|
|
|
संस्मरण
कहिले ननिभ्ने आगो र नढल्ने आस्थाको
पर्खाल बनेको छ : तमाली गाउ
- भिमकुमारी बाठा
निर्भिक र निडर भएर उभिएको कार्जङ पहाडको छातीबाट सानासाना
झरनाहरु छङछङ खसिरहेको देखिन्छन । वषर्ा र हिउ “द
याममा थरीथरी रंगका फूलहरु फुलिरहेका हुन्छन् । वसन्तमा
लालीगुरा“स फुलेर पाखाभरी रक्ताम्य भएको छ । दक्षिणमा
क्रान्तिको विगुल फुक्दै सल्लीकोट टाकुरा एवं पूर्वमा कोठी
पहाड निडर भै उभिएको छ । तल गाम खोला बेगवान गतिमा सुसाइरहेको
छ । तमाली खोला र गिच्छे खोला भेट हुन हाम फाल्दै वेगिएका छन
। त्यसैको बीचको डा“डामा तमाली गाउ“मा सामाजिक सहकारीताको
अभ्यासबाट विश्वलाई साम्यबादको सन्देश दिन सक्ने सुन्दर
समाजको थालनी गएको छ ।
विगत १० वर्ष अगाडि यी गमालीहरु दुनिया “को
सामुमा पाखे थाक्रे भनेर चिनिने गर्दथे । अत्यन्तै दर्ुगम
असुविधाले ग्रस्त यी वस्तीहरुमा सामन्ती, जाली फटाहाहरुले
रगत पसिना चुस्दासम्म चुसे । यी वस्तीका मान्छेहरु सामन्तको
उत्पिडनमा मान्छे भएर जिन्दगी जिउन कहिल्यै पाएनन । वषर्ाको
झरीमा पनि बुंकी फुल्ने लेकमा भेडा बाख्रासंगै जुकाको
टोकाइबाट तररर रगत बगाउ“दै पुषमाघको तुसारोमा पनि गाई
बाछासंगै स्याउले छाप्रा र गोवर स“ग लट्पटिदै गोठमा आगो
बाल्दै बस्नेहरु जिन्दगी भरी कहिल्यै चप्पल लगाएनन् ।
चिराचिरा फुटेका खुट्टा घु“डा माथीको पेराङ्गी, भाङग्रोको
गादो अनि कम्बल लिएर जाडो याम बिताउ“छन् । टाढा (अलि विकसित)
ठाउ“का मान्छेहरु उनीहरुलाई ठूलाठूला भारी बोक्न बोलाउ“छन् ।
उनीहरु ढोको, नाम्लो एउटा पुरानो फाटेको कम्बल भाङग्रो अनि
खर्र्सो खर्र्सो जहुको सातुसंग नुनको ढिका पोको पारी भारी
बोक्न हि“ड्छन । उनीहरु दशलम्बर देखि पन्द्र लम्बरीसम्मको गर्हौ
उठाउन सक्छन् । ती खाली खुट्टाले गामको अजंग पहाड काट्दै
प्यूठान एवं जलजला पहाड हु“दै दाङ र्झदछन् ।
बजारका सेता महलमा बसेर भातमासु र थरीथरीका तरकारी दाल
खाइराख्दा गमालीहरु कालो थैली बाट खर्र्सो सातु र नुनको ढिका
टोक्दै बस्दछन । सुकिला कपडा लगाएका साहुहरु अत्यन्तै
अपमानित बोल्दै गन्नाउने पाखेहरु गल्लीमा नसुत्" लात्ताले
धकुल्छन् अनि गल्लीमा उसको आधा कम्बल विछ्याएर आधा ओडेर
सुत्छन् । भारी बोक्ने ती गमाालीहरु टाढाको बाटोमा कहिल्यै
सुतेनन, बाटोमा हि “ड्दै
गर्दा जहा“ रात पर्छ त्यहा“ कहिले ओडारमा त कहिले सडक बाटोमै
जीवन गुजार्ने ती गमालीलाई भेट्नेहरुले पाखे गमाली भनेर
