वर्ष १०, अंक ५, २०६४ पुस १ गते आइतबार  (16 December 07)

HOME ABOUT US

naulojanaubhar@gmail.com

Special Link

राष्ट्रिय मुक्तियुद्धमा देशभक्तिको भावना जुन रूपमा हुन्छ, त्यो अन्तर्राष्ट्रियवादकै व्यावहारिक रूप हुनेछ  -क. माओ

Last updated : 17 Dec 2007

Revolutionary Music

Samana Pariwar

Pratirodh Pariwar

Senchyang Pariwar

Kshitij Pariwar

Jaljala Pariwar

Raktim Pariwar

Vivid Music

Other Language

Song Lyrics

Works

Com. Prachand

Com. Kiran

Com. Baburam

Articles

Com. Mahara

Lema Goyeska

Bashudev Misra

Prakash Sharma

D. Rawol

 

 

 

 

 

 

Documents

12 Point Agreement Decision betweeen SPA and CPNM

Peace Accord

Management of Arms and Armies

नेपालको अन्तरिम संविधान 2063

 

Ideology

Marxism

Leninism

Maoism

Prachandapath

Archive

Press Release

Publications

Martyrs

Photo Gallery

Literature

Documents

Survey

 

Special Archive

 Facilities

Currency Convertor

Date Convertor

Roman to Nepali

Metric Convertor

Nepali Calendar

Language Translation

Live Nepali Tvs

Search engines

Google.com

Yahoo.com

MSN.com

World News

BBC World Service

CNN

Hindustan Times

The Hindu

 

 

प्रमुख समाचार

यसै वर्षभित्र संविधानसभा चुनाव गर्ने सहमति

काँगेसी एकाधिकारवादी सोंचका कारण बाँकी सहमति हुन सकेन

काठमाण्डौं/संवैधानिक संकटलाई हटाउन हिजो राती अबेरसम्म बालुवाटारमा बसेको सात राजनैतिक दलहरुको बैठकले संविधानसभाको चुनाव मंसिरबाट सारेर चैत्रसम्म गराउने शब्दाबली थपेर सहमति बमोजिम हिजै संविधान संशोधन गर्ने प्रस्ताव सदन लैजान सरकारलाई निर्देशन दिएको छ ।

हिजै बसेको संसदको बैठकले उक्tm प्रस्तावलाई संसदमा दर्ता गराएको छ । अहिले देखिएका सबै समस्याहरुको हल प्याकेज गरिने भने पनि काँगे्रसको एकाधिकारीवादी सोंचका कारण बैठकमा बाँकी सहमतिहरु कायम हुन सकेनन । राजनैतिक असमझदारी हटाउन हिजो बिहान काँगे्रस, माओवादी र एमाले बीच भएको त्रिपक्षीय छलफल पछि बनेकोे एक कार्यदलले सातदलको बैठकमा प्रस्तुत गरेको प्रतिवेदनमा काँगे्रस समानुपातिक निर्वाचन प्रणाली र सरकारको पुनर्गठन गर्ने भन्ने विषयमा सहमत हुन नसक्दा यसै बर्षभित्र चुनाब गराउने सहमति बाहेक अन्य कुनै सहमति हुन नसकेको कुरा माओबादीले बताएको छ ।

