वर्ष १०, अंक ५, २०६४ पुस १ गते आइतबार  (09 December 07)

HOME ABOUT US

naulojanaubhar@gmail.com

Special Link

राष्ट्रिय मुक्तियुद्धमा देशभक्तिको भावना जुन रूपमा हुन्छ, त्यो अन्तर्राष्ट्रियवादकै व्यावहारिक रूप हुनेछ  -क. माओ

Last updated : 11 Dec 2007

Revolutionary Music

Samana Pariwar

Pratirodh Pariwar

Senchyang Pariwar

Kshitij Pariwar

Jaljala Pariwar

Raktim Pariwar

Vivid Music

Other Language

Song Lyrics

Works

Com. Prachand

Com. Kiran

Com. Baburam

Articles

Com. Mahara

Lema Goyeska

Bashudev Misra

Prakash Sharma

D. Rawol

 

 

 

 

 

 

Documents

12 Point Agreement Decision betweeen SPA and CPNM

Peace Accord

Management of Arms and Armies

नेपालको अन्तरिम संविधान 2063

 

Ideology

Marxism

Leninism

Maoism

Prachandapath

Archive

Press Release

Publications

Martyrs

Photo Gallery

Literature

Documents

Survey

 

Special Archive

 Facilities

Currency Convertor

Date Convertor

Roman to Nepali

Metric Convertor

Nepali Calendar

Language Translation

Live Nepali Tvs

Search engines

Google.com

Yahoo.com

MSN.com

World News

BBC World Service

CNN

Hindustan Times

The Hindu

 

 

प्रमुख समाचार

'गणतन्त्र आउन त्यति सजिलो छैन'-प्रचण्ड

यानेन्द्र जिसी/लेखनाथ सजग

भैरहवा/नेकपा माओवादीका अध्यक्ष एवं जनमुक्ति सेना नेपालका सर्वोच्च कमाण्डर प्रचण्डले एकहप्ताभित्र राजनीतिक सहमति नभए संवैधानिक संकट आउने चेतावनी दिनुभएको छ ।

'एक हप्ताभित्रै राजनीतिक सहमति खोज्नुपर्छ, नभए देशमा अराजकता आउनेछ' प्रचण्डले भन्नुभयो- 'हामी संकट नआओस् भन्नका लागि हरसम्भव प्रयासमा छौं । त्यस्तो सहमति हुन नसके सात दल भित्रैबाट निकास निकालिने छ ।'

मुस्लिम राष्ट्रिय मुक्ति मोर्चा नेपालको प्रथम राष्ट्रिय सम्मेलन उद्घाटनका क्रममा शनिबार भैरहवा आउनुभएका अध्यक्ष प्रचण्डले गौतमबुद्ध विमानस्थलमा क्रान्तिकारी पत्रकार संघ नेपाल अवध राज्यसमितिद्वारा आयोजित पत्रकार भेटघाटमा बोल्दै राजा र राजतन्त्रले राष्ट्रियता बचाउन नसक्ने पनि बताउनुभयो ।

राज्यपक्षबाट माओवादीसंग सहमति गर्ने तर तत्काल तोड्ने काम भएकाले काँगे्रसले संसदको विशेष अधिवेशनमा पारित प्रस्ताव कार्यान्वयन गर्ने कुरामा तत्परता नदेखाए सरकार पर्ुनर्गठन हुने संकेत समेत गर्नुभयो । माओवादी अध्यक्ष प्रचण्डले यतिबेला नेपालको राष्ट्रियता गम्भीर संकटमा रहेको बताउँदै राष्ट्रियता बचाउनका लागि राष्ट्रवादी शक्तिहरुबीच एकता जरुरी रहेको उल्लेख गर्नुभयो ।

