जस्ताको तस्तै
सर्कार सबै आयो
- गाउँले यात्री
आयो, आयो, लौ आयो ताजा खबर ! 'लोकतन्त्र आयो'.. 'राजाले घुडा
टेके'... लौ आयो हजुर ताजा खबर .. एकाविहानै पत्रिका बेच्ने
केटो चिच्याउँदै हिडिरहेथ्यो सडकमा । आज जनआन्दोलनको २०औं
दिन अर्थात् बैसाख १२ गते । अझैं २/४ दिन यस्तै जनसागर
उल्र्यो भने राजतन्त्र त के राजतन्त्रका बाउ बाजे र छोरा
नातीको अवशेष पनि बाँकी रहने छैन यस्तै सोच्दै कोठामा
बसिरहेको थिए म ।
घाम उदाइसक्यो तर हिजोजस्तै आज सडकमा विरोधका चर्का
नाराबाजीसँगै र्याली र जुलुसहरु निस्किएनन् । बरु अविर
जात्रा जस्तो दृश्य पो देखियो । नभन्दै त्यस्तै रहेछ । एकहुल
मान्छे नामक जीवित प्राणीहरु लोकतन्त्र आयो भन्दै खुसी मनाउदै
सडकमा कुदिरहेका थिए ।
झण्डै २० महिना अघि मैले यही दृश्य देखेको थिए शहराँ गा'को
बेला । जनआन्दोलन अर्थात् जाने आन्दोलनको २०औं दिन अर्थात
आउने आन्दोलनको पहिलो दिन बैसाख १२ गते । नेपाली जनताले
खोजेको साँचो लोकतन्त्र त ख्वै त्यति थाहा भएन तर
सेरेमोनियलप्रसादको लोकतन्त्र भने त्यही दिनदेखि शुरु भयो ।
त्यतिबेला देखि नै हाम्रो देशाँ शुरु भएको आउने क्रम अझैं
जारी छ ।
सबभन्दा पहिले लोकतन्त्र आयो । त्यो पनि विभिन्न साइजमा, कतै
बोतलमा, कतै होटलमा, कतै शक्तिमा कतै जुक्तिमा । जेहोस
अहिलेसम्म आउँदा लोकतन्त्रको विशालबजार नै खुलिसकेको छ ।
त्यसपछि के नै आएन र - लोकतन्त्रको साथमा शोकतन्त्र,
भोकतन्त्र, जोकतन्त्र, रोगतन्त्र ह्वात्तै आयो । काँग्रेसको
एकाधिकार, गिरिजाप्रसाद उर्फ सेरेमोनियलप्रसादको र्सवाधिकार,
मधेशभित्र विदेश, तर्राई बाल्ने अमेरिकन आगोदेखि बम पड्काउने
बम्बैवाले बारुद पनि भित्रियो । रायमाझी आयोग, बमकाण्ड
छानविन आयोग, गौरकाण्ड छानविन आयोग, कपिलवस्तुकाण्ड आयोग
के-के आएन र - अन्तरिम सरकारदेखि संविधानसम्म सबै आए ।
संविधान सभाको चुनाव पनि ३ पटक आयो ।
यतिमात्र कहाँ हो र - १२ बुँदेदेखि अन्तरिम संविधानसम्म,
अनमिनदेखि अनमनसम्म, खैरै,कुइरेदेखि धोतिवाल, लोतिलालसम्म सबै
आए । हुँदा-हुँदा दक्षिणबाट सिमा मिच्दै,मधेश कुच्दै, कोशी,
मेची, गण्डकी र महाकाली लुट्दै धोतीवाल फौज पनि यतै आउदैछ ।
आखिर लोकतन्त्र भनेकै यस्तै हुन्छ कि क्या हो ?
भयो अब ए थोते बुढाको सर्कार नेपालीलाई भीखमङ्गा बनाउने
लोकतन्त्र कसैलाई चाहिएको छैन । अब त पुग्यो कि यो भन्दा बढि
नल्याए कसो होला ?