सामयिकी
मेची महाकाली युवा मार्च अभियान :
छोटो चर्चा
- सुवास थापा
'राष्ट्रियता र गणतन्त्रको लागि मेची महाकाली यूवा मार्च
अभियान' नामक महान र वहुआयामिक अभियान योङ्ग कम्युनिष्ट लिग
नेपालको केन्द्रीय समितिको निर्णय र नेतृत्वमा संचालन भइरहेको
छ । यो अभियान मंसिर १५ गते काठमाण्डौमा उद्घाटन भएर पूर्व
इलामदेखि पश्चिम टनकपुर हुँदै पौष २१ गते काठमाडौमै समापन
हुने छ । अभियानका उद्देश्यहरुको सम्बन्धमा छलफललाई अगाडि
बढाउन आवश्यक छ ।
पृष्ठभूमि ः १९ दिने जनआन्दोलन पछि शुरु भएको शान्ति
प्रक्रिया एउटा भिन्नै प्रकारको युद्ध मोर्चा बन्यो । त्यसो
त युद्ध पनि एउटा राजनैतिक संघर्ष कै भिन्न र उच्च रुप हो ।
साम्राज्यवादी, विस्तारवादी र तिनका नेपाली नोकरहरुका रुपमा
कृयाशिल दलाल तथा नोकरशाही पुँजीपति वर्गका प्रतिनिधिहरुसंग
हाम्रो वार्ताको भिडन्त शुरु भयो । उनीहरु हामी र हाम्रो
वर्गलाई वार्ताको अदृश्य माध्यमबाट आत्मर्समर्पण गराउने, तहस
नहस पार्ने र सर्वहारा आन्दोलनलाई 'डिस्ट्रोय' गर्ने योजनामा
आएर नेताहरुलाई सिंहदरवारमा र मन्त्रालयमा झुलाएर
बिगानेेनमुक्तिसेनालाई व्यारेकमा कैद गर्दै र हतियारमा ताल्चा
मार्ने तल्ला कार्यकर्ताहरुलाई गुण्डा र लठैतहरुको बलमा डाँडा
कटाउने उनीहरुको योजना स्पष्ट बुझिन्थ्यो । त्यसको 'काउण्टर
प्लान' स्वरुप हाम्रो पार्टीले विभिन्न योजना बनाउने र त्यो
मध्य एउटा वाइसिएल रुपी मिलिट्यान्ट युवा शक्तिको निर्माण गर्यो
।
वाइसिएलले जब देशव्यापी पहल लियो । काँगे्रसी गुण्डाहरु एकपछि
अर्को गरी अस्पतालको शैया रिजर्भ गर्न थाले । त्यसपछि
काँगे्रसको योजना असफल हुनथाल्यो । उसको राजनैतिक तरिका,
परम्परा र शैली वाइसिएलको धरापमा पर्यो । त्यसकारण
काँगे्रसले जेष्ठको चुनाव नगर्ने षड्यन्त्र गर्यो । यदि
हामीले प्रतिरोध नगरेको भए हामीलाई त्यो भन्दा दशौं गुणा
बेहाल बनाउने योजना उनीहरुको थियो । त्यो त हाम्रो बाध्यता
बस गरिएको प्रतिरोध मात्रै थियो । जर्ज सैण्डले भने झैं- 'लड
या मर, हिसात्मक संघर्ष गर या अस्तित्व बिहिन हौं' भन्ने
अवस्था उनीहरुले नै पैदा गरेर प्रतिरोधको बाध्यता भयो ।
त्यसबेला देखि अहिलेसम्म उनीहरु निरन्तर वाइसिएलको खेदो खन्न
लागि परेका छन् । 'बाउ खाने बोक्सा'झैं मानेका छन्
वाइसिएललाई उनीहरुले । प्रचारका सबै तरिका र माध्यम प्रयोग
गरी वाइसिएल एउटा अराजक, अनुशासनहिन र बुदुहरुको संगठन हो
भनेर बदनाम गर्न गोयबल्स शैलीको प्रयोग गरिरहेका छन् । त्यसको
लागि उनीहरु करोडौं डलर खर्च गरिरहेका छन् । हुन त एउटा