केही दिन अघि राजधानीमा आयोजित एक कार्यक्रममा राष्ट्रियता बचाउन राष्ट्रवादीहरु एकजुट हुनुपर्ने अभिव्यक्ति दिएपछि अतिरंजित प्रचार-प्रसार भइरहेका बेला उहाँले भन्नुभयो- 'संसदमा गणतन्त्रको प्रस्तावमा मतदान नगर्ने काँगे्रससंग मिल्न हुन्छ भने राष्ट्रियताप्रति चिन्ता व्यक्त गर्नेहरुसंग किन मिल्न हुँदैन -' नेपाली काँगे्रसले संसदको विशेष अधिवेशनमा गणतन्त्रका पक्षमा मतदान नगर्दा ऊ राजावादी नहुने तर राजतन्त्र सिद्धिएको स्वीकार गर्दै राष्ट्रियता र गणतन्त्रको पक्षमा जान खोज्नेहरुलाई बदल्न खोज्दा यत्रो विडम्वनापूर्ण प्रचारप्रसार किन हुन्छ - भन्दै प्रश्न गर्नुभयो । उहाँले-'यतिबेला राष्ट्रियता गम्भीर खतरामा छ, राष्ट्रिय एकताको पक्षमा, भौगोलिक अखण्डताको पक्षमा आवाज उठाउनेहरु र हिजो राजतन्त्रले देश बचाउँछ भनेर पछि लाग्नेहरु पनि आज एक भएर राष्ट्रियता बचाउन जरुरी छ' भन्नुहुँदै गणतन्त्र आइहाल्यो भनेर नहौसिन सबैमा आग्रह गर्नुभयो । 'गणतन्त्र आइहाल्यो भनेर त्यति ढुक्क नहोऊँ, गणतन्त्र आउन त्यति सजिलो छैन' उहाँले भन्नुभयो हालै अमेरिका र भारतले माइनर भनेर भनेको विश्वस्त स्रोतबाट थाहा पाएको बताउँदै उहाँले नेपाली काँगे्रस बाहिर गणतन्त्रवादी जस्तो देखिए पनि भित्री रुपमा राजतन्त्र बचाउन लागेकाले संकेत राम्रो नभएको उल्लेख गर्नुभयो ।

मुस्लिम राष्ट्रिय मुक्ति मोर्चा नेपालको ऐतिहासिक प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले नयाँ नेपाल निर्माणको एक मात्र विकल्प संघीय लोकतान्त्रिक गणतन्त्र नै भएको बताउनुभयो । सबै उत्पीडनको अन्त्य संघीय शासनमा मात्रै हुने भएकाले संविधानसभाको नाममा कतै राष्ट्रिय पञ्चायत जस्तै हुन नदिन पार्टीले पूर्ण समानुपातिक निर्वाचन प्रणाली र गणतन्त्र घोषणाको माग अघि सारेको प्रष्ट्याउनु भयो ।

उद्घाटन समारोहका अर्का वक्ता माओवादी केन्द्रीय सदस्य एवं अवध राज्यसमिति इन्चार्ज देवेन्द्र पौडेल -सुनिल)ले उत्पीडित वर्ग रहेसम्म कसैले माओवादीलाई दमन गर्न नसक्ने चेतावनी दिनुभयो । उहाँले सर्वहारा वर्गीय राज्यसत्तामा मात्रै जातीय, लिङ्गीय, धार्मिक र वर्गीय उत्पीडन अन्त्य हुने हुँदा केन्द्रीय सत्ता कब्जा गर्न सबै उत्पीडित वर्गहरु अघि बढ्नु पर्ने बताउनुभयो ।

कार्यक्रममा नेकपा -माओवादी)का केन्द्रीय सल्लाहकार एवं विधायक पूर्णा सुवेदी, मधेशी राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष किसनदेव सिंहले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

मुश्लिम मुक्ति मोर्चाका केन्द्रीय सल्लाहकार मकसुद अलिको स्वागत एवं केन्द्रीय अध्यक्ष अतहर हुसेन फारुकीको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा ४५ जिल्लाका करीब चार सय प्रतिनिधि र एक सय पर्यवेक्षकको सहभागिता रहेको छ । आज हुने बन्द सत्रले नयाँ कार्यसमिति गठन गर्नुका साथै मुस्लिम संगठनको विधानप्रतिवेदन पारित गर्ने जनाइएको छ ।