चिन्दथे । यस्तो दुःखी विपन्न नारकिय जीवन विताउदै मान्छे
भएर पनि पशु सरह बा“च्छ विवश भए गमालीहरु । देशमा आएपछि २०४७
सालदेखि कम्युनिष्ट नेताहरु ती दर्रि्र झुप्रा छाप्रोमा
पुग्दछन् नेपाली नबोल्ने गमालीका माझमा मगर खाम बोल्ने
सन्तोष बुढाहरुले पटक पटक राजनितिक कलाश दिनुहुन्छ ।
श्रमिक र महान् गमाली किसानहरु तपाईहरुको रगत पसिना आलिसान
महलहरुमा बस्नेहरुले चुसिरहेका छन । तपाई हाम्रो दिमाग
तानाशाही शासकहरुले भुटिरहेका छन । हाम्रो पनि स्वाभिमान,
इज्जत एवं प्रतिष्ठा छ हाम्रो स्वाभिमान माथी दमन गरिएको छ ।
अब हाम्रा बलिया मुठ्ठीहरु संगठित गरेर छाती खोलेर संघर्षको
हु “कार
छेड्नु पर्छ । हामीले तोड्न सक्छौ युगौंदेखि बा“धिएका
जंजीरहरु, गुमेको अधिकार संघर्षबाट मात्र प्राप्त हुन्छ ।
गमालीहरु संगठित हुन्छन् २०४८ सालको चुनावमा जनमोर्चा
निरि्वरोध विजय भएपछि गाउ“का सुदखोरहरु एक्लिंदै गए, शोषित
जनताहरु एक हु“दै गए । फटाहाहरुको स्थानीय सत्ता खलबलिए पछि
उनीहरु राक्षसी चित्कार ओकल्दै दमन गर्न शुरुवात गर्दछन, तर
चुप किन लाग्दथे । सयौं वर्ष देखि दविएका मनहरु घङ्गारुका
लठ्ठी र ढुङ्गा बोकी उठ्छन । जाली फटाहाहरु हार्न थालेपछि
उनीहरु मालिकसंग गुहार माग्छन् अनि ती गाउ“हरुमा शुरु गरिन्छ
कथित रोमियो अपे्रशन ।
त्यो निर्दोष गाउ “
वस्तीलाई पुलिसले घेरा हाल्न थाल्छ । गाउ“मा बुढाबुढी
बच्चाबच्ची जसलाई भेट्यो उसैलाई कुट्न थाल्छन । त्यही समय हो
६५ वर्षकी सुकी बुढाको गुप्ताङ्गमा लाठी घोचेर रक्ताम्य
बनाएको, ३ महिने बच्चालाई पनि टिपेर फ्याक्कीएको,े त्यसको
प्रतिरोध गर्दा आमा बेस्मारी कुटिन्छिन । उनीलाई बेहोस्
बनाएर राक्षसहरु बलात्कार गर्दछन् । गाउ“मा भेटिएका
युवा“हरुलाई छोपेर चौकीतिर लैजाने क्रमको सुरुवात हुन्छ ।
दिनदिनै ती गाउ“हरु विशेष त तमाली गाउ“मै दमन गरिन थाल्छ ।
गाउ “मा
बसि नसक्नु हुन्छ । सबै जनता झोलामा सातु बोकेर नानीलाई
डोकोमा बोकी माथी जंगलतिर लाग्छन, गाउ“मा अपे्रशन भैराख्छ ।
राइफल पट्केको आवाजले आकाश गर्जिरहेको हुन्छ । गाउ“मा भएको
भाले, बोका, रागा सबै काटेर खाइदिएका हुन्छन् । जनताहरु माथी
जंगलमा भोकै कष्ट पिडा खेप्दै बच्चाहरु छातीमा टासेर प्यासमा
तु“सारो खा“दै भोकले छट्पटाउ“दै घा“स खाएर धेरै दिन बिताए ।
जंगलमै नानी जन्मिएर सुत्केरीले सातुसम्म खान पाएन, दुध पिउन
नपाएर बच्चा जंगलमै मरे । वैरीहरु दमनले न्यायका आवाजहरुलाई
