वर्ष १०, अंक ५, २०६४ पुस १ गते आइतबार  (16 December 07)

HOME ABOUT US

naulojanaubhar@gmail.com

Special Link

राष्ट्रिय मुक्तियुद्धमा देशभक्तिको भावना जुन रूपमा हुन्छ, त्यो अन्तर्राष्ट्रियवादकै व्यावहारिक रूप हुनेछ  -क. माओ

Last updated : 24 Dec 2007

Revolutionary Music

Samana Pariwar

Pratirodh Pariwar

Senchyang Pariwar

Kshitij Pariwar

Jaljala Pariwar

Raktim Pariwar

Vivid Music

Other Language

Song Lyrics

Works

Com. Prachand

Com. Kiran

Com. Baburam

Articles

Com. Mahara

Lema Goyeska

Bashudev Misra

Prakash Sharma

D. Rawol

 

 

 

 

 

 

Documents

12 Point Agreement Decision betweeen SPA and CPNM

Peace Accord

Management of Arms and Armies

नेपालको अन्तरिम संविधान 2063

 

Ideology

Marxism

Leninism

Maoism

Prachandapath

Archive

Press Release

Publications

Martyrs

Photo Gallery

Literature

Documents

Survey

 

Special Archive

 Facilities

Currency Convertor

Date Convertor

Roman to Nepali

Metric Convertor

Nepali Calendar

Language Translation

Live Nepali Tvs

Search engines

Google.com

Yahoo.com

MSN.com

World News

BBC World Service

CNN

Hindustan Times

The Hindu

 

 

यसै वर्षभित्र संविधानसभा चुनाव गर्ने सहमति

काँगेसी एकाधिकारवादी सोंचका कारण बाँकी सहमति हुन सकेन

काठमाण्डौं/संवैधानिक संकटलाई हटाउन हिजो राती अबेरसम्म बालुवाटारमा बसेको सात राजनैतिक दलहरुको बैठकले संविधानसभाको चुनाव मंसिरबाट सारेर चैत्रसम्म गराउने शब्दाबली थपेर सहमति बमोजिम हिजै संविधान संशोधन गर्ने प्रस्ताव सदन लैजान सरकारलाई निर्देशन दिएको छ ।

समाचार

रिपोर्ट / समाचार विश्लेषण

अन्तर्वार्ता

 विचार / दृष्टिकोण/ दर्शनशास्त्र

यस पटक / सामयिकी

टिप्पणी / जस्ताको तस्तै

कला/संस्कृति/साहित्य

संस्मरण/अनुभुति

सञ्चार/जनजाति/मोर्चा/संगठन

शहिद गाथा/संघर्षमय जीवन/सहिद परिवारको आवाज

आधा आकास

शुभकामना/जनगुनासो

 

सम्पादकीय

 बडेराजा र छोटेराजा बीचको द्वन्द्व र सम्बन्ध

वर्तमान राजनैतिक गतिरोधको हलो नेपाली काँगेसमा गएर अड्कीएको छ । जसका कारणले गणतन्त्र घोक्षणा र पूर्ण समानुपातिक निर्वाचन पद्दती । यी दुवै कुरालाई नेपाली काँगे्रसले आफ्नो राजनैतिक अस्तित्वसंग जोडेर हेरेको छ । उसले यी दुवै कुरा लागू गर्दा आफ्नो राजनीति समाप्त हुने ठानेको छ । त्यस्तो ठान्नु सवर्था स्वभाविक छ । किनभने ठूलो सामन्तको अस्तित्व समाप्त हुँदा छोटे सामन्तको अस्तित्व स्वतः समाप्त हुन्छ । त्यसैले छोटे सामन्तहरुले आफ्नो मालिकको संरक्षणमा दिलोज्यान दिनु अन्यथा होइन । यही कारणले गर्दा नेपाली काँगेसले राजतन्त्रको अन्त्य गर्न र गणतन्त्र घोक्षणा गर्न सहमत नभएको हो । कुरा त के हो भने सबै पार्टीमा रहेका सामन्त वर्गको अन्त्य गर्ने कि नगर्ने - यदी नेपाली काँगेसले आफ्नो पार्टीभित्रका सामन्तवर्गको अन्त्य गरेर आफूलाई सच्चा गणतन्त्रवादी बनाउने हो र सबै जाति, वर्ग, क्षेत्र र लिङ्गका जनताको सार्वभौम अधिकार सुरक्षित गर्ने हो भने नेपाली काँगे्रसको अस्तित्व समाप्त होइन बरु नयाँ ढंगले परिमार्जित भएर विकास हुन्छ । त्यो सोंच्ने वर्ग नै नेपाली काँगे्रसको नेतृत्व पंक्तिभित्र छैनन् ।

