शहीद गाथा
एउटा अथक योद्धा थिए क.विदुर
क.विदुरको वास्तविक नाम खिमबहादुर वली हो । उहाँलाई सवैले
विदुर भनेर चिन्दथे । दार्माकोट- ८ स्याँलागाउँ सल्यानमा
जन्मनु भएका विदुर बुवा तुलु वली र आमा तुल्सी वलीको एक
मात्र छोरा हुनुहुन्थ्यो । ढाकाडाम- १ की निमकुमारी केसीसंग
उहाँले वैवाहिक सम्बन्ध गाँस्नुभएको थियो । उहाँको एक छोरा र
एक छोरी छन् । स्थानीय प्राथमिक विद्यालय काफलगैराबाट अध्ययन
शुरु गरी मावि अध्ययनका लागि श्री जनज्योती मावि फारुलामा
जानु भयो । सानैदेखि विद्रोही स्वभावका धनी विदुरलाई नेवि
संघका गुण्डाहरुले फारुला पढ्न नदिएपछि उहाँ ढाकाडामको
सूर्योदय मावि मेलचौरमा पुग्नुभयो । त्यहाँ उहाँले मावि
अध्ययनलाई पूरा गर्नुभयो । विद्यार्थी राजनीतिमा सहभागी बन्दै
गर्दा २०५४ बैशाख ५ गते मावि एकार्य सदस्य, २०५६ असारमा एरिया
सदस्य, भाद्रमा सम्पन्न तेश्रो एरिया सम्मेलनवाट कोषाध्यक्ष
र २०५७ देखि जिल्ल्ाा समिति सदस्यको जिम्मेवारी पूरा गर्दै
जानु भयो । महान् सर्वहारा वर्गको प्रतिनिधि पार्टी नेकपा
माओावादीको सदस्यता २०५७ मा प्राप्त गर्नुभयो । २०५८ मा
पार्टी एरिया सदस्यको जिम्म्ोवारी पूरा गर्दै जाँदा
विद्यार्थी र जनतामाझमा एक कुशल संगठनकर्ता र विश्वासिलो नेता
बनिस्ाक्नु भएको थियो ।
सैन्य जीवन
उहाँ जनमुक्ति सेनामा २०५९ मा सहभागी बन्न्ाुभयो । सल्यान
जिल्लामा कार्यरत २ नं प्लाटुन सेक्सन एफजिएलको जिम्मेवारी
पूरा गर्दै जाँदा उहाँ कुशल कमाण्डरको रुपमा स्थापित भैसक्नु
भएको थियो । पहिलो पटक २०५७ मंसिरमा फारुला पुलिस्ा चौकीमा
धक्कामुलक कार्वाहीमा सहभागी बन्नुभएका क.विदुर कपिलवस्तु
चन्द्रौटा इप्रका रेड, दमाचौर एरिया एम्वुस, लमजुङ्ग
धनपोखरामा आकस्मिक भिडन्त, लिपे भिडन्त, फुलाङग्रा भिडन्त,
घोर्लेटार एम्वुस, चितवनको पर्सर्ाा कमाण्डो आक्रमण, धादिङ्ग
चसौटिमा एरिया एम्बुस, गोरखाको पाकामा आकस्मिक भिडन्त,
म्याग्दीको बेनीमा घाइते, बाग्लुङ्ग ताराखोला भिडन्त, कास्की
कालीमाटी भिडन्त लगायत दर्जनौं महत्वपूर्ण गण्डक क्षेत्रका
सैन्य योजनाहरुमा सहभागी बन्नुभएको छ ।
तत्कालिन मध्य कमाण्ड अन्तरगत गण्डक क्षेत्रमा एक फौजी
कार्वाही गर्ने योजना अनुसार लमजुङस्थित बाहुनडाँडा रिपिटर
टावरलाई आक्रमण निशाना छानियो । योजना कार्यान्वयनको क्रममा
विजयको नजिक पुग्दै गर्दा दुश्मनको गोली लागि २०६१ मंसिर ३०
राती १२ बजे उहाँको शहादत भयो । वासुस्मृति चौथो व्रिगेड १०
बटालियन ए कम्पनीका प्लाटुन सह-कमाण्डर क.विदुरको बलिदानीले
सैन्य संगठनमा ठूलो क्षति भएको छ । क्रान्तिप्रति प्रतिबद्ध
एक नायक विदुरप्रति अभिवादन ।
प्रस्तुती ः प्रतिकइच्छुक