अन्तरवार्ता
'राज्यसत्ता परिर्वतनमा महिलाहरुको
समानुपातिक प्रतिनिधित्वको आवाज हामीले उठाइरहेका छौं'
- जयपुरी घर्ति, अखिल नेपाल महिला संघ (क्रान्तिकारी)
केन्द्रीय अध्यक्ष एवं अन्तरिम विधायक
अहिले महिला आन्दोलनहरु मत्थर भएका जस्ता देखिन्छन् नि
किन हो ?
अहिले महिला आन्दोलनका आवाजहरु मत्थर भएका होइनन् भइरहेका छन्
। तर यतिबेला राष्ट्रको मुद्दा मुख्य भएको छ, त्यसले गर्दा
अलि मत्थर भएको जस्तो मानिएको होला । तर गाउँगाउँमा हाम्रा
अभियानका कार्यक्रमहरु भइरहेका छन् । अहिलेको हाम्रो
केन्द्रविन्दु भनेको राजनीतिक मुद्दा नै हो । त्यो राजनीतिक
मुद्दा भनेको सबैको साझा मुद्दा हो । त्यसले गर्दाखेरी मत्थर
मानिएको होला फेरि पनि कार्यक्रमहरु गइरहेका छन् ।
कस्ता खालका कार्यक्रमहरु भइरहेका छन् त ?
हाम्रो कस्तो हो भने टोटल राज्यसत्तँ चेन्ज गर्नको लागि
राष्ट्रिय मुद्दा बनाइराखेको छ । यो राज्यसत्ता चेन्ज गर्नको
निम्ति नै हामीले कार्यक्रमहरु मिलाएर लगिराखेका छौं ।
गणतान्त्रिक मोर्चा बनाउने, अन्य मोर्चाहरुमा सहभागी बन्ने र
लग्ने गरिराखेका छौं । राज्यसत्ता परिवर्तनमा महिलाहरुको
समानुपातिक प्रतिनिधित्वको लागि हामीले त्यो आवाज उठाइरहेका
छौं र त्यसरी गइरहेको छ । त्यो लगायत सांगठनिक विषयहरु आम
महिलालाई संगठित गर्ने, आम महिलाहरुलाई सचेत बनाउने, वैचारिक
राजनीतिक हिसाबले कृयाशील बनाउने, विकास निर्माणमा कार्यहरु,
श्रमशिविरका कार्यहरु त्यस्ता खालका कार्यक्रमहरु गइरहेका छन्
।
संगठन निर्माणको तुलनामा नेतृत्व विकास सम्बन्धी
कार्यक्रम नभइरहेका जस्ता देखिन्छन् नि ?
लिडरशीप सम्बन्धी विषयमा अखिल नेपाल महिला संघ -क्रान्तिकारी)ले
पाचौं राष्ट्रिय सम्मेलनदेखि उठाउँदै आएको छ । हाम्रो
दस्तावेजमा पनि उल्लेख भएको छ । लिडरशीप विकासमा, राजनीतिक
मुद्दाको विषयमा सामन्ती राजतन्त्रको अन्त्य र लोकतान्त्रिक
गणतन्त्र स्थापना गर्नको लागि महिलाहरुले मुख्य भूमिका
खेल्नुपर्ने र वैचारिक हिसाबले महिलाहरुको लिडरशीप विकास
गर्ने मुद्दालाई राखेका छौं । त्यो विषयमा हाम्रो संगठनमा
व्यापक छलफल भयो । अहिले पनि भइरहेको छ । हामीले त्यही
सिलसिलामा पछिल्लो चरणमा पार्टीसंग पनि कुरा राख्यौं र
पार्टीबाट महिला आरबीएमहरु धेरै हुनुभएको छ । बाहिर पनि के
भइरहेको छ भने हाम्रो आन्दोलनले गर्दा एमालेमा ३३ प्रतिशत
महिलाहरु कमिटीमा अनिवार्य राख्ने भन्ने निर्णय भएको छ ।
त्यही ढंगले संघर्षहरु पनि भइरहेका छन् । लिडरशीप विकासलाई
केन्द्रविन्दु बनाएर हामीले फेरि देशव्यापी रुपमा प्रशिक्षण
भेला र अन्तरक्रिया कार्यक्रमहरु लगिरहेका छौं ।
लिडरशीप विकास गर्ने कुरा राज्यसत्ताले गराउने कुरा हो ।
राज्यसत्ताको हरेक अंगमा समान सहभागिता गराएर लिडरशीपको
विकास हुन्छ । दोस्रो, पार्टीले गराउने कुरा र त्यस्तो विषयमा
महिलाहरु स्वयं जागरुक हुने कुरा पनि मुख्य छ र त्यहि हिसाबले
अहिले हामीले लिडरशीपका कुराहरु उठाइरहेका छौं ।
तपाई आधारक्षेत्र भित्रको एउटा नेतुत्व पनि हुनुहुन्छ ।
जनयुद्धबाट सिर्जित उपलब्धीलाई संस्थागत गर्ने र विकास गर्ने
प्रक्रियामा यहाँले के पहल गरिरहनु भएको छ ?
