विद्यार्थी आवाज
स्ववियू विद्यार्थीहरुको साझा मञ्च
या एकाधिकारको साधन
- पूर्णबहादुर सिंह
विषय प्रवेश
अहिले फेरि कलेज एवं विश्वविद्यालयहरुमा स्वतन्त्र विद्यार्थी
यूनियन निर्वाचनको चर्चा, परिचर्चा र बहसको शुरुवात भइरहेको
छ । प्रत्येक दुइ वर्षमा हुने स्ववियू निर्वाचन आउन अब तीन
महिना मात्र बाँकी छ । यतिबेलाको स्ववियू निर्वाचन परम्परागत
ढंगको हुन्छ वा नयाँ ढंगले हुन्छ - अहिले सिंगो मुलूकको
राजनीतिक अवस्था जसरी विशिष्ट एवं संक्रमणकालिन मोडमा खडा
भइरहेको छ, त्यसको प्रभाव सबै क्षेत्रमा परिरहेको छ । विगत
एक दशक लामो महान् जनयुद्ध कालमा फासिष्ट सत्तँ र त्यसद्वारा
निर्देशित, नियन्त्रित र संचालित पुरानो शिक्षा प्रणालीका
विरुद्ध सशक्त शैक्षिक आन्दोलन र जनयुद्धको दृढ र्समर्थन,
सहयोग र सहभागितामा लाखौंलाख नेपाली युवा विद्यार्थीहरुको
वैचारिक एवं राजनैतिक नेतृत्व गर्ने र २१औं शताब्दीको नयाँ
जनसत्तामा जनवादी शिक्षाको महान् अभियानको संचालक प्रारम्भिक
अभ्यासको अनुभवद्वारा शिक्षित हाम्रो गौरवशाली संगठन
अनेरास्ववियू -क्रान्तिकारी)ले स्कूल, कलेज तथा
विश्वविद्यालयहरुमा नयाँ नेपाल निर्माणको महान् अभियान सहितको
आफ्नो बलियो उपस्थिति देखाइरहेको छ । विगतमा आफ्नो एकछत्र
रजाई चलाउन खोज्ने र कलेज-विश्वविद्यालयहरुलाई बाउको बिर्ता
ठान्ने नेविसंघ र अनेरास्ववियूहरुको लागि अखिल -क्रान्तिकारी)को
उपस्थिति अपाच्य, ठूलो आतंक र चुनौती भइरहेको छ । यसपटकको
स्ववियू निर्वाचन भने अग्नी परीक्षा सावित हुनेछ ।
कुनै पनि संघसंस्था र संगठन गलत उद्देश्यको लागि गठित र
संचालित हुँदैनन् । तर त्यसको संचालन गर्ने नेतृत्व र
कार्यकर्तामा सही र गलतमा निर्भर हुने गर्दछ । त्ग् अन्तरगत
संचालित कलेजहरुको महत्वपूर्ण अङ्गकै रुपमा रहेको गौरवशाली
संस्था स्ववियू विकृति-विसंगतिको अखडा भइरहेको कुरा
सर्वविदितै छ । एकादेशमा एउटा घनघोर जंगलको बीचमा एउटा
सुन्दर घर रहेछ । त्यसको चारैदिशातर्फ चौबाटाहरु रहेछन् । ती
बाटाहरुमा विभिन्न पेशामा संलग्न मानिसहरु आवत्जावत् गर्ने
रहेछन् । एकदिन त्यसको नजिकबाट जुवाडेहरुको जत्था आइपुगेछ ।
उनीहरुले त्यो घरमा बसेर जुवातास खेल्न उपयुक्त ठानेछन् ।
अर्को दिन चोरहरुको एक गिरोह आइपुगेछ । उनीहरुले त्यस घरलाई
धन सम्पत्ति लुटेर बिलास गर्न अनुकूल ठानेछन् । अर्को दिन
एकजना बाबाजी आएछन् । उनले पवित्र भूमिमा रहेको सुन्दर घरलाई
पर््रार्थना एवं साधना गर्ने र्रर् इश्वरत्व प्राप्त गर्ने
उचित स्थल ठम्याएछन् । एउटै घरलाई जसरी फरक फरक मान्छेहरुले
फरक फरक परिभाषा र व्याख्या गरे जस्तै विभिन्न विद्यार्थी
संगठनहरुको सन्दर्भमा वर्तमान स्ववियू त्यस्तै घर बन्न
पुगिरहेको छ । यसमा विभिन्न मान्छेहरुको फरक परिकल्पनाको घरको
विषयमा त होइन पञ्चायती तानाशाही सत्ताको चर्को दमनको बीचबाट
