विचार
पुच्छरवाद र क्रान्ति
- नेत्रविक्रम चन्द 'विप्लव'
पुच्छरवाद क्रान्तिको समस्या हो । क्रान्ति सम्पन्न गर्दा
मार्क्सवाद र पुच्छरवादको बीचमा भिडन्त हुने गरेको छ ।
इतिहासदेखि नै नेपाली क्रान्तिहरुमा पुच्छरवाद जटिल समस्याको
रुपमा देखिएको छ । यसको विरुद्ध वैचारिक, राजनैतिक र
व्यावहारिक संघर्ष जोडतोडले नछेड्ने हो भने क्रान्ति नै
धरापमा पर्ने खतरा छ ।
'हाम्रो राजनीति मजदुर राजनीति हुनुपर्दछ । मजदुर पार्टीले
यस अथवा त्यस बुर्जुवा पार्टीको पुच्र्टीले यस अथवा त्यस
बुर्जुवा पार्टीको पुच्छरमा झुण्डिने होइन, त्यसले त आफुलाई
एक त्यस्तो स्वतन्त्र पार्टीको रुपमा निर्माण गर्नुपर्दछ ।
जसको आफ्नै लक्ष्य र राजनीति हुनुपर्दछ ।' -मार्क्स, एंगेल्स
संकलित रचना)
१. पुच्छरवाद अर्थात् पिछलग्गु विचार अर्काको पुच्छर बन्ने,
पछि-पछि लाग्ने या अर्कासँग नुहुने प्रवृत्ति हो । अर्को
शब्दमा भन्दा कसैको पुच्छरमा झुण्डिएर काम पूरा गर्न चाहने
सोचाइ हो यो । यसले आफ्नो मूल्यमा त्यस्ता विचारको केही मतलव
राख्दैन, आफुलाई फाइदा हुन्छ भन्ने लाग्यो भने या अर्काको
पुच्छर समातेर जान सकिन्छ भन्ने लाग्यो भने उतै हाम्फाली
दिन्छ र महान् उद्देश्य र अभियानलाई चौपट पारिदिन्छ । यो
प्रवृत्तिले आफ्नो विचार, आफ्नो मूल्य, आफ्नो स्वत्व र
क्ष्ँमतामा विश्वास राख्दैन । आफुभन्दा बलियो र शक्तिमा रहेको
प्रवृत्ति छ र त्यसले पुच्छर बनाउन चाह्यो भने यो त्यसकै पछि
लागेर पार लागि हालिन्छ भन्ने ठान्दछ । तर, पुच्छरवादमा कुनै
अडान, दृढता, उद्देश्यप्रति र्समर्थन हुदैन, अस्थिर र रंगीन
हुन्छ । परिस्थिति अनुरुप जता पनि ढल्किन सक्छ र जो सँग पनि
मिल्न पुग्छ । यसले गर्दा यो सबैको आँखामा अविश्वासिलो र
हल्का हुन्छ । फलतः कोही शक्तिसँग पनि पुच्छरवाद भरपर्दो
बन्न सक्दैन । पुच्छरवादी अरुबाट उपयोग त हुनसक्छ तर आफै भने
चर्चा परिचर्चामा परे पनि लक्ष्यमा सफल हुन सक्तैन । अन्ततः
पुच्छरवाद आफ्नो स्थानबाट डरलाग्दो गरि चिप्लिएर बजारिन
पुग्दछ र अवशान हुन्छ ।
राजनैतिक आन्दोलनमा पुच्छरवादले एउटा वर्गचरित्र र
प्रवृत्तिको प्रतिनिधित्व गर्दछ, यो दुनियाँ भरि पाइने
प्रवृत्ति हो र कुनै पनि आन्दोलन यसबाट बच्न सक्दैन । यर्सथमा
पुच्छरवादलाई एउटा राजनैतिक प्रवृत्तिमा बुझ्न सकिन्छ ।
रणनीतिमा यो शब्दको प्रयोग मार्क्स, एंगेल्स, लेनिनले
