कविता
अनि बन्छ नयाँ नेपाल
-सूर्यनाथ सापकोटा
कानुनहरु कुर्सी मोटाउने
औजार बने
गरीबका आँशुहरु
ठूला ठालुका जुश बने
ज्ञानेन्द्रहरु
देश खाने भूत बने
नबनेको यहाँ केही छैन
गणतन्त्र पनि
नबन्ने कुरै छैन
हिमाल हेर्छु
अमेरिकन र बेलायती जस्ता
गोरा छन्
वीर गोर्खाली
उनकै छोरा जस्तै छन्
गणतन्त्र जन्मदैन भन्ने
कुरै नगरौं
गिरिजा श्री जस्ता त
यहाँ हामै्र प्रधानमन्त्री छन्
उठिजाहरुले
आन्दोलनमा दुःख नगरे हुन्छ
नयाँ वादशाहले
अनुदानमा गणतन्त्र दिन्छन्
यहाँ दाता धेरै छन्
सबै नेपाली माग्ने भए पुग्छ
बेकारमा पसिना किन निकाल्ने
चक्का जाम र नेपाल बन्दले
लोकतन्त्र फल्छ फुल्छ
मान्छे मारी
ज्ञानेन्द्रहरुका
आयोग बनाउने
जिल्ला जिल्लामा
उनकै दिमागका भाका फिराउने
अनि संविधानसभाको चुनाबमा
ज्याला नमिलेको ज्यामी
आफैबन्ने
अनि शितल निवासको
द्वार खोली
यहाँ सधै र्स्वर्गलोक हेर्ने
शहीदका सपना
कलमले केर्ने
हरेक काण्ड काण्डमा
चन्द्रौटा हेर्ने
अनि मानवअधिकारका
डलर सोहोर्ने
लोकतन्त्र गणतन्त्र अवश्य बन्छ
गद्दार कुर्सीमा
लिसो झैं बस्ने
अब त किन बोल्ने -
बोल्ने मुख पनि
बरु अब राष्ट्रसंघको खातामा
जम्मा गरी चुपचाप हुने
लोकतन्त्र गणतन्त्र
बनेको बेसरी हेर्न
सिमानाका पिलरहरु
काठमाण्डौं तिर बढ्न दिने
खाओवादीको काख जस्तो
कुर्सीमा बसी तर्राईलाई डुबानमा पारी
लोकतन्त्र गणतन्त्रको भजनमण्डलीमा
अड्डा जमाएर बस्ने
अनि हेर्ने
बन्छ नयाँ नेपाल ।
अभियान
- गोविन्द खड्का (चिन्तन)
कठ्याङ्गीदो हुस्सुभित्र हिँडिरहेछन्
अपाङ्ग अर्धपाङ्ग दौडिरहे छन्
साइकलयात्रा पैदल यात्रा झण्डा बोकेर
राजमार्गका चोकहरुमा जम्मा गरेर
कहिले खाँदै भोकै रहँदै जनताको बीच
जति चिल्ला घरमा पुग्नु त्यति मान्छे निच
अविर माला खाना अनी भारी स्वागतले
जति झुप्रा पिडित जनता त्यति रमाउने
कामकाज सबै छोडी हुन्छन् तिनै ताँती
अन्याय अत्याचार कति रहेछ सुनाउँदै हाँसी
सुकुम्वासी जग्गा पाउने जनतालाई देशको आश
घरपरिवार छोडी आन्दोलनमा छैनन् कोही निराश
एउटा युगको ऐतिहासिक अनौठो यो यात्रा
आमूल परिवर्तन गर्ने आँट हो होइन कुनै जात्रा
एकजुट हुँदै उठे जनता याद गर हे शासक
बाटाघाटा, उद्योग धन्दा कब्जा भई राख्या छन्
मन्त्रीमण्डल, संसदभित्र के रहेछ देखाइदिए जनतालाई
लुकाउने केही छैन सत्ता चलाई देखाए सेना बनाई
जनताका माग पूरा गर त्रि्रो बुद्धि भए
लोकतान्त्रिक गणतन्त्र निर्माण भयो अनिवार्य ।