|
विचार
राज्यको पुनर्संरचना : संघीय शासन
प्रणाली
- डा. कर्णबहादुर बानिया
१. विषय प्रवेश
नेपालमा अर्ढाई सय वर्षदेखि विद्यमान एकात्मक तथा
केन्द्रीकृत शासन व्यवस्थाले नेपाली जनताको हित भर्ला गर्न
सकेन । साथै यस मुलुकका सबै वर्ग,जाति, लिङ्ग, धर्म, भाषा र
क्ष्ँेत्रका मानिसहरुले समान किसिमले आफ्ना हक अधिकार उपभोग
गर्न पाएनन् । धेरैजसो जनताहरुले आफू शोषित, पीडित भएको
महसुस गरे । त्यसको फलस्वरुप नेपाली जनताले एकात्मक र
निरंकुश राजतन्त्रात्मक शासन व्यवस्था समाप्त पार्नका लागि
पटकपटक सशस्त्र क्रान्ति र जनआन्दोलन गर्दै आएका छन् । २०४६
सालमा भएको जनआन्दोलनबाट निरंकुश राजतन्त्र केही हदसम्म
परास्त भएकाले जनताले मौलिक अधिकार प्राप्त गरेका हुन् तर
सार्वभौमसत्ता र राजकीय अधिकार भने पाउन सकेका थिएनन् ।
त्यसमा पनि संसदीय व्यवस्थामा आस्था राख्ने दलहरुबीच सत्ता
प्राप्तिको फोहरी खेल शुरु भएपछि जनताले सामाजिक र आर्थिक
अधिकार प्राप्त गर्ने त कुरै छाडौं प्राप्त भएको सिमित
राजनैतिक अधिकार समेत गुम्ने डर भयो । त्यसकारण नेपाल
कम्युनिष्ट पार्टी -माओवादी)ले पुरानो सत्ता समाप्त पारेर नया“
जनवादी व्यवस्था ल्याउने उद्देश्यले २०५२ सालदेखि जनयुद्ध
शुरु गर्यो । उता संसदीय प्रणालीमा आस्था राख्ने दलहरुबीच
बढ्दै गएको खिचातानी र २०५८ सालमा भएको नारायणहिटी राजदरबारको
हत्याकाण्डपछि निरंकुश र एकतन्त्री राजतन्त्र पुनः सक्रिय
शासनमा सरिक भयो । त्यसपछि संसदीय प्रणालीमा आस्था राख्ने
दलहरुले पनि जनआन्दोलन शुरु गरे । यसरी सशस्त्र जनयुद्ध र
शान्तिपूर्ण जनआन्दोलन चलेपछि त्यसलाई दमन गर्न राजतन्त्रले
सम्पूर्ण शक्ति प्रयोग गर्यो । त्यसलाई निस्तेज पार्नका लागि
सशस्त्र क्रान्ति गरिरहेको नेकपा -माओवादी) र शान्तिपूर्ण
आन्दोलन गरिरहेका सातदलबीच एकताको आवश्यकता महसुस गरियो ।
यसको फलस्वरुप २०६२ साल मार्ग ७ गते बाह्रबु“दे सम्झौता भयो
। दशवर्षो जनयुद्धले कमजोर बनाएको निरंकुश राजतन्त्रात्मक
शासन व्यवस्थालाई २०६२ चैत्र २४ गतेदेखि शुरु भएको उन्नाइस
दिने जनआन्दोलनले घु“डा टेकाउन सफल भयो । त्यसपछि सम्पूर्ण
जनताको हित भलाई गर्ने शासन प्रणाली ल्याउन नया“ संविधान
निर्माण गर्न संविधानसभाको निर्वाचन गर्ने निधो भएको छ । नया“
संविधान बनाउ“दा नेपालको शासन प्रणाली संघीय बनाउनु पर्दछ
भन्ने जनचाहना छ । अतः संघीय शासन प्रणाली कसरी अपनाउने र
संघीय राज्य निर्माणमा के कस्ता सिद्धान्त अपनाउने भन्ने
विषयमा छलफल चलाउने यस लेखको उद्देश्य रहेको छ ।