स्पष्टसँग गर्नुभएको छ । विचारकहरुको विचारमा पुच्छरवाद
अन्तर्राष्ट्रिय, राष्ट्रिय बर्ुर्जुवा र सामन्ती वर्गहरुको
पिछलग्गु बन्ने प्रवृत्ति हो । जनतामा विश्वास गरेर मजदुर,
किसान र उत्पीडित वर्गमा विश्वास गरेर आफ्नो क्रान्तिको
स्पष्ट कार्यनीति र रणनीति बनाएर लाग्नुको सट्टा कहिले कुनै,
कहिले कुनै बर्ुर्जुवाहरुको पछाडि कुद्ने प्रवृत्ति हो । यो
प्रवृत्तिले संसँर भरिका क्रान्तिमा सताएको छ, बाधा पारेको छ
र क्षति गरेको छ । अझ यो प्रवृत्तिले मजदुर आन्दोलनमा र
कम्यूनिष्ट आन्दोलनमा धेरै सताउने र हानी गर्ने गरेको छ ।
त्यसैले मार्क्स, एंगेल्स र लेनिन सबैले पुच्छरवादको व्यापक
भण्डाफोर गर्नु भयो र सबैलाई पुच्छरवादसँग लड्न आग्रह
गर्नुभयो ।
२. पुच्छरवाद नेपाली राजनैतिक आन्दोलनको ठूलो समस्या हो । ६०
वर्षको राजनैतिक संघर्षमा जनता राजनैतिक पार्टीहरुको पक्षमा
उत्रिए । संघर्षबाट सत्तासिन शाषकहरु -राणा, राजा, सामन्तहरु)
घुँडा टेक्न पुगे तर सत्तामा क्रान्ति भएन र जनताको जीवनमा
पनि क्रान्ति भएन । एकपछि अर्को धोका र विपत्ति नै आइलागे ।
यसको कारणमा पुग्ने हो भने देख्न सकिन्छ कि पुच्छरवाद धेरै
हदसम्म जिम्मेवार छ । राजनैतिक पार्टीहरु प्रायः भारतको
पुच्छरमा झुण्डिएर सत्तामा पुग्ने या अस्तित्वमा रहने स्थिति
आयो । नारा प्रजातन्त्रको दिदै काम पूरै पुच्छरवादी बन्ने र
उनीहरुको आशिर्वादमै भर पर्ने भयो । जब भारतको स्वार्थ पूरा
गर्ने स्थिति रहदैन तब फेरि दरबार वा यथास्थितिवादीहरुको
पुच्छर बन्ने स्थिति देखा पर्यो । दरबारसँग जाँदा नारा
राष्ट्रियताको दिने र काम पुच्छरको गर्ने भयो । चाहे
काँग्रेस, चाहे कम्यूनिष्ट उनीहरु जहिले पनि या भारतको या
दरबारको पुच्छर बनेर टिक्ने र चल्ने स्थिति रह्यो । आफ्नो
छुट्टै राजनैतिक, आर्थिक र विचारधारात्मक रणनीति र
कार्यनीतिमा दृढतापूर्वक बढ्न सकेनन् । कहिलेकाँही बढ्न
खोजेपनि नेतृत्व तहमा रहेको पुच्छरवादले एउटाको आड् दिन
पुग्ने र सिंगो आन्दोलन डामाडोल हुने भयो । ००७ सालमा संघर्ष
भयो तर नेपाली कांग्रेसमा रहेको पुच्छरवादले गर्दा राजासँग
साँठगाँठमा टुङ्गयिो र राजाले त्यसपछि फाइदा लियो । ०३६ सालमा
संघर्ष भयो । नेपाली कांग्रेस र त्यहीबेलाका प्रायः
कम्यूनिष्टहरुमा रहेको पुच्छरवादले गर्दा तुहियो । ०४६ सालमा