अन्तरिम संविधानमा संघीय गणतन्त्र उल्लेख गर्ने गरी संविधानसभा पछिको पहिलो बैठकले त्यसलाई अनुमोदन गरी कार्यान्वयन गर्ने र चुनावको सिट संख्यालाई बर्ढाई ६०१मा पुर्‍याउने सहमति सहित कार्यदलको बैठकले प्रतिवेदन सातदलको बैठकमा पेश गरेको भन्ने कुरा बाहिर आए पनि माओवादीले समानुपातिक निर्वाचन प्रणालीको आफ्नो अडानलाई कायमै राखेको बताएको छ । बाहिर ३३५ जना समानुपातिक प्रणाली, २४० जना प्रत्यक्ष मतदानद्वारा अर्थात मिश्रति प्रणाली र २६ जना मनोनित हुने कुराको प्रस्ताव छलफलको लागि कार्यदलका साथीहरुले ल्याए पनि त्यसमा कुनै सहमति नभएको माओबादी नेता डा.बाबुराम भटर्राईले बताउनु भयो । हिजै माओवादीले आपनो केन्द्रिय कार्यालयमा सबै जनजाती, मधेशीका अगुवाहरुसंग छलफल चलाएको थियो । छलफलमा सहभागीहरुले समानुपातिक निर्वाचन प्रणालीलाई कुनै पनि हालतमा नछाड्न माओवादीलाई सुझाव दिएका थिए र गोलमेच गर्न आब्हान गरेका थिए । माओवादीले पनि समानुपातिक निर्वाचन प्रणालीमा आफ्नो अडान कायमै रहने र सहमति नभए गोलमेच सम्मेलन गरेरै पनि अगाडी बढिने बताएको थियो । माओवादी र एमालेबीच जनसेनाको शिविर व्यवस्थापन, शहीद परिवारलाई राहत, बेपत्ताहरुको खोजी र सेनाको समायोजन गर्नेका साथै सरकारको पर्ुनर्गठन गर्ने विषयमा सहमति बने पनि काँगे्रस सरकार पर्ुनर्गठनको विषयमा सहमत हुन नसक्दा बाँकी सहमतिहरु हुन सकेनन । गृह रक्षा र अर्थ जस्ता महत्वपुर्ण मन्त्रालयहरु बाडफाड गरिनु पर्ने माओबादी र एमालेको प्रस्तावलाई काग्रेसले सिधै लत्याएर आपनो अधिनायकवादी सोंचलार्इर्र्कायमै राख्न पुग्दा राजनिति गत्यावरोध हुन पुगेको विशलेषकहरु बताउछन । माओवादीले भने सरकारको पर्ुनगठन नभई सरकारमा नफर्किने बताएको छ ।

काँगे्रसको निरंकुशता र एकाधिकारवादी अधिनायकत्वले सहमतिलाई अप्ठायारो बनाउँदै लगेको छ । सत्तालिप्सा र सहमतिले बनेको सरकारमा आफ्नै एकाधिकार जमाउनुले उसको सामन्ती चरित्रले मुलुकको परिवर्तनलाई नै बाधा पुर्‍याइरहेको छ । आफूलाई लोकतन्त्रवादी भने पनि काँगे्रस सबै वैधानिक विधि र प्रक्रियाहरुलाई लात मारेर आफ्नै मुडेबलमा देशलाई यथास्थितिमै राख्ने कुचेष्टा गरिरहेको छ । यसको पछाडि काँगे्रसको पुरानै चरित्र अहिले नयाँ छोट राजा भएर आएको छ । उसको यस्तो रवैयाको विरुद्ध जनता उठ्नुपर्ने खाँचो देखिएको छ । आफ्नो पार्टी नै सबैको मािलक अरु पार्टी आफ्नो रैती भन्ने काँगे्रसी चिन्तनका विरुद्ध सिंगो राष्ट्र एक भएर मुकाविला गरी मुलुकलाई निकास दिनुपर्ने खाँचो देखिएको छ । संसदको विशेष अधिवेशनबाट पास भएको प्रस्तावलाई समेत लत्याई देशलाई अनिर्णयको बन्दी बनाउँदै लागेको काँगे्रसले संवैधानिक संकट निम्त्याउन खोजे पनि अहिलेलाई त्यो हटेको छ । काँगे्रसकै हठ र आफ्नै मात्रै बोलवाला राजनीतिले मुलुकलाई निकास दिने कुराबाट टाढा लैजान खोजे पनि वामदलहरु बीचकोे सहमति र सहकार्यलाई अगाडि बढाउँदै लैजादा निकास निस्कने विश्वास गर्न सकिन्छ र त्यसबाट मात्रै काँगे्रसी रवैया धरासयी हुँदै जाने कुरा निश्चित हुन्छ ।

