|
सामयिकी
वेपत्ता परिवारको पिडा र राज्यको
मौनता
- कमला रोका
संक्रमणकालिन अवस्थाले नेपाली जनतालाई निकै पिडाबोध बनाइरहेको
छ । यो भन्दा कयौं गुणा बढी पिडा शहीद र वेपत्ता परिवारहरुले
अनुभूत गरिरहेका छन् । राजतन्त्रको अन्त र संघीय गणतन्त्रको
स्थापना गर्ने उद्देश्य सहित हजारौं नेपाल आमाका सपुतहरुले
रगत बगाएका थिए । यहि अर्थमा उनीहरु राष्ट्रका शहीद हुन् ।
उनीहरुलाई राष्ट्रिय शहीद घोषणा गरी उच्च सम्मान सहित शहीद
परिवारहरुलाई उचित राहतको व्यवस्था राज्यले गर्नु पथ्र्यो तर
व्यवास्था हु“दै आइरहेको छ । राज्यसत्ताले शहीद परिवारहरुको
समस्यालाई सही ढंगले सम्बोधन नगरेका कारण शहीद परिवारलाई पिडा
भैरहेको छ । यतिखेर शहीद परिवारहरुको भन्दा हजारौं गुणा
दुख्ने घाउ भनेको वेपत्तँ परिवारहरुको बनिरहेको छ । किनभने
शहीदहरु एउटा महान् र उच्च मृत्युवरण गरेर सिंगै राष्ट्रको
सम्पत्ति बनिसकेका छन् । उनीहरु पार्टी, क्रान्ति र लाखौं
उत्पीडित जनसमुदायहरुको निम्ति आस्थाको केन्द्र बनिसकेका छन्
। तर वेपत्ताको घटनाले हरपल पोलिरहन्छ । जुन घटनाले मुटुलाई
छियाछिया पार्ने गर्दछ । शहादतले केही समय मर्माहित बनाए पनि
बदलाभावका धारणा र भावनाहरु क्रमशः बढ्दै जान्छन् । तर
वेपत्तँको पिडाले हरक्षण र पलपलमा बल्झाइरहन्छ । वेपत्ता
परिवारहरुको पिडा के उनीहरुको मात्र पिडा हो - के को निम्ति
हजारौं नागरिकहरु वेपत्ता हुन परेको छ - १२ बु“दे समझदारी
हु“दै बृहद शान्ति सम्झौतामा हस्ताक्ष्ँर गरी कथित
लोकतान्त्रिक सरकार बनेको एकवर्ष बितिसकेको छ । तर खै त
वेपत्ता नागरिकहरुलाई सार्वजनिक गरी उचित सम्मान गरेको । आम
वेपत्ता परिवार समाजले पिडा भित्रको आक्रोश ओकलिरहेका छन ।
आफ्ना आफन्तजनहरुको खोजीमा संघर्ष अगाडि बढाइरहेका छन् ।
वेपत्ताको घाउले राज्यलाई दुखाएन - सा “च्चिकै
भन्ने हो भने सत्ताका मालिकहरु संम्वेदनाहिन वस्तु झैं
बनिरहेका छन् । वेपत्ता नागरिकहरुको खोजी गरी सार्वजनिक गर्ने
जस्तो गम्भिर र निकै संम्वेदनसिल विषय प्रति किन राज्य
चुपचाप बसिरहेको छ - शाही शासनकालमा करीब पा“च हजार होनहार
योद्धाहरुलाई वेपत्ता पारिएको छ । ती नागरिकहरु देशकै नागरिक
र सम्पत्तिहरु हुन् । त्यसैले उनीहरु गुम्नाम भएको पिडामा
आफ्ना परिवारहरु छट्पटाइरहेका छन् र आफ्ना प्रियजनहरुको
अभावमा मर्माहित बनिरहेका छन् । पिडा र आक्रोशमा वेपत्ता
परिवारहरुले दिन बिताइरहेका छन् । यस्तो किसिमको पिडायुक्त
संम्वेदनाले राज्यसत्ताको बागडोर सम्हालेर बसेकाहरु लाई किन
छुन सकेन - यस्ता प्रश्न र जिज्ञासाहरु वेपत्ताका परिवारहरुको
मनभित्र उठिरहेको छ । के ति हजारौं वेपत्ता नागरिकहरु
व्यक्तिगत कामको लागि हराएका हुन् - पक्कै पनि होइनन् ।
उनीहरु त नया“ नेपाल निर्माण गर्ने सपना बोकेर आमूल
परिवर्तनको महाअभियानमा लामवद्ध भैरहेको अवस्थामा शाही
सक्ताका जल्लादहरुद्वारा गायव पारिएका हुन् । तर आज जनयुद्ध
र जनआन्दोलनको बलमा निर्माण भएको वर्तमान सत्ताका
पहरेदारहरुले वेपत्ता नागरिकहरुको खोजतलास गरी स्थितिको
सार्वजनिक गर्ने विषयमा कुनै सरोकार राखेको छैन । यी
नागरिकहरुको खोजीमा आफन्तजनहरु भौंतारिरहेका छन् । वेपत्ताको
पिडाले सिंगो नेपाली जनता रोइरहेको छ र राष्ट्र नै स्तब्ध
बनिरहेको छ । तर कथित राज्य र राज्यका मालिकहरुलाई वेपत्ताको
