महिला आवाज
फेरिंदै गएको सामाजिक परिवेश र
महिला स्वतन्त्रता
- मनिषा श्रेष्ठ
महिलाले कुनै नयाँ कुरा गर्यो वा कुनै काममा अग्रसरता देखायो
भने समाजमा भन्ने गरेको सुनिन्छ 'पोथी बासेको' त्यस्तै
श्रीमानबाट दुःख पायो, कसैले हेला गर्यो अथवा उत्पीडन गर्यो
भने प्रतिरोध गर्नुको साटो निराश हुँदै एउटा बनिबनाउ शब्दको
साहारा लिने गरिन्छ 'छोरीको जन्म हारेको कर्म' ।
स्वभाविक समाज विकासको प्रक्रिया र वर्ग संघर्षको
प्रक्रियाबाट यी दुइ उखानभित्र लुकेको विभेद तथा कुटिल
षड्यन्त्रको वास्तविकतालाई महिलाहरुले बुझिसकेका छन् ।
परिणाम स्वरुप यस्ता रुढिगत तथा पछौटे सामन्ती संस्कृति र
संस्कारको साङ्लो सचेत जागरुक तथा समाजबाट चुँडालिन थालिएको
छ र एउटा स्वतन्त्र अनि उन्मुक्त जीवनको पक्षमा वकालत भइरहेको
छ । सडकमा, भाक्षणमा, कार्यक्रममा, फिल्ममा, टिभी रेडियोमा,
पत्रिका आदि सबै सबैमा महिला स्वतन्त्रता र अवसरका कुराहरु
छाएको हर्ेन र देख्न पाइन्छ । यसबाट के कुरा पुष्टि हुन्छ भने
रुढिगत सामन्ती संस्कृति र त्यसलाई पक्षपोषण गर्ने राज्य
प्रणाली विरोधी जनभावना र बल छ । तर 'पोथी बासेको' 'छोरीको
जन्म हारेको कर्म' भन्ने उखानहरुको प्रभावकारिता जसरी कम
हुँदै गइरहेको छ, त्यसरी सामाजिक परिवेश पनि बदलिएको छ ।
सामन्ती समाज माथि पुँजिवादी संस्कृतिको प्रभाव जवरजस्त
परिरहेको छ र नेपालको सन्दर्भमा सामन्ती संस्कृति र पुँजीवादी
संस्कृतिको मिश्रति संस्कृतिले समाजलाई विकृत पारिरहेको छ ।
फेरि पनि पुँजीवादी अश्लिल छाडा संस्कृति नै व्यापक बन्न
थालेको जस्तो देखिन्छ । स्वतन्त्रता र अवसरको मिठो
शब्दजालभित्र उनीहरु महिला माथी फेरि नयाँ ढंगबाट शोक्षण
गर्ने विधि अपनाइरहेका छन् ।
पुँजीवादका विकृत किराहरु कथित आधुनिकताको जोडजोडले वकालत
गर्छन् । आधुनिक युगको वकालत गर्दै उनीहरु अवसर र आर्थिक
प्रलोभनमा विभिन्न उच्छृङ्खल काम, मोडेल, मिस नेपाल जस्ता
प्रतियोगितामा महिलाहरुलाई किनिरहेका छन । घृणित तथा
अपमानजनक काममा लाग्न पे्ररित गरिरहेका छन् । शिक्षित
महिलालाई आधुनिक महिलाको उपमा दिएर विज्ञापन, बजार व्यापारको
लागि भाँडोको रुपमा प्रयोग गरिएका छन् । पुँजीवादको एक
विशेषता नै महिलालाई उपभोग्य साधनको रुपमा प्रयोग गर्नु रहेको
छ । विडम्बना आफूलाई शिक्षित र आधुनिक महिला भन्ने दिदी
बहिनीहरु पुँजीवादी बाटोमा यन्त्र मानवको भूमिका निर्वाह
गरिरहेका छन् ।
महिला मुक्ति र स्वतन्त्रताको अर्थ धेरै फराकिलो छ । यो
सदियौंदेखिको महिलामाथिको शोषण, उत्पीडनको अन्त्य गरी
राजनैतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक हरक्षेत्रमा
पुरुष समान अधिकारको ग्यारेन्टी गर्नुसँग सम्बन्धित छ । छोटो
कपडा लगाउने, रेष्टुरेन्ट, डिस्को, डान्सवारहरुमा निर्वाध
नाँच्न पाउने, कामुक देखिन र सिंगो महिला अस्मितालाई खुला
बजारमा परिणत गर्नेसंग यसको कुनै साइनो छैन । आफ्नो र आफ्नो