अन्य समाचारहरु

क्रान्तिकारी महिला संघको अध्यक्षमा चौधरी

दाङ/गत बिहीबार घोराहीको कर्मचारी मिलन केन्द्रको प्राङ्गणमा अनेम संघ -क्रान्तिकारी)की केन्द्रीय अध्यक्ष जयपुरी घर्तिले उद्घाटन गरेको दाङको सातौं जिल्ला सम्मेलनले लक्ष्मी चौधरीलाई अध्यक्षमा निर्वाचित गरी शनिबार सम्पन्न भएको छ ।

सात वटा मैनवत्ती बालेर सम्मेलनको उद्घाटन गर्दै संघकी अध्यक्ष जयपुरी घर्तिले पुरातनवादी शक्तिहरुले देशलाई यथास्थितिमा राख्न खोजिरहेकोले त्यसका विरुद्ध विचारको संघर्ष आफूहरुले चलाईरहेको बताउनुभएको थियो । राज्यले सबै वर्ग, जाती, र लिङ्गलाई समान अधिकार प्रदान गर्ने हो भने समानुपातिक निर्वाचन प्रणाली अनिवार्य रुपमा लागु गराउनुपर्ने हुन्छ भन्नुहुदै नेता घर्तिले केही दिनमै राजनीतिक निकास ननिस्के जनता आन्दोलनमा आउनुको अर्को विकल्प नभएको बताउनुभयो । सघकी जिल्ला अध्यक्ष सुधा रेग्मीको सभापतित्व एवं लक्ष्मी चौधरीको सञ्चालनमा रहेको उद्घाटन शेक्षणमा केन्द्रीय उपाध्यक्ष तथा विधायक दामा शर्मा, रुपा चौधरी, अनेम संघकी केन्द्रीय सदस्य मेनका पोख्रेल, नेपाल महिला संघकी केन्द्रीय सदस्य अनिता देवकोटा, माओवादी दाङका सेक्रेटरी सागर, नागरिक समाज दाङका संयोजक टीकाराम रेग्मीलगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।

घोराही भरतपुरस्थित नारायण सल्यानी स्मृति सभाहलमा शुक्रबार दिनभर चलेको बन्द शेक्षणले लक्ष्मी चौधरीको अध्यक्षतामा १ पछि थप्ने गरी २३ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ । समितिका पदाधिकारीहरुमा उपाध्यक्ष दिपा विक, सचिव बालिका शर्मा, सह-सचिव तिला रोका र कोषाध्यक्ष गीता शर्मा रहनुभएको छ । त्यसैगरी सदस्यहरुमा प्रभा चौधरी, सपना थारु, द्रौपती पौडेल, मिना विक, गिता पुन, अशोका भण्डारी, सकुन्तला योगी, भूमिका घर्ति, देवा शर्मा, डिला गौतम, नौसरा विक, कामना विक, आशा महतरा, भगवता अधिकारी, रञ्जना आचार्य, डिला गौतम, रहनुभएको छ । साथै सल्लाहकार समितिमा विष्णु शर्मा, हिरा भट्टर्राई र पूर्णकुमारी पुन रहनुभएको छ ।

यसैबीच अनेम संघ (क्रान्तिकारी) केन्द्रीय समितिले माताहतका संगठनलाई एक निर्देशन पत्र जारी गरी गणतन्त्रको घोक्षणा र पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागु गराउन जनतालाई प्रशिक्षण र अन्तरक्रिया गर्ने, देशमा भैरहेका बाल अपहरण बलात्कार, घरेलु हिंसाजस्ता अपराधहरुले महिलालाई प्रत्यक्ष असर पर्ने हुँदा शान्ति सुरक्ष्ँाका लागि सरकारलाई दबाब श्रृष्टि गर्ने, महिला नेतृत्व विकासका लागि आन्तरिक रुपमा अन्तरक्रिया र छलफल चलाउने, संगठनलाई सुदृढ र बिस्तार गर्दै जनसम्बन्ध गाँस्ने लगायतका १५ बुँदामा निर्देशन जारी गरिएको छ ।