क्रान्तिकारी संगठनलाई बदनाम गर्न साम्राज्यवादले अरबौं डलरको
खोलो बगाएको कुरा कुनै नौलो विषय पनि होइन । यदि उनीहरुले भने
जस्तो गरी वाइसिएलकै कारणले माओवादी पार्टीको छवि व्रि्रदै
गएको हो, राजनैतिक आयतन घटेको हो भने उनीहरु आनन्दले खुशी
मनाउँदै बस्नु पर्ने हो नि - किन रातदिन वाइसिएलकै पछि लागेर
भ्याई नभ्याई गर्नु परेको छ उनीहरुलाई - त्यसकारण वाइसिएल
बिग्रिएको नभएर वाइसिएलको कारणले उनीहरु बिग्रिएको भन्ने कुरा
बुभन आवश्यक छ । तर यति हुँदाहुँदै पनि जनसमुदायमा अवश्य केही
भ्रम पर्न गएको छ । यथार्थ कुरा हामै्र मुखबाट सुन्न र
व्यवहारबाट बुभन पाएका पनि छैनन् । यो अपूर्णतालाई पूरा गर्न
र हाम्रो संगठन स्पष्ट वैचारिक र राजनैतिक लक्ष्य बोकेको
संगठन हो र यो वास्तविक परिवर्तनको बाहक संगठन हो भन्ने
कुरालाई थप स्पष्ट पार्न यो अभियान संचालन गरिएको हो ।
राजनैतिक उद्देश्य ः नेपालको इतिहासमा एउटा युगान्तकारी
महत्व राख्ने गरी सम्पन्न भएको विशेष अधिवेशनद्वारा पारित भई
सरकारलाई कार्यान्वयनको लागि निर्देशन गरिएका मुद्दाहरुलाई
व्यापक प्रचार प्रसार गर्ने, त्यसको पक्षमा शसक्त जनआन्दोलनको
वातावरण तयार पार्ने र यसलाई आम बहसद्वारा जनदवावको पृष्ठभूमि
खडा गर्ने नै यसको प्रमुख राजनैतिक उद्देश्य हो । नेपाल र
नेपाली जनताको समुन्नत भविश्य कोर्ने विचार र योजना कुन
पार्टीको छ - वास्तविक रुपमा बहुसंख्यक उत्पीडित जनताको
प्रतिनिधित्व कसले गर्छ - भन्ने कुरा विशेष अधिवेशनले स्पष्ट
गरेको छ । को गणतन्त्रवादी हो र को होइन - कसले आमूल
परिवर्तनद्वारा देशको विकास गर्न चाहन्छ र कसले चाहन्न भन्ने
कुरा पनि स्पष्ट भएको छ । बहस, छलफल र सिद्धान्तका कुरा गर्दा
कसले के भन्छ भन्ने कुरा मुख्य होइन, कसले तत्कालिन आवश्यकता
अनुसार व्यवहारमा हामफाल्छ भन्ने कुरा नै मुख्य हो । सब भन्दा
बढी युद्धको विरोध जर्ज वुशले गर्छ जो यो दुनियाँकै सबभन्दा
क्रुर रक्तपिपासु हो । सबभन्दा ठूला प्रजातन्त्रका कुरा
ज्ञानेन्द्रले गथ्र्यो, अहिले पाकिस्तानका तानाशाह
मर्ुर्सरफले गर्छ अनि भुटानको जिग्मेले गर्छ । त्यसकारण
वास्तविक अग्रगामी शक्तिको हो र यथास्थितिवादी तत्व कुन हो
भन्ने कुरा पनि स्पष्ट पार्नु छ । दोस्रो कुरा संसदको निर्णय
र आदेशलाई सरकारले पालना गर्नुपर्छ कि पर्दैन - सरकारले
संसदको आदेश उलंघन गर्दै गएपछि संवैधानिक सर्वोच्चता को
उपहास भएन र - सरकार ठूलो की संसद - सहमतिकै कुरा गर्ने हो
भने पनि बहुमतको सहमति लागू हुनेकी एउटा दल विशेषको अडान -