म आधारइलाकामै जन्मिएँ र मेरो राजनीतिक पृष्ठभूमि पनि यहिबाट
शुरु भयो । म, जनयुद्धमा सामेल पनि यहिबाट भए । निश्चित रुपमा
सिंगो नेपाली महिलाहरुको मुक्तिको लागि म त्यसलाई
केन्द्रविन्दु बनाएर अघि बढिराखेकी छु । दोस्रो कुरा,
आधारक्षेत्रमा दश वर्षीय जनयुद्धमा महिलाहरुले जुनखालको
त्याग, तपस्या र बलिदान गरे योगदान गरे ती विषयलाई संस्थागत
गरेर अगाडि लैजानको निमित्त यसलाई केन्द्रीय मुद्दा बनाइरहेका
छौं । हामीले महिलाहरुको राज्यसत्तामा समान अधिकारको
ग्यारेन्टी गरिनुपर्छ भन्ने कुरा गरिरहेका छौं र त्यसरी
मात्रै आधारइलाकाको विकास हुन सक्छ भन्ने हामीलाई लाग्छ ।
त्यो बाहेक अरु हामी जो नमुनायोग्य कामहरु गरिराखेका छौं,
जस्तै थवाङमा हामीले विजुली उत्पादन गरेका छौं, मोडेल गाउँ
हामीले नै गरेको हो, सहकारी पसलहरु संचालन भइरहेका छन्
लगायतका कार्यहरु भइरहेका छन् । त्यसलाई अगाडि बढाउनको लागि
अझै पुगिराखेको छैन । कसरी पुगाउने भन्ने विषयमा छलफलको विषय
बनेको छ । अहिले त्यसलाई संरक्षण गर्नमा महिलाहरु पनि
लाग्नुपर्छ भन्ने कुरा गरिरहेका छौं ।
यो अन्तरिम विधायिका संसदमा पुगिसकेपछिको तपाईको अनुभूति
र त्यहाँबाट भएका उपलब्धीहरु के के रहेका छन् ?
दश वर्षे जनयुद्धको क्रममा नेपाली महिलाहरुलाई असाध्यै
कृयाशील बनायो । समाजमा भएको सामन्ती सोंच र चिन्तन त्योबाट
सिर्जित संस्कार संस्कृतिलाई ध्वंश गरायो । नयाँ खालको
स्वतन्त्र संस्कृति विकास गरेर अगाडि बढे । संसदभित्र प्रवेश
गरिसकेपछि हामी त्यसैलाई संस्थागत गर्नका निमित्त संसदमा
प्रवेश गर्यौं । संसदमा प्रवेश गरिसकेपछि हामीले जति छिटो
त्रि्रतापूर्वक नेपाली जनता र नेपालका महिलाहरुको जनयुद्धमा
जो लगानी छ, त्यसलाई संस्थागत गर्न अझै पनि हामी सकिरहेका
छैनौं । निश्चित रुपमा हामीले सदनबाट पास गर्यौं, त्यो ठूलो
संघर्षबाट मात्रै पास भएको छ । गणतन्त्र घोक्षणा गर्ने र
समानुपातिक निर्वाचन प्रणाली ठोस गर्ने विषयमा विशेष
अधिवेशनले ठोस गरेको छ । त्यसलाई कार्यान्वयन गर्ने ठूलो
चुनँैती भइरहेको छ । तुरुन्तै त्यो कार्यन्वयन गरे भने हामीले
फेरि विगतमा जो शहीदहरुले रगत बगाए, बेपत्ताहरुको अहिले पनि
शरीर बेपत्तै छ र जनताले लगानी गरे, कार्यकर्ताले लगानी गरे
त्यसको प्रतिफल संस्थागत भएको हामी अनुभूति गर्नेछौं र हामी
त्यो दिशातिर अगाडि बढिराखेका छौं ।
तपाई स्वयम पनि शहीद परिवार हुनुहुन्छ, जनयुद्धमा शहीद
भएका, शहीद परिवारको बारेमा संसदमा अथवा माथि कसरी आवाज
उठाइरहनुभएको छ त ?