जन्मेको र सम्पूर्ण विद्यार्थीहरुको शैक्षिक, राजनैतिक र
प्राज्ञिक अधिकारहरुको सुनिश्चित गर्ने बलियो साधन स्ववियूको
आसन्न निर्वाचनको बारेमा विगतको समिक्षा र सिंहावलेाकन गर्नु
सान्दरि्भक हुनेछ ।
ऐतिहासिक पृष्ठभूमि :
विश्वका राजनैतिक तथा शैक्षिक आन्दोलनको अग्रदस्ता बनेर
महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्षम एवं सफल समाजको सबभन्दा
सचेत, गतिशील र सिर्जनशील शक्तिको पर्यायवाची नाम हो-
विद्यार्थी । यो शक्तिको सामू दुनियाँका सबै तानाशाही
निरंकुश शासकहरु झुक्न विवश छन् तर यो शक्ति कहिले कसैसंग
झुक्न जानेको छैन । नेपाली युवा विद्यार्थी आन्दोलनको इतिहास
पनि संघर्ष र विजयको इतिहास हो । नेपाली युवा विद्यार्थी
आन्दोलनको विजारोपण जहानियाँ निरंकुश राणा शासनको विरोध र
प्रतिरोधको दौरानमा भएको हो । युद्ध-आन्दोलन क.माओको शब्दमा-
"सिकेर गर्ने कला नभएर गरेर सिक्ने विज्ञान हो ।'
आन्दोलन-युद्ध जनताको लागि रहर होइन बाध्यता हो । जब शासकहरु
हदै निरंकुश बन्छन् तब जनताले आन्दोलन गर्छन् र सिक्छन् या
शासकहरुद्वारा सिकाइन्छ । २००७ सालको आन्दोलनले करीब सवा एक
शताब्दी लामो राणा शासनको अन्त्य र राजनैतिक आन्दोलनको विजय
भयो । त्यसको एक दशकपछि २०१७ सालमा महेन्द्रले फौजीकाण्ड
घटाए । त्यसले देशलाई पञ्चायती कालरात्रीमा मात्र डुबाएको
होइन बरु ०३६/०४६ सालको जनआन्दोलनको जग पनि बसाएको थियो ।
पञ्चायतको आगमनले स्वतन्त्रताका सेनानी युवा
विद्यार्थीहरुलाई नयाँ ढंगले संगठित र आन्दोलित हुन विवश
तुल्यायो । निरंकुश कदमलाई सबक दिंदै आन्तरिक र वाह्य
घात-प्रतिघातका विरुद्धमा देशभरका क्रान्तिकारी विद्यार्थीहरु
२०१८ सालमा भारतको मुजफ्फरपुरमा भेला भएर व्यापक बहसद्वारा
संगठन र संघर्षको मूल्याङ्कन गरी तत्कालिन संगठन अनेविफे र
त्यसको नेतृत्वको गद्दारी र अवसरवादी प्रवृत्तिका विरुद्ध नयाँ
ढंगले अघि बढ्ने निरोपण गरेका थिए । २०२० सालको विकल्प भनेको
कलेजहरुमा स्ववियूको नामबाट संगठित र आन्दोलित हुने थियो ।
जसको धक्काले पञ्चे मण्डलेहरुको कथित नेपाल विद्यार्थी मण्डल
खारेज हुन पुगेको थियो । संगठनलाई उच्च र व्यवहारिक रुप दिन
उपत्यकाका विद्यार्थीहरुले २०२१ सालमा सम्झौताहरुको खारेजी,
गोर्खा भर्तीको खारेजी, बन्दी विद्यार्थीहरु रिहाइ र स्ववियू
खोल्न पाउने लगाएका महत्वपूर्ण प्रस्तावहरु पारित गरेको थियो
। सम्मेलन सफलताको घोषणा गर्न आयोजित खुल्ला कार्यक्रममा
सरकारले दमन र धरपकड बढायो । जसले दमन प्रतिरोध विस्फोटको
सार्वभौम मान्यता अनुसार सशक्त संघर्षको आँधीबेहरी श्रृष्टि
भइ सरकार घुँडा टेक्न बाध्य भयो र बन्दी विद्यार्थीहरुलाई
रिहाइ र स्ववियू खोल्न पाउने अधिकार प्राप्त भएको थियो ।
बीचमा केही प्रतिक्रियाका वर्षहरु भए पनि पुनः उठेको
