वर्ष १०, अंक ५, २०६४ पुस १ गते आइतबार  (09 December 07)

HOME ABOUT US

naulojanaubhar@gmail.com

Special Link

राष्ट्रिय मुक्तियुद्धमा देशभक्तिको भावना जुन रूपमा हुन्छ, त्यो अन्तर्राष्ट्रियवादकै व्यावहारिक रूप हुनेछ  -क. माओ

Last updated : 11 Dec 2007

Revolutionary Music

Samana Pariwar

Pratirodh Pariwar

Senchyang Pariwar

Kshitij Pariwar

Jaljala Pariwar

Raktim Pariwar

Vivid Music

Other Language

Song Lyrics

Works

Com. Prachand

Com. Kiran

Com. Baburam

Articles

Com. Mahara

Lema Goyeska

Bashudev Misra

Prakash Sharma

D. Rawol

 

 

 

 

 

 

Documents

12 Point Agreement Decision betweeen SPA and CPNM

Peace Accord

Management of Arms and Armies

नेपालको अन्तरिम संविधान 2063

 

Ideology

Marxism

Leninism

Maoism

Prachandapath

Archive

Press Release

Publications

Martyrs

Photo Gallery

Literature

Documents

Survey

 

Special Archive

 Facilities

Currency Convertor

Date Convertor

Roman to Nepali

Metric Convertor

Nepali Calendar

Language Translation

Live Nepali Tvs

Search engines

Google.com

Yahoo.com

MSN.com

World News

BBC World Service

CNN

Hindustan Times

The Hindu

 

 

रिपोर्ट/फिचर

शिविरमा सामना जनसंगीत साँझ

- डिल्ली मल्ल/दाङ

पश्चिममा र्सूय नअस्ताउँदै बालबच्चाहरु च्यापेर शिविरका पालमुनि कम्बलमा गुटमुटिन पुगिसक्ने नानीका आमाहरु गत सोमबार मध्यरात भैसक्दा पनि झुप्राभित्र पसेका थिएनन् । हिउँदयामको चिसो रात त्यसमा पनि सक्रामको जाडो ! तर कसैले कुनै पर्वाह नै गरेनन् । बच्चाबच्ची काखमा च्यापेका नानीका आमाहरुदेखि जनमुक्ति सेना, स्थानीय केटाकेटी, युवायुवती र बुढाबुढीहरुको भव्य जमघट थियो शिविरमा ।

शिविरको तल्लो छेऊपट्ट िअलि खुल्ला चौरमा एउटा मञ्च बनाइएको थियो । मञ्च अगाडिको ठाउँ दर्शकहरुले खचाखच भरिएको थियो । सिर्रर सिठ्ठकिो काशनसँगै पर्दा खुल्यो र मञ्चमा लस्करै देखिए विभिन्न जातजाति, क्षेत्र र समुदायको भेषभुषा एवं संस्कृति झल्काउने पहिरन र जनमुक्ति सेनाको फौजी ड्रेसमा सजिएका कलाकारहरु !

'मेची-काली सामना जनसंगीत अभियान'को क्रममा दाङ आइपुगेको सामना परिवार केन्द्रीय टोलीका कलाकारहरुले गत सोमबार साँझ जनमुक्ति सेना नेपाल पाँचौ डिभिजन अर्न्तर्गत संक्रामस्थित दीर्घ स्मृति व्रिगेडको शिविरमा भव्य सांगितिक कार्यक्रम प्रस्तुत गरे । गीत-संगीतको माध्यामबाट कलाकारहरुले नयाँ नेपाल निर्माणको लागि नेपाली जनताको अगाडि विद्रोहको विकल्प नभएको पनि उद्घोष गरे । कलाकारहरु आफूमात्रै नाचेनन्, दर्शकहरुलाई पनि नचाए, उत्साहित र उद्वेलित बनाए ।

कहिले हामी पूर्व, कहिले हामी पश्चिम

आईपुग्यौं जितेर मुक्ति लर्डाई

लक्ष्यमा पुग्न बाँकी नै छ अझै

चुम्नु छ हामीले सगरमाथालाई

सारंगी रेट्दै रोल्पाली कलाकार झन्कारले यी हरफहरु गाईरहँदा दर्शकहरु अटेसमटेस गर्दै मञ्च नै भासिने गरी उप|mी-उप|mी नाचे । चिसो-चिसो मौसमलाई संगीतको रमझमले तातो-तातो बनाइदिएको थियो । कलाकारहरुले शान्ति र लोकतन्त्रको नाममा प्रतिगामी तत्वहरुले जनतामाथि लुटपाट, हत्या, आतंक र नरसंहार मच्चाएको बताउँदै अशान्तिको अन्त्य गर्न विद्रोहको बाटो रोज्नुपर्ने बताए -