लेखकहरुले राष्ट्रियताको पक्षमा कलम चलाउनुपर्ने

युवा पाठकनेपालगञ्ज/अखिल नेपाल लेखक संघ थारुवान राज्यसमितिको आयोजनामा र्'वर्तमान परिस्थितिमा लेखकहरुको भूमिका' विषयक अन्तरक्रिया तथा गोष्ठी शनिबार नेपालगञ्जमा सम्पन्न भएको छ ।

संघका राज्यसमिति अध्यक्ष सुशिल क्षेत्रीको अध्यक्षतामा सम्पन्न गोष्ठीमा बोल्दै प्रमुख अतिथि संघका केन्द्रीय संयोजक हिरामणि दुःखीले जसले युगीन आवश्यकतालाई बोध गर्न सक्तैन त्यो लेखक हुन नसक्ने बताउँदै अबका लेखकले राष्ट्रियता, गणतन्त्र र अग्रगमनको पक्षमा कलम चलाउनु पर्नेमा जोड दिनुभयो । उहाँले कला कलाको लागि मात्र नभएर जीवनको लागि हो भन्नुभयो । अर्का वक्ता प्राध्यापक फत्तेबहादुर सिंहले गतिशील राष्ट्रवाद आजको महत्वपूर्ण पक्ष हो भन्नुभयो ।

कार्यक्रममा सुशिल क्षेत्रीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रमाथि इन्द्रमणी भण्डारी, खगेन्द्र गिरी 'कोपिला' र नरेन्द्रजंग पिटरले टिप्पणी गर्नुभएको थियो । टिप्पणीकारहरुले तत्कालिन आवश्यकता राष्ट्रवाद भएकोले कार्यपत्रमा उल्लेख गर्नुपर्ने, साहित्यिक, साँस्कृतिक पक्षलाई पनि उल्लेख गर्नुपर्ने, विशेषगरी थारु संस्कृतिलाई समेट्नुपर्ने लगायतका सुझाव दिनुभएको थियो ।

आरपी तिमील्सिनाको सञ्चालनमा सम्पन्न कार्यक्रमका अन्य अतिथिहरुमा नेकपा माओवादी बाँकेका सेक्रेटरी चन्द्रकान्त र अखिल नेपाल जनसाँस्कृतिक महासंघ थारुवान राज्यसमितिका संयोजक दानसिंह विक पनि हुनुहुन्थ्यो । करिब डेढ सयको सहभागिता रहेको गोष्ठीमा संघका राज्यसमिति सदस्य टेकबहादुर डाँगीले स्वागत गर्नुभएको थियो ।

जनकलाकारद्वारा पीडितलाई राहत

कपिलवस्तु/अखिल नेपाल जनसांस्कृतिक महासंघ अन्तरगत सामना परिवार केन्द्रीय टोली र मातहतका जनकलाकारहरुले कपिलवस्तु घटनाका पिडितहरुलाई राहत स्वरुप नगद १ लाख ४० हजार १ सय प्रदान गरेका छन् ।

मेचीकाली जनसंगीत अभियानको क्रममा कपिलवस्तु आइपुगेको सामना परिवारको टोलीले शुक्रबार नेकपा माओवादी कपिलवस्तुका सेक्रेटरी संजिवकुमार मार्फत उक्त रकम पिडितहरुलाई प्रदान गरेको थियो । जसमा अखिल नेपाल जनसांस्कृतिक महासंघ केन्द्रीय समितिले २५ हजार, सामना परिवारले ५० हजार, प्रतिरोध सांस्कृतिक परिवार मगराँत राज्यसमितिले १२ हजार, मगराँत सांस्कृतिक परिवारले १० हजार, सुखानी परिवारले ६ हजार, चोमोलुङ्गा परिवारले ५ हजार, चुनुसिल्पा सांस्कृतिक परिवारले ५ हजार १ सय, विशाल स्मृति परिवारले ५ हजार र नेकपा (माओवादी) उदयपुरले ५ हजार नगद प्रदान गरेका हुन् ।