अन्य समाचार

सडकबाटै सरकारको घोषणा गरिने

दाङ/नेकपा माओवादी थारुवान राज्यसमितिका सेक्रेटरी तथा थारु राष्ट्रिय मुक्तिमोर्चा नेपालका केन्द्रीय अध्यक्ष रामचरण चौधरीले वर्तमान राजनीतिक निकासको बाधक नेपाली काँगे्रस भएको उल्लेख गर्दै काँगे्रस सहमतिमा एकद्वारा सडकबाटै वामपन्थीहरुको सरकार घोषणा गर्ने र संविधान सभा निर्वाचनको मिति तय गरिने बताउनु भएको छ ।

सो कुरा उहाँले शनिबार थारु राष्ट्रिय मुक्तिमोर्चा जिल्ला समिति दाङ घोराहीमा आयोजना गरेको नेकपा माओवादीको अवधारणा पत्र र थारु जातिको प्रश्न विषयक अन्तरक्रिया कार्यक्रममा बताउनुभएको हो ।

मोर्चाका जिल्ला अध्यक्ष रामबहादुर दहितको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौधरीले काँगे्रस सहमत नभए राष्ट्रवादी, प्रगतिशील, देशभक्त, वामपन्थी र प्रजातान्त्रिक शक्तिको बृहत राजनैतिक सम्मेलन गरी नयाँ सरकार गठन गरिने बताउनुभयो । उहाँले जातीय मुक्तिको सवालमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली र संघीय लोकतान्त्रिक गणतन्त्रको कुनै विकल्प नभएको पनि बताउनुभयो ।

कार्यक्रममा नेकपा (माओवादी) दाङमा इन्चार्ज डायमण्डले आफ्नो हकहित र अधिकारको निम्ति जातीय, वर्गीय आन्दोलनको समायोजन गरेर इमान्दारीतापूर्वक अघि बढ्ने थारु जाती भएको चर्चा गर्दै हकहित र अधिकार प्राप्तिको निम्ति थारुवान समुदाय आन्दोलित हुनुपर्नेमा बताउनुभयो । सो अवसरमा नागरिक समाज दाङका संयोजक टिकाराम रेग्मी, इन्सेक दाङका सल्लाहकार सुशिल चौधरी, यो वद्ध किसान नेता अशोक थारु, पत्रकार छविलाल कोपिला, आदिवासी जनजाति महासंघ दाङका अध्यक्ष सौगातवीर थारु, साहित्यकार अशोक थारु, शिक्षक फूलमान चौधरी, मनोज थारु लगायतले आ-आफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रमको संचालन मोर्चाका उपाध्यक्ष सुमन थारुले गर्नुभएको थियो ।

मेची-काली युवा मार्च धरानमा

सुशील अधिकारी/धरान

संगठनको सुदृढिकरण र विस्तार गर्ने तथा राष्ट्रियता र गणतन्त्रको पक्षमा जनमत सिर्जना गर्दै आन्दोलित गर्ने उद्देश्य बोकेर मेची-काली मार्चमा निस्किएको वाइसिएलको केन्द्रीय अभियान टोली शनिवार धरान आइपुगेको छ ।