परिवारको इज्जत र मर्यादालाई लात मारेर मनोरञ्जन र व्यापारको
साधन बन्ने कुरालाई अलिकति पनि अधिकार, स्वतन्त्रता र अवसर
दिन सकिंदैन ।
हामीले चाहेको स्वतन्त्रता त्यो अराजक र उछृङ्खलता होइन ।
त्यसरी नै हाम्रो लागि अवसर त्यो प्रायोजित वा कसैको
निगाहबाट प्राप्त हुने होइन कि हाम्रो स्वतन्त्रता सामाजिक
अराजकता निम्त्याउने नभएर एउटा उन्नत र सुसभ्य समाज निर्माणका
लागि हो । अनि हाम्रो लागि अवसर पनि त्यही हो । जहाँ पुरुष
बराबर महिलाले राजनैतिक, आर्थिक, सामाजिक, साँस्कृतिक,
शैक्षिक र सिंगो राष्ट्र निर्माणमा समान जिम्मेवार र
हिस्सेदार बन्छ । न त स्वतन्त्रता र लिंगिय प्रश्नलाई मात्र
जोड दिएर हुन्छ, न त एनजिओ, आइएनजिओ वा कुनै व्यापारिक कम्पनी
द्वारा दिइने कथित अवसरबाट प्राप्त हुन सक्छ । वर्तमान
लिंगिय शोक्षण उत्पीडनको मूल कारण वर्ग विभाजित समाज तथा
सामन्ती पूँजीवादी राज्य प्रणाली नै हो । त्यसको समुल अन्त्य
नभैकन महिला मुक्ति र स्वतन्त्रताको ग्यारेन्टी हुन सक्तैन ।
त्यसको लागि संघर्ष र एकमात्र सचेत संघर्षमा सिंगो महिला
समुदायलाई उठाउनु अहिलेको ज्वलन्त आवश्यकता हो । मुक्ति र
स्वतन्त्रताका लागि हुने संघर्षमा अग्रगामी, सु-संस्कृत चेतना
र व्यवहारले लैस भएर मात्र विजय हासिल गर्न सकिन्छ । जसका
लागि पुरानो संस्कृति संस्कारमा रुमलिरहेकाहरु त्यस्तो
साँघुरो रुढीगत चेतनाबाट माथि उठ्न र सामाजिक सभ्यता, मूल्य
मान्यतालाई नै धमिल्याउने गरि पश्चिमा विकृत संस्कृतिलाई
अंगाल्न थालेकाहरुले त्यसलाई त्याग्न जरुरी छ । एउटा स्पष्ट
र सही अग्रसर भएर आफ्नो कला क्षमता सामाजिक हित र समाजलाई
पच्ने गरि पस्क्यौं भने हामी माथिको सामन्ती सोँचमा पनि
परिवर्तनको प्रक्रिया त्रि्र बन्ने छ । आफु सही विचार र सही
बाटोमा हिड्ने हो भने हरखाले व्यवधान तथा चुनौतीहरु छिचोल्न
सकिन्छ ।
निश्चय नै महिलालाई बच्चा जन्माउने मेसिनका रुपमा मात्र
परिभाषित गर्ने सामन्ती समाज नै हो भने मनोरञ्जन र व्यापारको
साधन बन्न तथा विज्ञापन बजारमा लाग्न प्रेरित गर्ने
प्रमुखपक्ष पूँजीवादी उपभोक्तावादी छाडा संस्कृति नै हो । तर
पनि त्यस्ता शिक्षित सचेत महिला सजक र र्सतर्क हुने कि नहुने
त - महिला अस्मितालाई धन पैसामा विक्री वितरण गर्नुजस्तो ठूलो
अपराध अरु केही हुनै सक्तैन । २१औं शताब्दीका महिलाहरुको
पहिचान बनावटी रुप र सुन्दरताले होइन, साहस, वीरता, दरिलो
संघर्ष र नयाँ सभ्यताले दिन जरुरी छ । हाम्रा सुन्दर र पौरखी
हातलाई मनोरञ्जनको साधन नभै सिंगो देश निर्माण र महिला
मुक्तिका लागि संघर्षशील बनाउनै पर्ने भएको छ । त्यसो गर्न
सकेमात्र हाम्रो असली महिला स्वतन्त्रता र महिला मुक्तिको
स्वरि्णम ढोका खुल्नेछ । त्यसैले आउनुस् तपाई हामी सबै दिदी
बहिनी मिलेर यो गीत गाऔं-
सुन्दर त्रि्रा पौरखी हात देशको निम्ति अर्पी हिड
बच्चा जन्माउने मेसिन होइन संघर्षशील नारी बन ।