|
यसपटक
काठमाण्डुको सत्ता र युवाहरुको
पलायनता
- हिरामणि दुःखी
हरेक एक दुइ महिनाको अन्तरालमा म काठमाण्डौं खाल्डोमा छिर्ने
गरेको छु । काठमाण्डु छिर्नुको उद्देश्य संगठनकै काम हुने
गर्छ । कहिले पत्रकारिता क्षेत्रको र कहिले सांस्कृतिक
क्षेत्रका संगठनका काम नै हुने गर्छन् मेरो काठमाण्डु खाल्डो
प्रवेशका कारण । जीवन भनेकै संगठन र संगठन भनेकै जीवन बनाएर
व्यक्तिगत सुखसुविधा, अवसर, निजी छाप्रो, ताउली र खोतली
छोडेपछि संगठनले निर्देशन गरेको काम गर्नु नै संगठनका
सदस्यहरुको दायित्व हुनेगर्छ । त्यही दायित्वबोधका कारण म
बेलाबखत यो खाल्डोमा पस्ने गर्दछु । अन्यथा यो खाल्डोमा
नछिरिकन आफ्नो जीवन चलाउन पाए हुने थियो भन्ने लाग्दछ ।
त्यसैले पनि मलाई यो खाल्डोमा बसुञ्जेल हिरासतभित्र कोचिए
जस्तो अनुभूति हुन्छ र कहिले यहा“बाट निस्कु“ जस्तो लागि
रहन्छ । यति विघ्न अत्यास लाग्नुको कारण हो यो खाल्डोको सत्ता
।
काठमाण्डु खाल्डोको सत्ताले जहिले पनि आफूलाई सर्वश्रेष्ठ
ठानेर सिंगो देशको शासन गर्दछ । खाल्डो बाहेक बा“की देशका
जनतालाई यसले सदैव रैती ठान्थ्यो । भन्ने बेलामा हाम्रो देश
विभिन्न भाषा-भाषी, जातजाति, क्षेत्र, विविध संस्कृतिको
मुलुक भनेर भन्ने तर व्यवहार भने खाल्डोभित्रकै पनि विभिन्न
आदिवासी जनजाति, दलित, उत्पीडित वर्ग र जातिको हर्ुमत लिएर
उनीहरुको हाडछाला निचोर्ने । बहुभाषा, बहुजाति, बहुसंस्कृतिको
बहुक्षेत्रको देशलाई एक भाषा, एक जाति र एक क्षेत्रको रुपमा
उच्च अहंकारवादी शासन जातिले मात्र शासन गर्ने काम अर्ढाई
शताब्दीदेखि गर्दै आयो । त्यसैले यो खाल्डोको सामन्ती
अधिनायकवादी सत्ताका विरुद्ध सचेत नागरिकले विभिन्न कालखण्डमा
धावा बोल्ने, विभिन्न समयमा जनताले बलिदानी गरे । यो त्याग र
बलिदानीको उदात्त भावलाई पछिल्लो पटक नेकपा माओवादीले पछ्यायो
र केही परिवर्तनका संकेतहरु देखा परे । यद्यपी यो अझै पूर्ण
भएको छैन । वास्तविक मुक्तिका निम्ति जनताले अझै ठूलो त्याग
र बलिदानी गर्नुपर्ने आवश्यकता त्यत्तिकै छ ।
यही परिवेशभित्र यो खाल्डोमा आउ “दाजा“दा
यसपटक अलि बढी युवाहरुतर्फ ध्यानाकर्षण भयो । सडकका चोकचोक,
गल्लीगल्ली तथा विभिन्न म्यानपाओरका साइनबोर्ड मुनी राहदानी
बोकेर लाखौं युवाहरु लाइनमा उभिएका छन् । केही युरोप र
अमेरिकी मुलुकतर्फ जाने सपना सजाएका छन् त केही एशियाकै
विभिन्न मुलुकहरुमा जाने सपना देख्दै, सपना खा“दै र सपना
ओढ्दै पुसको ज्यानै लिने चिसो ठिहीमा यत्रतत्र भौंतारिएका छन्
। आखिर किन यसरी युवाहरु लाखौंको संख्यामा विदेशिदै छ त -
एकातर्फ तराइमा भारतीय शासकवर्गले सिमाक्षेत्र दिनानुदिन
लुछ्दै, चिथोर्दै र चपाउ“दै गइरहेकोे छ । दिनानुदिन हजारौं
अतिक्रमणकारीहरुलाई नेपाल छिराएर नेपाली नागरिकता लिंदै र
वास्तविक आदिवासी, जनजाति, मधेशी मूलका जनताहरुलाई अल्पमतमा
पारेर दर्ीघकालिन योजनाअनुरुप सिंगो तराइमा आगो सल्काइएको छ