यही १५ गते काठमाण्डौंमा माओवादीका वरिष्ठ केन्द्रीय सदस्य एवं संगठन व्यूरो इन्चार्ज बादलले उद्घाटन गर्नुभएको अभियानमा ३०० जना वाइसिएलका नेता कार्यकर्ता सम्मिलित छन् । नेता बादलले अभियानको टिम कमाण्ड वाइसिएल अध्यक्ष गणेशमान पुनलाई झण्डा राष्ट्रिय, पार्टीको झण्डा एवं गैँती र बेल्चा प्रदान गरी दीप प्रज्ज्वलन गरेर उद्घाटन गर्नुभएको थियो । उद्घाटनपश्चात् करीब दश हजार जनताको सहभागितामा काठमाण्डौंको २९ कि.मी. रिङ्गरोड सफा गरी अभियान टोली मेचीको सीमा क्षेत्रतर्फ प्रस्थान गर्‍यो । १६ गते झापाको बिर्तामोड पुगेको टोली १७ गते इलाम प्रस्थान गर्‍यो । इलामको चिया बगानको निरीक्षण गर्दै पशुपतिनगर पुगेर सभाको आयोजना गर्‍यो । त्यहाँ दश गजा निरीक्षण गर्दा भारतले ४० वर्ग मिटर जमिन मिचेर दश गजाभित्र घरहरु निर्माण गरेको भेटियो । सीमा अवलोकनपछि करीब ५६ हजार जनसमुदायको उपस्थितिमा लिम्वुवान राज्यसमिति इन्चार्ज क.पार्थ र वाइसिएल अध्यक्ष गणेशमान पुनले सम्बोधन गर्नुभयो । सीमा क्षेत्रमा भारतले १०-१२ रोपनी सिमा कब्जा गरेर एसएसएफको काँडेतार र ३ वटा बंकर नेपाल भूमिमा निर्माण गरेको विषयमा भारतको अतिक्रमणको विरुद्धमा आक्रोस व्यक्त गर्दै नेपाल सरकारको लाचारीको भण्डाफोर गर्‍यो ।

सिमा क्षेत्रको निरीक्षण गर्दै अघि बढेको अभियान टोली १८ गते इलामकै सूर्योदय स्थान श्रीअन्तुमा पुगि ३० मिटर मोटर बाटो खन्यो । १९ गते काँकडभिट्टा हुँदै अघि बढेर महेशपुर, हस्तिमारा, भैसावारी, पाथामारी, भान्साखोला लगायतका स्थानमा मार्चपास गर्‍यो । यसरी झापा इलामका सिमा क्षेत्र निरीक्षण गर्दै र जनसभालाई सम्बोधन गर्दै २० गते भूटानी शरणार्थी शिविरमा पुगेर शरणार्थीहरुको अवस्थाको अवलोकन गर्‍यो । यसरी २१ गते सो टोली विराटनगर पुगी मार्चपास गरी सभामा परिणत भयो । सोही दिन कोसी अस्पताल र क्याम्पसमा सरसफाई अभियान सञ्चालन गर्‍यो जहाँ १५ सय जनताको सहभागिता रह्यो ।

शनिबार मेचीकाली अभियानमा निस्किएको वाइसिएलको केन्द्रीय टोली धरानमा आइपुगेको छ भने आइतबार राजविराजमा पुग्नेछ । धरानमा बिहान भानुचौकबाट मार्चपास शुरु गरी सभामा परिणत भएर अभियानको उद्देश्यमाथि प्रकाश पार्ने काम भयो । मेचीदेखि सिमा क्षेत्र निरीक्षण गर्दै अघि बढ्दा भारतले सिमा अतिक्रमण गर्दै घरहरु निर्माण गर्ने, एसएसएफ को बंकरहरु निर्माण गर्ने, दशगजा मिचेर काँडेतार लगाउने, भारतीय पुलिसहरु नेपालभित्र पसेर जनतालाई लुटपाट गर्ने, धम्क्याउने, कुटपिट गर्ने र जनतालाई सताउने जस्ता अनगिन्ती कार्य गर्दा पनि नेपाल सरकारले चुपचाप बसेर राष्ट्रियतामाथि ठाडो हस्तक्षेप गर्न प्रोत्साहित गरेको तथ्य वाइसिएलले फेला पार्‍यो ।

राज्यसमितिहरुद्वारा अभियान सञ्चालन

यसैबीच वाइसिएलको केन्द्रीय अभियानलाई सहयोग पुर्‍याउन देशका सबै राज्यसमितिहरुमा पुरक अभियान सञ्चालन गरिएको छ । सो संगठनको थारुवान राज्यसमितिले बर्दियाको बाँसगढी चोकदेखि बेरियल चोकसम्म करीब ८ सय मिटर बाटो खनी अभियानको उद्घाटन गरेको छ । माओवादी केन्द्रीय सदस्य सुरेशसिंहको प्रमुख आतिथ्यमा सम्पन्न उद्घाटन समारोहमा विधायकहरु रामचरण चौधरी, सरला रेग्मी, रुपा चौधरीसमेतको सहभागिता थियो ।