जहाँसम्म नेपाली काँगेसको कोइराला परिवार र राजाहरुको सम्बन्ध र द्वन्द्व जुन छ त्यो भनेको छोटे राजा र बडे राजाबीचको द्वन्द्व हो । राणा शासनको अन्त्यसंगै राजतन्त्रको पनि अन्त्य हुँदै थियो । त्यतिबेला विस्थापित भएको राजालाई ल्याएर गद्दिमा बसाल्ने काम नेपाली काँगेसले नै गरेको हो । जसको परिणाम थियो दिल्ली सम्झौता । यदी राजालाई लिएर गद्दिसिन गराइदैनथ्यो भने काँगे्रसले आफ्नो राजनीति पनि स्थायी नहुने देख्यो । कारण थियो त्यतिबेला कम्युनिष्टहरुको बढ्दो क्रम । भोलि कम्युनिष्टहरु कतै हावी हुने स्थिति नबनोस् भनेर राजा बचाउने अभियानतिर काँगे्रस लाग्यो । जब नेपाली काँगेसले लगाएको गुन बिर्सेदरवारले त्यही काँगेसमाथि जाइलाग्यो तब मात्र दरबारसंग काँगेसी नेतृत्व विशेषतः कोइराला परिवारको खटपट शुरु भयो । पछि गएर छोटेराजा र बडेराजा बन्ने होडबाजीको लर्डाई शुरु भयो । कोइराला परिवारले राजाले सुनको थालीमा खाना खान्छन् भने हामीले कमसेकम चाँदीको थालीमा खान पाउनु पर्छ भन्ने ठान्छन् । बस दरबार र कोइराला परिवारबीचको लर्डाई यति नै हो । अन्यथा वर्गीय रुपले यी दुवै सामन्त वर्ग नै हुन् । अर्को कुरा काँगे्रसको नेतृत्व पंक्तिमा परिवारवाद, नातावाद र सामन्तवर्गको करीब ९५ प्रतिशत वर्चस्व कायम छ । त्यो वर्गले समानुपातिक प्रणाली अपनाउँदा आफ्नो वर्चस्व सत्तामा देख्दैन । त्यसैले त्यो विधि नै उसको निम्ति अहितकर हुन पुगेको छ ।

कम्युनिष्टहरु भनेका चाहे उनीहरु संशोधनवादी नै किन नहोउन गणतन्त्रवादी नै हुन्छन् । राजतन्त्रको अन्त्य भएपछि सत्तामा कम्युनिष्टहरुको प्रभाव बलियो हुन्छ कि भन्ने आशंका नेपाली काँगे्रस लगायतका दक्षिणपन्थीहरुलाई लागेको छ । बरु दरबारसंग भागबण्डा गरेर राज्यको मुख्य आधिपत्य आफूहरुले चलाएर राजालाई मानार्थ राख्न खोजेको छ काँगेसले । जहाँसम्म महासमितिको बैठकबाट गणतन्त्रमा जाने प्रस्तावको कुरा छ त्यो त स्थानीय तहको दबावको परिणाम हो । नीति जेसुकै पारित गरे पनि कार्यान्वयन नगर्नु नै सामन्तवर्गको वर्गीय चरित्र हुन्छ । अहिले नीति लागू गर्नुपर्ने दवाव सिर्जना हुन थालेकाले त्यसलाई सकेसम्म आलेटाले गरेर अस्थिरता पैदा गरी विदेशी चलखेल बढाएर कम्युनिष्टलाई सिध्याउने रणनीति काँगेसको छ । जसका कारण नीति एउटा बन्दछ लागू हुँदैन । सहमति बन्दछ कार्यान्वयन हुँदैन । त्यसैले अस्थिरता र अकर्मण्यतामा राष्ट्र फस्दै गएको हो । जुन कुरा साम्राज्यवाद र विस्तारवादले चाहिरहेको छ ।