हामीले असाध्यै उठायौं । जनआन्दोलनमा शहीद भएका परिवारहरुलाई
जति दिएको छ त्यति नै क्ष्ँतिपूर्ति दिनु पर्छ र मुख्य कुरा
शहीद परिवार र शहीदहरुलाई राष्ट्रिय शहीद भन्नुपर्छ भनेर
हामीले मुद्दा उठाइरहेका छौं । मुख्य कुरा त्यो हो र आर्थिक
हिसाबले पनि जनआन्दोलनका शहीदहरु जति छन् उहाँहरुले जति पाउनु
भा'छ त्यति पाउनुपर्छ भनेर हामीले उठायौं तर अहिलेसम्म यो
सरकारले दिन सकिरहेको छैन । सरकारले सौतेली व्यवहार गरिरहेको
छ । जनआन्दोलनका शहीदहरुलाई दशलाख रुपैंया दिइरहेको छ र
जनयुद्धमा शहादत प्राप्त गरेको जसले यो राज्यसत्ता परिवर्तन
गर्न र सामन्ती राजतन्त्रलाई एक हदसम्म पर्छार्न सफल भयो ती
शहीदहरुलाई अपमान गरेको मैले अनुभूति गरिराखेको छु । सम्मान
गर्नुपर्छ शहीदहरुलाई, राष्ट्रिय शहीद घोक्षणा गर्नुपर्छ र
भरणपोक्षण र क्ष्ँतिपूर्तिको हिसाबले पनि जति अरुले पाएका छन्
त्यति दिनुपर्छ भन्ने माग राखिरहेका छौं ।
अहिलेको राजनीतिक स्थिति सहज ढंगले अगाडि बढ्छ वा अर्को
बाटो पकड्नु पर्छ के लाग्छ तपाईलाई ?
नेपाल अहिले असाध्यै संक्रमणकालिन स्थितिमा प्रवेश गरेको छ ।
अहिले अत्यन्तै जटिल छ नेपालको स्थिति । तै पनि हामीले फेरि
विश्वलाई नयाँ सन्देश दिइराखेका छौं । किनकि स्टेपबाई स्टेप
सफल हुँदै अगाडि बढिराखेको छ तर धेरै विदेशी साम्राज्यवाद,
विस्तारवाद र राजतन्त्र जो छ राजावादीहरु बीचको गठबन्धन र
चलखेल एकदम तीव्र रुपमा बढेको छ, यसले गर्दा चुनौती त ठूलै छ
। तर मलाई विश्वास छ जनताको सम्पूर्ण शक्तिले गर्दाखेरी हामी
अगाडि बढ्न सक्छौं, निकास निकाल्न सक्छौं भन्ने लागेको छ ।
अन्य महिलाहरुसँग साझा मोर्चा बनाएर सहकार्यको बाटोबाट
जाने पहल तपाईहरुको संगठनबाट कत्तिको भइरहेको छ ?
