वर्ष १०, अंक ५, २०६४ पुस १ गते आइतबार  (16 December 07)

HOME ABOUT US

naulojanaubhar@gmail.com

Special Link

राष्ट्रिय मुक्तियुद्धमा देशभक्तिको भावना जुन रूपमा हुन्छ, त्यो अन्तर्राष्ट्रियवादकै व्यावहारिक रूप हुनेछ  -क. माओ

Last updated : 17 Dec 2007

Revolutionary Music

Samana Pariwar

Pratirodh Pariwar

Senchyang Pariwar

Kshitij Pariwar

Jaljala Pariwar

Raktim Pariwar

Vivid Music

Other Language

Song Lyrics

Works

Com. Prachand

Com. Kiran

Com. Baburam

Articles

Com. Mahara

Lema Goyeska

Bashudev Misra

Prakash Sharma

D. Rawol

 

 

 

 

 

 

Documents

12 Point Agreement Decision betweeen SPA and CPNM

Peace Accord

Management of Arms and Armies

नेपालको अन्तरिम संविधान 2063

 

Ideology

Marxism

Leninism

Maoism

Prachandapath

Archive

Press Release

Publications

Martyrs

Photo Gallery

Literature

Documents

Survey

 

Special Archive

 Facilities

Currency Convertor

Date Convertor

Roman to Nepali

Metric Convertor

Nepali Calendar

Language Translation

Live Nepali Tvs

Search engines

Google.com

Yahoo.com

MSN.com

World News

BBC World Service

CNN

Hindustan Times

The Hindu

 

 

जनजाति

आदिवासी, स्वायत्तता र आत्मनिर्णयको अधिकार- एक चर्चा

- वसन्त घर्तिमगर

नेपाली समाजको बनोट र विषेशताको आधारमा नयाँ नेपाल निर्माण गर्ने "केन्द्रीय बहसको पेचिलो स्थितिमा नेपाली राजनीतिक शक्तिहरुबीच, "नयाँ नेपाल भनेको कस्तो - कसरी - र किन -" को गर्मागर्मी छलफल चलिरहँदा जातीय र क्षेत्रीय स्वायत्तताको प्रश्नहरुले पनि बहसको केन्द्रमा प्रवेश गर्दै गएको देखिन्छ । राज्यको शासन प्रणाली एकात्मक बनाउने वा सुधारात्मक बनाउने छलफल जनस्तरसम्म व्यापक बहस चलिरहेको यसै सन्दर्भमा नेपाली राजनैैतिक खेल मैदानमा उत्रेको आदिवासी जनजातिको जातीय, क्षेत्रीय स्वायत्त शासन र आत्मनिर्णयको अधिकार र संघीय गणतन्त्र नेपाल बीचको अन्तरसम्बन्ध र अन्तर जातियताको छोटो चर्चा गर्न यहाँ सान्दरि्भक ठान्दछु ।

१. जातीय, क्षेत्रीय र प्रादेशिक स्वायत्त शासनबारे

नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक, सामाजिक र सांस्कृतिक विशेषताले हराभरा प्राकृतिक सुन्दरताको आकर्षणको केन्द्र एउटा सुन्दर मानव फुलबारी हो । जसरी एउटा फुलबारीमा धेरै जातका फुलहरु ढकमक्क फुलेको आकर्षक बगैंचाले महत्व र आकर्षण बढाउँछ ठिक त्यसरी नै एउटा सानो देशमा धेरै जातीको बसोबासले धेरै भाषा, धेरै संस्कृति फैलिरहँदा मौलिंदा त्यस देशको सान बढ्छ । एउटा मात्र पनि जातीको विकास र एउटा मात्र जातको फूलबाट देशको शान र बगैंचाको महत्व बढाउँदैन । प्राकृतिक नियम र मान्यताकै आधारमा पनि नेपालमा बहुजातीय विशेषता र बनोट भएकाले सबै जातिको भाषा, भुमि र संस्कृति माथिको अधिकार समान हुन जान्छ । समान अधिकार पाउन समान सोचाई पनि खाँचो पर्छ । तर विडम्वना "नेपाली समाज अनुरुपको नेपाली शासन" नहुनु नेपालकै दर्ुभाग्य बन्न पुगेकोे छ । नेपाली समाज आदिवासी जनजाती -ंमंगोलीयन अस्त्रोद्रविडियन मूलका मानव समुदाय) र आर्यन जाती बाहुन, क्षेत्री र दलित समुदाय) बीचको आपसी अन्तरसम्बन्ध र अन्तरविरोधकै बीचबाट गुज्रिंदै यो स्थितिसम्म आइपुगेको छ । यहाँ हजारौं हजार वर्षदेखि भुमि आवाद गरी वस्ती बर्साई भुमिलाई हराभरा र उर्वर बनाउने समुदाय आदिवासी जनजाति समुदाय नै हो । यिनै समुदायको आफ्नो भाषा र संस्कृतिबाट आजको नेपालको गाउँ वस्ती, पाखापखेरा, नदी नाला, बाटो घाटो र पानी पधेराहरुको नामाकरण गरिएको छ र्।र् इतिहास आज पनि सत्यतथ्य पेश गरिएको छ । यी आदिवासी जनजातीहरु नेपाली भुमिका भुमिपुत्र हुन् । नेपाली राजनैतिक सत्ताका हकदारी हुन् ।