विद्यार्थी आन्दोलन केबल विद्यार्थी आन्दोलन रहेन नेपालको
राजनीतिक स्थितिको लागि समेत ठूलो चुनौती बन्यो र २०३६ सालको
जनआन्दोलनमा परिणत भयो । त्यसले स्ववियू खोल्न पाउने अधिकारको
पुनः बहाली र राजनीतिक स्थितिलाई पनि केही फराकिलो गर्यो ।
तर्सथ नेपालको इतिहासमा २०२१/०३६ को आन्दोलन र स्ववियूको
गौरवशाली इतिहासको अनुकरण, वर्तमान स्ववियूको सही समीक्षा र
नयाँ परिस्थितिमा नयाँ बहस, विकल्प र संरचनाको जरुरी भइसकेको
छ ।र्
वर्तमान स्ववियू : विकृति एवं विसंगतिपूर्ण
आन्दोलन, बलिदान र विजयको प्रतिक सम्पूर्ण युवा
विद्यार्थीहरुको साझा तथा गौरवशाली संस्था हो स्ववियू । तर
अहिले यसका संचालकहरुले विकृति, विसंगतिको डँगुर र एकाधिकारको
साधन बनाइरहेका छन् । यो स्ववियू ऐतिहासिक मूल्य-मान्यताहरुको
अनुकरण गर्ने कुरा त छोडौं हाल लागू भइरहेको विधानको न्यूनतम
उद्देश्यहरुबाट समेत विचलित भइसकेको छ । देखाउने दाँत जस्तै
उक्त विधानको ८१ परिच्छेदको धारा ३४४ मा लेखिएको छ-
क)आफ्नो क्याम्पसमा
विद्यार्थीहरुको हक, हितको संरक्षण र सर्ंवर्द्धनका निमित्त
निरन्तर कार्यरत रहने,
ख) विद्यार्थी
समुदायको बौद्धिक र चारित्रिक विकासका लागि उपयुक्त
कार्यक्रम तर्जुमा गर्ने र सोको कार्यान्वयन गर्ने,
ग) क्याम्पसभित्र
पठनपाठनका लागि उपयुक्त वातावरण सिर्जना गर्ने गराउने,
घ) विद्यार्थीहरुमा
अनुशासन कायम गर्ने,
ङ) विद्यार्थी
शक्तिलाई बौद्धिक एवं रचनात्मक क्रियाकलापमा उत्पे्ररित
गराउने,
च) क्याम्पसमा
शैक्षिक तथा संस्थागत विकासका लागि सदैव क्रियाशील रहने र
छ) तोकिएको अन्य
कार्यक्रमहरु गर्ने ।
तर स्ववियू भने ठिक विपरित ढंगले चलिरहेको कुरा हामीहरुले
भन्दा अपाच्य हुन सक्छ, त्यहाँ अध्ययनरत विद्यार्थीहरु,
अध्यापन गर्ने प्राध्यापकहरुलाई र काम गर्ने कर्मचारीहरुलाई
मात्र होइन सबैलाई अवगत छ । पहिलो कुरा स्ववियू आफ्नो
ऐतिहासिक मूल्य-मान्यतामा चल्ने साझा मञ्च र संघर्षको साधन
होइन दमन र एकाधिकारको हतियार निश्चित पार्टी र विद्यार्थी
संगठनको मतियार, दोस्रो- विद्यार्थीहरुबाट लाखौंलाखको रकम
असुल्ने 'लुट्ने' र भ्रष्टाचार गर्ने भाँडो, उद्दण्डता र
दादागिरी गर्ने गुण्डाहरुको आरक्षण केन्द्र बनिरहेको छ ।
शिक्षणसंस्थाहरुको सार्वजनिक सम्पत्तिको दुरुपयोग र तोडफोड
गर्ने काम त्यहाँ संरक्षित गुण्डाहरुबाट भइरहेको छ । तेस्रो-
स्ववियू निर्वाचन जित्ने संगठनको अखडा त्यसकै कार्यालय बन्न
पुगेको छ । पिकनिकमा गएर जाँड-रक्सी जुवातास, आफ्नो संगठनका
नेताहरुलाई कार्यक्रम भत्तँ, स्ववियू रकमलाई व्यक्तिगत
प्रयोजन गर्ने, विद्यार्थीहरुबाट आर्थिक शोषण, आदि
कुकृतिहरुको पोल खुल्ने खतरा देखेर नै नेविसंघ र
अनेरास्ववियूहरु जसले कथित बहुदलको बकबास गरेर नथाक्नेहरुका
निमित्त क्रान्तिकारीको उपस्थिति औडाह र भूत बन्न पुगेको छ ।