हामीले गणतान्त्रिक मञ्च बनाएर अगाडि बढ्यौं । तर सबै
महिलाहरु त्यसमा आउन सकेनन् र अन्य कतिपय संजाल बनाइराखेका
छौं, कतिपय संघर्ष समिति पनि बनाइराखेका छौं । कार्यक्रममा
हाम्रो संयुक्त हुन्छ तर फोरममै ठ्याक्कै संयुक्त भएर जाने
विषयमा अझै हाम्रा अपुग्ताहरु छन् । यहाँ दर्ुइवटा समस्याहरु
देखिन्छ । पहिलो समस्या के हो भने, महिलाहरुभित्र देखिने जो
सामन्ती चिन्तन छ सामन्ती दास मनोवृत्ति छ त्यसले काम गरेको
छ । दोस्रो, हामी महिलाहरुको इश्यूमा एकदम खुलेर बाहिर हामी
जति सहजतापूर्वक एउटा साझा मोर्चा बनाएर जानुपथ्र्यो त्यहाँ
सकिरहेका छैनौं । पार्टीको जो भिजन छ त्यसले अड्काइरहेको छ ।
फेरि पनि कोसिस भइरहेको छ । हामीले साझा इश्युहरुलाई उठाउने
काम आफ्नो ठाउँबाट गरिरहेका छौं ।
तपाई राप्ती क्षेत्रकै एक प्रतिष्ठित व्यक्ति भएको हुनाले
विशेषतः आधारक्षेत्रका भित्रका जनताहरुलाई तपाई कसरी विश्वास
दिलाउनु सक्नुहुन्छ कि अब देश नयाँ राजनीतिक निकास सहित अगाडि
बढ्छ भन्ने कुरामा ?
मैले ढुक्क पार्ने एउटा आधार भनेको जनताकै आधार हो ।
राप्तीक्षेत्र भित्रका जनताले विगत जनयुद्धमा रगत बगाउन पनि
पछि परेनन्, आफ्नो घरपरिवार गुमाउन पनि पछि परेनन्, आफ्नो
सम्पत्ति गुमाउन पनि पछि परेनन् । उनीहरुको वलीदानीले
दशवर्षको जनयुद्धलाई यो उचाईसम्म ल्यायो । अहिले पनि त्यो
जनताको महत्वपूर्ण हात छ कि यो स्थितिलाई अगाडि बढाउनको
निम्ति, त्यही जनताहरुको महत्वपूर्ण देन छ । त्यसकारणले म
ढुक्कका साथ के भन्छु भने नेपाल यस्तो छ कि विदेशीहरुको
चलखेल हुन्नथ्यो भने यतिबेला यहाँ गणतन्त्र घोक्षणा भएर अर्कै
स्थिति आइसक्थ्यो । त्यसकारण यो विदेशीहरुको एउटा तेयान्द्रो
छ र दरवारको एउटा तेयान्द्रो छ, त्यो चुँडाल्न नेपाली
जनताहरुले सक्छन् भन्ने लाग्छ । हामी केही न केही रुपमा छिटै
एउटा निकासमा पुग्छौं र देशलाई फेरि एउटा नयाँ दिशातिर अगाडि
बढाउन सक्छौं ।
हिजो आधारइलाकाका जनताहरु र माओवादीका नेतृत्व तहका
व्यक्तिहरुसंगै बसेको स्थिति अहिले नेताहरु नहुँदा जनताहरु
निराश हुने जस्तो पनि देखिन्छ ती जनताहरुलाई तपाई के भन्न
चाहानु हुन्छ ?
निश्चित रुपमा जनतामा यस्तो आउन सक्छ । हामी हिजो जनतासंग
युद्धमा थियौं डेटुडे हाम्रो सर्म्पर्क हुन्थ्यो, डेटुडे हामी
संगै बस्थ्यौं, साथै खान्थ्यौं, साथै लड्थ्यौ र संगै सुत्ने
गथ्र्यौं । तर अहिले स्थिति परिवर्तन भएको छ र फरक छ । यो
स्थितिले गर्दा हिजो हामी गाउँमा लड्थ्यौं भने अहिले हामी
राजधानीमा लडिरहेका छौं । हिजो हामी हतियारसहित लड्थ्यौं भने
अहिले राजनीतिक मुद्दा र विचारले लडिराखेका छौं । त्यो
गर्दाखेरी हामी जति पनि नेताहरु त्यसको भूमिकामा शहरमा
केन्द्रीत भएका छौ र विशेष गरी राजधानीमा केन्द्रीत र त्यो
सदनमा केन्द्रीत भा'छ । सदनमा केन्द्रीत हुँदाखेरी हामी
गाउँमा त्यति आउन पा छैनौं । अब जनता र कार्यकर्ताहरुले पनि
