संस्मरण
आत्मीय साथी धनबहादुर पुन (क.सुधिर)को
सम्झनामा
- धनबहादुर बोहरा
नेपाली भूमिबाट सर्वहारा वर्गको मुक्तिको सपना सजाएर
महायात्रामा समर्पित हुनु भएका ती महान् मान्छेहरु यतिखेर यो
मानव धर्तिमा छैनन् । क्षितिज पारि लालकिरण भएर झुल्किरहेका
छन् । जसले आफ्नो भौतिक शरिर सर्वहारा वर्गको लागि सुम्पेर
युगौं युगसम्म बाँचिरहने अजम्बरी मान्छेहरु, आज यो धर्तिबाट
बिदाई भएर गैसकेका छन्, ती मान्छेका विचार र आस्थाहरुले हजारौं
योद्धाहरुलाई नझुकिकन अगाडि बढ्न पे्ररित गरिरहेका छन् । एउटै
लक्ष्य र उद्देश्यका साथ महासमरमा हरेक प्रकारका अप्ठेराहरुको
सामना गर्दै क्रान्तिले सुम्पेको जिम्मेवारीलाई पूरा गर्ने
क्रममा भौतिक शरिरको बलिदानी दिने कमरेडको जीवनगाथा
लेख्नैपर्छ भन्ने सोंचका साथ लेख्ने प्रयास गरिरहेको छु ।
महान् शहीद क.सुधिरको जन्म रुकुम जिल्लाको एउटा विकट गाउँमा
भएको थियो । क.सुधिरका १ दिदी, १ बहिनी, दर्ुइ भाई मध्ये उहाँ
जेठो हुनुहुन्थ्यो । 'हुने विरुवाको चिल्लो पात' भनेझैं उहाँ
बाल्यकालदेखि अनुशासित, कुशल र विद्रोही स्वभावको
हुनुहुन्थ्यो । गरीब किसान परिवारमा जन्मेका कारण शिक्षा
प्राप्त गर्ने कु्रा उहाँँको सपनाजस्तै थियो । तर पनि
अत्यन्तै कष्टका साथ क.सुधिरले विरेन्द्र मावि वाँफीकोटबाट
कक्षा ८ सम्मको अध्ययन पूरा गर्ने क्रममा अनेरास्ववियू -क्रान्तिकारी)
बाट प्रभावित भई राजनैतिक जीवनको शुरुवात गर्नुभएको थियो ।
कक्षा ९ मा पढ्दै गर्दा प्रतिक्रियावादी शासकद्वारा संचालित
किलो सेरा टु अपे्रसनको क्रममा पुलिस प्रशासनले उहाँलाई
मानसिक यातना दिदै इलाका प्रहरी चौकी वाँफीकोटमा महिनाको ३
पटक तारेख लगायो । उक्त घृणित कार्यलाई सहन नसकि उहाँ २०५७
सालमा उहाँ पूर्णकालिन भएर पार्टीको काममा लाग्नु भयो ।
उहाँले सैन्य संरचना अनुसार मिलिसिया, स्क्वाइड र जिल्ला
प्लाटुनमा रहि काम गर्दैैै जाने क्रममा क. दर्शना ठकुरीसंग
वैवाहिक जीवनमा बाँधिनु भयो । उहाँले अन्तरजातीय विवाहमार्फत्
पुरानो रुढीवादी, यथास्थितिवादी संस्कृति र चिन्तनका विरुद्ध
पनि विद्रोह गर्नु भयो । यसरी परिस्थितिको फेरबदलसंगै
वैकल्पिक प्लानसहित मिलिटरी आक्रमणलाई गतिशिलतामा बढाउँदै
लगिरहेको हुदाँ पहिलो शाही सेनामाथिको आक्रमण दाङ्गको
सदरमुकाम घोराहीमा सामेल हुनु भयो । त्यसपछि थुप्रै
आक्रमणहरुमा सहभागी हँुदै आउने क्रममा उहाँले सतवरिया, लिस्ने,
गाम, अघाँखाचीको सदरमुकाम सन्धर्ीखर्क, पहिलो खारा र जुम्ला
आक्रमणमा जाँदा एफजीएलको भूमिका निभाउनुभएका सुधिर जुम्लाबाट
फर्केपछि सेक्सन सह-कमाण्डरको जिम्मेवारी सम्हाल्नुभयो ।
त्यसपछि सरकार र माओवादी बीचमा युद्धविरामको घोक्षणा गरियो ।
दोश्रो युद्धविराम भंग भइसकेपछि २०६० सालमा पार्टीको योजना र
निर्णय मुताबिक उहाँ पूर्व जानुभयो र पूर्वका अपरिचित
भुगोलहरुमा दुश्मनसंग लुकामारी गर्दै त्यहाँका अपरिचित
जनताहरुसँग रमाउँदै विभिन्न प्रकारका चुनौतिहरुको सामना गर्दै
जानुभयो । शहीदको रगतले सुम्पिएको अभिभारालाई पूरा गर्दै
पूर्वमा सेनामाथिको पहिलो आक्रमण भोजपुरको रिपिटर टावर कब्जा
गर्दा उहाँले फस्ट एसाल्टमा रहेर महत्वपूर्ण भूमिका निर्वाह