२. संघीय शासन प्रणालीको अवधारणा
नेपालमा संघीय शासन प्रणाली लागू गर्ने कुरा उठ्दा केही
विद्धानहरुले सिङ्गो मुलुकलाई टुक्राएर भुरे टाकुरे राज्य
निर्माण गर्ने पो हो कि भन्ने आशङ्काको रुपमा हर्ेर्ने गरेको
पाइन्छ । यो गलत सोंचाइ हो । कुनै पनि राज्यलाई विभिन्न
संघीय एकाइहरुमा विभक्त गरी स्वशासनको अधिकार दिनु भनेको
मुलुकलाई टुक्राएर अलग अलग सार्वभौमसत्तँ सम्पन्न राज्य
निर्माण गर्ने भन्ने सिद्धान्त होइन । शासन सञ्चालनको राजकीय
अधिकार केन्द्रमा मात्र नराखी केन्द्र र राज्य सरकारमा
विभाजन गरी आ-आफ्नो क्ष्ँेत्राधिकार भित्र स्वायत्तता प्रदान
गर्ने भन्ने हो । 'संघ' को अर्थ छुट्टनिे भन्ने होइन एक हुने
भनेको हो । इनसाइक्लोपेडियामा 'संघ' को अर्थ अलग अलग
अस्तित्व भएका विभिन्न एकाइहरु एक आपसमा आवद्ध भई संगसंगै
काम गर्ने इच्छा गर्नु हो भनिएको छ । संघको निर्माणले मुलुक
झन् सुदृढ र शक्तिशाली हुन्छ, कमजोर हुने होइन । संघमा शक्ति
हुन्छ भन्ने कुरा प्राचिन युगदेखि नै स्वीकार्दै आएको कुरा
हो । त्यसकारण धर्मग्रन्थहरुमा पनि 'संघे शक्ति कलौयुगे'
भनिएको छ । गौतम बुद्धले पनि संघको महत्व बुझेर 'संघम् शरणम्
गच्छामी' भन्ने विचारलाई मूल मन्त्र बनाएका थिए । शासन
प्रणालीको सर्न्दर्भमा आ-आफ्नै किसिमको स्वशासन भएका
स्वायत्त राज्यहरु मिलेर निर्माण गरिएको केन्द्रीय सत्तालाई
संघ भनिन्छ । त्यसकारण संघीय शासन प्रणालीलाई केन्द्र र
राज्यबीचको आपसी सहमतिको राज्य प्रणाली भनिन्छ । मुलुकको
संविधानद्वारा केन्द्र र राज्यका काम, कर्तव्य र अधिकारहरु
निश्चित गरिएको हुन्छ । केन्द्र र राज्यमा अलग अलग स्वतन्त्र
व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका हुने हु “दा
दर्ुइतहको सरकार हुन्छ, केन्द्रीय र प्रान्तीय । केन्द्रले
परराष्ट्र, मुद्रा, भन्सार र वाह्य सुरक्षा, युद्धको घोषणा,
अन्तर्राष्ट्रिय सन्धी सम्झौेता र सुपर्ुदगी सम्बन्धी अधिकार
पाएको हुन्छ । राज्यले आन्तरिक सुरक्षा, विकास निर्माण र
स्थानीय सरोकारका विषयहरु जस्तै शिक्षा, स्वास्थ्य,
बाटोघाटोका लागि योजना तर्जुमा र कार्यान्वयनको अधिकार पाएको
हुन्छ । संघात्मक र एकात्मक शासन व्यवस्थाका फाइदा र
वेफाइदाहरु केलाउ“दा निम्न बु“दाहरु तयार गर्न सकिन्छ ः
१) संघीय शासन प्रणालीमा स्थानीय स्वशासन हुन्छ भने एकात्मक
शासन केन्द्रमुखी हुन्छ ।
२) संघीय शासनमा हरेक राज्यले आफ्नो विकास योजना आफै बनाउ “दछन्
तर एकात्मक शासनमा विकास योजना केन्द्रमुखी हुनाले दर्ुगम
