबाट प्राप्त मतको आधारमा विजयी बन्ने
निर्वाचन पद्धति र समानुपातिक निर्वाचन पद्धति दुवैलाई
अध्ययन गर्न सकिने उद्देश्यले तयार गरिएको हो ।
अध्ययन तालिका
|
निर्वाचन क्षेत्र |
मत संख्या |
'क' पार्टीले पाएको मत |
'ख' पार्टीले पाएको मत |
'ग' पार्टीले पाएको मत |
'घ' पार्टीले पाएको मत |
|
१ |
६०० |
४९४ |
६ |
५ |
२९५ |
|
२ |
५०० |
२४६ |
२४७ विजयी |
३ |
४ |
|
३ |
१५० |
७० |
७ |
७१ विजयी |
२ |
|
४ |
३५० |
१६८ |
८ |
४ |
१७० विजयी |
|
५ |
१०० |
३२ |
३० |
३३ विजयी |
५ |
|
६ |
२२५ |
१०७ |
७ |
१०८ विजयी |
३ |
|
७ |
१७५ |
७४ |
२३ |
७५ विजयी |
३ |
|
जम्मा |
२१०० |
९९१ |
३३२ |
२९९ |
२४८ |
|
पाप्त खसेको मत प्रतिशत |
४७.१९ |
१५.६२ |
१४.२४ |
२२.९५ |
उपरोक्त तालिकालाई अध्ययन गर्दा क्षेत्रगत रुपमा हुने
निर्वाचन परिणाम अनुसार सबभन्दा कम मत ल्याउने 'ग' पार्टीले
४ सिट जिती बहुमत प्राप्त गरेको छ । निर्वाचन क्षेत्रको
व्यक्ति व्यक्तिबीचको प्रतिश्पर्धा गरी एउटा निर्वाचन
क्षेत्रका मतदातहरुबाट प्राप्त मतको आधारमा सम्बन्धित
निर्वाचन क्षेत्रको प्रतिनिधि निर्वाचित हुने पद्धति अनुसार
निर्वाचन गर्दा अल्पमतले बहुमतमाथि शासन गर्ने गर्छ । सबभन्दा
बढी मत ल्याउने 'क' पार्टी जसले ४७.१९५ मत प्राप्त गरेको छ
त्यसले एउटा पनि प्रतिनिधि निर्वाचित गराउन सकेन । १४.२४५ मत
ल्याउने 'ग' पार्टी चारवटा प्रतिनिधि निर्वाचित गराउन सफल
हुन्छ र यसैले पूर्ण बहुमतको सरकार एकलौटी गठन गरेर सत्ता
सञ्चालन गर्छ । यो निर्वाचन पद्धतिको नकारात्मक पक्ष हो । यो
निर्वाचन पद्धतिबाट जनताको वास्तविक मतको कदर हुँदैन ।
यही तालिकालाई समानुपातिक निर्वाचन पद्धतिअनुसार भएको
निर्वाचन परिणाम सम्झेर अध्ययन गर्ने हो भने ४७.१९ प्रतिशत
मत प्राप्त गरेको 'क' पार्टी सबभन्दा ठुलो पार्टीको रुपमा
उपस्थित हुन पुग्छ र १४.२४ प्रतिशत प्राप्त गरेको 'ग' पार्टी
सबभन्दा सानो पार्टी हुन पुग्छ । एउटा निर्वाचन पद्धति
अपनाउँदा 'ग' पार्टी बहुमतको सरकार सञ्चालन गर्ने शक्तिको
रुपमा पुग्छ । अर्को निर्वाचन पद्धति अपनाउदा देशको सबभन्दा
सानो पार्टीको रुपमा पुग्छ । त्यस्तै एउटा निर्वाचन पद्धति
अपनाउँदा सबैभन्दा बढी जनताको मत पाएको 'क' पार्टीको संसदमा
हैसियतै हुदैन, अर्को निर्वाचन पद्धति अपनाउदा सोही 'क'
पार्टी सबभन्दा ठुलो हैसियत भएको पार्टी बन्छ । यो तालिकाले
मात्र देखाएको होइन । विगतका निर्वाचनले पनि यसको पुष्टि
गर्दछ । २०५१ सालको निर्वाचन परिणाम अनुसार नेकपा एमालेेले
कूल मतको ३०.८५५ मत ल्याएर ८८ जना सांसद विजयी बनाएको छ ।
नेपाली काँग्रेसले ३३.३८५ मत ल्याएर ८३ जना मात्र सांसद विजयी
बनायो । नेमकिपाको ०.९८५ मत ल्याएर ४ जना सांसद विजयी बने भने
१.३२५ मत ल्याउने संयुक्त जनमोर्चाका एउटा पनि सांसद पनि
विजयी बनेनन् । त्यस्तै अन्य निर्वाचनको परिणाम हेर्दा पनि
त्यस्तै देखिन्छ । नेकपा मालेले करिब सात लाख मत ल्याउँदा पनि
एकजना सांसद निर्वाचित भएन भने एक लाख भन्दा पनि कम मत
ल्याएका नेमकिपा र संयुक्त जनमोर्चाले सांसद निर्वाचित गराउन
सफल भएका छन् । नेपाली काँग्रेसको अत्यधिक बहुमतको सरकार
बन्दा पनि ३८५ भन्दा बढी मत पाएको थिएन । ३८५ मत ल्याएको
पार्टीले पूर्ण बहुमतका साथ एकलौटी सत्ता सञ्चालन गर्नु भनेको
६२५ मा रहेका बहुमत जनतामाथि शासन गरेको हुन्छ । अल्पमतले
बहुमतमाथि शासन गर्ने अवसर दिने निर्वाचन पद्धति कसरी ठिक
भन्न मिल्छ ? बहुमतको निर्णय अल्पमतले मान्ने प्रजातन्त्रको
सर्वमान्य सिद्धान्तलाई समेत उलंघन गर्ने गरी हुने निर्वाचन
पद्धतिलाई अंगाल्नु भनेको प्रजातन्त्रको उपहास गर्नु हो ।
यत्तिमात्र होइन विभिन्न जातजाति, समुदाय, संघ संस्थाहरुले
समेत समानुपातिक निर्वाचन पद्धतिको माग गरी आन्दोलन गरिरहेको
अवस्थामा पनि पूर्ण समानुपातिक निर्वाचन पद्धतिलाई
नस्वीकार्नु भनेको जनताले दिएको मतको आधारमा बहुमतमा पुग्न
सकिदैन भन्ने पराजित मानसिकताको उपज हो । मिश्रति निर्वाचन
पद्धति अनुसार हुने निर्वाचनमा गर्न सकिने षड्यन्त्र,
गुण्डागर्दी, सरकारी शक्तिको दुरुपयोग आदिबाट सत्तामा पुगेर
पुनः बहुमतमाथि शासन गर्ने योजना हो । कुनै उपायद्वारा
संविधान-सभाका प्रतिनिधिहरुमा आफ्नो बहुमत कायम गराउन सके
भावी संविधानमा सामन्तवादी व्यवस्थाका स्वरुपहरुलाई यथावत
कायम राखी त्यसबाट आफ्नो स्वार्थ सिद्ध गर्न सकिने अभ्रि्राय
र पुन अल्पमतले बहुमतमाथि शासन गर्न पाइने जस्ता अवसरलाई
संस्थागत गर्ने लक्ष्य बाहेक अरु के हुन सक्छ र ?