त्यसैगरी एक जर्मन नागरिकले नगद रु १ हजार र सामाना परिवारका कलाकारहरुले पनि गोजी खर्च कटाएर पिडितहरुलाई राहत दिएका थिए ।

अभियानको क्रममा सामना परिवारले जनमुक्ति सेना नेपाल चौथो डिभिजनका सबै अस्थायी शिविरहरुमा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । उक्त टोलीले बुटवल, भैरहवा, बैरिहामा टिकट सो र शुक्रबार दिउँसो चन्द्रौटामा खुला सो पर््रदर्शन गरेको थियो । कपिलवस्तुबाट शनिबार बेलुका घोराही आइपुगेको टोली आज बिहानै कञ्चनपुरतिर लाग्ने परिवारका सहसंयोजक मोहलाल चन्दले बताउनुभएको छ ।

व्यवस्थित नगरको शुरुवात गाउँबाट

घोराही/सुव्यवस्थित र नमुनायोग्य नगरको रुपमा घोराही नगरपालिकालाई विकास गराउने लक्ष्यका साथ अम्बापुर गाउँमा जग्गा एकिकरण आयोजनाको शुरुवात गरिएको छ ।

घोराही नगरविकास समितिको पहलमा उपभोक्ता समितिको गठन गरी हुन थालेको जग्गा एकिकरण आयोजनामा अहिले नवलपुर गाउँको प्यूठान रोडदेखि दायाँ बायाँको ६५ बिगाहा जग्गाभित्र एकिकरण सञ्चालन गरिन थालिएको छ । क्रमिक रुपमा अम्बापुरमा रहेको ३ सय विगाहा क्षेत्रफललाई समेत एकिकरण आयोजनाभित्र राखिएको उपभोक्ता समितिले बताएको छ । ३१८.५ हेक्टर क्षेत्रफल ओगटेको सामुदायिक वन क्षेत्र नजिक रहेको यस आयोजना प्रकृतिको वरदान साविक हुने नगर विकास समितिका अध्यक्ष नारदमणी पोख्रेलले बताउनुभएको छ । अम्बापुर गाउँलाई चारकिल्लाभित्र राखी रत्ननाथ मन्दिर, अम्बिकेश्वरी मन्दिर, ढोडेनी गुम्बा क्षेत्र हुँदै बाह्रकुने दहसम्म पुग्ने रिङरोड र घोरनेटा घिमघिमे डाँडा हुदै र्स्वर्गद्वारी जाने सडक सञ्जाल निर्माण गर्न आवश्यक पहल गर्ने अवधारणा पनि आयाजनाले लिएको छ । त्यसैगरी आयोजनाले अम्बापुर गाउँको पश्चिमतर्फ रहेको कटुवा खोलालाई नियन्त्रण गरी व्यवस्थित गराउने लक्ष्य समेत राखेको छ ।

जग्गा एकिकरण आयोजनाको बिहीबार नवलपुरमा विधिवत उद्घाटन प्रमुख जिल्ला अधिकारी मोहनकृष्णा सापकोटाले गर्नुभएको थियो । जग्गा एकिकरण आयोजनाका योजनाकार तथा नगर विकास समिति घोराहीका अध्यक्ष नारदमणी पोखरेल प्रमुख अतिथि रहेको सो उद्घाटन कार्यक्रममा स्थानीय विकास अधिकारी मधुसुदन पौडेल, नगरपालिकाका कार्यकारी अधिकृत कृष्णप्रसाद गौतम, उद्योग वाणिज्य संघ घोराहीका उपाध्यक्ष धु्रवराज श्रेष्ठ, तुलसीपुर नगर विकासका अध्यक्ष धु्रव आचार्यलगायतका वक्ताहरुले शहरी विकासका लागि यो आयोजना महत्वपूर्ण हुने कुरामा जोड दिनुभएको थियो । जग्गा एकिकरण आयोजनाका संयोजक शशिकिरण रानाको सभाअध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन ऋषिराम बेल्वासेले गर्नुभएको थियो भने स्वागत नित्यानन्द शर्माले गर्नुभएको थियो ।