शान्ति आयो भन्थे कोही यो त खाली झुठो रहेछ,

लोकतन्त्रको नाममा यहाँ जनतामाथि लुट बढेछ

अशान्तिको अन्त्य गर्न नयाँ बाटो खोज्नैपर्छ

साँच्चै शान्ति ल्याउने भए विद्रोह रोज्नैपर्छ

के मधेशी, पहाडी र हिमाली, के पर्ुर्वेली र पश्चिमेली हामी सबै यही धर्तीका सन्तान हौं, कलाकारहरु देशपे्रम र राष्ट्रियताको भाव गीतमा यसरी व्यक्त गर्छन् -

सयौं थरी फूलहरुको फूलबारी हो नेपाल,

जति प्यारो मधेश हामीलाई त्यति पहाड, हिमाल

पर्ूर्वेली हौं पश्चिमेली र हिमाली

यही धर्तीका सन्तान हामी सबै नेपाली

यसका अतिरिक्त पूर्व मेचीदेखि पश्चिम महाकाली, हिमालदेखि तर्राईसम्मका लोक संस्कृतिमा आधारित जीवन्त प्रस्तुतिले दर्शकहरुलाई कहिले पूर्व त कहिले सुदुरपश्चिम पुगेको भान हुन्थ्यो भने कहिले च्याङ्वा र मैच्याङसंग चौरर्ीखर्कमा रमाइरहेझैं लाग्थ्यो । कहिले मधेशी लोगके साथमे राष्ट्रियता र स्वतन्त्रताको निम्ति काँधमा काँध जोडेर जनमुक्ति आन्दोलनमा सामेल भएझै लाग्थ्यो भने कहिले कौडा र मारुनीको तालमा झुमिरहेझैं भान हुन्थ्यो । कलाकारहरुले किराँत समुदायको लोकसंस्कृति साकेलासिली -चण्डीनाच), तामाङ जातिको संस्कृति तामाङसेलो र मारुनी, गुरुङ र मगरहरुको ढुकढुकी कौडा, अनि मध्यपश्चिमको लोक नृत्य टप्पा, मधेशी नृत्यलगायत आक्रोश आवेग र युवा जोशले भरिपूर्ण एक्सन तथा फौजी नृत्यहरु पनि प्रस्तुत गरेका थिए । त्यसका साथै मान्छे भएर पनि दलित वर्गलाई कुकुरभन्दा तल्लो दर्जाको रुपमा गरिएको अपमान र कथित चोखो हिन्दु ब्राह्मणवादी संस्कारप्रति गरिएको चोटिलो व्यङ्यले दर्शकहरुलाई रोमाञ्चित बनाएको थियो ।

सामना परिवारकी गायिका शारदा लिम्बु र गायक धिरेन्द्र कौशल्यले माओवादी युवा नेता नेत्रविक्रम चन्द 'विप्लव' ले लेखेको 'माछी र पानी भने नि हुन्छ, नङ र मासु माने नि हुन्छ, जनता र हाम्रो जीवनयात्रालाई, मन एकै भावना एकै' भन्ने बोलको गीतलाई मञ्चमा उभिएर गाइरहदा दर्शकले एकपटक युद्धकालका कठिन भन्दा कठिन दिनरातहरुको स्मरण गरेका थिए ।

एकातिर शान्ति र लोकतन्त्र आयो भन्दै कोही भोजभतेर र खुसियाली मनाइरहेछन् । अर्कोतिर कपिलवस्तु जलेको छ, मधेश बलेको छ । जीवनसंगी र बाबाआमाकै अगाडि अत्याचारीबाट बलात्कृत बन्नुपर्दाको पीडा, घरबास जलाएर खरानी बनाइ सर्वस्व लुटिँदाको पीडा कस्तो हुन्छ - एकैपटक घरबास खरानी भएको र जीवनसंगीलाई आँखै अगाडि मारिएको पीडामा छट्पटाउँदै रोइरहेकी नारीको चित्कार गीती नाटकमार्फत सजीव ढंगले प्रस्तुत गरिदिदा दर्शकहरुलाई स्तब्ध बनाएको थियो ।