बुभनुपर्ने एउटा कुरा के हो भने हामी अहिले त्यहाँ मेन
पोइन्टमा लडिराखेका छौं । त्यसको लागि अब तलबाट पनि स्पष्ट
भएर, जागरुक भएर कृयाशील भएर अगाडि बढ्नुपर्ने आवश्यकता मैले
देख्छु । यद्यपी यो बीचमा मिलाएर जानुपर्ने हो यो चाहिं
पुगिराखेको छैन, जानुपर्छ नेताहरु पनि । हामी पनि गाउँमा
जानुपर्छ फेरि अभियानहरु लिएर जानुपर्छ तर डेटुडे लड्नु
परिराखेको छ सदनबाट । अब कहिलेकाँही भोटिङ गर्नुपर्ने हुन्छ
। कहिलेकाही ह्वीप जारी भा' हुन्छ त्यो कारणले गर्दाखेरी
गाउँमा त्यति जान पाइराखेको छैन । म के भन्न चाहन्छु भने
जनताहरु निराश हुनु हुँदैन कार्यकर्ता निरास नहोउन् किनकी
हामीले १० वर्षसम्म यत्रो लर्डाई लड्यौं यो लर्डाईको
संस्थागत गर्ने पोइन्ट भनेको अहिले काठमाण्डौंमै छ त्यो
सिंहदरवारभित्र छ । त्यसकारण त्यसलाई संस्थागत गरेर हामी
अगाडि बढ्न सक्छौं भन्ने कुरामा जनता कार्यकर्ताहरु ढुक्क
भएर गाउँगाउँमा जनताहरु अझै क्रियाशील भएर नयाँ नेपाल
निर्माणको लागि नयाँ ढंगले अगाडि बढ्नको लागि म आग्रह गर्न
चाहन्छु ।
पछिल्लो चरणमा सबै पार्टीहरुबाट मधेशी नेताहरुले राजीनामा
दिए यो के गर्न खोजिएको हो ?
यसमा दर्ुइटा कुरा छन ्। मुख्य कारण त हामीले जो भनिराखेका
थियौं हाम्रो पार्टीले स्वायत्त शासनहरु दिने, अनि
समानुपातिक निर्वाचन प्रणाली ठोस गर्ने, हामीले जो सदनबाट
पास गरेका छौं त्यसलाई सरकारले कार्यान्वयन गर्न सकेन त्यसको
कारणले गर्दा खेरी मधेशी सांसदहरुले राजीनामा दिएका छन् ।
दोस्रो कारण के छ भने त्यहाँ फेरि अरु विदेशी चलखेलहरु
भइरहेका छन् । त्यसकारण यो सामान्य विषय नभएर धेरै गम्भीर
विषय छ । यो गम्भीर विषयलाई सरकारले तुरुन्तै सम्बोधन
गर्नुपर्छ र यसलाई हल गर्नुपर्छ । जबकी मधेशका सबै सांसदहरु
फेरि फर्केर नयाँ नेपाल निर्माण गर्ने दिशातिर अगाडि
बढ्नुपर्छ भन्ने लाग्छ । अहिले तत्काल यो गणतन्त्र घोक्षणा
गर्ने र समानुपातिक निर्वाचन प्रणाली ठोस गरेपछि
संविधानसभाबाट स्वायत्त शासनको अवधारणालाई अगाडि बढाए पछि
त्यो समस्या हल हुन्छ भन्ने लाग्छ । त्यसरी मात्रै हामी
राष्ट्रिय एकतामा जाेडिन सक्छौं । नत्र राष्ट्रिय एकतामा फेरि
विखण्डन पनि आउन सक्ने एउटा खतरा छ । यो साम्राज्यवादले
खेलिराखेको छ, यो विस्तारवादले खेलिराखेको छ र यो खतराबाट
देशलाई बचाउन र नेपाली जनतालाई अधिकार सम्पन्न गराउनको लागि
सरकार गम्भीर भएर तुरुन्तै हल गर्नुपर्छ ।
अन्तमा, नौलो जनउभार पत्रिका मार्फत् केही भन्नु छ भने ?
विशेष गरी राप्ती क्षेत्र जो अहिले पनि आधारइलाकाकै रुपमा
रहेको छ । जनउभार जनताको एउटा सुचना दिने माध्यम बनिराखेको ।
यो नौलो जनउभार अहिले सिंहदरवारदेखि गाउँसम्म पुगिराखेको छ
यसको धेरै ठूलो प्रगति होस् भन्न चाहन्छु । यसले नै वास्तविक
जनताको विचार, जनताको भावना र जनताको मर्मलाई गाउँसम्म पुर्याउन
सफल होस् भन्ने मेरो शुभकामना छ ।