क्ष्ँेत्रको उपेक्षा हुन्छ ।
३) संघीय प्रणालीमा स्थानीय आवश्यकता र हितलाई ध्यान दिनुका
साथै जनइच्छाको कदर गरिने हुनाले स्थानीय जनतामा उत्साह
हुन्छ । एकात्मक प्रणालीमा भने स्थानीय जनइच्छाको उपेक्षा
गरिन्छ ।
४) संघीय शासन प्रणालीमा स्थानीय साधनस्रोतको परिचालन गरिने
हु “दा
आत्मनिर्भरता हुन्छ तर एकात्मक शासन प्रणालीमा दाता
राष्ट्रहरुको अनुदानमा भर पर्ने परनिर्भर नीति हुन्छ ।
५) एकात्मक शासन प्रणाली कर्मचारीतन्त्रमा आधारित हुन्छ भने
संघीय शासन प्रणाली जनसहभागितामा आधारित हुन्छ ।
६) संघीय प्रणालीमा सबै जाति, भाषा, संस्कृतिको संरक्षण
हुन्छ तर एकात्मकमा एक जातिको मात्र प्रभाव हुन्छ ।
७) संघीय प्रणालीमा स्थानीय प्रतिभाको कदर हुने हुनाले देश
पे्रमको भावना प्रबल हुन्छ, तर एकात्मक प्रणालीमा मोफसलका
प्रतिभाको उपेक्षा हुने हुनाले प्रतिभा पलायन हुने सम्भावना
हुन्छ ।
८) संघीय शासनका विरोधीहरुको के तर्क छ भने केन्द्र र
राज्यहरुमा अलग अलग सरकार गठन गर्नुपर्ने भएकोले खर्चिलो
हुन्छ ।
९) त्यस्तै आपसी विवाद चलेमा संघीय शासन फितलो हुन सक्दछ ।
३. संघीय राज्य निर्माणका आधारभूत सिद्धान्तहरु
संघ दमित र शासितहरुलाई शासनमा सहभागी बनाउन निर्माण गरिने
विभिन्न स्वायत्त निकायहरुको संगठित संस्था हो । विश्वमा
निर्माण भएका संघीय राज्यका स्वरुपलाई दर्ुइ किसिममा
वर्गीकरण गर्न सकिन्छ । एउटा स्वतन्त्र राज्यहरु आपसमा मिलेर
बनाउने संघ संयुक्त राज्य अमेरिकामा जस्तै) र अर्को विभिन्न
जाति र उपेक्षित क्ष्ँेत्रका जनतालाई स्वशासन दिन मुलुकलाई
विभिन्न प्रान्तमा विभाजन गरी -भारतमा जस्तै) ती प्रान्तहरुको
केन्द्रको रुपमा स्थापना गरिने संघ ।
संघीय राज्य निर्माण गर्दा मुलुकलाई के आधारमा विभिन्न
राज्यहरुमा विभाजन गर्ने भन्ने कुरा निकै गम्भीर विषय हो ।
संसारमा निर्माण गरिएका संघीय राज्यहरुको अध्ययन गर्दा भूगोल
र जातीयतालाई आधारभूत सिद्धान्त मान्ने गरेको पाइन्छ । आजभोली
जातियता, क्षेत्रीयता र ऐतिहासिक महत्वको आधारमा संघीय राज्य
निर्माण गरिनु पर्दछ भन्ने अवधारणा पाइन्छ । कतिपय
विद्वानहरुले राज्य विभाजनको आधार भूगोल मात्र हुनु पर्दछ,
जातीयतालाई प्रोत्साहन दिएमा साम्प्रदायिकता बढ्दछ भन्ने
तर्क पनि राखेको पाइन्छ । भूगोलको आधारमा खडा गरिने संघीय
राज्यमा प्राकृतिक श्रोतको परिचालन र साधनश्रोतको पहु “च
हुन्छ भन्ने उनीहरुको धारणा छ । जातीयताको आधारमा खडा गरिने
संघीय राज्यमा जुन राज्यमा जुन जातिको बाहुल्य छ त्यसकै