त्यसैगरी मगराँत राज्यसमितिको सल्यान, पाल्पा र बाग्लुङबाट एकैसाथ अभियानको उद्घाटन गरी मार्च संचालन गरिएको छ । अभियानमा जनसेवा गर्ने, विकास निर्माणका कार्य गर्ने, संगठन निर्माण र वाइसिएलको उद्देश्य जनतासमक्ष पस्किने लगायत रहेका छन् ।

अभियात्रीको शहादत

अभियानको उद्घाटनका दिन काठमाण्डौं भद्रकालिमा बसबाट चिप्लिएर खसी घाइते भएका नवराज पाण्डे -गौरब) को १९ गते अस्पतालमा शहादत भएको छ । उद्घाटन कार्यक्रमपश्चात् काठमाण्डौंको भद्रकाली चोकमा रहेको फोहर उठाउन जाँदै गर्दा बसबाट खसेर उनी गम्भीर चोट लागि घाइते भएका थिए । चितवन घर भएका नवराज पाण्डे माओवादी पार्टी एसिएम तथा वाइसिएलका एसिएम हुन् । उनलाई शनिबार धरानमा आयोजित सभामा अभियानका प्रथम शहीद घोषणा गरिएको छ ।

राजनीतिक गतिरोध अन्त्य गर्न सहमतिको विकल्प छैन

दाङ/ संसदको विशेष अधिवेशनबाट पारित गणतन्त्र र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको कार्यान्वयन गरिएमा वर्तमान राजनीतिक गतिरोधको समाधान हुने एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । वक्ताहरुले वैदेशिक हस्तक्षेप यथास्थितिवादी सोंच र अग्रगामी सोंचबीचको अन्तरविरोध र दलहरुबीचको आपसी अविश्वास नै गतिरोधका कारण भएको बताएका थिए । उक्त कुरा क्रान्तिकारी पत्रकार संघ दाङले शुक्रबार घोराहीमा आयोजना गरेको र्'वर्तमान राजनीतिक गतिरोधको कारण र समाधान' विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका हुन् ।

संघका जिल्ला अध्यक्ष पुरन शर्माको सभापतित्वमा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि नागरिक समाज दाङका संयोजक टीकाराम रेग्मीले तत्काल राजनीतिक गतिरोध अन्त्य गर्न संसदको पारित निर्णयलाई कार्यान्वयन गर्नुपर्ने बताउँदै सबै दलहरु जनचाहनाअनुरुप अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो । क्रान्तिकारी पत्रकार संघ नेपालका केसस हिरामणि दुःखीले संसदबाट पारित प्रस्ताव कार्यान्वयनको विकल्प नभएको बताउँदै त्यसको लागि सडकबाट जनदवावको श्रृष्टि गर्नुपर्नेमा जोड दिनुभयो ।

नेकपा माओवादी दाङका सेक्रेटरी सागरले संसदको निर्णय कार्यान्वयन गर्न नसकेर वर्तमान सरकार असफल भएको भन्दै तत्काल सरकारको पुनर्संरचना गरिनुपर्ने बताउनु भयो । संघका केन्द्रीय सदस्य मौसम रोकाद्वारा विषय प्रवेश गराइएको कार्यक्रममा अधिवक्ता पदम वैदिक, नेकपा मालेका महेन्द्र शाह, अनेशि संघका केसस यामबहादुर शाह, जिल्ला अध्यक्ष वसन्त अधिकारी, महिला पत्रकार मञ्च दाङकी अध्यक्ष लक्ष्मी आचार्य, अनेम संघ -क्रान्तिकारी)की अध्यक्ष सुधा रेग्मी, पे्रस चौतारी दाङका अध्यक्ष सविन प्रियाशन, नेदमुमो केसस जितेन्द्रमान नेपाली, मधेशी मोर्चाका अर्जुनसिंह मोबाइल, पत्रकार रामप्रसाद पौडेल, र्सर्ूयबहादुर थापा लगायतले बोल्नुभएको थियो । संघका उपाध्यक्ष हुमप्रसाद बस्यालको संचालनमा सम्पन्न कार्यक्रममा सह-सचिव ज्योति शर्माले स्वागत गर्नुभएको थियो ।