घाउ दुख्न सकेन । त्यसैले अहिलेसम्म राज्यको तर्फबाट कुनै
चासो लिइएको छैन ।
वेपत्ता नागरिकहरुको सार्वजनिक गर्ने र दोषीलाई सजायदिने
प्रश्न छ । जतिबेला देखि वेपत्ता परिवारहरुले आफ्ना
प्रियजनहरुलाई राज्यद्वारा वेपत्ता पारेका दुःखद खबरहरु
सुन्न पुगे त्यतिबेलादेखि नै वेपताहरु लाई सार्वजनिक गर
हत्याराहरु कार्वाही गर भन्ने नारा सहित संघर्षमा निरन्तर
लागिरहेका छन् । वेपत्ता परिवार समाजले धर्ना, चक्काजाम
ज्ञापनपत्रहरु बुझाउने जस्ता कार्यक्रम सहित आन्दोलनलाई अगाडि
बढाउ“दै आइरहेका छन् । कठिन यात्राहरु पार गर्दै निरन्तर र
अथक संघर्षबाट भर्खरै मात्र शिवपुरीको जंगलमा ४९ जनाको
सामुहिक चिहान पत्ता लागेको छ । अनकन्टार जंगलको बीचमा
सामुहिक चिहान पत्ता लगाउने कार्य वेपत्तँ परिवार समाज, मानव
अधिकारकर्मी र पत्रकारहरुको साहसिक पहलद्वारा भएको छ ।
त्यसलाई सुरक्षा गर्न र बा“की अनुसन्धान गर्नेको लागि
मानवअधिकारवादीहरुले गृह मन्त्रालयलाई आग्रह गर्दा ठाडै
इन्कार गर्ने काम भएको छ । उता कथित नेपाली सेनाका प्रवक्ता
रमिन्द्र क्ष्ँेत्रीले उक्त जंगलको स्थानमा चिहान नभएको भन्दै
पन्छिने प्रयत्न गरिरहेका छन् । राज्यका नाइकेहरुको यस्तो
खालको गैरजिम्मेवारीपन र अभिव्यक्तिले षड्यन्त्रको गन्ध
आइरहेको छ भन्ने कुराको पुष्टि हुन्छ । हजारौं नागरिकहरु आज
कुन खाल्डो र खोल्साहरुमा पुरिएका छन् - शिवपुरी जस्तै संयौं
शिवपुरीहरु पत्ता लगाउन बा“की नै छ ।
यस्तो अत्यन्तै संवेदनशील विषयमा किन राज्य मौन भएर बसिरहेको
होला - यतिखेर प्रश्न उठिरहेको छ, १३ हजार भन्दा बढी बहादुर
नेपाल आमाका छोराछोरीहरुले रगत बगाएर के उपलब्धी प्राप्त
गरेका छन् र - हजारौं नागरिकहरु वेपत्ताहरुको आडमा सरकारमा
बस्नेहरुले के परिवर्तन गर्न सकेका छन् - तर व्यवहारमा यस्तै
भैरहेको छ । वेपत्ता र शहीद परिवारहरुको समस्यालाई लिएर सदन
र सडकहरुमा हरेक बेला कुराहरु नउठेका होइनन् । जति कुराहरु
उठाए पनि राज्यले कानमा तेल हालेर बसिरहनुले कुनै नेट
संगजोड्न सकिन्छ । रायमाझी आयोगलाई सक्रिय बनाएर
अपराधीहरुलाई अदालतको कठघरामा उभ्याउन पर्ने हो तर त्यस
विषयमा सरकारले नामसम्म पनि लिन चाहन्न । वेपत्ताका परिवारहरु
आफ्ना आफन्तजनहरुलाई सार्वजनिक गर्न र दोषीलाई सजाय दिन
निरन्तर आन्दोलित छन् ।
वेपत्ता परिवारहरुले एक किसिमको प्रतिवद्धता व्यक्त गरिसकेका
छन्, बरु हामीहरु वेपत्ता र मर्न तयार हुन्छौ तर हाम्रा
आफन्तजनहरुको स्थिति सार्वजनिक गरेरै छाड्छौं भनिरहेका छन ।
वेपत्ता परिवारहरु आन्दोलन र पार्टीको निम्ति आस्थाको रुपमा
स्थापित बनिरहेका छन् । देश, जनता, पार्टी र क्रान्तिको
निम्ति वेपत्ता र शहीद परिवारहरु उर्जा शक्तिको रुपमा अगाडि
आइरहेका छन् । तर्सथ वेपत्ता परिवारको समस्यालाई हामी सबेले
सम्बोधन गरौं । वेपत्ताको पिडाले हामी र हाम्रो पार्टीलाई पनि
राम्रोसंग पोल्नु पर्दछ । विचार र भावना सबैले साटासाट गरौं
अनि मौन भएर बसेको राज्यलाई सबैले निरन्तर झक्झकाऔं । हामी
सबै उत्पीडित वर्ग एकतावद्ध भएर अगाडि बढ्यौं भने संघर्षको
ताप र रापबाट पक्कै पनि हाम्रा वेपत्ता पारिएका
सहयोद्धाहरुलाई सार्वजनिक गर्न सक्ने छौं र अपराधी
जत्थाहरुलाई जनअदालतको कठघरामा उभ्याउन सफल बन्ने छौं । |