सामान्य अनुशासन र नियमलाई पनि नमानेर आफ्नै मनोगत डम्फु
बजाइरहने हो भने त यो अन्यौलता कहिले अन्त्य हुँदैन । फेरि
काँगे्रसनै शान्ति प्रक्रियाको एक मात्र कुँजी पार्टी पनि त
होइन । ऊ विद्रोही दल पनि होइन । जनआन्दोलनमा उसले मात्रै
जादु देखाएको कुरा पनि होइन र यो उपलब्धी उसको निजी सम्पत्ती
पनि होइन । बरु नोट अफ डिसेन्ट लेखेर भए पनि सहमतिमा आउनु
उसको नैतिकता ठहर्छ । त्यसैले काँगे्रसको सामु अब दर्ुइवटा
विकल्प छन् १) सहमतिमा जानु २ ) गिरिजाले असफल भएको घोक्षणा
गर्दै राजिनामा दिनु । संविधानको पालना काँगे्रसले गर्ने कि
नगर्ने - वास्तविक रुपमा संविधानको उलंघन काँगे्रस र गिरिजाले
गरिरहेका छन् । यो कुरा जनतालाई बुझाउनु अभियानको एउटा
राजनैतिक उद्देश्य हो ।
राष्ट्रियताबारे डेमोक्रेसीको कुरा गरेर राष्ट्रियतामाथि
बलात्कार गर्ने वा बलात्कारीहरुसंग सहकार्य गर्ने प्रवृत्ती
पुराना नेपाली संसदवादी राजनीतिको मूलप्रवाह हो । डेमोक्रेसी
जति राम्रो भए पनि त्यहाँ राष्ट्रियता बलियो भएन भने त्यो
डेमोक्रेसी पनि समाप्त हुन्छ । जस्तैः सिक्किम । जहाँ
डेमोक्रेसीको कुरा गर्दै राष्ट्रियताको विक्री गरिएको थियो
नेपालीको पनि त्यही अवस्था हुँदैछ । यदि राष्ट्रियताको
रक्षाको विषयलाई ख्याल गर्न सकिएन भने त्यो भन्दा ठूलो
अज्ञानता अरु हुने छैन । त्यसको मुख्य शक्ति नै युवा हो ।
युवाहरु आफ्नो देशको अस्मिताको रक्षा गर्न इच्छुक भएनन् भने
त्यो देश निकै निरिह हुन्छ । त्यसकारण नेपाली युवाहरुको मूल
प्रवाह र अग्रदस्ता हाम्रो संगठन वाइसिएल, नेपाल
राष्ट्रियताको पक्षमा सशक्त आवाज उठाउँछ र आवश्यक परे लाखौंको
संख्यामा संगठित भएर राष्ट्रियताको निम्ति लड्न तयार छ । हामी
यो अभियानद्वारा जनतामा यो सन्देश पुर्याउन र
हस्तक्षेपकारीहरुलाई ठाडो चुनौती पुर्याउन चाहन्छौं ।
युवा परिचालनबारे ः हाम्रो संगठन जसरी छोटै समयमा लोकप्रिय र
सशक्त बन्यो, यसलाई अझ विस्तार र सुदृढ गर्न जरुरी छ । वाह्य
घुसपैठलाई ख्याल गर्दै यो संगठनलाई अझ अनुशासित र आफ्नो
लक्ष्यप्रति थप प्रतिवद्ध बनाउनु छ । हामीले छोटो आदेशको भरमा
लाखौं युवा परिचालन गर्ने सामर्थ्य राख्छौं भन्ने कुराको
प्रयोग पनि गर्न खोजिएको छ । त्यो युवा ताकतलाई अभियानात्मक
ढंगले संघर्षमा विकासमा र निर्माणमा जागरण ल्याउन र केही
परिणाम निकाल्न सकिन्छ भन्ने कुराको पनि अभ्यास गर्न चाहन्छौं
। यो केन्द्रीय अभियानसंगै पुरक अभियानहरु राज्य, जिल्ला,
निर्वाचन क्षेत्र, इलाका हुँदै वार्डसम्म यसलाई विस्तार गरिने
छ ।