अग्राधिकार कायम हुन्छ जसबाट विभिन्न जातिको भाषा र
संस्कृतिको संरक्षण तथा सर्म्बर्द्धन हुन्छ भन्ने अर्काथरी
विद्वानहरुको धारणा छ । उनीहरुको विचारमा यस किसिमको
प्रक्रियाले शताब्दीयौ ंदेखि शोषित, पीडित एवं शासित जातिको
मनोबल बढ्दछ र शासक जातिको समकक्षमा पुग्न सजिलो हुन्छ ।
यसबाट जातीय भेदभावका आधारमा विभाजित शासक र शासित भन्ने
भावना हराएर जान्छ । सबै जनताको लागि सबै जनताको शासन भन्ने
भावनाको विकास हुन्छ । जातीयताको आधारमा संघीय राज्य निर्माण
गरिनु पर्दछ भन्ने विचारधाराका हिमायतीहरुको के भनाइ छ भने
भूगोलको आधारमा मात्र संघीय राज्य निर्माण गरिंदा मानव
अस्तित्वको कुनै गुञ्जायस हु“दैन । मानव अस्तित्वको ख्याल
गर्ने हो भने मानव समुदायको संरक्षण गरिनु पर्दछ । समुदाय
भनेको एकै भाषा र संस्कृति भएका एकै भौगोलिक क्ष्ँेत्रमा
बसोबास गर्ने मानिसहरुको झुण्ड हो । यस्तो समुदायलाई जाति ९ल्बतष्यल०
भनिन्छ । यस विचारका अनुयायीहरुको के भनाइ छ भने सबै जातिका
फूलहरुलाई फुल्न दिने हो भने संघीय राज्यहरुलाई स्वायत्तताका
साथै आत्मनिर्णयको अधिकार समेत दिनु पर्दछ । आत्मनिर्णयको
अधिकार पाएमा कसैले कसैलाई शोषण र दमन गर्न पाउने छैन र कोही
कसैलाई दमित र पीडित भएको अनुभूति हुने छैन । आत्मनिर्णयको
अधिकार दिएमा राज्य टुक्रिने छ भन्ने भनाइको प्रतिवाद गर्दै
शासक र शासित भन्ने भावना हटेपछि फुटेर अलगअलग बस्दा कसैलाई
पनि फाइदा हु“दैन बरु आपसमा मिलेर काम गर्दा विकास निर्माण
दु्रतगतिमा हुन सक्दछ भन्ने विद्वानहरुको भनाइ छ । उनीहरुको
भनाइ अनुसार राज्यलाई आत्मनिर्णयको अधिकार दिनु भनेको
पतिपत्नीलाई सम्बन्ध विच्छेदको अधिकार दिनु जस्तै हो । जसरी
आत्मसम्मान र आधारभूत आवश्यकता पूरा हुञ्जेलसम्म श्रीमान र
श्रीमतीका बीच सम्बन्ध विच्छेद हु“दैन त्यसैगरी संघीय राज्यको
केन्द्रले दमन र शोषण नगरे सम्म राज्यहरु छुट्टनिे प्रश्न नै
उठ्दैन ।
४) नेपालको परिपे्रक्ष्यमा संघीय शासन प्रणाली
नेपाल भौगोलिक विविधता र बहुजातिको बसोबास भएको मुलुक हो ।
यो मुलुकमा बसोबास गर्ने विभिन्न भाषा र संस्कृति भएका
उत्पीडित जनताहरुलाई शासनमा सहभागी गराउन नेपाललाई विभिन्न
स्वायत्त राज्यमा विभाजन गर्न आवश्यक छ । साथै विकास
निर्माणका दृष्टिले उपेक्षित दर्ुगम इलाकाको सन्तुलित विकासका
लागि पनि ती क्षेत्रलाई स्वशासनको अधिकार दिन जरुरी छ ।
नेपालका विभिन्न दलहरु र जाति जनजातिले नेपाललाई संघीय
संरचनामा लैजानु पर्ने कुरामा जोड दिएका छन् । नेपालको
अन्तरिम संविधान २०६३ मा भएको दोस्रो संशोधनमा पनि यो मुलुकको