आजभन्दा करीब एकहजार वर्षको सेरोफेरोबाट नेपालीको भुमि र वस्ती दक्षिण एसियाको भारत भुमिबाट हिन्दु, मुस्लिमको धार्मिक युद्धमा पराजित भएर शरणको रुपमा उत्तरी पहाडि भूभाग गंगा मैदानबाट पूर्वी काश्मीरबाट नेपाली भूमिमा आर्यन समुदायका बाहुन, क्षेत्री र ठकुरी लगायत सबै क्षेत्रीहरु र दलितहरु नेपालका आदिवासी जनजातीहरुको जातीय कविलायी गणराज्यहरुमा प्रवेश गरेको पाइन्छ । त्यसपछि एकल जातीय समुदाय बहुजातीय समुदायमा विकास हुँदै गए । फरक भाषा, संस्कृति र मनोविज्ञान भएका विपरित भावनाका समुदायहरुबीच घुलमिल र अन्तरघुलन हुन जटिलताहरु पैदा हुँदै गएको देखिन्छ । आदिवासी जनजातिहरुको कविलायी गणराज्यहरु ज्ास्तैः मगर जातीको आदिम कविलायी गणराज्य- मगराँत गणराज्य, गुरुङ -तमु)को तमुवान, थारुको थारुवान, तामाङको तामाशालीङ, नेवारको नेवा, र्राई लिम्बुको किँरात जस्ता जातीय कविलायी गणराज्यहरुमा भारत भुमिबाट-शरणार्थीहरुको रुपमा प्रवेश गरेका आर्यमूलका समुदाय र आदिवासी मूलका समुदायहरुबीच मिलनभूमि बन्न पुग्यो ।

आदिम साम्यवादी विशेषता सामुहिक र सरल जीवनशैली, सामुहिकतावादी भावना र विचारद्वारा निर्देशित समुदाय आदिवासी जनजाति समुदाय भएकाले आदिम कविलायी गणराज्यमा विचार सामुहिक, संस्कार सामुहिक र भावना पनि सामुहिक भएकोले उत्पादन पद्धति पनि सामुहिक रहेको स्थितिमा आदिवासी विचार संस्कार र मान्यताबीचको अन्तरघुलन, अन्तरसम्बन्ध, अन्तरविरोधकै गतिमा नेपाली समाज अगाडि बढ्दै गयो । आदिवासी जनजातिहरुको कविलायी गणराज्यहरुमा जम्माः मगराँत, थारुवान, तमुवान, नेवा, किराँत, ताम्वाशालिङको गणराज्य अस्तित्वमा भइरहेकै बेला शासक आदिवासी-शासित आप्रवासीको रुपमा नेपाली समाजको विकासको गति अगाडि बढ्दै गयो । समाज विकासकै नियमअनुसार संसारको गतिशिलताको नियमअनुसार सामन्तवादी सत्ता संचालन गरी राजकीय मामिलामा पार भैसकेका आप्रवासी आर्यनहरु- वाहुन, क्षेत्री र ठकुरीहरु र आदिम कविलायी साम्यवादी विशेषता र मान्यतामा आधारित कविलायी आदिवासी जनजातिहरु- मगर, तमु, नेवार, थारु, तामाङ र र्राई लिम्बु) बीच अन्ततः विचार संस्कार र राजनैतिक मान्यताकै अन्तरविरोध बढ्दै गयो । अगुवा कुलिन तप्काहरु ऋषिमुनिको साहारामा छलकपटपूर्ण चालवाजीहरु बढाउँदै कतै छलको आधारमा र नाताकुटुम्बर्,र् इष्टकुटुम्ब बनाएर त कतै बल प्रयोग समेत गरी -कुटेर, मारेर) निरन्तर सत्ता कब्जागरी आर्यनहरु लागे । आदिवासी जनजातिहरु मध्य मगरजातिको राज्य मगराँत गणराज्य शुरुमा करीब वि.स. ११औं, १२औंको शताब्दीतिर कब्जा हुन थाल्यो । राप्ती र धौलागिरी क्षेत्रमा फैलिएको अठार मगराँत राज्य र गण्डकी लुम्विनी क्षेत्रमा फैलिएको १२ मगराँत राज्यहरु मध्य अठार मगराँत शुरुमै कब्जामा परेपछि क्रमसः वि.सं. १७औं शताब्दीमा -वि.सं. १६१०-१६१६) लिगलिगकोटे घले मगर राजा र माझकोटका मानसिंङ खड्डा मगर राजालाई छलपूर्वक काटेर मारेको स्थितिसम्म हर्ेदा मगराँत गणराज्य १२औं देखि १७औं शताब्दी करीब पाँच सय वर्षको बीचमा सबै मगराँत भूमि सत्ता गुमेको देखिन्छ । क्रमशः अन्य जातिहरुको पनि गुम्दै गएको देखिन्छ ।