गीती नाटकका अतिरिक्त कलाकारहरुले लोकतान्त्रिक सरकारका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको राष्ट्रप्रतिको गैरजिम्मेवारीपना, बेवास्ता र काँगे्रसी एकाधिकारवादप्रति चोटिलो व्यङ्ग्य गरिएको प्रहसन पनि प्रस्तुत गरेका थिए । कार्यक्रमको आकर्षण बनेको संचालक माइला लामाको कलात्मक उद्घोषण शैलीले दर्शकहरुलाई एकैछिनमा भावुक, एकैछिनमा उत्साहित र उद्वेलित बनाउँथ्यो । कार्यक्रमको बीच-बीचमा कलाकारहरुको परिचय पनि गराइएको थियो ।

संगीतको तालमा दर्शकहरुले साढे ३ घण्टा बितेको पत्तै पाएनन् । उद्घोषक माइला लामाले कार्यक्रमको समापन भैसकेको बताए पनि दर्शकहरु उठ्न मानिरहेका थिएनन् । कलाकारहरुले साढे ३ घण्टाको बीचमा दर्शकहरुलाई एकपल्ट दश वर्षो जनयुद्धको मर्मबोध गराए, युद्धभित्रको दुःख, पीडा, सौर्य, साहस, वीरता र बलिदानको सौर्न्दर्यबोध गराए । कलाकारहरुले गरिखाने वर्गको दिन अझै नआएको बताउँदै सबैखाले प्रतिगामी शक्ति र तत्वका विरुद्धको लर्डाई जारी रहेको सन्देश मात्रै दिएनन् अन्तिम जीत नहुँदासम्म निरन्तर लडिरहने प्रतिबद्धता पनि व्यक्त गरे-

'हामी युद्ध लड्दैछौं, अन्तिमसम्म लडिरहन्छौं

जीत निश्चित हुनेछ पूरा विश्वास छ

एकदिन सफल हुनेछ ।'

पूर्वी नेपालका २ दर्जन बढी स्थानमा लाखौं जनतामाझ च्यारिटी तथा खुल्ला शो सम्पन्न गरिसकेपछि पश्चिम नेपालतिर लागेको टोलीले १२ गते जनमुक्ति सेना पाँचौं डिभिजन अर्न्तर्गत ज्वार स्मृति व्रिगेड तिला, १४ गते डिभिजन मूख्यालय दहवन, १५ गते मंगलसेन स्मृति व्रिगेड उँघा र १७ गते दाङको संक्रामस्थित दिर्घ स्मृति व्रिगेडमा भव्य सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको थियो । परिवारका संयोजक माइला लामाका अनुसार उक्त टोलीले जनमुक्ति सेनाका देशैभरिका शिविरहरु र पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म अभियान सञ्चालन गर्ने कार्यक्रम रहेको छ ।

Revolutionary Links

A World To Win

Revolutionary Worker

Maoist Revolution

Li Onesto.net
Krishnasen Online

Janadesh Weekly

Janasandesh National Daily

Jana Ubhar Weekly

Jana Awhan Weekly

INSOF

NPPF Belgium

Online Links

Krishnasen Online

Nepalisandesh

INSN

Samudaya

Samudrapari.com

Kantipur Online

Nepalipost

Khojtalas Online

Nepalnews

Enepalnews

Dcnepal.com

NepalJapan

News of Nepal

Hknepal.com

Himal Khabar

Gorkhapatra

Janaandolan.com

Blog Sites

Focus Blog

Krantikari

Mero Sansar

Blogger's Nepal

Ratnapark

Daily Newspapers

Yougbodh National Daily

Kantipur daily

Kathmandu Post

Nepal Samacharpatra

Annapurna Post

Rajdhani

Mahanagar

Sandhya Times

The Himalayan Times

Gorkhapatra

The Rising Nepal

Khojtalash

Weekly Newspapers

Janadesh Weekly

Dristi Weekly

Jana Aastha

Janadharana

Budhbar

Nepal National Weekly

Deshantar

Gorkha Express

Disha Nirdesh

Nispaksha

Yug Sambad

Telegraph

Samaya

Kantipur Weekly

Spotlight

Tashapawa

Gatibidhi

Kathmandu Today

Half Monthly/Monthly

Himal Khabarpatrika

Himal Magazine

Madhuparka

Yuba Mancha

Nari

Wave

Kamana

Muna

New Business Age

Nepal Traveller

Sadhana

Online Radio/Television

BBC Nepali

BFBS Gurkha Radio

Radio Dovan

Radio Sagarmatha

Sagarmatha Television

Nepal Television

Kantipur Television

Nepal One Television

Live Nepalese Televisions

Entertainment/Vivid

Cyber Sansar

Nepalisongs.com

Nepali ecards.com

Khattam.com