। अर्का तर्फ राष्ट्र संकटमा परेको बेला लाखौं युवाहरु
विदेशतिर पलायन भइरहेका छन् । धन कमाउने मिठो सपना बोकेर
विदेशिएका युवाहरु २/४ वर्षपछि घर र्फकंदा देशको हालत के हुने
हो कसैलाई थाहा छैन । यो सबै कुरा के काठमाण्डुको सत्ताले
थाहा नपाएको हो र - अवश्य थाहा छ । हिजोसम्म शाह, राणा,
थापाहरुले देशलाई लुट्नसम्म लुछे । २०४७ पछि कथित बदलिएको
परिवेशमा कोइराला र केही खसान तथा अन्य जात जातिका तर उही
सामन्तवर्गका २/४ जना ठालुहरु थपिएर राणा, शाह, थापा र
बस्यालहरुले चुसेर बा“की रहेको हाडछाला चपाइरहेका छन् । देश
भाडमा गए पनि जाओस् तर जनताको हाड छाला पिसेर उमालेको सुरुवा
पिउने भा“डो -कर्ुर्सर्ीीा नजाओस् भनेर विदेशीहरुको चाकडी र
दलाली गरिरहेका छन् ।
यहि सत्ताको रवैयाका कारण लाखौं युवाहरु विदेश पलायन भएका छन्
। पढेलेखेका कयौं वैज्ञानिकहरु डाक्टर एवं दक्ष जनशक्तिले
आफ्नो सिप प्रयोग गर्न पाएका छैनन् । सिप प्रयोग गरेकाले पनि
उचित सम्मान नपाउ “दा
पलायन हुनु परेको छ । देशलाई एकै क्ष्ँेत्रमा झिलिमिली पार्न
सक्ने युवा ताकत श्रम गर्ने ठाउ“ नपाएर विदेशिएको छ । काम
गरेर बा“च्छु भन्दा पनि खाल्डोको सत्ताले काम दिन सक्दैन बरु
उनीहरुलाई विदेश पठाउनमै तल्लिन छ । किनकि युवाहरुलाई विदेश
पठाउ“दा काठमाण्डुको सामन्ती सत्तालाई दुइवटा फाइदा छ । एउटा
त हरेक टाउका गनेर आउने कमिशनले सत्तामा बस्नेहरुका लागि
दुहुनो गाई बनेको छ । अर्को सचेत र ताकतवाला युवा जाति
विदेशिएपछि अन्यायी, अत्याचारी शासनको विरोध गर्ने शक्ति
हु“दैन र हाइसञ्चोसंग सत्ता चलाइरहन पाइन्छ । यिनै प्रमुख
दुइवटा फाइदाका कारण जति सक्यो युवाहरुलाई बाहिर पठाउनमै जोड
गरिरहेको छ ।
यसैमा पनि जिउ “दा
र सग्ला मान्छेहरुको तस्करी गर्ने म्यानपाओरहरु गल्लीगल्लीमा
ढडिया थापेर बसेका छन् । ती ढडियाहरुमा लाखौं युवाहरु फसेर
जिउ“दै कराइमा भुटिएका छन् । रातोदिन म्यानपाओरबाट लुटि“दा
पनि सरकारले सिंहदरवारको डबली र चोटामा बसेर ती लुटेरा
म्यानपाओरबाट आएको कमिसन चपाएर चलिरहेको छ । कहिले काही
चपाउ“दा हाड पर्यो भने गोहीका आ“शु खसाल्ने गर्छन् । अन्ततः
ढडिया थापेर बसेका लुटेराहरु, मानव तस्करहरुलाई मन्त्री र
सचिवहरुले आफ्ना पुच्छर समाएर बैतर्नी पार गराउ“छन् । अनि
लुटिने युवाहरु बाबुआमालाई आर्यघाटमा दाहसंस्कार गरेर घर गई
कोरा बारेर बसेका किरियापुत्री झैं भएर झोंक्राउ“दै घर
र्फकन्छन् । बल्लतल्ल म्यानपाओरका ढडियाबाट बिछिट्टएिर विदेश
छिर्न पाए भने उनैका ढडियामा फस्छन् र कहिलै घर नर्फकने गरी
ढडिया भित्रै कुहिएर नास हुन्छन् । यही नियतीभित्र
सामन्तहरुको देश बा“चिरहेछ । सामन्तहरु, विदेशी दलालहरुको
सत्ता काठमाण्डुमा चलिरहेछ । यसलाई गरीब जनताको देश,
भोकानाङ्गा, उत्पीडित, दलित, शोषित, विभिन्न भाषा-जाति र
क्षेत्रको आफ्नो देश बनाउन एउटा अजंगको पहाड फोड्नु छ । |