मगरहरुको राज्य कब्जा गर्ने आर्यनहरुमा खस र मल्ल, सेन र शाहहरु देखिएका छन् । अठार मगराँत मल्ल र सेन बाह्र मगराँत सेन र शाहहरुले कब्जा गरेकोर् इतिहास छ । मगरको अन्तिम राज्यसंचालक गोर्खाका माझकोटे राजा मानसिंह खड्डा मगर र लिगलिगका घलेमगर राजाहरुल्ााई कुलमण्डन खानका कान्छा छोरा द्रव्य शाह -खान)ले क्रुरतापूर्वक, छलपूर्वक राज्य कब्जा गरेका थिए । पूर्वमा किराँत गणराज्य त भर्खरै पृथ्वी नारायण शाहकै पालामा बल र छलपूर्वक कब्जा गरिएको हो । आदिवासी जनजातिहरुको आदिम कविलायी गणराज्यहरु सबै कब्जा गरिसकेपछि मल्ल, सेन र शाहहरुले आ-आफ्नो राज्यविस्तार अभियानमा लागे र मल्ल र सेनहरुको २२से र २४से राज्यहरु बन्दै गए । पछि समाज विकासकै नियमअनुसार विकेन्द्रित राज्यहरुलाई केन्द्रित गर्ने उद्देश्य सहित शाहवंशीय राज्य पृथ्वीनारायण शाहले नेपाल एकिकरण र भूमिमा मात्र एकिकरण बाँकी सबै भावनामा क्षेत्रिकरण गरेको, आदिवासीहरुको भावना चिरेको गोरखा साम्राज्य एवं शाहवंशीय साम्राज्य विस्तार गरी पृथ्वी नारायण शाहले भुगोलमा विशाल नेपाल त बनाए तर भावनामा छुद्र नेपाल खसान अधिनायक नेपाल ब्राह्मणवादी संस्कार -करीब ४ हजार वर्ष पुरानो मनुऋषिको घोर सामन्ती र अमानवीय विचार र संस्कारको जातिवादी नेपाल अन्तमा हिन्दु अधिराज्य नेपाल बनाए र खसान भाषा, नेपाली भाषा, खसान संस्कृति, नेपाली संस्कृति, खसान वस्ती, बाहुनको वैचारिक सत्ता र खसान मल्लसेन र अन्तमा शाह मात्रैको सत्ता संचालन गर्दै शाहवंशीय राजा महाराजाको एकाधिकार रहेको सबै खसानहरु शोषित र आदिवासीहरु उत्पिडित समुदायको स्तरमा पुगेको अवस्था अहिलेको अवस्था हो ।

जुम्ला र दार्चुलामा बस्ने आर्यन -वाहुन र क्षेत्री) र छुतमा परम्परा आर्यन कै बीचमा शासक र शाषित समुदाय बन्न पुग्यो । यसरी स्वयं गाउँले, अशिक्षित र्रर् इमान्दार सोझो खसान समुदाय माथि सहरिया शिक्षित र बेइमान फटाहा खसानहरुले हुकुमी शासन चलाउँदै जाँदा देश सामन्तवादको भुमरीमा जाकियो र जातीय असमानता र अत्याचारपछि गएर क्षेत्रीय असमानता र अत्याचारमा विकास हुँदै गयो । कर्णाली क्षेत्र काठमाण्डौं राजधानीको अन्याय र अत्याचारमा बाँचिरहनु पर्ने स्थिति सिर्जना भो । कतिसम्म राज्यका मालिकहरु निष्ठुरी र कपटी बनेको मधेस भूमिमा स्थाई बसोवास गर्दै आएका युगौंयुगका पुरानो जनसमुदाय मधेसी समुदायहरुले आफ्नै देशमा शरणार्थी हुनु पर्‍यो । मित्र भाषा संस्कृति भएकै भरमा फरक व्यवहार हुँदै काठमाण्डौंसँग देश विरोधी बन्न पुग्यो । आज देशमा जातीय भेदभावमा मात्र होइन क्षेत्रीय भौगोलिक भेदभाव पनि व्यापक बनेर गएको छ । देश अब विद्रोहको मुखमा पुगेको छ ।

