|
यस पटक
/
सामयिकी |
|
|
|
टिप्पणी / जस्ताको तस्तै |
|
|
|
कला/संस्कृति/साहित्य |
|
|
|
संस्मरण/अनुभुति |
|
|
|
सञ्चार/जनजाति/ मोर्चा/संगठन |
|
|
|
शहिद गाथा/संघर्षमय
जीवन/सहिद परिवारको आवाज |
|
|
|
आधा आकास |
|
|
|
|
|
शुभकामना/जनगुनासो |
|
|
|
सम्पादकीय |
|
राष्ट्रको मूल मुद्दा यथावत
डेढ वर्षसम्मको शान्ति प्रक्रियापछि पनि राष्ट्रको मूल
एजेण्डामा सहमति हुन सकिरहेको छैन । नेकपा माओवादीले
गणतन्त्रको घोषणा र पूर्ण समानुपातिक निर्वाचन प्रणाली
अवलम्बन नगर्दासम्म संविधानसभाको र्सार्थक चुनाव हुन सक्दैन
भनेको छ । वास्तविकता पनि त्यही हो । किनकि संविधानसभाको
र्सार्थक चुनावले मात्र देशलाई पर्ुनर्संरचनामा लैजाने छ ।
त्यसो हु“दा यो देशबाट सामन्ती एकात्मक सत्तँको अन्त्य,
पूर्ण लोकतन्त्र भएको गणतन्त्र घोषणा हुनेछ । सुगौली
सन्धीदेखि गुम्दै आएको राष्ट्रिय सम्पदामा पुनरावलोकन गरिनेछ
। सबै जाति, भाषा, धर्म, क्षेत्र, संस्कृति र उत्पीडित
वर्गसमुदाय र लिंगको समानुपातिक समावेशी प्रकारको संघात्मक
राज्य प्रणालीको व्यवस्थापन हुने भएकाले सामन्तवाद,
विस्तारवाद एवं साम्राज्यवादलाई यसमा छटपटी पैदा भएको हो ।
तर्सथ जसरी हुन्छ संविधानसभा चुनावलाई रुपमा र्समर्थन देखाएर
कोकोहोलो मच्चाए पनि सारमा उनीहरु चाह“दैनन् ।
संविधानसभा चुनावको मिति सार्दै यसै वर्षको चैत्र मसान्तसम्म
गर्ने सहमति भएको छ । तापनि उक्त चुनावको ग्यारेन्टी हुन भने
सकेको छैन । दिनहु “
बस्ने सात दलको शिर्ष बैठकले सहमतिको नजिक पुगेका छौं, अब एक
दुइ दिनमा नया“ निकास निस्कन्छ भन्ने वाक्य सबै दलका नेताको
मुखमा कण्ठाग्र छ तर त्यही वाक्यमा बाहेक राष्ट्रको मुख्य
मुद्दामा कहिल्यै पनि सहमति हुन सकेको छैन । यसरी राष्ट्रलाई
दिनहु“ अनिर्णयको बन्दी बनाएर कति दिन राख्ने ?
उता दलहरुको यही अकर्मण्यताको फाइदा उठाएर विदेशी शक्ति
राष्ट्रहरु नेपालमा अस्थिरता पैदा गराउन लागि परेका छन् । यो
कुरा पनि सबै दललाई ज्ञात नभएको विषय होइन । तर राष्ट्र र
राष्ट्रियता खतरामा पर्दै गएको छ । राष्ट्र सम्वेदनशील र
जटिल मोडमा उभिएको छ । यस्तोबेला सबै राष्ट्रवादी शक्तिहरु
एकजुट हुनुपर्छ भन्दा माओवादीलाई राजावादीको आरोप लागेको छ ।
वास्तवमा जसले माओवादीलाई राजावादीको आरोप लगाएका छन् उनीहरु
नै राजा बचाउने खेलमा लाग्नाले नै मुख्य मुद्दामा सहमति
जुट्न सकेको छैन । यो कुरा दिनको घाम जत्तिकै र्छलङ्गै छ ।
संविधानसभाको चुनावका विरुद्ध हत्या हिंसाको ताण्डव खेल
चलाइरहेको राजतन्त्रलाई अब टुकुचामा लगेर मिल्काउनु पर्छ र
राष्ट्र सफा गरेर चुनावको प्रक्रियामा जानु पर्छ भन्दा
का“गे्रसलाई के को आपत्ती - त्यसैले आज देशमा जे जति हत्या
हिंसाका हरकत मच्चाएर अराजकता तर्फ धकेलिएको कुरा नेपाली
का“गे्रसकै भित्री योजनामा त होइन ? भन्ने आशंका उब्जिएको छ
। का“गे्रसले दोहोरो चाल चलेर लामो समय सत्तामा टा“सिरहने
षड्यन्त्र त गर्दैछैन भन्ने आशंका पैदा भएको छ । यदी त्यसो
हो भने अब देशका सम्पूर्ण शक्ति जो अग्रगमनका पक्षमा छन्
उनीहरुले का“गे्रसका विरुद्ध मोर्चा निर्माण गरेर राजतन्त्र
र का“गे्रसलाई एउटै चिहान बनाउन संघर्षको घोषणा गर्न ढिला
किन गर्ने ?