जनआन्दोलन चल्दै थियो । कांग्रेस र वामहरुमा रहेको
पुच्छरवादले गर्दा असफल भयो । ०६२/०६३ मा जनआन्दोलन भयो, यसमा
पनि पुच्छरवादले निकै अप्ठ्यारो पारेको छ र देश अकर्मण्यतामा
कँुदिरहेको छ ।
३. यतिबेला पुच्छरवाद र क्रान्ति टकराइरहेको छ । क्रान्तिले
गति लिन खोज्छ र आफुलाई पूर्णता दिन चाहन्छ तर पुच्छरवादले
गोलचक्करमा फसाउन र भाँड्न चाहन्छ । जनयुद्ध स्थगित भएको,
जनआन्दोलन रोकेको र शान्ति प्रक्रिया शुरु भएको दर्ुइ वर्ष
भएको छ । तर क्रान्ति पूर्णतातिर होइन गोलचक्करमा पर्दैछ ।
अनेकौं रंगीविरंगी पुच्छरवादी तर्कहरुले देशलाई घुमाइदैछ ।
पुच्छरवादीहरुले छोडेका 'लोकतन्त्र र गणतन्त्र' का
दर्ुगन्धित प्रचारले जनतालाई सास फर्ेन पनि गाह्रो होला जस्तो
भइसक्यो । पार्टीहरुमा पुच्छरवाद यसरी झांगिदैछ कि उनीहरुले
जनमतलाई हर्ेन पनि छोडिसके, गाउँघर र कार्यकर्ताहरुको स्थिति
के छ - बुझ्न पनि नचाहने भइसके, युद्ध र आन्दोलनमा शहीद भएका,
घाइते भएका र वेपत्ता पारिएकाहरुको चर्चा गर्न पनि गाह्रो भयो
। पुच्छरवादीहरु दिल्ली दरबार र वासिङ्गटनतिर यसरी बतासिएका
छन् कि खाना खाने र दिशा पिसाब जान पनि उनीहरुकै आदेश
चाहिन्छ जस्तो । मालिकहरुले भने खसालिदेला र खाउँला भनेर घोडा
पछाडि कुद्ने स्याललाई घोडाले नखसाली दिएर हैरान पारेजस्तो
हैरान पारिरहेका छन् । उनीहरु यो कुना र त्यो कुना हिड्दछन्
। कहिले एउटा कहिले अर्को हाउभाउ र शैलीमा देखिन्छन् ।
पुच्छरवादीहरु उतै हुरिदै हैरान भएका छन् तर जनतालाई भने अब
हुन्छ, गरिदैछ भन्न छोडेका छैनन् । यसले जनतामा स्वभावतः
आशंका जन्माएको छ ।
यो पुच्छरवादको सबैभन्दा ठूलो प्रतिनिधि नेपाली कांग्रेस भएको
छ र क्रमशः एमाले र अन्य दलहरु बनेका छन् । हाम्रै पार्टीकै
हकमा पनि निकै प्रश्नहरु उठ्ने र सुल्टिने हुँदै आएको छ ।
४. मार्क्सवाद र पुच्छरवाद विपरित हुन् । मार्क्सवाद क्रान्ति
हो र पुच्छरवाद प्रतिक्रान्ति हो । मार्क्सले क्रान्ति गर्छ,
पुच्छरवादले प्रतिक्रान्ति गर्छ । त्यसैले मार्क्सवाद र
पुच्छरवादको बीचमा लगातार संघर्ष चलिरहेको छ । यो पनि सत्य
हो कि पुच्छरवादको हल पनि मार्क्सवाद नै हो । जब राजनीतिमा,
क्रान्तिमा, आन्दोलनमा मार्क्सवाद प्रयोग हुन्छ अर्थात् जनतमा
विश्वास गर्ने, मजदुर, किसानमा भर पर्ने, महिला, दलित,