मानव समाज विकासको नियम र मान्यताको गतिलाई कुनै पनि तानाशाह शासकहरुले रोक्ने दुश्साहस गरे पनि रोक्न सक्दैनन् र सकेको इतिहास पनि छैन । नेपाल अब दर्ुइ सय वर्ष अगाडिको युरोपियन पूँजीवादी क्रान्तिको बाटोमा अघि बढ्दैछ । ६०/८० वर्ष अगाडि रुस र चीन जस्तै विद्रोहको बाटोमा अगाडि बढ्दैछ । त्यसैले राजामहाराजाहरुको एकाधिकार र सामन्ती अधिनायकवादी एकात्मक राज्यसत्ताको अवस्था र जनताको जनवादी र संघात्मक राज्यसत्ताको स्थापना वस्तुगत रुपले नेपाली समाजको युग सुहाउँदो राज्यप्रणाली बन्न पुग्ोको छ । समयकोे गतिसंगै आउने परिवर्तनलाई रोक्न खोज्नु हत्केलाले र्सर्ूयलाई छेक्न खोज्नु बराबर मूर्खता सावित हुनेछ । नेपाल सामन्तवादी युगबाट पँुजीवादी जनवादी युगमा प्रवेश गरिसक्यो । यहाँको राज्य सबै उत्पीडित जाती, क्षेत्र र उत्पीडित जनताको हुने भयो । राष्ट्रिय राज्य बनाउन जनता व्रि्रोेहको दिशामा अगाडि बढिसके यही हो क्रान्ति र परिवर्तनको सार । विद्रोह जनताको अधिकार हो । जातीय र क्षेत्रीय स्वायत्तता आजको आवश्यकता हो ।