अहिलेसम्म त चुनावको बाधक तत्व माओवादीलाई बताइएको थियो,
यतिखेर पार्टीको सम्पूर्ण शक्ति चुनावमा जान तयार भएको घोषणा
माओवादीले गरिसकेको छ । तर अब हलो अड्काउने भित्री योजनामा
का “गे्रस
गइरहेको छ । यो कुरा सरकारको पर्ुनर्गठन, संविधानसभा सदस्यको
सिट संख्या जस्ता विषयमा देखा परेको छ । आज चुनावको सिट
संख्या ६०१ पुर्याई“दै छ । नेपाल जस्तो सानो मुलुकमा १५०
सदस्य संख्या पनि प्रयाप्त हुन्छ । तर ६०१ पुर्याएर
का“गे्रसले आफ्नो पार्टीभित्रका हत्यारा, लुटेरा, तस्कर,
भ्रष्टहरुको सिट सुरक्षित गरिदिन चाहेको छ । का“गे्रस पूर्ण
समानुपातिकमा जान नचाहनु पनि त्यही कारण हो । किनकि
का“गे्रसमा पार्टी राजनीति भन्दा व्यक्ति राजनीति प्रभावी छ
। यो सामन्त वर्गको वर्ग चरित्र पनि हो । त्यही सामन्ती
तत्वले आज राष्ट्रको मुख्य एजेण्डालाई ओझेलमा पारेर केवल
प्राविधिक कुरामा मात्र सहमति खोज्ने गरेको छ । विडम्बनाको
कुरा त के छ भने सबै जाति, भाषा, धर्म, संस्कृति, क्षेत्र,
वर्ग र लिङ्गको समानुपातिक र समावेशी हुने चुनावका पक्षमा
का“गे्रसभित्रका ती वर्ग, जाति र लिंगको आफ्नो पार्टीलाई किन
दवाव दिएर संघर्ष गर्न सक्दैनन् - के नेपाली का“गे्रस
सामन्तहरुको नेतृत्व र दासहरु कार्यकर्ता भएको पार्टी हो -
होइन भने अब सबै दलभित्र र बाहिर भएका सच्चा देशभक्त,
राष्ट्रवादी एवं लोकतन्त्रवादी शक्तिहरुको साझा मोर्चा
निर्माण गर्नु पर्दछ । त्यसपछि राष्ट्रको प्रमुख एजेण्डामा
सहमति निर्माण गर्न त्यसका बाधक शक्तिका विरुद्ध संघर्ष
केन्द्रित गर्नु पर्दछ । |
|
पुराना अंकहरु |
|
वर्ष १०, अंक ५, २०६४ पुस १ गते आइतबार
(16 December 07)
वर्ष १०, अंक ५, २०६४ पुस १ गते आइतबार
(09 December 07)
वर्ष १०, अंक ३, २०६४ मंसीर १६ गते आइतबार
(02 December 07)
वर्ष १०, अंक २, २०६४ मंसीर ९ गते आइतबार
(25 November 07)
वर्ष १०, अंक १, २०६४ मंसीर २ गते आइतबार
(18 November 07)
बर्ष ९ का अंकहरु |
|
नौलो जनउभार साप्ताहिकका लागि
प्रकाशक : यादव गौतम
सम्पादक : हिरामणि दुःखी
कार्यकारी सम्पादक : अजयदीप शर्मा
प्रवन्ध सम्पादक
:
हुमप्रसाद बस्याल
उपसम्पादक : रामु वि.क. ,
डिल्ली मल्ल
कम्प्यूटर टाइप सेटिङ : ज्योति शर्मा
कार्यालय : मिडिया चोक, घोराही, दाङ
मो नं. ९८५७८२०५२७, पयाक्स :
०८२-५६२१६९
E-mail : naulojanaubhar@gmail.com
website :
www.ourpath.net/janaubhar
|
|
|