जनजातीमा भर पर्ने विचार प्रयोग हुन्छ, पुच्छरवाद हल हुन्छ ।
यसको मतलब विरोधी राज्यसँग र विभिन्न वर्ग -प्रतिक्रान्तिकारी
बाहेक) सँग छलफलमा रहनु हुदैन भन्ने होइन, यहाँ सम्बन्ध गर्ने,
कूटनीति गर्ने र समन्वय गर्ने, सम्झौतावादमा फस्नेमा अन्तर छ
। समन्वय गर्ने, सम्झौतामा फस्ने हो भने पुच्छरवाद नै हावी
हुन पुग्दछ । यसको विरुद्ध मार्क्सवाद प्रयोग गनै पर्छ ।
वैज्ञानिक विचारका संस्थापक मार्क्स, एंगेल्सले समकालिन
अवस्थाको पुच्छरवादसँग यसरी नै लड्नुभयो । उहाँहरुले कतै पनि
सिद्धान्त, विचार र कार्यक्रममा पुच्छरवादलाई छुट दिनु भएन ।
उहाँहरुले लगातार जोड दिनुभयो कि सर्वहारावर्ग सँग,
कम्यूनिष्ट पार्टीसँग बर्ुर्जुवा वर्गको पछि लाग्नु नपर्ने
स्पष्ट र स्वतन्त्र कार्यनीति र रणनीतिहरु हुनर्ुपर्दछ, छैन
भने पनि त्यो बचाउने तर्फ नै जोड दिनर्ुपर्दछ । त्यस्तै
लेनिन र माओले पनि बीसौं शताब्दीका मध्य र उत्तर्रार्द्धमा
पुच्छरवादसँगको संघर्षलाई धारिलो बनाउनु भयो । लेनिनले
काउत्स्की र मेन्सेविकहरुको पुच्छरवादलाई ध्वस्त पारिदिनुभयो
। रुपमा कुरा क्रान्तिकारी गर्दै काम पूरै दक्षिणपंथी
दिशातिर बढाउने पुच्छरवादलाई परास्त गर्नुभयो र पुच्छरवादबाट
मुक्त, स्पष्ट र क्रान्तिकारी स्वतन्त्र सर्वहारा धारको
निर्माण गर्नुभयो । माओले पनि वाङ मिङ, चाङको चाओलिन प्याओको
ओवाङको पुच्छरवादसँग भीक्षण भीडन्त गर्दै पराजीत गर्नुभयो ।
जतिबेलासम्म पुच्छरवादलाई उहाँहरुले हराउन सक्नुभएको थिएन
वास्तवमा क्रान्ति पनि भएको थिएन, हराउँदै गर्दा क्रान्ति पनि
सम्पन्न भए ।
५. जनयुद्धले नेपालमा पुच्छरवादलाई पहिलो पटक तहस नहस पारेको
हो । ५० वर्षसम्म भारत, अमेरिका र दरबारको पुच्छर बनेको
रणनीतिलाई र पुच्छरवादको पनि सेवा गर्दै हैरान जनतालाई -सर्वहारा
वर्गलाई) त्यसबाट मुक्त गरायो । सर्वहारा क्रान्ति र सर्वहारा
सत्ताको सुस्पष्ट र स्वतन्त्र धारमा नेपाली जनतालाई अगाडि
बढायो । जनयुद्धको यो स्वतन्त्र धाराले नेपाली युवा र
जनसमुदायहरुलाई आर्श्चर्यपूर्ण र विद्युतिय गतिमा सहभागी र
सक्रिय बनायो । समाज र सता त्रि्र गतिमा उलट-पुलट भए । जनता
सत्ताको मालिक आफै भए । आफ्नो मुक्तिको लागि आफै युद्ध लड्ने
भए । जनमुक्ति सेनाको अपराजित दस्ता तयार भयो ।
हामी दश वर्षपछि राजतन्त्रका विरुद्ध राजनैतिक दलसँग एउटै
मोर्चामा आयौं । मोर्चा निर्माणको पहल पनि मुख्यतः हाम्रो