एकपक्षीय रजाइ चलाउन खोज्नेहरुलाई अखिल -क्रान्तिकारी) ठूलो
चुनौती बन्नु स्वभाविक हो । थापाथली, सानोठिमी र पब्लिकयुथ
लगायतका कलेजहरुमा नेविसंघ र अनेरास्ववियूले अखिल -क्रान्तिकारी)
संग भिडन्तमा आउनुको कारण पनि त्यही हो । अर्को अर्थमा त्यो
अग्रगामी र प्रतिगामी, गणतन्त्रवादी र यथास्थितिवादी बीचको
झडप थियो ।
समानुपातिक स्ववियू : नयाँ बहस नयाँ विकल्प
यदि वास्तविक सबै विद्यार्थी संगठनहरुको साझा स्ववियू बनाउने,
विकृति-विसंगति अथवा भ्रष्टाचार, गुण्डागर्दी, तोडफोड आदिको
अन्त्य गर्ने र नयाँ संस्कार, संस्कृतिको निर्माण गर्ने हो
भने अखिल -क्रान्तिकारी) ले ल्याएको नयाँ विकल्प सहितको नयाँ
प्रस्तावलाई सबैले मध्यनजर गर्नै पर्छ । भदौ, २०६४ मा
सम्पन्न हाम्रो केन्द्रीय समितिको ऐतिहािसक चौथो पूर्ण बैठकले
समानुपातिक निर्वाचन प्रणालीमा आधारित स्ववियू चुनाव र निजी
विश्वविद्यालय र क्याम्पसहरुमा पनि स्ववियूको प्रस्ताव पेश
गरेको छ । लाखौंलाख विद्यार्थीहरुको वैचारिक, राजनैतिक र
संगठनात्मक नेतृत्व गर्ने गौरवशाली संगठनको हैसियतले ल्याएको
यो प्रस्ताव आम विद्यार्थीहरुको अपेक्षा र परिस्थिति बमोजिम
छ । त्यसको लागि सबै तहबाट पहल भइरहेको छ । टीयुमा
ज्ञापनपत्र बुझाएको छ । पोखरा विश्वविद्यालय, काठमाण्डौं
विश्वविद्यालय र पर्ूवाञ्चल विश्वविद्यालय, सबैतिर
अन्तरक्रिया, गोष्ठी र छलफलहरु चलिरहेको र सकारात्मक धारणा
बनिरहेको छ । त्यो कार्यान्वयनको लागि पुरानो ऐन, नियमावली
विधि र विधानको परिवर्तन जरुरी छ । त्यसपछि मात्र सबै
विद्यार्थीहरुको प्रतिनिधित्व हुन सक्ने समानुपातिक निर्वाचन
प्रणालीको ढोका खुल्नेछ । कलेज र विश्वविद्यालयहरुमा
क्रियाशील संगठनहरुले चुनाव लड्ने त्यसले प्राप्त गरेको भोट
प्रतिशतको आधारमा सदस्यहरु पठाउने र ती सदस्यहरुको
पदाधिकारीहरु चुन्ने नयाँ प्रक्रियाको थालनी हुनेछ । विगतमा
जस्तै एकजनाले ५,५२५ मत पाएर जितेर कलेजको जङ्गे बन्ने र
अर्कोले ५,५२० मत प्राप्त गरेर पनि स्ववियूमा भूमिका विहिन
हुने विडम्वनाको अन्त्य पनि हुनेछ । सम्पूर्ण विद्यार्थीहरुका
शैक्षिक, प्राज्ञिक र राजनैतिक अधिकारहरुको ग्यारेन्टी हुनेछ
। तब मात्र शैक्षिक वातावरणले सही दिशा लिनेछ ।
त्यसैले अब सम्पूर्ण युवा विद्यार्थीहरुले एकातिर ऐतिहािसक
मूल्य-मान्यताहरुको अनुकरण गरिएको, साझा एवं वास्तविक स्ववियू
निर्माणको लागि एकाधिकार र हैकमवादी प्रवृत्तिका विरुद्ध नयाँ
बहस छेड्नु पर्दछ भने अर्कोतिर विचार, दृष्टिकोण लक्ष्यका
आधारमा संगठनहरुको भेद गर्दै- 'हात्ती र हात्ती छाप चप्पल
उस्तैउस्तै हो' र 'सुनको रंग पहेलो हुन्छ तर पहेलो रंगका सबै
वस्तुहरु सुन होइनन्' भन्ने कुरालाई वैज्ञानिक ढंगले बुभनै
पर्दछ । नयाँ नेपाल र नयाँ स्ववियू जिन्दावाद !
purnasingh06@gmail.com