शासन प्रणाली संघीय हुने कुरा उल्लेख गरिएको छ ।
नेपाललाई कुन सिद्धान्तका आधारमा स्वायत्त राज्यहरुमा विभाजन
गर्ने भन्ने विषयमा विभिन्न मत देखा परेका छन् । यदि
जातियतालाई आधार बनाएर राज्य विभाजन गर्ने हो भने नेपालमा
अत्यधिक संख्यामा संघीय एकार्यहरु खडा गर्नुपर्ने हुन्छ
त्यसको लागि आवश्यक पर्ने स्रोत र साधन उपलब्ध गराउन र
सामान्य खर्च जुटाउन कठिन पर्छ भन्ने तर्क पनि प्रस्तुत भएको
छ । केही विद्वानहरुले दलित लगायतका कयौं जातजातिको आफ्नो
भौगोलिक क्षेत्र नै छैन, तिनीहरुलाई कुन क्षेत्रमा स्वायत्तता
दिने भन्ने तर्क पनि गरेका छन् । यस सम्बन्धमा के भन्न
सकिन्छ भने जातियताको आधारमा स्वशासन दिने भनेको अलग अलग भाषा
र संस्कृति भएका उत्पीडित जातिको हित संरक्षण गर्ने र त्यस्तो
जातिलाई शासनमा सहभागी बनाउने भन्ने हो यसका लागि जाति भनेको
के हो र नेपालमा कुन कुन जातिका मानिसहरुको बसोबास छ भन्ने
कुरा बुभन आवश्यक छ । किनभने नेपालको जनगणना २०५८ मा
नेपालीहरुलाई जात र जातिमा विभाजन गरिएको छ । त्यसकै आधारमा
नेपालमा १०१ जातजाति भएको चर्चा गरिन्छ । जात भनेको समाजलाई
उच र निच वर्गमा विभाजन गरी पेशागत रुपमा वर्गीकरण गरिएको
सामाजिक भेदभाव हो जसलाई समाप्त पार्न आवश्यक छ । तर जाति
भनेको भाषा र संस्कृतिको आधारमा पहिचान गरिएको मानवको समूह
हो । नेपालमा भारोपेली भाषा परिवारका नेपाली भाषा बोल्ने
पहाडी खस-आर्य, मैथिली, भोजपुरी, अवधी र थारु भाषा बोल्ने
मधेशी आर्य तथा तिब्बत-बर्मेली भाषा परिवारका मगर, गुरुङ,
तामाङ, नेवार, र्राई, लिम्बु, थकाली, शर्ेपा आदि भाषा बोल्ने
मङ्गोल जातिका मानिसहरुको बसोबास छ । भाषा र संस्कृतिको रुपमा
पहिचान गर्ने हो भने जातिको संख्या थोरै हुन्छ । त्यसको
आधारमा स्वायत्त राज्य निर्माण गर्ने काम सहज हुन्छ । नेपालमा
बसोबास गर्ने आदिवासी जनजाति, दलित, मधेशी र उत्पीडित
जातिहरुको माग पनि जातीयताको आधारमा संघीय राज्य निर्माण
गरिनु पर्दछ भन्ने छ । नेपालका विभिन्न राजनैतिक दलहरुको
धारणा पनि भौगोलिक विशेषता, जातीयता र ऐतिहासिकताको आधारमा
संघीय राज्य निर्माण गरिनु पर्दछ भन्ने छ । राजनैतिक दलहरुका
अवधारणा निम्न बु “दाहरुमा
स्पष्ट गर्न सकिन्छ ।
§ नेपाली का“गे्रस संघीय संरचना कुन आधारमा गर्ने भन्ने
बारेमा स्पष्ट छैन तापनि भाषा र संस्कृतिको संरक्षण गर्ने गरी
भौगोलिक अनुकूलतालाई मिलाउनु पर्दछ भन्ने धारणा राख्दछ ।
§ नेपाल कम्युनिष्ट पार्टी -एमाले) पनि भाषा र संस्कृतिको