नगरपालिकाभित्रै रहेर पनि सधैं पछाडि परिरहेको अम्बापुर गाउँबाटै शहरी एकिकरणको प्रक्रिया शुरु हुन थाल्दा खुसी देखिन्छन् नवलपुरका स्थानीय बासिन्दाहरु । नगर विकासको नेतृत्वमा माओवादी रहेकोले उसले गाउँस्तरबाटै यस्तो काम थाल्दा हामीलाई खुसीमात्रै हैन विश्वास पनि लागेको नवलपुरवासीहरुले बताउँदै आएका छन् । नगरपालिकाको ५नं. वडा रहेको त्यस क्षेत्रलाई पर्यटकीय स्थलको रुपमा विकास गर्ने अवधारणासहित जग्गा एकिकरणको थालनी भएको बताइन्छ ।

एकजुट भए क्रान्तिकारी पत्रकारहरु

क्रान्तिकारी पत्रकार संघ नेपाल, प्यूठानको दोस्रो जिल्ला भेला गत मंगलबार र्स्वर्गद्वारी क्याम्पस विजुवारमा सम्पन्न भएको छ । भेलामा संघका केन्द्रीय सदस्य तथा मगराँत राज्यसमितिका संयोजक अजयदीप शर्माले वर्तमान समयमा संचार क्षेत्रमाथि दलाल प्रवृति बढ्दै गइरहेको चर्चा गर्दैै जनपक्षीय पत्रकारिताको आवश्यकता र महत्व बढेको बताउनु भयो । उहाँले मिडिया क्षेत्रमा पनि वैदेशिक चलखेल हावी भएको बताउँदै त्यसका विरुद्धमा क्रान्तिकारी पत्रकारहरुले आफ्नो मिसनको मोर्चालाई सशक्त र दरिलो बनाउन जरुरी भएको छ भन्नुभयो ।

भेलामा माओवादी जिल्ला इन्चार्ज अजितसिंहले राष्ट्रियताको हित र मुक्तिकामी आन्दोलनको विरुद्धमा ठूला संचारहरु लागि परेको कुरा उल्लेख गर्दै वैदेशिक हस्तक्षेपका विरुद्धमा आवाज उठाउन क्रान्तिकारी पत्रकार संघ अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले आफ्नो पार्टी पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको पनि बताउनु भएको थियो ।

जिल्लाका विभ्ािन्न क्षेत्रबाट दुइ दर्जन बढी पत्रकारहरुको उपस्थिति रहेको सो भेलाले प्रभात केसीेको अध्यक्षतामा ३ पछि थप्ने गरी १९ सदस्यीय जिल्ला समिति चयन गरेको छ । समितिका पदाधिकारीहरुमा उपाध्यक्ष राजेन्द्र रावत, सचिव तुफान अधिकारी, सहसचिव राधा जिसी र कोषाध्यक्ष राधा शर्मा रहनु भएको छ ।

समितिका सदस्यहरु महाविर राना, राजेन्द्र पौडेल, विश्वबन्धु थापा, हरि बस्नेत, रामकृष्ण शर्मा, सन्तोष केसी, गोविन्द दसौँदी, बसन्त सापकोटा, पूर्णबहादुर नेपाली, कृष्ण पोखे्रल र अर्जुन जिसी रहनु भएको छ । सम्मेलनले झपेन्द्र वैद्य, शिव पण्डित र कृष्ण घिमिरेलाई सल्लाकार समितिमा चयन गरेको छ । संघका पूर्व संयोजक एम.एल. थापाको अध्यक्षतामा सम्पन्न भेलामा अखिल क्रान्तिकारीका संयोजक विश्वबन्धु थापा, नेपाल राष्ट्रिय बुद्धिजीवी संगठनका अध्यक्ष कृष्ण घिमिरे, मानवअधिकारवादी नेता झपेन्द्र वैद्य, प्रगतिशील पत्रकार मञ्चका अध्यक्ष दामोदर भुसाल लगायतले शुभकामना दिनुभएको थियो । राधा जिसीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन तुफान अधिकारीले गर्नुभएको थियो । नवनिर्वाचित पदाधिकारीलाई माओवादीका जिल्ला सेक्रेटरी प्रकाशले बधाई ज्ञापन गर्नु भएको थियो भने अजयदीप शर्माले सपथ ग्रहण गराउनु भएको थियो ।