रोक्न खोजे पनि ती वस्तीहरु दुश्मन प्रतिको घृणा र आक्रोसका
ज्वाला ओकल्दै कहिल्यै नढल्ने फलामे किल्ला बनिराख्ने ।
२०५२को फाल्गुन १ पनि नजिक आइपुग्छ । गाउ “मा
नेकपा -माओवादी) का नेतासंग लडाकु दल, सुरक्षा दल आउने खबर
आइपुग्छ । गाउ“का जनता तयारीमा बस्दछन, माघ मशान्तमा पारी
जंगलको नजिक छाप्रोमा लडाकुदल, सुरक्षादल -माओवादी)
नेतृत्वहरु जानुहुन्छ । तमाली गाउ“का जनताहरु गाग्रीमा सुकेको
सागको झोल, ताउलामा मकैको ढिडो डोकोमा बोकेर महिला पुरुषहरु
त्यो छाप्रोमा पुर्याउ“छन् । जुन फाल्गुन एक आइपुग्छ ।
दुनिया“ हल्लिने गरी वर्गीय युद्धको शुरुवात हुन्छ । त्यो
गाममा पनि फटाहा माथी कार्वाही हुन्छ । ३/४ गते लगातार
हेलिकोप्टर आकाशमा उड्न उड्छ । कहिले हातखुट्टा भा“चिएका
फटाहाहरु ल्याउन त अहिले -माओवादी) गुरिल्ला खोज्न ।
माओवादीहरु प्रति जनताको माया दिन प्रतिदिन बढदै जान्छ ।
उनीहरुलाई गाउ“देखि टाढाटाढा झाडीमा महिलाहरु बच्चा भिरेर आटो
र सातु पुर्याउ“छन् । फाल्गुन ५ गते माओवादी पाल्ने तमाली
गाउ“मा पुलिसले शक्तिशाली अपे्रशन गर्छ । गाउ“का हरि बहादुर
र लालबहादुरहरुलाई छोपेर कठोर यातना पश्चात भिरबाट लडाएर
विभत्स हत्या गरिन्छ । वसन्तले हराभरा वन पाखाहरुका छातीमा
गोली लागेर घायल पारिन्छ । नया“ पालुवाका सुन्दर पातहरु
गोलीले छियाछिया हुन्छ । बिहानीको मिरमिरे संगै मिठो गीत
गाउने वनचरीहरु वन छोडेर गुड छोडेर टाढाटाढा भाग्न विवश
हुन्छन् ।
उनीहरुले अपे्रशनमा भेटिएका पुरुषहरुलाई हत्कडी लगाएर
चौकीतिर लग्छन र महिलाहरुलाई मरनाशन्न कुटेर बलात्कार गरेर
छोड्छन । दुष्टहरुको अपे्रशन दमनले झन् स्पात हुन्छ गाउ“ र
कहिल्यै ननिभ्ने आगो बन्छ । ढल्दै नढल्ने फलामे किल्ल्ाा
बन्छ तमाली गाउ“ । नानी भएका सुत्केरी आमाहरु, सेतै फुलेका
कुप्रो परेका महिलाहरु, वैरीहरुको सामुमा कहिल्यै नझुक्ने
कसम खा“दै अर्को नया“ प्रतिशोधका ज्वाला बाल्दै मन भरी
राक्षसहरुको विरुद्ध घृणा र आक्रोश बोक्छन । जहा“ हत्या गरेर
फ्याकिएका आफन्त खोज्दै हि“ड्छन । सबै मिलेर ती विभत्स शव
राख्छन् अनि झण्डा राखेर त्यो झण्डा समाइ महिला कार्यकर्ताहरु
श्रद्धाञ्जलीमा कसम खा“दै भन्छन् । "वीर शहीदहरुका सपनाहरु
पूरा नहु“दा सम्म र अत्याचारी राज्य नढल्दासम्म हामी दृढ
चट्टान बनिरहेछौं । शहीदहरु र्सर्ूय चन्द्रमा बनिरहनु हुनेछ,
त्यो हाम्रो सानो गाउ“ लालकिल्ला बनिरहनेछ ।