पहिचान हुने गरी भौगोलिक अनुकूलतालाई मिलाएर संघीय राज्य
निर्माण गरिनु पर्दछ भन्ने धारणा राख्दछ तर ती राज्यहरु के
कति हुने र कसरी विभाजन गर्ने भन्ने बारेमा मौन छ ।
§ नेपाल सद्भावना पार्टीले सम्पूर्ण तराइलाई एक संघीय एकाइको
रुपमा राख्नु पर्दछ भन्ने धारणा राखेको छ तर अन्य संघीय
एकाइहरु कसरी खडा गर्ने भन्ने बारेमा मौन छ ।
§ संघीय राज्य कसरी बनाउने भन्ने बारेमा नेपाल कम्युनिष्ट
पार्टी -माओवादी) स्पष्ट छ । यो पार्टीले जातीयता,
क्ष्ँेत्रीयता र ऐतिहासिकताको आधारमा राज्य, जिल्ला र गाउ“
विभाजन गरिनु पर्दछ भनेको छ । यो पार्टीले नेपाललाई १)
सेती-महाकाली २) थारुवान ३) भेरी-कर्णाली ४) मगरा“त ५)
तमुवान ६) ताम्बाशालिङ ७) नेवा ८) मधेश ९) किरा“त १०)
लिम्बुवान र ११) कोचिला गरी एघार राज्यमा विभक्त गर्ने तथा
मधेश राज्यलाई क) मिथिला ख) भोजपुरा र अवध उपराज्यमा विभाजन
गर्ने अवधारणा अघि सारेको छ ।
५.निष्कर्ष
नेपालमा विद्यमान केन्द्रीकृत, एकात्मक र राजतन्त्रात्मक
शासन व्यवस्थाबाट जनताहरु शोषित र पीडित हुनुका साथै मुलुकको
सम्पूर्ण भू-भागमा सन्तुलित विकास पनि हुन सकेन । केन्द्रमुखी
शासनका कारण सुगम स्थानमा मात्र विकास आयोजना केन्द्रीत गरिए
जसको फलस्वरुप प्राकृतिक स्रोतको परिचालन हुन सकेन । शिक्षा,
स्वास्थ्य र रोजगारीको व्यवस्था गर्ने कुरामा सरकार मौन
रहेकाले अधिकांश जनताहरुले कुनै किसिमको राहत पाउन सकेनन् ।
यही कारण थियो नेपालमा पटकपटक जनआन्दोलन र सशस्त्र क्रान्ति
हुनाको । नेपाल कम्युनिष्ट पार्टी -माओवादी)ले सञ्चालन गरेको
दशवर्षो जनयुद्ध र दोस्रो जनआन्दोलन २०६२-०६३ पश्चात
केन्द्रीकृत, एकात्मक र राजतन्त्रात्मक शासन व्यवस्था समाप्त
पारी संघीय संरचनामा जाने कुरा उठ्दा सिङ्गो मुलुकलाई
टुक्राएर सार्वभौमसत्ता सम्पन्न स-साना राज्यहरु स्थापना
गर्ने सिद्धान्तको रुपमा बुभने गरेको पाइन्छ । यो सोचाइमा
विभिन्न स्वायत्त र स्वशासित एकाइहरु मिलेर केन्द्रीय सत्ताको
रुपमा 'संघ' निर्माण गर्ने सिद्धान्तको विपरीत विचार रहेको छ
। संघ निर्माणले सबै जनतामा आफ्नो शासन आफैले गर्ने भावनाको
विकास भइ प्राकृतिक र मानव श्रोतको अधिकतम परिचालन हुन भन्ने
कुरालाई यस विचारले ओझेलमा पार्न खोजेको छ । अतः संघीय राज्य
निर्माणबाट हुने फाइदाका बारेमा जनतामा सचेतना जगाउन जरुरी छ
। साथै संघीय राज्य निर्माण गर्दा कुन सिद्धान्तको आधारमा
राज्य विभाजन गर्नु पर्दछ भन्ने विषयमा पनि छलफल चलाउन
आवश्यक छ । स्वायत्त राज्य निर्माणको मूख्य उद्देश्य