जिल्ला जनपरिषद्को राजनैतिक प्रशिक्षण

टीका केसी, वरला सल्यान/ संयुक्र क्रान्तिकारी जनपरिषद् सल्यानले प्रथम प्रशिक्षण भेला कजेरीको वरलामा सम्पन्न गरेको छ । कार्यक्रममा प्रशिक्षण मन्तव्य राख्नु हुँदै नेकपा माओवादी मगराँत राज्य समिति सदस्य तथा सल्यान जिल्ला सह-इन्चार्ज भीमप्रकाश शर्माले संयुक्त क्रान्तिकारी जनपरिषद् संघर्षको साधन भएको बताउनु भयो । उहाँले क्रान्ति सम्पन्न गर्ने तीन जादुगरी हतियारभित्रको संयुक्त जनपरिषद्मा वामपंन्थी प्रगतिशील शक्तिलाई गोलवन्द गर्नुपर्ने धारणा राख्नु भयो ।

कार्यक्रममा अर्का वक्ता नेकपा माओवादी सल्यानका सेक्रेटरी दर्शनले राज्यसत्ताले जहिले पनि एउटा वर्गले अर्को वर्गमाथि दमन गर्दछ भन्नु हुँदै सर्वहारा वर्गका लागि पनि राज्यसत्ता बाहेक अरु केही हुँदैन भन्ने कुरा बुभनुपर्ने भन्नु भयो । कार्यक्रममा सचिवालय सदस्य रामचन्द्र, सदस्य क.प्रकाश लगायतले बोल्नुभएको थियो ।

ज्ािल्लाका ४७ गाविसका गाउँ परिषद् संयोजक र सचिव गरी झण्डै ८५ जनाको सहभागितामा सम्पन्न प्रशिक्षणको अध्यक्षता जिल्ला जनपरिषद् संयोजक कर्णबहादुर बुढाथोकीले गर्नुभएको थियो । परिषद् सदस्य अशोक भण्डारीले स्वागत र संचालन सचिव दिलमाया विएमले गर्नु भएको थियो ।

गणतान्त्रिक मञ्चको अध्यक्षमा अधिकारी

दाङ/ नेपाल शैक्षिक गणतान्त्रिक मञ्च दाङको दोस्रो भेला शनिबार घोराहीमा सम्पन्न भएको छ । भेलाले डोमाकान्त अधिकारीको अध्यक्षतामा ५ पछि थप्ने गरी १५ सदस्यीय जिल्ला समिति चयन गरेको छ । समितिका पदाधिकारीहरुमा सचिव नारायण भण्डारी र सदस्यहरुमा विमला योगी, सीता चौधरी, कैलाशकुमार जिसी, फणेन्द्र अधिकारी, भीमबहादुर वली, कुलप्रसाद नेपाली र मालता रावत रहनुभएको छ ।

त्यसैगरी रामप्रसाद जैसी, मस्तबहादुर श्रेष्ठ र शिव जीएम सल्लाहकार समितिमा रहनुभएको छ । रामप्रसाद जैसीको सभापतित्व र कैलासकुमार जिसीको संचालनमा सम्पन्न भेलामा माओवादी दाङका सेक्रेटरी सागर, अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय सचिवालय सदस्य यामबहादुर शाह, जिल्ला अध्यक्ष वसन्त अधिकारी भानुभक्त शर्मा र राजकुमार थापाले बोल्नुभएको थियो ।