२. आत्मनिर्णयको अधिकारबारे

सामान्यतः संयुक्त राष्ट्रसंघको परिभाषामा आत्मनिर्णयको अधिकार भनेको उत्पिडित जातीय समुदाय एवं श्रमिक जनताले आपनो भाग्य र भविष्यको लागि आफैले फैसला गर्न पाउने एवं आफ्नो बारेमा आफैले निर्णय लिन पाउने अधिकार भन्ने बुझिन्छ । यसलाई भौतिकवादी द्वन्द्ववादले जनताको मूख्य अधिकार राजनैतिक अधिकार भनेर पनि परिभाषित गर्दछ । तर नेपाली जनता एवं आदिवासी जनजातीको हकमा यो अधिकार भनेको सामाजिक, राजनैतिक, सांस्कृतिक, आर्थिक समग्र अधिकार सुनिश्चित एवं ग्यारेण्टी गर्ने अधिकार हो । उत्पीडित जाती र क्षेत्रका जनतालर्ेर् इतिहासमा आपनो गुमेको हक अधिकार बहाली गर्ने, दबिएको भावना प्रष्फुटन गर्ने, बन्धक जीवन मुक्तिको जीवनमा बदल्ने, अधिनायकवादी सत्ता एवं शासन प्रणालीलाई लोकतान्त्रिक गणतन्त्रात्मक सत्ता एवं संघीय शासन प्रणाली बनाउने । नयँँ युगको नयाँ आह्वान सहितर् इतिहासको नयँँ अभिभारा पूरा गर्न नेपाली जनताको नयँँ विचार र चाहाना पूरा गर्न, नयाँ नेपाल बनाउने विचार र चाहनाको प्रयोग गर्न पाउने अधिकार नै आत्मनिर्णयको अधिकार हो । सारमा आत्मनिर्णयको अधिकार जातीय/क्षेत्रीय स्वायत्तता प्राप्त गर्ने अधिकार हो । आत्मनिर्णयको अधिकारको सिद्धान्तलाई स्वीकार गर्दै जातीय र क्षेत्रीय आधारमा संघीय गणतन्त्रको नयँँ नेपाल बनाउने अधिकार नै वास्तविक अधिकार हो । यसलाई कसैले आग्रह, पर्ूवाग्रह संकिर्णताको दृष्टिकोण लगाउनु जरुरी छैन । नेपाली समाजको बनोट र विशेषतासंग फिट खाने विचार नै आत्मनिर्भरताको अधिकार हो । यहाँ आत्मनिर्णयको अधिकार प्रयोग गर्नु पर्ने क्षेत्र भनेको उत्पीडित जाती र क्षेत्रका जनताको अधिकार सुनिश्चित गर्ने क्षेत्र नै हो । नेपाल राज्यबाट मगराँत, तमुमान, किराँत, थारुवान र मधेश राज्य अलग गर्ने र टुत्रयाउने विखण्डन गर्नेसंग हाम्रो सम्बन्ध छैन । बरु हजारौै वर्षसम्म टुक्रिएको छियाछिया परेकोे आदिवासी जनजातीको भावनालाई कुशलतापूर्वक जोड्ने हो । उत्पीडित जाति र क्षेत्रका स्वाभिमानी नेपाली जनतालाई तलदेखि माथिसम्म, धनीदेखि गरीबसम्म, गाउँलेदेखि शहरियासम्म सबैलाई राजनैतिक अधिकार समान बनाई भावनात्मक एकता पैदा गरेर जातीय/क्षेत्रीय स्वायत्त शासन र आत्मनिर्णयको अधिकार दिएर बृहत र वास्तविक राष्ट्रिय एकताको जग बसाउने उद्देश्य र लक्ष्य नै हामी सबैको हितमा हुनेछ । पृथ्वी नारायण शाहले २३९ वर्षसम्म छियाछिया पारेको जातीय भावनालाई जोड्ने, भावनात्मक एकताको आधारमा भुगोलको एकता मजबुत पार्ने विचार नै नयाँ विचार हुनेछ । चीन र रुसमा जे गरे भारत र अमेरिकामा जस्तो छ, त्यस्तै गर्ने र बनाउने गलत र मार्मिकतावादी सोचाईसंग आत्मनिर्णयको अधिकार र जातीय/क्षेत्रीय स्वायत्तताको सम्बन्ध छैन । यसको माग नेपाली समाजको बनोट र विशेषताको आधारमा नेपाली स्वाभिमान, नेपाली राष्ट्रियता र नेपाली मौलिकतासंग भएको गहिरो सम्बन्ध छ । २१औं शताब्दीको नयँँ विचार भनेको जातीय/क्षेत्रीय भावना र भेदभावलाई अन्त्य गरी सशक्त र शक्तिशाली नयँँ नेपाल सम्पूर्ण गरीब जनता, वेरोजगार जनता र अधिकारविहिन जनताले अधिकार पाएको राष्ट्रिय एकता र अखण्डताको नेपाल बनाउने विचार हो ।

Revolutionary Links

A World To Win

Revolutionary Worker

Maoist Revolution

Li Onesto.net
Krishnasen Online

Janadesh Weekly

Janasandesh National Daily

Jana Ubhar Weekly

Jana Awhan Weekly

INSOF

NPPF Belgium

Online Links

Krishnasen Online

Nepalisandesh

INSN

Samudaya

Samudrapari.com

Kantipur Online

Nepalipost

Khojtalas Online

Nepalnews

Enepalnews

Dcnepal.com

NepalJapan

News of Nepal

Hknepal.com

Himal Khabar

Gorkhapatra

Janaandolan.com

Blog Sites

Focus Blog

Krantikari

Mero Sansar

Blogger's Nepal

Ratnapark

Daily Newspapers

Yougbodh National Daily

Kantipur daily

Kathmandu Post

Nepal Samacharpatra

Annapurna Post

Rajdhani

Mahanagar

Sandhya Times

The Himalayan Times

Gorkhapatra

The Rising Nepal

Khojtalash

Weekly Newspapers

Janadesh Weekly

Dristi Weekly

Jana Aastha

Janadharana

Budhbar

Nepal National Weekly

Deshantar

Gorkha Express

Disha Nirdesh

Nispaksha

Yug Sambad

Telegraph

Samaya

Kantipur Weekly

Spotlight

Tashapawa

Gatibidhi

Kathmandu Today

Half Monthly/Monthly

Himal Khabarpatrika

Himal Magazine

Madhuparka

Yuba Mancha

Nari

Wave

Kamana

Muna

New Business Age

Nepal Traveller

Sadhana

Online Radio/Television

BBC Nepali

BFBS Gurkha Radio

Radio Dovan

Radio Sagarmatha

Sagarmatha Television

Nepal Television