उपेक्ष्ँित जाति, जनजाति र वर्गका मानिसहरुलाई शासनका
विभिन्न अङ्गमा सरिक गराउने र आफ्नो शासन आफैले गर्ने भावनाको
विकास गराउनु हो । साथै जहा “
जुन जातिको बाहुल्य छ उसैको अग्राधिकार कायम हुनेगरी
स्वायत्त राज्य निर्माण गर्नु नै संघीय प्रणालीको मूलभूत
सिद्धान्त हुनर्ुपर्दछ । यसका साथै त्यस्ता राज्यहरुमा रहेका
अल्पसंख्यक जातिको अस्तित्व समेत कायम हुने गरी उनीहरुलाई
जिल्ला, गाउ“ वा नगरमा स्थापना गरिने शासनका अङ्गमा स्वशासन
दिलाउने व्यवस्था हुनर्ुपर्दछ ।
नेपाल विविध भू-बनोट भएको मुलुक हुनाले यो मुलुकलाई संघीय
संरचनामा लैजा“दा जातीय आधार लिनुका साथै भौगोलिक अनुकूलताको
पनि ख्याल गर्नु पर्दछ । त्यसो गर्न सकेमा यो मुलुकमा कसैले
पनि आफू शासित भएको महसुस गर्नुपर्ने छैन । साथै सुगम र
दर्ुगम क्ष्ँेत्रको सन्तुलित विकास समेत हुने छ । तर्सथः
संघीय राज्यको निर्माण गर्दा भौगोलिक अनुकूलता, प्रशासनिक
सुगमता,जातीयता र ऐतिहासिकतालाई आधारभूत सिद्धान्त मान्नु
उचित देखिन्छ । संघीय संरचनाका कुरा उठ्दा चर्चामा आउने गरेको
अर्को विषय हो आत्मनिर्णयको अधिकार । स्वायत्त राज्यहरुलाई
यो अधिकार दिइयो भने मुलुक टुक्रिन्छ भन्ने यो विचारका
विरोधीहरुको भनाइ छ । उनीहरुलाई के थाहा छैन भने आत्मनिर्णयको
अधिकार भनेको आफूसंग सरोकार भएको विषयमा आफैले निर्णय गर्न
पाउने अधिकार हो । आत्मनिर्णयको अधिकार भनेको जुनसुकै काम
गर्दा अरुको दवावमा परेर होइन आफ्नै स्वेच्छाले विचार पुर्याएर
निर्णय लिने अधिकार हो । एक्काइसौं शताब्दी भूमण्डलीकरण
प्रभावकारी रुपमा रहेको युग हो । यस्तो बेलामा कुनै पनि
मुलुक एकाङ्की भएर बा“च्न सक्तैन भन्ने कुरा आत्मसात गरेमा
कुनै पनि स्वायत्त राज्यले संघीय संरचनाबाट अलग्निे दुस्साहस
गर्ने छैन । बरु एकात्मक र केन्द्रीकृत शासन भएमा
स्वायत्तताको लागि दमित इच्छा पूर्तिका लागि विद्रोह गर्ने
सम्भावना रहन्छ । त्यसकारण स्वायत्त राज्यहरुलाई आत्मनिर्णयको
अधिकार दिनु अनुचित देखिन्न तर राष्ट्रिय एकता र अखण्डतामाथि
आ“च नआउने प्रावधान भने राख्नु पर्दछ । यसका लागि संघीय
संरचनाको संविधान निर्माण गर्दा सुरक्षा, भन्सार, मौद्रिक
अधिकार र विदेशनीति सम्बन्धी अधिकार केन्द्रमा राखी स्थानीय
विकास, निर्माण र प्राकृतिक स्रोत परिचालन सम्बन्धी अधिकार
राज्यलाई दिनु पर्दछ ।
यसरी नेपाललाई संघीय संरचनामा लैजान नया “
संविधान निर्माण गर्न आवश्यक छ जसका लागि संविधानसभाको
निर्वाचन गर्नु पर्दछ । संविधानसभाले एकात्मक, केन्द्रीकृ |