यसैबीच अखिल नेपाल जनस्वाथ्यकर्मी संघ प्यूठानको भेलाले धुव्र केसीको संयोजकत्वमा ११ सदस्यीय प्रथम जिल्ला सम्मेलन तयारी समिति गठन गरेको छ । साथै जगन्नाथ पोख्रेलको संयोजकत्वमा मानवअधिकार तथा सामाजिक रुपान्तरण अभियानको ११ सदस्यीय जिल्ला कार्यसमिति चयन गरिएको छ ।

सडकबाट नयाँ सरकारको घोक्षणा गर्ने चेतावनी

दाङ/अन्तरिम व्यवस्थापिका संसद्का विधायक तथा थारु राष्ट्रिय मुक्तिमोर्चाका केन्द्रीय अध्यक्ष रामचरण चौधरीले संसद्को विशेष अधिवेशनबाट पारित गणतन्त्रको घोक्षणा र पूर्ण समानुपातिक निर्वाचन प्रणाली कार्यान्वयन नगरिएमा सडकबाट वामपन्थीहरुको सरकार घोक्षणा गरिने बताउनु भएको छ । सो कुरा उहाँले मंगलबार संसदबाट पारित प्रस्तावको कार्यान्वयन गराउन दबाब दिने उद्देश्यले थारु राष्ट्रिय मुक्तिमोर्चा दाङले घोराहीमा आयोजना गरेको जनसभा तथा प्रदर्शन कार्यक्रममा बताउनु भएको हो ।

मोर्चाका जिल्ला अध्यक्ष रामबहादुर दहितको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि रामचरण चौधरीले जसले जन्मकालदेखि नै गणतन्त्र र संविधान सभाको कुरा उठाउँदै आयो, त्यसैलाई राजावादीको आरोप लगाएर यथास्थितिवादीहरुले मुल विषयवस्तुलाई ओझेलमा पार्न लागि परेको बताउनुभयो ।

कार्यक्रम नेकपा माओवादी दाङका इन्चार्ज डायमण्डले राष्ट्रियता र गणतन्त्रको विषयलाई यथास्थितिवादीहरुले टुक्रा-टुक्रा पार्न खोजेको उल्लेख गर्दै यथास्थितिवादी र निरंकुश राजतन्त्रलाई बचाईराख्न चाहनेहरुलाई आर्यघाटमा जलाउने आन्दोलन जरुरी भएको बताउनुभयो ।

कार्यक्रममा अखिल -क्रान्तिकारी)का केन्द्रीय सदस्य खुसीराम चौधरी, अनेम संघ -क्रान्तिकारी)की जिल्ला अध्यक्ष सुधा रेग्मीले पनि बोल्नुभएको थियो । ट्राफिक चोकदेखि शुरु गरिएको र्‍यालीले संघीय गणतन्त्र र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको नारा लगाउँदै घोराही बजार परिक्रमा गरी कर्मचारी मिलन केन्द्रको प्राङ्गणमा पुगेर जनसभामा परिणत भएको थियो ।

राष्ट्रियता र गणतन्त्रको लागि युवा मार्च

सल्यान/राष्ट्रियता, गणतन्त्र र देशको अग्रगामी निकासका लागि 'मगराँत गणतान्त्रिक युवा मार्च सफल पारौं' भन्ने मूल नारासहित थालिएको युवा मार्च अभियानका अभियात्रीहरु सल्यानका विभिन्न स्थानमा विविध कार्यक्रम सम्पन्न गरी शुक्रबार रुकुमतर्फ लागेका छन् ।

मंसिर १८ गते सल्यानको लान्तीबजारबाट उद्घाटन गरिएको अभियानमा वाइसिएलको १ र २ नं. कार्यदल अनि जिल्लाको शक्ति गरेर ५० जनाको सहभागिता रहेको