पार्टीले तय गर्यो । राजतन्त्रको अन्त्य र लोकतान्त्रिक
गणतन्त्रको स्थापना मोर्चाद्वारा गर्ने सोच बन्यो । दलहरु पनि
सहमत भए तर दर्ुइ वर्षले सावित गर्दैछ कि दलहरुमित्रको
पुच्छरवाद कायमै छ । यिनीहरु राजतन्त्रको आतंकले
सर्वहारावर्गसँग मोर्चा गरे पनि सर्वहाराको स्वतन्त्र र
क्रान्तिकारी धाराबाट यी आतंकित छन् । त्यसैले दिल्ली र
वासिंटनको पुच्छर बनेर राजनीति गर्ने र आफ्नो स्वार्थ पूरा
गरिरहने तर्फ यिनीहरुको सोचाई छ । जसले गर्दा राजतन्त्र सँगको
संघर्ष न टुङ्गयाउन चाहन्छन् न त सर्वहारावर्ग लाई अगाडि
बढ्नै दिन्छन् ।
हाम्रो पार्टीले पुच्छरवादलाई हटाउने भन्दा पनि कता-कता
संसदवादी दलहरुभित्र विद्यमान पुच्छरवादले हामीलाई समेत
बिटुल्ने खतरा बढेको छ । नेपाली काँग्रेस र एमालेले भारत र
अमेरिकासँग सम्बन्ध राखेर राजाको बारेमा गरिरहेको 'लिङ्गरिङ्ग'
हाम्रो पार्टी विरुद्ध चलाइएका युद्धस्तरका प्रचार, हाम्रा
कार्य कार्यकर्तामा पारिरहेको व्यावहारिक समस्याहरु,
जनयुद्धमा ध्वंस भएका गाउँ समाजप्रतिको वेवास्ता, शहीद
परिवार घाइते र वेपत्ता कमरेडहरु प्रतिको वेवास्ताले
पुच्छरवादको मतियार बनाउन खोजेको प्रष्टै देखिन्छ ।
पुच्छरवादलाई कुनै नेता वा व्यक्तिको दोष र नियत नमान्ने हो
भने वस्तुतः ढिलो चाँडो पुच्छरवादले पार्टीलाई पकड्दैन भन्ने
छैन । यर्सथ हाम्रो पार्टी, हाम्रो नेतृत्वपंक्ति र
कार्यकर्ता पंक्ति यो विध्वंसकारी पुच्छरवादबाट र्सतक
हुनर्ैपर्दछ । पार्टीलाई दश वर्षको जनयुद्धको सर्वहारा
वर्गिय धार नयाँ मूल्य मान्यता र विचारद्वारा सुदृढ गर्नै
पर्दछ ।
६. पुच्छरवाद क्रान्तिको समस्या हो । तर असाध्य समस्या होइन
। पुच्छरवाद एउटा विशिष्ट स्थान र पार्टीको मात्र समस्या
होइन, राजनैतिक वर्गचरित्र सबैतिर आइलाग्ने समस्या हो । यो
संसारभरि थियो, छ र नेपालमा पनि छ । यसको हल मार्क्सवादीहरुले,
क्रान्तिकारीहरुले सबै तिर गर्दै र क्रान्ति सफल पार्दै आएका
छन् । नेपालमा पनि हल गरिएको हो र गर्दै जान सकिन्छ ।
पुच्छरवादको हल क्रान्ति हो, मार्क्सवाद हो र सर्वहारावर्गको
क्रान्तिकारी धार हो । यो स्वतन्त्र र क्रान्तिकारी धारद्वारा
नेपाली राजनीतिको पुच्छरवादलाई मात्र होइन आफैभित्र हुर्किने
पुच्छरवादलाई पनि हल गर्न क्रान्तिकारीहरु एकढिक्का
हुनुपर्दछ ।