गोठमा आइ छापामारहरुले खाना खुवाए
- गणेश वली
भेडाबाख्रा बाँधेर सबै गोठाला साँझको खानाको जोहो गर्दै थियौं
। कसैका छाप्रामा झ्वाईय तरकारी पकाएको आवाज आइरहेको थियो भने
कसैको भर्खर दाउरा चिर्दै गरेको । म पनि चुल्होमा आगो बाल्ने
तरखरमा थिएँ, फूलमाया हतार-हतारमा आइ र फेरि सेना आएको बताउन
थाली । मैले पनि हेरेँ हतियार भिरेका कम्ब्याट ड्रेस
लगाएकाहरुको लामो लस्कर थियो ।
सबै गाउँले आफ्नो भान्सा छोडेर त्रसित अनुहारका साथ उतैतिर
हर्ेन थाले । सबैको मनमा एकखालको त्रास थियो । कोही
भन्थे-'होइन, होइन छापामार हो ।' कोही भन्थे-'होइन, होइन
सुरक्ष्ँाकर्मी हो ।'
गोठालाहरु नडराउन पनि कसरी - केही दिन पहिले सुरक्षाकर्मी
आएर ३ जना गोठालाहरुको हत्या र ५ जना महिलालाई बलात्कार गरेको
थियो भने एउटा बच्चालाई ज्यूँदै आगोमा जलाएको थियो । त्यसको
केही दिनपछि फेरि छापामार आएर एकजना रक्सी खाइरहेको
मान्छेलाई पिटेका थिए । हुन त यसले सर्वहारा वर्ग र पूँजीपति
वर्गको रुपलाई प्रष्ट्याउँछ । सर्वहारा वर्ग र पूँजीपति
वर्गबीचको अधिनायकत्वमा यही फरक छ । सर्वहारा वर्ग
अल्पसंख्यक भ्रष्ट, चरित्रहीन, देशद्रोहीमाथि अधिनायकत्व
स्थापित गर्न चाहन्छन् भने मुठ्ठभिर पूँजीपति वर्ग बहुसंख्यक
जनतामाथि आफ्नो स्वार्थ रक्ष्र्ँार्थ अधिनायकत्व चलाउन खोज्छ
। यति सोची नसक्दै गोठ वरपर आएर छापामारहरु गोठालाहरुसँग
कुराकानी गर्न थालिसकेका थिए । धेरैको मनमा पलाएको त्रास
हरायो । महिला पुरुष छापामारहरु समान थिए । काँधमा काँध
जोडेर हरेक मोर्चामा पुरुषसरह लड्ने ती महिलाहरुको साहस
देखेर विश्वभरी हलचल पैदा भएको थियो । युद्धमा धेरै
महिलाहरुले निकै महत्वपूर्ण भूमिका खेलेका छन् । ठूला
संघर्षका बेलामा ती श्रमजीवी महिलाको प्रतिनिधित्व गरेका
छापामार महिलामा अन्तर्निहित क्रान्तिकारी क्ष्ँमता तथा
लडाकुपन पूरा सशक्त र जोडदार रुपले प्रस्फुटन भएको छ । यी
छापामारहरुको क्ष्ँमता अन्य देशका महिलाभन्दा होस वा
पुरुषभन्दा कति पनि कम पाइदैन । लर्डाईमा मात्र हैन नेतृत्व,
विवेकमा पनि उनीहरु अब्बल पाइएका छन् ।
साँझ परेपछि गोठालाहरुले आफ्नो गच्छेअनुसार १ जनालाई खाना
खुवाउनका लागि लगे । तर फूलमायाकोमा भने हामीले खाना नखुवाउने
भनेर छापामार पठाएनौं । बरु हामीले मेरै गोठमा कमाण्डरसहित
खाना खुवाउने विचार गर्यौं र फूलमायालाई पनि त्यही बोलायौं
। हाम्रो परम्परा अनुसार साँझका पाहुनालाई देउता मानेर खाना
खुवाउने चलन छ तर हाम्रो त्यहाँ त्यसो भएन । त्यहाँ त ती
छापामारले नै हामीलाई खाना पकाएर खुवाए । त्यो मौकामा
फूलमायाले बन्दुक खेलाउन थाली । मैले जिस्काउँदै रहर लाग्यो
कि भने । उसले हैन म सजिलै सक्छु आवश्यक परे भनि । तर उसको
प्रश्न थियो- 'दाई के रहर लाग्यो र हतियार युद्ध थाल्नुभयो
-'
कमाण्डरले उसको रहर शब्द सजिलै लिएनन् । उनले अगाडि
फूलमायालाई सम्झाउँदै भने- 'विद्रोह गर्नु रहर होइन त्यसमा
पनि सशस्त्र विद्रोह त एउटा विशेष कला हो । क्रान्तिकारीहरुका
लागि यो कला अत्यावश्यक छ ।' फूलमायाले उनीहरुसँग झ्यामिदै
जाँदा केही दिन पहिले उनीहरुले गाउँको मान्छेलाई कुटेको पनि
सोध्न भ्याई र भनि- 'केही दिन पहिले सेनाले मान्छे मार्यो
अनि त्यसपछि तपाईहरुले अर्कोलाई कुट्नुभयो किन -' जनताको
उद्देश्य के पूरानो मालिकको अन्त्य र नयाँ मालिकको उदय हो र
-
त्यसबारेमा सम्झाउँदै कमाण्डरले भने- 'समाजवादी क्रान्ति
शाषक र शाषितको भेद मेट्ने महान् कोशिस हो । पूँजीवादी
क्रान्तिमा गल्ती त्यही भएको छ । पूँजीपति वर्ग राज्यका नयाँ
मालिक भए तर नेपालको हाम्रो क्रान्ति त्यसो होइन । यो त सबै
किसिमका मालिकहरको समाप्ती हो ।' मलाई फेरि गाउँमा छापामारका
नाममा जथाभावी चन्दा असुल्ने, कुटपीट अपहरण गर्ने तर
नेतृत्वले हाम्रो नीति छैन भन्ने के कुरा हो भनेर सोध्न मन
लाग्यो । यसमा पनि कमाण्डरले सहज जवाफ दिए- 'पार्टीका
विरुद्ध बोल्ने, लेख्ने र काम गर्नेहरुलाई कार्वाही हुनेछ ।'
क्रान्तिका नाममा क्रान्तिविरोधी शक्ति पनि प्रवेश गरेको पनि
उनले स्वीकार गरे ।
मेरो अर्को प्रश्न थियो- 'यही सरकारमा नगएर चुनाव नलडेर किन
हतियार उठाए या त प्रतिश्पर्धाबाट हार्ने डरले हो कि -'
कमाण्डरले यसको जवाफ दिदै भनेका थिए- 'सर्वहारा वर्ग
पूँजीवादी राज्यव्यवस्थालाई आफ्नो हातमा लिएर मात्र आफू
मुक्त हुन सक्दैनन् । किनभने त्यो राज्य र त्यसबाट निर्मित
अंगप्रत्यङ्ग पूँजीवादी राज्यव्यवस्थाको लागि अनुकूल हुन्छन्
। सर्वहारा वर्गले त पूँजीवादी राज्यसंयन्त्रलाई नष्ट गरी
सर्वहारा राज्ययन्त्र निर्माण गर्नुपर्दछ । त्यो प्राप्तीको
साधन र अन्तिम विकल्प भनेको हतियार हुनसक्छ । अनि सशस्त्र
संघर्ष ।'