गर्नुभयो ।
सुधिर र म विद्यार्थी जीवनदेखि हरेक मोर्चामा प्राय सँगै
रह्यौं । उहाँको मिठो बोली, मिलनसार स्वभाव म झलझल्ती
संझिरहेको छु । मलाई त्यो क्षण अझैं पनि अहिलेजस्तै लाग्छ ।
हामी हाँसो ठट्टा गर्दै हिँडिरहेका छौं । यात्रा जारी छ ।
बल्ल-बल्ल तनहुँ पुग्छौं हामी । धेरै साथीहरु हैजाको
महामारीले बिरामी पर्नुहुन्छ सुधिर पनि । उहाँको अवस्था
चिन्ताजनक भैसकेको थियो । स्थानीय साथीहरुले नजिकैको
स्वास्थ्य-चौकीबाट औषधी उपलब्ध गर्राईदिनुहुन्छ । औषधी
सेवनपछि केही सुधार आउछ । सबै कमरेडहरु सन्चो भैसकेपछि हाम्रो
यात्रा फेरि शुरु भयो । हाम्रो यात्रा जारी नै थियो निरन्तर
। हामीलाई गुल्मी जिल्लाले स्वागत गर्यो र त्यहाँ हाम्रा ३
लालजोडी कमरेडहरुको विवाह कार्यक्रम पनि भयो । क्रान्तिको
आवश्यकताले सहकार्यको त के कुरा राम्रोसंग कुरा गर्न पनि
नपाएका लालजोडी दर्शना र सुधिरको पनि त्यही भेट भयो । र पुनः
यात्राकै क्रममा मैले बेथान स्मृति पाँचौं व्रिगेडमा फोन
सर्म्पर्क गरे । त्यहाँ कमरेडहरुले पन्ध्रौं बटालियनका कम्पनी
कमिसार कमरेड समिरको शहादतको खबर थाहा भयो । हामी सबैलाई
त्यस खबरले शोकाकुल बनायो । त्यतिबेला कमरेड सुधिरले असाध्यै
दुःख व्यक्त गर्दै हामीलाई पनि भावविह्वल बनाउनु भयो ।
सेरममा भएको व्रिगेड भेलापछि म फस्ट बटालियनमा परेँ । 'ए'
कम्पनी अर्न्तर्गत प्लाटुन कमाण्डरको जिम्मेवारी लिएर
क.सुधिर एसटिएफमा जानुभयो । त्यसपछि फेरि मथुराडाँडामा शाही
सेना र एसटिएफबीच भिडन्त भयो । त्यस भिडन्तबाट जनमुक्ति
सेनाले एलएमजी, ८१ एमएमलगायतका थुपै्र आधुनिक हतियारहरु हात
पार्न सफल भयो । त्यसको लगत्तै बताँसे भिडन्त, खारा आक्रमणको
तयारीमा लाग्यौं । आक्रमणको समय निश्चित भैसकेपछि उहाँको
कमाण्डमा टिम सल्यान सिमखर्क ब्यारेक ब्लकमा गयो । खारामा
जनमुक्ति सेनाले भिक्षण आक्रमण गर्यो ।
खाराको उक्त लर्डाईबाट फर्केपछि पुनः टिमको भेट भयो ।
त्यसपश्चात् केही दिनपछि रुकुम, रोल्पा, सल्यानको सिमानामा
पर्ने डल्सिंगेमा अमेरिकी साम्राज्यवादी सेनाबाट तालिम
प्राप्त कथित रेन्जर बटालियनसंगको भिडन्तमा २ वटा हेलिकोप्टर
प्रयोग भए । तर पनि क.सुधिरलगायत सम्पूर्ण टिम शाही सेनालाई
लखेटिरहेका हुन्छन् । आकाश जमिनको फायरसंग नझुकी अगाडि
बढिरहेको अवस्थामा अचानक आकाशबाट हेलिकोप्टरले प्रहार गरेको
बम क.सुधिरको छातीमा ठोकिन पुग्यो । उहाँले ऐया पनि भन्न
नपाई जमिनमा ढल्न पुग्नुभयो । यसरी एक क्रान्तिकारी योद्धाको
रगतले यो धर्ति रक्ताम्य हुन पुग्यो । महान् वीर शहीद
क.सुधिरले छाडेको अपुरो कार्यलाई हाल उहाँकी जीवनसंगीनी
कर्.दर्शनालगायत हजारौं योद्धाहरुले पूरा गर्ने कसम खाँदै
उहाँले देखाएको बाटोमा अविचलित रुपमा अगाडि बढिरहनु भएको छ ।
कर्.दर्शना हाल ज्वार स्मृति व्रिगेड टिला ब्यारेकमा कार्यरत
हुनुहुन्छ । महान शहीद क.सुधिर आस्थाको पुञ्ज हुनुहुन्छ ।
उहाँले देखाएको बाटोमा हामी कत्ति पनि विचलित हुने छैनौं ।
उहाँको बाटोमा अन्तसम्म लडिरहने प्रतिज्ञा गर्दै फेरि एकपटक
वीर शहीद क.सुधिर लालसलाम । महान् शहीदहरु अमर रहुन् ।
-लेखक दीर्घ स्मृति व्रिगेड ४नं. बटालियन ए कम्पनीमा कार्यरत
हुनुहुन्छ)