शिक्षकहरु संगठित

सल्यान, कपुरकोट/अखिल नेपाल शिक्षक संगठन सल्यानको ३ नं. एरियाको भेला कपुरकोटमा सम्पन्न भएको छ । जिल्ला समिति सदस्यर् इश्वरी गैरेको अध्यक्षतामा सम्पन्न भेलाले गैरैकै अध्यक्षतामा ५ सदस्यीय एरिया समिति गठन गरेको छ । जसको सचिवमा जितसागर जिएम, सदस्यहरुमा भुपेन्द्र बोहरा, ज्ञानकुमारी पुन र हेमा मल्ल रहनुभएको छ ।

भेलामा नेकपा माओवादीका सल्यानका सदस्य प्रदिप, संयुक्त क्रान्तिकारी जनपरिषद्का जिल्ला सदस्य डिलबहादुर जिएम र विद्यार्थी नेता वेदप्रकाश बाँठाले मन्तव्य राख्नुभएको थियो ।

गणतन्त्र एफएम नयाँ प्रविधिबाट बज्यो

एम.एल.थापा, दाङ/रेडियो गणतन्त्र एफ.एम. ९५.१ मेघाहर्ज अहिले नयाँ प्रविधिबाट प्रसारण भइरहेको छ ।

एक वर्ष अघि दाङको गढीलेकबाट प्रसारण भइरहेको रेडियो गणतन्त्र अहिले यही मंसिर १९ गतेदेखि दाङकै लक्ष्मीपुरको गोग्लीबाट अप-लिङ्क प्रणालीबाट प्ररीक्षण प्रसारण भइरहेको छ । विगत चार वर्ष अघि रेडियो जनगणतन्त्र एफ.एम. नामबाट प्रसारण भइरहेकोमा देशको राजनीतिक फेरबदलसंगै 'शान्ति, परिवर्तन सहकारी संस्था' दाङको दर्ता प्रक्रिया अनुसार प्रसारण भइरहेको छ ।

राप्तीका सबै जिल्ला, लुम्बिनीका कपिलवस्तु, अर्घाखाँची, गुल्मी, पाल्पा, धौलागिरीका वाग्लुङ, म्याग्दी, भेरीका बाँके, बर्दिया, सर्ुर्खेत, जाजरकोट लगायतका ठाउँहरुमा रेडियो गणतन्त्र सुन्ने श्रोताहरुले टेलिफोनबाट जानकारी गराएको रेडियो गणतन्त्र एफएमले बताएको छ । भीषण जनयुद्धताका दिनको ५ घण्टा प्रसारण हुने यस एफ.एम, दाङको गढीलेकबाट प्रसारण हुँदा दिनको १० घण्टा कार्यक्रम संचालन गरिरहेको थियो ।

व्यवसायिक संचार माध्यमका नाममा प्राय संचार माध्यमहरुले विशुद्ध शान्ति र यथास्थितिको विचार सम्पे्रषण गरिरहेको सन्दर्भमा रेडियो गणतन्त्र एफएमले वास्तविक शान्ति, अग्रगमन र परिवर्तनको पक्षमा आवाज बुलन्द गर्ने यस एफएमका प्रबन्ध निर्देशक मौसम रोकाले बताउनुभयो । अब रेडियो गणतन्त्रका कार्यक्रम अवधी बिहान ५ः३० देखि ११ बजे र दिउँसो १ बजेदेखि राती १०ः३० सम्म दिनको १६ घण्टा संचालन हुने भएको छ । प्रत्येक घण्टा समाचार, विचार र सूचनामूलक कार्यक्रमहरु रेडियो गणतन्त्रमा सुन्न सकिनेछ ।

जयपुरी दाङ आउने

दाङ/ यही मंसीर १७ गते बसेको अनेम संघ -क्रान्तिकारी) दाङको बैठकले मंसिर २७, २८ र २९ मा संघको सातौं जिल्ला सम्मेलन गर्ने भएको छ ।

सम्मेलनलाई उद्घाटन गर्न केन्द्रीय अध्यक्ष जयपुरी र्घर्ती आउनुहुने सो संघले जनाएको छ । सम्मेलनलाई सफल पार्न सम्पूर्ण महिला, बुद्धिजीवी, शिक्षक, किसान, मजदुर, कर्मचारी, व्यापा