२००७ सालदेखिको काँगे्रस र दरबारको बार्गेनिङ अझै मिल्न सकेको छैन । २०६३ वैशाख ११ को सम्झौतामा त्यो बार्गेनिङ मिलाउने प्रतिवद्धता व्यक्त गरियो । दरबार र संसदीय पार्टीबीचको सम्झौता बमोजिम नै ज्ञानेन्द्रले सात दलले ड्राफ्ट गरेको वक्तव्य पढ्न राजी भएका थिए । जसमा राजालाई सेरेमोनियल रुपमा स्वीकार गर्ने सहमति थियो । जब आन्दोलनको दवाव र माओवादीसंगको सहकार्यका कारण सातदल र ज्ञानेन्द्रबीचको सहमति र समझदारी सहज ढंगबाट लागू नहुने भयो तब दरवारले अराजकता फैलाउन विभिन्न हरकत शुरु गर्‍यो । अर्कातर्फ अन्तर्राष्ट्रिय शक्तिकेन्द्रको निर्देशन बमोजिम पनि नेपाली काँगेस, एमालेभित्रका दरवारिया शक्ति र दरबारको मिलिभगतमा माओवादीलाई सिध्याउने रणनीति बन्यो । जसका केही ठूला मिडियाहरु समेत विशेष योजनाका साथ लागिपरेका छन् । कुनै पनि हालतमा माओवादीलाई सत्तामा हावी हुन नदिने उनीहरुको रणनीति छ । त्यसैले घिसाउ-थकाउको कार्यनीति अपनाएर समस्यालाई लिङ्गरिङ गरिराखेको छ ।

जसरी हुन्छ माओवादीलाई रक्षात्मक स्थितिमा पुर्‍याएर दरबार, काँगे्रस एवं दक्षिणपन्थी दलहरुको मिलेमतोमा छोटेराजा र बडेराजाको सम्बन्धअनुरुप सत्ता संचालन गर्ने रणनीति अन्तरगत काँगेसले यतिबेला हलो अड्काउने काम गरेको छ । यो दीर्घकालिन रणनीतिमा माओवादीहरु लचकताको पराकाष्टामा पुग्दै सम्झौता गर्दै जानु माओवादी र राष्ट्रको खुट्टामा आफै बन्चरो हान्नु सावित हुनेछ । सहमति गर्ने तर कार्यान्वयन नगर्ने यस्तो सहमति अब पनि गरिरहनुको कुनै औचित्य छैन । १२ बुँदे समझदारीदेखि हालसम्म भएका सहमति र सम्झौता के कति कार्यान्वयन भए - त्यसको पुनरावलोकन नगरी फेरि अर्को सहमति गर्नु जनताको आँखामा छारो हाल्नु मात्रै हुन्छ । यस्तो सहमतिमा माओवादी जस्तो जिम्मेवार पार्टी नफस्दा राम्रो हुने थियो कि भन्ने जनताको गुनासो छ । बरु एकपटक आन्दोलनको नेतृत्व गर्ने आँट गरेर सडकमा आउनु नै अहिलेको आवश्यकता हो ।

पुराना अंकहरु

वर्ष १०, अंक ५, २०६४ पुस १ गते आइतबार  (09 December 07)

वर्ष १०, अंक ३, २०६४ मंसीर १६ गते आइतबार (02 December 07)

वर्ष १०, अंक २, २०६४ मंसीर ९ गते आइतबार (25 November 07)

वर्ष १०, अंक १, २०६४ मंसीर २ गते आइतबार  (18 November 07)

बर्ष ९ का अंकहरु

नौलो जनउभार  साप्ताहिकका लागि

प्रकाशक : यादव गौतम

सम्पादक : हिरामणि दुःखी

कार्यकारी सम्पादक : अजयदीप शर्मा

प्रवन्ध सम्पादक : हुमप्रसाद बस्याल

उपसम्पादक : रामु वि.क., डिल्ली मल्ल

कम्प्यूटर टाइप सेटिङ : ज्योति शर्मा

कार्यालय : मिडिया चोक, घोराही, दाङ

मो नं. ९८५७८२०५२७, पयाक्स : ०८२-५६२१६९

E-mail : naulojanaubhar@gmail.com

website : www.ourpath.net/janaubhar

 

Revolutionary Links

A World To Win

Revolutionary Worker

Maoist Revolution

Li Onesto.net
Krishnasen Online

Janadesh Weekly

Janasandesh National Daily

Jana Ubhar Weekly

Jana Awhan Weekly

INSOF

NPPF Belgium