क्रान्तिको समय पनि तीव्र गतिमा आ“धीहुरीको बेगसंगै अगाडि
बढ्छ । पार्टीको योजनामा ठूलाठूला चौकी रेड हुन्छ । लर्डाईका
घाइते योद्धाहरु बोक्ने खाना सप्लाई गर्ने काममा गमालीहरु
जान्छन् । सबै भन्दा गह्रौं घाइते उठाउने र टाढाटाढा पुर्याउने
गमाली नै हुन्छन् । जनमुक्ति सेनाको रासन पुर्याउने घाइतेहरु
बोक्ने गमाली किसानहरु आफ्नो महान् अभिभारा थाल्दछन् । लडाइको
बेला जनमुक्ति सेनाहरुसंगै धेरै शहिद भएर बलिदानमा पनि गौरव
गर्न पुग्छन । मुtmिपथका अविराम र अविश्राम पाइलाहरु कहिल्यै
नरोकेर स्वाभिमानका पक्षमा लडिरहे ती गमालीहरु । निश्चित
रुपमा दुष्टहरु हार खाएर गाउ“ छोडी भागेपछि स्थानिय सत्ता
श्रमिक र न्यायपे्रमी जनताको हातमा आउ“दा कालो निशा हराएर
सुन्दर बिहानीको आभा उदाएको अनुभूति हुन्छ । युगौंदेखि
अपहेलित भएर बा“च्न विवश दलित, महिला, किसानहरु आफ्ना सत्ता
चलाउन पाउ“दा गाउ“घरका पाखा र डा“डाभरी गुरा“स फुले झै शहीद
परिवार र उत्पीडित महिलाहरु विजयको गीत गाउन थाल्छन्
यो नया “ जनसत्ता हाम्रो
क्या राम्रो हु“दैछ
सर्वहाराको आधारकिलला
बलियो बन्दैछ
कालो रातको बिचबाट सल्केको चेतनाको दीपलाई दमनले निभाउन
खोज्दा झन् दन्केर देशैभर फैलियो । स्थानिय जनवादी सत्ता
क्रमशः सहकारीमा फेरिए । त्यो अजम्बरी तमाली गाउ“मा समाजवाद
उदायो । त्यो हो सामाजिक सहकारी जहा“ निजी सम्पत्तिको अन्त्य
हु“दैछ । रुढी -परम्परावादी) उत्पादन फेरिएको छ । सधै मकै
लगाउने बारीमा धान फल्न थालेको छ । हिजो सुकाको सागको तरकारी
मात्र खानेहरु आज काउली लगायत अनेक प्रकारको तरकारी फलाउ“छन्
। आधुनिक तरिकाले पशु पाल्न शुरु भएको छ । आधुनिक खोरमा पा“च
छ, सय बाख्रा अनि धेरै दुध दिने भैसीहरु छन । ठूलठूला स्याउ
एवं अलैचीका बगैंचा जहा“ तेरो र मेरो, मै खाउ मै लगाउ“ छैन ।
सबैले कामको जिम्मा बा“ड्छन् कसैले दुकान, कसैले फलफूल बगैंचा,
कोही बाख्रा ग्वाला कोही, पालैपालो तरकारी खेती फेरिएर काम
गर्दछन् । आफ्नो परिवारबाट बाहिर खट्ने कार्यकर्ता एवं
जनमुक्ति सेनाहरु आउ“दा खसी साटेर खुवाउ“छन र बाटो खर्च दिएर
पठाउ“छन् ।
कति सुन्दर र सभ्य छ तमाली गाउ “
। त्यहा“ न त, दमन छ न त शोषण । शहीदहरुको रगतले निर्माण भएको
त्यो गाउ“ फक्रिएको लाली गुरा“स जस्तै फुलिरहेको छ । संसारकै
नमूना गाउ“ भएर कहिल्यै ननिभ्ने र्सर्ूय जस्तै बलिरहेको गाउ,“
हजारौं वर्षदेखि दबाइएका श्रमिक जनताको ढुकढुकी बनिरहेको छ
गमाली गाउ“ । |
|
|